मन्त्रालयले गर्‍यो तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत

   असार १४, २०८१       admin

काठमाडौँ, १३ असार तीन वटा नवप्रवर्तन (स्टार्टअप) कम्पनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुरस्कृत गरेको छ । मुलुककको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो ।

औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट उद्योगक्षेत्रको विकासमा टेवा पुर्‍याउने
झापा बिर्तामोड–२ को हाई हिमालय अर्गानिक प्रालि, ललितपुर महानगरपालिका–२४ को माउन्टेन बी कन्सर्न प्रालि र रुपन्देही देवदह–१० को आवास फर्निचर इन्डस्ट्रिज प्रालि पुरस्कृत भएका छन्।

मन्त्रालयका अनुसार नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड, २०८० निर्माण गरी सोही बमोजिम नवप्रवर्तनकारी कार्यमा संलग्न उद्यमीलाई ३० दिनको समय दिई सूचना प्रकाशन गरिएको थियो ।

त्यसपछि प्राप्त ६ वटा प्रस्ताव मूल्यांकन गर्न मापदण्ड बमोजिम औद्योगिक पूर्वाधार महाशाखा प्रमुखको संयोजकत्वमा मूल्यांकन समितिले प्राप्त कागजातका आधारमा पूर्वमूल्यांकन गरेको मन्त्रालयले जनाएको छ ।

नेपालभित्रै मूल्य सिर्जना वा नवीनता हासिल अनुसन्धान तथा खोजमूलक कार्यमा गरेको लगानीको अवस्था, उद्योगमा प्राविधिक र विषय विज्ञको संलग्नता, उद्योगका भावी कार्ययोजना, उद्योग सञ्चालन, व्यवस्थापन र बजारीकरणको नवीनतम रणनीति, उद्योग स्थापना गरेको क्षेत्र, रोजगारी प्रदान गरेको संख्या, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ताको अवस्था, उद्योगले गरेको कारोबार रकम र कर चुक्ता जस्ता विषयलाई मूल्यांकनको आधार बनाइएको मन्त्रालयको भनाइ छ ।

प्रस्तावहरूको पूर्वमूल्यांकनपछि ६ वटै प्रस्तावकको उद्योगमा अनुगमनकर्ताले स्थलगत अनुगमन गरेको मूल्यांकनबाट प्राप्त र पूर्वमूल्यांकनबाट प्राप्त अंकलाई औसतमा निकाली अन्तिम अंकभार दिएर तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्प दंशका बिरामीको लागि निःशुल्क एम्बुलेन्स

   असार १४, २०८१       admin

दाङ,१३ असार। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सर्प दशंका बिरामीको लागि निःशुल्क एम्बुलेन्स उपलव्ध गराउने भएको छ । सर्प दंशका बिरामीको उपचारमा सहजता ल्याउन वडा कार्यालयले निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

आफ्नो नीति तथा कार्यक्रम पारित गरेको यो वडा कार्यालयले सर्प दंशका बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन जहाँ लगेपनि त्यसको बिल पेश गरेको सो को खर्च वडा कार्यालयले बेहोर्ने नीति अख्तियार गरेको वडाध्यक्ष मानबहादुर रावतले बताए ।

सर्पदंशका बिरामीलाई जहाँ सुकैको होस अस्पताल पु¥याउन एम्बुलेन्समा लागेको खर्च अबदेखि वडा कार्यालयले बेहोर्ने वडाध्यक्ष रावतले स्पष्ट पारे ।

पैंशाकै अभावमा कतिपय गाउँघरका मानिसले सर्प दंशका बिरामीलाई अस्पतालमा समयमै उपचार गर्न लैजानुको साटो झार फुक गराउने गरेको हुँदा त्यसको अन्त्यको लागि अबदेखि एम्बुलेन्समा लागेको खर्च वडा कार्यालयले बेहोर्ने नीति अख्तियार गरिएको वडाध्यक्ष रावतले बताए ।

‘ झारफुकमा लाग्दा बिरामीको अकालमा ज्यान गुमाउने पर्ने हुनु सक्छ,’ वडाध्यक्ष रावतले भने ‘ त्यस्ता दुःखद घटनाहरु नघटुन भन्ने उदेश्यले हामीले एम्बुलेन्सको भाडा बेहोर्ने नीति लिएका हौं ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एसईईको नतिजा सार्वजनिक: ४ जिपिए ल्याउने १४६ जना , ४८% मात्रै पास

   असार १४, २०८१       admin

दाङ,१३ असार। यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी भएका मध्ये ४७.८६% मात्रै उत्तीर्ण भएका छन्।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सम्मलित ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये १ सय ८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन्।

कार्यालयका अनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।
परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीको बजेट बहुमतले पारित

   असार १३, २०८१       admin

दाङ,१२ असार । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको २३ औँ प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट बहुमतले पारित गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।

मन्त्री आचार्यलये प्रदेश सभामा आगामी आवका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । जसमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३ दशमलव ०९ प्रतिशत विनियोजित गरिएको थियो ।
प्रदेशसभाको चौँथो अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत भएको बजेटमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८ दशमलव ०६ प्रतिशत अनुमान गरिएको थियो । लुम्बिनी प्रदेशको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै उच्च, दिगो आर्थिक वृद्धि सहितको आर्थिक स्थायित्व कायम गर्दै आर्थिक विकासमा जोड दिइएको मन्त्री आचार्यको भनाइ छ ।

आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान छ ।
आर्थिक वर्ष २०८१–८२ बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोडले घटेको थियो । लुम्बिनी प्रदेशले नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार नै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै कार्यक्रमलाई विस्तार गर्ने योजनाका साथ बजेट विनियोजन गरेको छ ।

बजेटको प्राथमिकता, सिद्धान्तमा कृषि क्षेत्रलाई जोड दिएको कार्यक्रमलाई बजेटबाट सम्बोधन गर्ने प्रयास भएको छ । किसानको हात प्रदेशको साथ रहेको भन्दै कृषि क्षेत्रका लागि १० करोड बजेट विनियोजन गरिएको छ । यस्तै ५ करोड १६ लाख, माटो व्यवस्थापन कार्यक्रम, प्राङगारिक मलको लागि १४ करोड विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गुरुकुलको प्लस टु छात्रवृत्ति योजना

   असार १३, २०८१       admin

दाङ,१२ असार । गुरुकुल एकेडेमीले प्लस टु छात्रवृत्ति योजना ल्याएको छ । विशेष छात्रवृत्ति योजना अन्र्तगत कक्षा ११मा भर्ना हुन आउने नँया विद्यार्थिहरुको विद्यालयले उक्त योजना ल्याएको हो । विद्यालयले प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

साथै गुरुकुल एकेडेमीले कक्षा ११ को विज्ञान विषयको लागि मासिक शुल्क ५ हजार रुपैयाँ निर्धारण गरेको छ भने एसइईमा ए प्लस नतिजा ल्याउने विद्यार्थिहरुलाई मासिक शुल्कमा ५० प्रतिशत छुट हुने ब्यबस्था गरेको छ । यसैगरी ए ल्याउने विद्यार्थिहरुको लागि मासिक शुल्कमा ३० प्रतिशत छुटको ब्यबस्था गरीएको गुरुकुल एकेडेमी प्लस टु विज्ञान संयोज अजय कुमार शाहले जानकारी दिए।

यसैगरी कक्षा ११ ब्यबस्थापन शंकायमा भर्ना हुन आउनेहरुको लागि मासिक शुल्क ४ हजार ५ सय रुपैयाँ निर्धारण गरीएको ब्यबस्थापन संयोजक राजन अधिकारीले जानकार दिए । । जसमा एसईईमा ए प्लस ल्याउने विद्यार्थिहरुलाई ५० प्रतिशत छुट हुने छ भने ए ल्याउनेलाई ३० प्रतिशत छुट र बि ल्याउने लाई मासिक शुल्कमा २० प्रतिशत छुट गरीने छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुनविच भेटवार्ता

   असार १३, २०८१       admin

काठमाडौँ,१२ असार। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो ।

भेटमा द्विपक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए ।

उनले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरे । साथै नेपालसँगका विभिन्न सीमा नाका सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लमजुङ पहिरोः बेपत्ता चारैजनाको शव भेटियो

   असार १३, २०८१       admin

लमजुङ, १२ असार । पहिरोले घर बगाउँदा बेपत्ता भएका चारैजनाको शव भेटिएको छ । मंगलबार राती गएको पहिरोमा परी एकै परिवारका चारजना बेपत्ता भएका थिए । लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा पहरोमा हराएका उनीहरुको शब भेटिएको क्व्होलासोथार गाउँपालिकाका अध्यष शूर्यप्रसाद गुरुङले जानकारी दिए।


गाउँपालिका अध्यक्ष गुरुङका अनुसार पहिरोले ३ वटा घर बगाएको थियो । जसमध्ये २ घरका ४ जना बेपत्ता भएका थिए । स्थानीय, प्रहरी र जनप्रतिनिधिले खोजतलास गरेकोमा बुधबार दिँउसो चारैजनाको शव फेला परेको हो।

उद्धार कार्यमा खटिएका जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार पहिरोमा परेर ७० वर्षिय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने रुद्रमानका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ९ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता भन्ने निष्मा गुरुङको शव फेला परेको छ । ३६ वर्षीय भीमबहादुर घले घाइते रहेको र उपचारका लागि सदरमुकाम बेंसीसहर पठाइएको उनले बताए ।


क्व्होलासोथार गाउँपालिका ३ का वडाअध्यक्ष आसबीर गुरुङले आमा र २ छोरीको शव घरबाट करिब १५–२० मिटरमुनि हुमदेवी गुरुङको धन्सारको आडमा एकैठाउँमा फेला परेको बताए । रुद्रमानको शव भने आफ्नै आँगनको तल्लो कुनामा भेटिएको उनले बताए । प्रहरीले अहिले पोस्टमार्टम गरिरहेको छ । योसँगै लमजुङमा पहिरोबाट मर्नेको संख्या ५ पुगेको छ ।

दोर्दी गाउँपालिका ९, धैरेनी सुनारगाउँमा मंगलबार राति पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन् ।

२ दाजुभाइ सुतिरहेको अवस्थामा माथिबाट पहिरो घरमा खसेपछि दुवैजना घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइकोमा अस्पताल ल्याउनेबित्तिकै विकललाई बुधबार बिहान ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते मिलनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिरोले घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता

   असार १३, २०८१       admin

लमजुङ, १२ असार । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता भएका छन्। लमजुङको क्वहोलासोथार गाउँपालिका वडा नम्बर ३ बगुममा पहिरोले तीनवटा घर बगाएको छ। मङ्गलबार राति १ बजेतिर गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका हुन् पहिरोमा परी रुद्रमान गुरुङ उनका बुहारी पञ्चकुमारी गुरुङ पञ्चकुमारीका दुई छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको वडा सदस्य वीनप्रसाद घलेले जानकारी दिए।

पहिरो गएको स्थानमा प्रहरी र सशस्त्र प्रहरीको टोली पुगी बेपत्ता भएकाहरूको खोजीकार्य गरिरहेको छ।

त्यसैगरी मंगलबार रातीकै पहिरोका कारण बेसीशहर नगरपालिका–११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा लमजुङ लगिएको प्रहरीले जनाएको छ।

पहिरोकै कारण बेसीशहर–मनाङ सडक पनि अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमालका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत

   असार १३, २०८१       admin

दाङ, १२ असार। तुलसीपुरमा रहेको हिमाल एकेडेमीले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। विद्यालयले जेठ महिनामा आयोजना गरिएका विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थीहरूलाई नगद ,पदक नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो।

जस अन्तर्गत कक्षा ४ बाट आयुष बुढाथोकी, कक्षा ५ बाट भूमिका सिंह, कक्षा ६ बाट जेनिस चौधरी ,कक्षा ७ बाट प्रणभ लामिछाने ,कक्षा ८ बाट एलिस बुढाथोकी, कक्षा ९ बाट दीपशिखा कार्की र कक्षा १० बाट ठाकुरप्रसाद रावतलाई उत्कृष्ट विद्यार्थी अवार्डबाट प्रस्तुत गरिएको हो।

त्यसैगरी स्काउट लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेशस्तरीय वक्तृत्वकलामा तृतीय स्थान हासिल गर्न सफल हिमाल एकेडेमी स्काउटकी सौम्या पराजुलीलाई नगद ५ हजार रुपैयाँ  सहित सम्मान गरिएको हो।

विद्यालयले चित्रकलाप प्रतियोगिता तथा लोकगीत गायन प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई पनि पदक तथा प्रमाणपत्रले सम्मान गरेको थियो।

विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका हेड सर नवीनकुमार पराजुली सहायक प्रधानाध्यापक राधा पोखरेल सञ्चालक समिति सदस्य गणेश अधिकारीले विद्यार्थीको चौतर्फी विकासमा अतिरिक्त क्रियाकलापको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए।

उनीहरूले सामूहिक प्रयासबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने समेत बताए ।कार्यक्रमको सहजीकरण विद्यालय संयोजक द्रोण चन्दले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पोखराको पृथ्वीराजमार्ग भासियो

   असार १३, २०८१       admin

कास्की, १२ असार। अविरल वर्षाका कारण पोखराको पृथ्वीराजमार्ग भासिएको छ। राजमार्ग भासिँदा सवारी साधन प्रभावित भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका(१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।

अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सडक अहिले एकतर्फी खुलाइएको जानकारी दिए ।

सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १।५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ । उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको शर्माले बताए । ‘सडक मर्मत गरेर खुलाउने प्रयास भइरहेको छ । कुनै मानवीय क्षति छैन’, उनले भने ।

गत २४ घन्टामा पोखराको लामापाटन जल मापन केन्द्रमा १३४।२ मिलिमिटर वर्षा मापन गरिएको छ । २४ घन्टाको अवधिभित्र १२० मिलिमिटर वर्षा भएमा त्यसले क्षति पुर्‍याउने जोखिम रहन्छ ।

२ दिनअघिमात्रै पोखराकै जिरोकिलोमिटरमा पनि सडक भासिएको थियो । पोखरामा सामान्य वर्षामै पनि जमिन भासिने समस्या व्यहोर्दै आएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology