दाङ ७ असार । लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो ।
शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो । दल नेता बोलि सकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन । संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता तथा डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।
उनले यो सरकार किसानको विरोधी भएको टिप्पनी गरे । यस्तो कार्यले संसघयताको पुष्टी कसरी हुन्छ । उनले आम जनतालाई मल विउ पु¥यान नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो । उनले प्रश्न गरे । पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए । उनले स्थानीय जनजातीहरुले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्काे क्षेत्रमा राखियो । के यो सरकार जनजाती विरोधी सरकार हो । यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार हैन ? यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार बनेका छ । नाराले मात्रै हैन, पैसा र काम गरौ अनि मात्रै नारा सफल हुन्छ ।
उनले विपन्नवर्गसंग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको बताएका थिए । उनले युवा, महिला, जेष्ठनागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाती, वादी, गन्दर्भ,चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्ड, कोरी समुदायलाई बजेटले नछोएको बताए ।
यस्तो अवस्था कस्का लागि बजेट ल्याएको भने र प्रश्न गरे । चालु आवमा धेरै योजना बन्द गरिएको छ, आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो । उनले भने संघीता विरोधी बजेट, सहयोग गर्ने बजेट आएको छ । यो बजेटले संघीयता विरोधी बजेट भएको हुदा काग्रेसले यसको विरोध गरेको बताए । घाटाको बजेट ल्याउने र पुरा नहुने राजश्व संकलनको लक्ष्य देखाएर आम नागकिलाई भ्रममा पारिएको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,६असार । जिल्ला प्रशासन कार्यालय काठमाडौँ परिषरमा महिला प्रहरीको बर्दी च्यातिएको छ । नेपाली सेनाको कर्णेलको हवाला दिएर संगीता रायमाझी नाम गरेकी महिलाले प्रहरीको बर्दी च्यातेकी छिन् ।
पार्किङको विषयलाई लिएर रायमाझी र प्रहरी सहायक हवल्दार रचना थापाबीच भनाभन भएको थियो ।
रायमाझीले धम्क्याउँदै महिला प्रहरीलाई ‘बढ्ता हुन्छेस्, म कर्णेलको साली हुँ, तलाईं देखाइदिन्छु पख’ भन्दै अभद्र व्यवहार गरेकी थिइन् ।
रायमाझीले हातपात गर्दा सहायक हवल्दार थापाको भित्री वस्त्र नै देखिने गरी बर्दी च्यातिएको छ ।
बिहीबार भएको यो घटना लगत्तै रायमाझीलाई पक्राउ गरेर प्रहरीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको कार्यकक्षमा पु¥याएका थिए ।
बस्नेतले दुवैको कुरा सुनेर आवश्यक कारबाहीका लागि पत्रसाथ रायमाझीलाई सिंहदरबार वृत्तमा बुझाउन निर्देशन दिए । अहिले रायमाझीलाई सिंहदरबार वृत्तमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार रायमाझीले आफूलाई सेनाको कर्णेलको साली भनेर चिनाएकी थिइन् ।
‘प्रशासनमा दैनिक सयौं सेवाग्राही आउँछन्, हामीले सकेसम्म काम सम्पन्न गराएर पठाउँछौं, आज अचानक प्रहरीको बर्दी नै च्यातिने गरी हातपात भएपछि कारबाही गर्न प्रहरीलाई पठाएका हौं,’ बस्नेतले भने, ‘महिला प्रहरीमाथि भित्री वस्त्र नै च्यातिने गरी हातपात हुनु राम्रो होइन ।’
बस्नेतले सहायक हवल्दार थापामाथि पनि अनुसन्धान हुने बताए । उनले भने, ‘हातपात हुने अवस्था कसरी सिर्जना भयो भन्नेतर्फ पनि अनुसन्धान हुन्छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले सीडीओ कार्यालयबाट पत्रसाथ कारबाहीको लागि रायमाझीलाई बुझाइएकाले अनुसन्धान भइरहेको बताए ।
उनका अनुसार रायमाझीलाई कारबाहीका लागि अभद्र व्यवहारमा अनुसन्धान गर्न तीन दिनको म्याद लिइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,६ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ।
यस अवधीमा उच्च सर्तकता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ। समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो।
पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको उनले जानकारी दिइन्।“नेपालमा १० दिन भयो मनसुन सुरु भएको तर अझै पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न सकिरहेको छैन”, मानन्धरले भनिन्, “आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम विस्तारै हट्दै जानेछ।”
उनका अनुसार अघिल्लो वर्ष नेपालमा मनसुन भित्रिएको तीन सातापछि मात्रै देशभर फैलिएको थियो। माहाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
आगामी शनिबारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,६ असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । सहकारी ठगी प्रकरणका मुख्य आरोपपी जीतेन्द्रबाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका हुन् ।
जीबी राई बस्दै आएको ठाउँ समेत पत्ता लागिसकेको र त्यहाँको गृहमन्त्रीसंग छलफल समेत भइरहेको उनले बताएका छन्।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए। उनले मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको समेत बताए।
यसैबीच गृहन्त्री लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको उल्लेख गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ १ असार ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/२०८को बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८१/२०८का लागि ३९ अर्व बराबरको बजेट प्रस्तुत गरेका हुन ।
आर्थिक मामिला मन्त्री आचार्यले बजेट भाषण प्रस्तुत गर्दै चालु बजेट रु ३८ अर्व ९७ करोड बराबरको बजेत सार्वजनिक गरेका हुन । जसमा ११ अर्व २४ करोड २७ लाख ८४ हजार र पुजिगत बजेट तर्फ रु २४ अर्व ५८ करोड ५९ लाख बजे विनियोजन भएको छ । वित्तीय हस्तान्तरण तर्फ ३ अर्व १४ करोड १३ लाख १६ हजार रहेको छ ।
महत्वपूर्ण र प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रदेश सरकारले बजेट पनि घाटाको बजेट ल्याएको छ । प्रदेशमा २८ अर्वको सर्वेक्षण भएको भए पनि आन्तरिक मामिला तथा योजना मन्त्रीले ११ अर्व रुपैया बजेट बढाएर ल्याएका छन । सिलिङभन्दा बढी बजेट ल्याउन सत्तारुढ दलहरुमा नै खटपट देखिदा तोकेको समय भनदा १ घण्टा ढिलो मात्रै बजेट सार्वजनिक गरिएको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै डेढ अर्व रुपैयाँ घटाएर आर्थिक बर्ष २०८१/२०८को बजेट ल्याएको हो ।
राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार यस वर्ष केहि घटेको मन्त्री आचार्यले बताए । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/२०८१ का लागि कुल ४०अर्ब ४७ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण चालु आवको भनदा कम बजेट ल्याउनु परेको आचार्यको भनाई छ । लुम्बिनी सरकारले उच्चदिगो तथा फराकिलो आर्थिक वृद्धिदरमा जोडदिइने बताएको छ । यसका लागि सम्भावित क्षेत्रको पहिचान गर्ने बताइएको छ । त्यसै गरि कृषिको व्यवसायीकरण गरि रोजगार सिर्जना गरि कृषि उत्पादन बढाउने गरि बजेट व्यवस्थापन गरिएको छ । त्यसै गरि साउन महिलना भित्र नीति तथा कार्यक्रम स्वीकृत गरि पुस भित्रमा कार्य विधि र निर्देशिका तयार पार्ने घोषण गरिएको छ ।
किसानको हात प्रदेशको साथ भन्ने नारा सहित कृषि क्षेत्रलाई प्राथाकितामा राखेर कृषिलाई आबश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्रीले जानकारी दिए । उनले भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिने बताए । सडक पूर्वाधार निर्माणमा बढि महत्व दिएर बजेट विनियोजन गरिएको छ । रोल्पा, अर्घाखाँची, वर्दिया लगायतका जिल्लामा ठूला सडक योजनाहरुलाई अर्वाै रकम विनियोजन गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
हिमाल महरा,३२ जेठ । नेपाली कांग्रेसले बंगलाचुली गाउँपालिका वडा नम्बर.४ वडा कार्यसमिति सदस्य खेतुलाल नेपालीको १३ औ दिनको पुण्य तिथिमा शोकसभा गरेको छ ।
मोटरसाईकल दुर्घटनामा परि निधन भएका नेपालीको शुक्रबार शोक सभा गरियको हो ।
शोक सभामा नेपाली काङ्ग्रेस महासमिति सदस्य किरण किशोर घिमिरे, नेपाली कांग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुवेदी, क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तेज बहादुर विक, जिल्ला सदस्य विर बहादुर खत्री (विरु), नेपाल तरुण दल केन्द्रीय सदस्य पवन आचार्य, नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सदस्य देबा जिसी, क्षेत्रिय प्रतिनिधि धनेश्वर भण्डारी, नेपाली कांग्रेस बंगलाचुली उपसभापति दोर्ण खत्री लगायतको शोक मन्तव्य राखेका थिए ।
उनीहरुले नेपाली काङ्ग्रेसले असल युवा नेता गुमाएको बताउदै उनलेे पार्टीमा पुराएको योगदानको चर्चा गरेका थिए । नेपालीको निधनले समाजले असल , कर्तव्यनिष्ठ ब्यक्ती गुमाएको बताए । शोकसभा नेपाली काङ्ग्रेस बंगलाचुली गउँपालिका–४ का वार्ड सभापती शिवराज परियारको सभापतित्वमा भएको थियो ।
शोकसभाको सहजिकरण सचिव चित्रकान्त पुलामीले गरेका थिए । नेपालीको गत जेठ २० गते मोटरसाइकल दुर्घटना परि ज्यान गएको थियो ।
आर्थिक सहायताका लागि ९५ हजार ७ सय रुपैया संकलन
यसैविच स्वर्गीय नेपालीको परिवारका लागि थालिएको आर्थिक सहयोग अभियान बाट ९५ हजार ७ सय १५ रुपैया संकलन भएको अभियानका संयोजक विक्रम डाँगीले जानकारी दिए । उक्त रकम स्वर्गीय नेपालीका बुवा दिल बहादुर नेपालीलाई हस्तारण गरिएको छ ।
संयोजक डाँगीका अनुसार स्वर्गीय नेपालीको परिवार सल्लाह अनुसार नेपालीका छोरा १५ बर्ष पुगे पछि निकाल्न मिल्ने गिरी बंगलाचुलीमा रहेको सिटिजन्स बैंकमा छोराको नाममा ८५ हजार ९ सय १० रुपैया राखिने छ ।
स्वर्गीय नेपालीका २ सन्तानलाई महासमिति सदस्य घिमिरे र तरुण दलका केन्द्रीय सदस्य आचार्यले पढाउने भएका छ्न ।
सन्तानलाई महासमिति सदस्य किरण किशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले पढाउने घोषणा गरेका हुन । कक्षा दश सम्म प्रत्येक बर्ष १२ हजारको दरले रकम उलब्ध गराउने र कक्षा दश पछि पढ्दा जति खर्च हुन्छ त्यही अनुसार थप रकम घोषणा गर्ने उनिहरुले बताएका छन् ।
यसै बिच नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर–४ कार्यसमितिले स्वर्गीय खेतुलाल नेपालीको सम्झनामा खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खेतुलाल बंगलाचुलीका एक उत्कृष्ट क्रिकेट खेलाडी समेत भएका कारण उनको सम्झनामा बंगलाचुली क्रिकेट विकास समन्वय समिति संग सहकार्य गरेर खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता अयोजना गरिने बताईएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३१ जेठ । दाङमा सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत १५ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा सिद्धरत्ननाथ उच्च मावि, जनजागृति मावि नारायणपुर, लिटिलबुद्ध, पद्मोदय मावि र महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा यु.केजी. देखी स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरुलाई झोला, कापि,स्कुल ड्रेस,कलम,क्यालकुलेटर र ज्यामेट्री बक्स प्रदान गरिएको हो।
संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै छात्रबृत्ति लिँदै अस्मीता चौधरीले, आफुहरुको शिक्षाको लागि संस्थाले गरेको सहयोगका लागि संस्थालाई धन्यवाद दिएकी थिइन् । यस्ताखाले सहयोगले पढाईमा सकारात्मक उत्प्रेरणा प्रदान गर्ने उनको भनाई थियो।
कार्यक्रममा बोल्दै संस्थाका एच.बि.थापाले छात्रबृत्तिले बिद्यार्थीहरुको शैक्षिकस्तरमा प्रोत्साहन मिलोस्, बिद्यार्थीहरुको पढ्ने लगनशिलता सँगै भबिष्य सुनिश्चीतताका लागि संस्थाले बालबालिकाहरुको शिक्षामा लगानी गरेको बताए। उनले बालबालिकाहरुलाई लगनशिलताका साथ अध्ययन गर्न अनुरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले स्वास्थ्यका क्षेत्रमा स्थापनाकाल देखी नै काम गर्दै आएको बताए।
गत वर्ष २०८० साल असार महिनामा घोराही उपमहानगरपालिका वडा नम्बर १० मा ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा सिकलसेलको क्याम्प राखेको थियो ।
उक्त क्याम्पमा ४सय १२ जनाको स्किीनिङ टेस्ट गरिएकोमा ४१ जना सिकलसेल प्रभावित भेटिएका थिए ।
तीमध्ये १५जना बालबालिकाहरुलाई बिहिबार छात्रबृत्ति बितरण गरिएको हो भने अन्यलाई सिलाईकटाई, ब्युटीपार्लर, तरकारी खेती तालिम र पशु तथा स्रोतको उचित ब्यस्थापन तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष आसमानी चौधरीले जानकारी गराएकी थिइन् भने कार्यक्रमको सहजीकरण संस्थाका पार्वती बस्नेतले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुमपश्चिम, ३१ जेठ । रुकुम पश्चिम जिल्लामा कलात्मक सिसमहल मन्दिर निर्माण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङमा १ करोड बढीको लागतमा कलात्मक सिसमहल मन्दिर निर्माण गरिएको हो ।
शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिले कलात्मक आकृतिहरु सहितको मन्दिर निर्माण गरेको छ । उक्त मन्दिर सिसै सिसाले बनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्दन शर्माले जानकारी दिए।
एक रोपनी क्षेत्रफलमा बनेको उक्त मन्दिरमा सिसाका टुक्राहरु टाँसेर विभिन्न किसिमका आृकतिहरु बनाइएको छ । निर्माण निर्माणका लागि आवश्यक जग्गा आफु र स्थानीय विमल शर्माले उपलव्ध गराएको उनले बताए । उनका अनुसार मन्दिर परिसरमा विवाह मण्डपका साथै अन्य संरचनाहरू समेत बनाइएको छ । राप्ती राजमार्गबाट मन्दिर गेटसम्म पुग्नलाई सडक पक्की बनाइएको छ ।
मन्दिरको भित्रिभागमा चार फिटमाथि ऐनाहरू राखिएको छ भने सिलिङ्गमा समेत सिसाका बुट्टाहरू राखिएको छ । स्थानीय मिस्त्रीहरूले मन्दिर भवन निर्माण गरेका हुन् भने बुट्टा र सिसाका कलात्मक आकृति निर्माणका लागि नेपालगन्ज र भारतको दिल्लीबाट मिस्त्रीहरू आएर काम गरेका हुन् ।
शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिका सचिव विमल शर्माले मन्दिर निर्माणका लागि हालसम्म एक करोड पाँच लाख ४९ हजार रुपियाँ खर्च भएको जानकारी दिए । मन्दिरमा हालसम्म कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालयको ७५ लाख, मुसीकोट नगरपालिकाको २८ लाख, वैदेशिक रोजगारीमा रहेका स्थानीयको एक लाख सात हजार र स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको एक लाख ४२ हजार रुपियाँ लगानी भएको छ ।
तीन वर्ष पहिला निर्माण सुरु गरिएको यो मन्दिरमा शिवको मूर्ति प्रतिस्थापना गर्न भने बाँकी रहेको छ । मूर्ति आइसकेको र शुभसाईत पारेर स्थापना गरिने तयारी रहेको सचिव शर्माले बताए।
डिभिजन वन कार्यालय रुकुमपश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले पर्यावरण विकास र धार्मिक आस्थाको सम्मानको मन्दिर निर्माण गरिएको जानकारी दिए। उनका अनुसार यो मन्दिर कर्णाली प्रदेशको पहिलो र नेपालकै तेस्रो सिसमहल मन्दिरको रूपमा लिइन्छ । यसअघि नवलपरासीको सुस्तामा गजेन्द्र मोक्षधाम र सिन्धुलीको काभ्रेस्थलीमा सिसाको मन्दिर निर्माण गरिएको छ ।
तस्विरः राजु लामिछाने
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३१ जेठ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन् ।संक्रमणकालिन न्यायको जिम्मेवारी पुरा गर्न बाँकी रहेको भन्दै अपुरा कामहरु सबै सम्पन्न गर्नुपर्ने बताएका हुन
। बिहिबार एक कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।
‘शान्ति प्रक्रियाको बााकी काम अब पूरा गर्नैपर्छ । शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार हामीले गरिसकेका छौ । राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनःस्थापना गर्ने कार्यभार पूरा गरेका छौं, उनले भने,–‘तर अहिले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । हामीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ ।’
उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने आजको आवश्यकता रहेकोमा पनि जोड दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३१ जेठ। विद्यार्थी भिसा सम्बन्धि नियममा अष्ट्रेलियाले थप कडाइ गरेको छ ।
अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिना ९१ जुलाई० देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् ।
यी नियमहरू लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।
खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन् ।
गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।
त्यस्तै, ग्राजुएट भिसा ९टीआर० मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस