मकवानपुर,१६ असार। मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन्। हेटौँडा उपमहानगरपालिका( १९ बसामाडीमा जंगलमा पाइने सल्ले जातको च्याउको तरकारी पकाएर खाँदा एकै परिवारक ५ जना बिरामी भएका हुन्।
जंगली च्याउ खाँदा बसामाडीका ३६ वर्षीय श्यामबहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फुलमायाँ र ३४ वर्षीय तुल बहादुर मोक्तान बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
उनीहरुको हेटौँडा अस्पतालमा उपचार गरिएको छ। जिल्लामा पछिल्लो एक महिनाभित्र जंगलबाट ल्याएको च्याउ खाँदा तीन जनाको मृत्यु भइसकेको छ भने २१ जना बिरामी भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ असार । लायन्स क्लब अफ दाङ नारायणपुरले विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ। घोराही उपमहानगरपालिकाको १२ मा रहेको गुराँस प्राथमिक विद्यालय गुरौँका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ ।
उपमहानगरपालिका भित्रको विकट क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने २६ जना विद्यार्थीहरुलाइ आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरिएको हो ।
क्लबले वालवालिकाहरुका लागि झोला, कापी कलम, पानी पिउने बोत्तल, खेलकुदका सामग्री गरी ५२ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको क्लबका पुर्व अध्यक्ष शरद गौतमले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गणबहादुर घर्तिको प्रमूख आतिथ्यमा भएकोमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यको उपस्थीती नभएको विकट वस्तीमा रहेका गरिव परिवारका वालवालिकालाई सामाजिक उत्तरदायित्व वहन गर्दै क्लबले गरेको कार्यको प्रसंशा गरेका थिए ।
क्लबका प्रथम उपाध्यक्ष युवराज पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पुर्व अध्यक्षहरु गोपाल लम्शाल, केशब थापा, शरद गौतम, शंकर बस्नेत, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, उपाध्यक्ष बसन्त न्यौपाने, कोषाध्यक्ष नारायण भट्टराई लगाएतले विकट वस्तीका वालवालिकाको शैक्षिक यात्रामा सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरे।
क्लबका अध्यक्ष अभियान वस्नेतको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रमको सहजीकरण सचिब कुलप्रसाद रजौरे श्रवणले गरेका थिए।
यसैबिच क्लबका अध्यक्ष अभियान बस्नेतले विद्यालयमा अध्ययन गर्ने एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई १२ कक्षा सम्म निशुल्क पठनपाठनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विद्यालय व्यवस्थापन समितीले सिफारीस गरेका एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई दाङ जिल्लाको जुनसुकै विद्यालयमा अध्ययन गरेपनि अध्ययनको सम्पुर्ण खर्च आफुले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
२१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि।” सधैका बर्षको असार १५ जस्तै यस बर्षको असार १५ मा पनि २१ औं राष्ट्रिय धान दिवस २०८१ मनाईदैछ।यस बर्ष धान दिवसको नारा-“जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि” रहेको छ।
वि.स. २०६१ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।२० औं राष्ट्रिय धान दिवस २०८० को नारा-“जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि रहेको थियो भने १९ औं राष्ट्रिय धान दिवस २०७९ को नारा-“धानवालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको थियो।
पन्ध्रौ योजनाको (२०७६/७७- २०८०/८१) धान उत्पादकत्वको लक्ष्य ४.५ मेट्रिक टन प्रति हेक्टर रहे पनि आ.व. ७९/८० सम्म आउदाँ धानको उत्पादकत्व ३.७८ मेट्रिक टन प्रति हेक्टर रहेको छ जुन योजनाको लक्ष्यबाट धेरै टाढा हो।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।हामी सबैलाई भात मनपर्छ र भातले नै हाम्रो भोक मेटाउँछ।प्राय हुने खाने होस् वा हुदाँ खाने सबै नेपालीहरुको भान्सामा एक छाक चामलको भात पाकेकै हुन्छ।त्यसैले होला किसान पनि वर्षभरको छाक जुटाउनको लागी यो महिना खेतीमा व्यस्त हुन्छन्आ जका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।
छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। राष्ट्रिय धान दिवस २०८१ को नारालाई राम्रो सँग नियाल्ने हो भने जलवायुमैत्री कृषि र धानको उत्पादनमा बृद्धि गर्ने कुरामा जोड दिएको सजिलै देख्न सकिन्छ।भौगोलिक विविधता कारण नेपालमा ठाँउ अनुसारको फरक-फरक हावापानी पाइन्छ।
पुर्वी तराईका जिल्लाहरु अत्याधिक बर्षाका कारण बाढी, पहिरो जस्ता समस्या भोगिरहदाँ, पश्चिमका तराई जिल्लामा बर्षा हुन सकेको छैन।अझ आकाशको बर्षामा भर परेर खेति गर्नु पर्ने ठाँउमा त धान खेति शुरु हुन सकेको छैन।तसर्थ यस बर्षको धान दिवसले सबै धान रोप्ने ठाँउलाई समेट्न नसक्ने छर्लङ नै छ।
नेपाल कृषि अनुसन्धान परीषद (नार्क)ले धानाबालीका ९९ खुल्ला सेचित जात र ५८ वर्णशंकर जात गरी जम्मा १५७ वटा जातहरु विकास गरेको छ।नार्कले जलवायुमैत्री कृषिलाई मध्यनजर गर्दै धानको खडेरी सहन सक्ने, डुवान सहन सक्ने, चिसो सहन सक्ने जातहरुको विकास गरेको छ। नार्कले धानको खडेरी सहन सक्ने जातहरु जस्तै सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, सुख्खा धान-४, सुख्खा धान-५, सुख्खा धान-६, तरहरा-१ र हर्दिनाथ-२ विकास गरेको छ भने डुवान सहन सक्ने जातहरुमा स्वर्ण सव-१, साँवा मसुली सव-१, सेहराङ्ग सव-१ विकास गरेको छ।
त्यस्तै खडेरी र डुबान दुबै सहन सक्ने जातहरुमा बहुगुणी धान-१, बहुगुणी धान-२ र सुख्खा धान-६ विकास गरेको छ। चिसो सहन सक्ने जातमा भने लेकाली धान-१, लेकाली धान-३ र चन्दननाथ- ३ विकास गरेको छ। नार्कले विकास गरेको वर्णशंकर धान हर्दिनाथ हाईब्रिड धान-१, हर्दिनाथ हाईब्रिड धान-३
रहेको छ।
बिगत १० बर्षको धान उत्पादन हुने क्षेत्रफल, उत्पादन र उत्पादकत्वको तथ्याङ्ग नियाल्ने हो भने क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा सोचे जति आमुल परीवर्तन भने आएको देख्न सकिदैन।
पन्ध्रौ योजनाको (२०७६/७७- २०८०/८१) धान उत्पादकत्वको लक्ष्य ४.५ मेट्रिक टन प्रति हेक्टर रहे पनि आ.व. ७९/८० सम्म आउदाँ धानको उत्पादकत्व ३.७८ मेट्रिक टन प्रति हेक्टर रहेको छ जुन योजनाको लक्ष्यबाट धेरै टाढा हो।
दश आ.व.को धान उत्पादन हुने क्षेत्रफल हेर्ने हो भने आ.व. ६९/७० मा १४२०५७० हे. आ.व. ७०/७१ मा १४८६९५१ हे.
आ.व. ७१/७२ मा १४२५३४६ हे. आ.व. ७२/७३ मा १३६२९०८ हे. आ.व. ७३/७४मा १५५२४६९ हे. आ.व. ७४/७५ मा १४६९५४५ हे. आ.व. ७५/७६ मा १४९१७४४हे आ.व. ७६६७ मा १४५८९१५ हे आ.व. ७७/७८ मा १४७३४७४ हे आ.व. ७८/७९ मा १४७७३७८ हे आ.व. ७९/८० मा १४४७७८९ हे. मा धान खेति गरीएको छ।
त्यस्तै धानको उत्पादनको तथ्याङ्क नियाल्ने हो भने आ.व. ६९/७० मा ४५०४५०३ मेट्रिक टन, आ.व. ७०/७१ मा ५०४७०४७ मेट्रिक टन, आ.व. ७१/७२ मा ४७८८६१२ मेट्रिक टन, आ.व. ७२/७३ मा ४२९९०७९ मेट्रिक टन, आ.व. ७३/७४ मा ५२३०३२७ मेट्रिक टन, आ.व. ७४/७५ मा ५१५१९२५ मेट्रिक टन, आ.व. ७५/७६ मा ५६१००११ मेट्रिक टन, आ.व. ७६/७७ मा ५५५०८७८ मेट्रिक टन, आ.व. ७७/७८ मा ५६२१७१० मेट्रिक टन, आ.व. ७८/७९ मा ५१३०६२५ मेट्रिक टन, आ.व. ७९/८० मा ५४८६४७२ मेट्रिक टन उत्पादन भएको देखीन्छ।
उत्पादकत्वको तथ्याङ्क नियाल्ने हो भने आ.व. ६९/७० मा ३.१७ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७०/७१मा ३.३९ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७१/७२ मा ३.३६ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७२/७३ मा ३.१५ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७३/७४ मा ३.३७ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७४/७५ मा ३.५१ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७५/७६ मा ३.७६ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७६/७७ मा ३.८० मेट्रिक टन प्रति हेक्टर, आ.व. ७७/७८ मा ३.८२ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७८/७९ मा ३.४७ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७९/८० मा ३७८ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व भएको देखिन्छ।

चालु आर्थिक वर्ष (२०७९/८०) को ११ महिनामा ३३ अर्ब ६४ करोड ३१ लाख ४९ हजार रुपैयाँको धान- चामल आयात भएको केन्द्रीय भन्सार विभागको तथ्याङ्गमा छ।
जसमध्ये ७५ करोड ६३ लाख ८६ हजार रुपैयाँको १८८२.९८ मेट्रिक टन धानको बीउ, १८ अर्ब १५ करोड १४ लाख २८ हजार रुपैयाँको ५०४८९८.६३ मेट्रिक टन धान आयात भएको छ।
यस्तै १४ अर्ब ४४ करोड ३६ लाख ४२ हजार रुपैयाँको २०८९१९.५९ मेट्रिक टन चामल, २८३०१४ हजार रुपैयाँको ८८७४.२३ मेट्रिक टन कनिका, १८ लाख २३ हजार रुपैयाँको ३३.१६ मेट्रिक टन धानको भुजा र ६५ लाख ३४ हजार रुपैयाँको १५४.२ मेट्रिक टन चिउरा आयात भएको विभागको तथ्यांकमा छ।
यसरी नेपालमा भएको धानको उत्पादन र आयात गरीएको चामललाई मात्रै तुलना गर्ने हो भने नेपाल चामलमा आत्मनिर्भर छैन भन्ने कुरा प्रष्ट हुन्छ। कृषि तर्फ अर्बै बजेट बिनियोजन हुदाँ पनि कृषकले बाली उत्पादन गर्दा पाउनु पर्ने आवश्यक मल, बिउ र सिंचाईको सुविधा समयमा प्राप्त भने गर्न सकेका छनैन्।
झन यो असार महिनामा मल, बिउ र सिंचाईको अभावमा गरिने धान खेतीका कारण उत्पादन र उत्पादकत्व घट्दै गईरहेको छ।
नेपाल कृषि अनुसन्धान परीषद (नार्क) ले धानका विभिन्न जलवायु अनुकुलित जातहरु विकास गरेको छ। कृषि डायरी २०८१ का अनुसार नेपालमा हालसम्म धानका १५७ जातहरु सूचित भएका छन्। यस्ता जलवायु अनुकुलित र विशेष गुण भएका
जातहरु विकास भए पनि कृषकको खेत सम्म भने पुग्न सकेका छैनन्।
तसर्थ यस्ता जातहरुको प्रचार प्रसार हुनुपर्छ र कृषकका खेत सम्म पुग्ने वातावरण सिर्जना गर्नुपर्छ अनि मात्र नारा र दिवसले सार्थकता पाउँछ नत्र भने नारा नारामा मात्रै सिमीत हुन्छ।धान उत्पादन लाई बढाउन अनेक नारा र दिवस मनाए पनि धानको
उत्पादन भने बढ्न सकेको छैन।धानको उत्पादन भन्दा उपभोग बढी हुने हुँदा भारतबाट बर्षेनी अर्बौ रुपैयाको
धान र चामल आयात हुने गरेको छ।
विकासका नाममा जथाभावि डोजर चलाउँदा बाढी पहिरोको समस्या झन् झन् बढ्दै छ।जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण रोग कीराको प्रकोप पनि बढ्दो छ।नेपालमा अझै पनि धान खेति गर्न सबै क्षेत्रमा सिचाईको सुबिधा छैन।अझै पनि बर्षाको पानीमा भर पर्नुपर्ने बाध्यात्मक अवस्था छ जसले गर्दा सोचे अनुरूप उत्पादन हुन सकेको छैन।कहिले लामो समयसम्म पर्ने खडेरी त कहिले आउने बाढीले धान उत्पादनमा नकारात्मक असर पुर्याईरहेको छ।
उन्नत धानको बिउ र आधुनिक प्रविधिको सहि तरिकाले उपयोग हुन नसक्दा पनि सोचे अनुरुप उत्पादन लिन नसकिरहेको अवस्था छ।समयमा किसानले मल र बिउ नपाउनु पनि उत्पादन नबढ्नुको कारण हो।
नेपालको बजेटमा कृषि क्षेत्र कहिल्यै मुख्य प्राथमिकतामा परेको देखिदैन।गत बर्षको बजेटमा रासायनिक मलमा किसानलाई अनुदान दिन ३० अर्ब छुट्याउने बाहेक धान खेती प्रवर्द्धनका लागी खासै अरु नयाँ कार्ययोजना थिएन।तसर्थ स्थानिय सरकारले नै कृषक, कृषि बिज्ञ, कृषि कर्मचारी सँग संमन्वय गरी धान उत्पादन बृद्धका लागी आफ्नो क्षेत्रमा धानका रैथाने जात संरक्षण गर्नुका साथै जलवायु अनुकुलित कृषक मैत्री प्रविधि अबलम्बन गर्नुपर्ने देखीन्छ। कृषकका लागी मल, बिउ, सिचाईको राम्रो प्रवन्ध मिलाउनु पर्ने देखिन्छ।
धानमा लाग्ने रोग र कीराको प्रकोपले हुने क्षती न्युनिकरण गर्न विभिन्न वडामा टाक्सफोर्स टिम बनाउनु पर्छ। यसका लागी संघिय सरकार, प्रदेश सरकार र कृषि संग जोडिएका सघं-सस्थाहरुले पनी हातमा हात मिलाउनु पर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले पनी जलवायु अनुकुलित धानका जातहरु कृषककै खेतमा परिक्षण गरी कृषकलाई हुने पाईदाका बारेमा प्रसारकर्ता सँग समन्वय गर्नु पर्ने देखीन्छ।
कृषि सँग सम्बन्धित सरकारी र गैरसरकारी संस्थाले हातेमालो गर्दै कृषकलाई प्रोत्साहन गर्ने र कृषि उत्पादन बढाउनुका साथै कृषि बजारको पनि राम्रो प्रवन्ध गर्न सके र किसानले भोग्दै आएका समस्यालाई गम्भिर रुपमा लिई बिउ, सिचाँई, मल,
आधुनिक प्रविधि, प्राविधिक ज्ञान किसानलाई प्रदान गर्ने सके मात्र २१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि।” नाराले सार्थकता पाउने छ नत्र भने नारा नारा मै सिमित हुने स्प्रष्ट छ।
लेखकः बबि बस्नेत । बस्नेत इलाम सामुदायिक कृषि क्याम्पस, पुर्वान्चल विश्वविद्यालयका पशु पोषण विद तथा उपप्रध्यापक हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ असार । राष्ट्रिय धान दिवसको अवसर पारेर तुलसीपुरमा रहेको थर्ड आई नेपालले रक्तदान कार्यक्रम गरेको छ । मानवीय सेवालाइ पहिलो प्राथमिकतामा राखेर संस्थाले रक्तदान गरी राष्ट्रिय धान दिवस मनाएको हो ।
शनिवार संस्थाका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो। त्यस अवसरमा ३४ जनाले रक्तदान गरेको थर्ड आई नेपालले जानकारी दिएको छ ।
जिल्लामा रगत अभावको समस्या न्युनीकरण गर्ने अभियान अन्र्तगत रक्तदान कार्यक्रम गरिएको अध्यक्ष गिरीले बताए। नेपाल रेडक्रस सोसाईटी तुलसीपुर शाखाको रक्त सञ्चार केन्द्रमा उक्त कार्यक्रम गरिएको थियो ।
संस्थाले सामाजिक उत्तरदायित्व बहनगर्ने उदेश्य अनुरुप समय–समयमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१५ असार। संविधान पुनरावलोकनको बहस सुरु भएको छ । आज ,शनिवार देखि औपचारिक रुपमा संविधान पुनरावलोकनको बौद्धिक बहस सुरु भएको हो ।
गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशीता र संघीयता नेपालको संविधानको मुल मर्म भएपनि संविधान कार्यान्वयनमा समस्या आउँदा यसको पुनरावलोकनको बहस चर्किएको हो। संविधानबारे जानकारहरु संविधान संशोधन गर्नुपर्नेमा अडिग देखिएका छन् ।
पूर्वसभामुख दमननाथ ढुंगानाको अध्यक्षतामा रहेको संसदीय अध्ययन तथा विकास संस्थापनाको अग्रसरतामा आजदेखि औपचारिक रुपमा बौद्धिक बहस सुरु भएको हो ।
संसद् दिवसको अवसर पारेर आजदेखि सुरु भएको बहस निरन्तर रुपमा सञ्चालन गर्ने संस्थापनाका उपाध्यक्ष तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले जानकारी दिए ।
उनका अनुसार दलका शीर्ष नेता, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, सांसद, पूर्व सांसद, विज्ञ, कानुन विद्, सरोकारवालालगायतसँग श्रीङखलाबद्ध रुपमा छलफल चलाउने तयारी भएको छ ।
संस्थापनाले आयोजना गरेको पहिलो कार्यक्रममा सहभागी सबैले संविधानको पुनरावलोकन आवश्यक रहेकोमा ऐक्यबद्धता जनाउँदै प्रक्रियाका बारेमा भने फरक फरक सुझाव तथा रायहरू राखेका थिए ।
कार्यक्रमको सुरुमा संविधान सभा सदस्य तथा वरिष्ठ संविधानविद् राधेश्याम अधिकारीले पुनरावलोकनको आवश्यकता रहेका संवैधानिक व्यवस्थाहरूको सूची प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्वकानुनमन्त्री तथा संविधान सभा सदस्य एमाले नेता अग्नि खरेल, संविधान सभा सदस्य किरण यादव, पूर्व सांसद रामनारायण विडारी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, काँग्रेस सांसद उदय शमसेर राणा, राप्रपा नेता निरञ्जन थापा, प्राध्यापक कपिल श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, डा चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठी, टिकाराम भट्टराई, रामकृष्ण निराला, रक्षा बस्याललगायतले संविधान संशोधनको आवश्यकता रहेकोमै जोड दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१५ असार। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व।पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।
शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन भन्नेमा कम्युनिष्टहरू सबै सहमत रहेको उनको भनाइ छ ।
चन्दले माक्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रूपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरू रहेको बताए ।
सामन्तवादको विरूद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरू विरूद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित गरेको उनले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
कालीकोट, १५ असार। भारी वर्षापछि गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
कालीकोट र दैलेखको सीमानामा पर्ने दहीखोला, कालिखोला कालीकोट लगायतका ठाउँहरुमा गएको पहिरोले दैलेख सडक खण्ड अवरुद्ध भएको हो ।
कालीकोट र दैलेख खण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवत–जावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएका छन । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले दहीखोला र कालिखोलाको बिचमा बाहेक दैलेख खण्डका पनि बिभिन्न ठाउँमा पहिरो जादा सुर्खेत नेपालगन्जवाट कालीकोट जुम्लाका लागि हिडेका यातायातका साधन र यात्रु अलपत्र परेको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ असार। वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । आगामी साउन १ गते देखि अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण हुने भएको हो।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिएका हुन् ।
नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह प्रभावकारी हुने छ ।
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
खाड़ीमुलुक एवं मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली राजदूतावासले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत गर्नुपर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्नुअघि नै नयाँ प्रणालीसँग अभ्यस्त हुन आजैदेखि परीक्षण थाल्नु उपयुक्त हुन्छ ।’
परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकको खोजतलास, उद्धार, ज्यान गुमाएकाको शव झिकाउने, राहत एवं क्षतिपूर्ति, गुनासो सम्बोधनलगायत अनलाइन सेवालाई सबै नियोगले अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ असार । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छ्न। बचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।
उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
तम्घास,१५ । गुल्मीमा पहिरोले घर पुर्दा एकै घरका पाँचजनाको मृत्यु भएको छ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै ठाँटीमा शुक्रबार राति गएको पहिरोले घर पुरिएको हो।
दुईतले घरमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पहिरोमा पुरिएका पाँच जनामध्ये एकजना वृद्धको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यबहादुर चौधरीले जानकारी दिए।
जिल्ला प्रहरी जिल्लाबाट प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थल पुगेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस