बैतडी, २८जेठ । विपद् प्रतिकार्य तथा उद्धारसम्वन्धी अभ्यास गर्दै गर्दा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । पानीमा डुवेका समयमा कसरी उद्धार गर्ने भन्ने सम्वन्धी डेमो देखाउँने क्रामा सोबमार बिहान सशस्त्र प्रहरीका जवान नरेन्द्र सिं धामीको सेती नदीमा डुबेर मृत्यु भएको हो ।
बझाङ सदरमुकाम नजिक भोपुर दरबारमा बाढीमा डुबेका व्यक्तिको उद्धारसम्बन्धी (डेमो) अभ्यासका क्रममा चैनपुर साना सहरी खानेपानी आयोजनाको ट्यांकी नजिक धामी बेहोस भएका थिए । उनी नदीमा टाँगिएको डोरीको साहारामा उद्धार अभ्यास गरिरहेका थिए ।
डुबेर बेहोस भएका उनलाई त्यहाँबाट उपचारको लागि जिल्ला अस्पताल पु¥याइए लगत्तै अस्पताले मृत्यु भएको घोषणा गरेको थियो । मृतक धामी विपद व्यवस्थापनसम्बन्धी तालिम प्राप्त व्यक्ति भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र जयपृथ्वी नगरपालिकाको टोलीले विपद उद्धारसम्बन्धी संयुक्त अभ्यास गर्ने क्रममा उक्त घटना भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए । १० दिनदेखि चलिरहेको उक्त अभ्यासको सोमबार अन्तिम दिन हो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२७ जेठ । बन्धक बनाएका चारजना नागरिकलाई मुक्त गर्ने क्रममा भएको इजरायली बालबालिकासहित २७४ जनाको ज्यान गएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलका सेनाहरूले नुसेराट शरणार्थी शिविर र वरपर आक्रमण गरेको थियो ।
नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरणमा परेका २६ वर्षीय नोआ अर्गामानी, २२ वर्षीय अल्मोग मीर जान, २७ वर्षीय आन्द्रेइ कोज्लोभ र ४१ वर्षीया स्लोमी जिभलाई इजरायल फिर्ता गरिएको छ । इजरायली सेनाले पनि उक्त कारबाहीमा १सय भन्दा कम मानिसको मृत्यु भएको अनुमान गरेको छ।
बीबीसीको रिपोर्ट अनुसार गाजाबाट प्राप्त पछिल्लो तथ्याङ्कले यदि पुष्टि भयो भने, यो द्वन्द्वको अहिलेसम्मकै सबैभन्दा घातक दिनहरूमध्ये एक हुनेछ ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दुई घण्टाको अभियानमा मारिएका २७४ प्यालेस्टाइनीमध्ये ८६ जनाको नाम सार्वजनिक गरेको छ।
घना बस्तीमा बसोबास गर्ने मानिसहरूले तीव्र बमबारी र भारी गोलीबारीको आतंककोबारेमा बताएका छन् । अब्देल सलाम दरविस नामका एक व्यक्तिले बीबीसीलाई बताएअनुसार उनी बजारमा तरकारी किन्दै थिए जब उनले माथिबाट लडाकु विमान र बन्दुकको आवाज सुने। त्यसपछि मानिसका शव टुक्रा–टुक्रा भएर सडकमा छरिएका थिए र भित्तामा रगतले लतपतिएका थिए ।
बन्धकहरूलाई उनीहरूको परिवारमा फर्काएपछि इजरायलमा उत्सव छाएको छ र अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्व नेताहरूले उनीहरूको रिहाइको खबरलाई स्वागत गरेका छन्।
तर गाजा भित्रको अपरेसन घातक भएको भन्दै युरोपेली संघका विदेश मामिला प्रमुख जोसेप बोरेलले भर्त्सना गरेका छन् । ’गाजाबाट नागरिकहरूको अर्को नरसंहारका रिपोर्टहरू डरलाग्दा छन्,“ उनले एक्समा लेखेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ। अर्थात विभिन्न प्रकारका मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ त्यस्ता बस्तुहरूलाई लागु पदार्थ भनिन्छ।यसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा नकारात्मक परिवर्तन ल्याउदछ। लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो र भयावह हुन्छ। यसले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ। यो मादक पदार्थ (रक्सी) भन्दा दशौँ गुणा हानिकारक हुन्छ।विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।
कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो।लागु औषध नियन्त्रण ऐन २०३३को दफा ३मा लागु औषध भनेर निम्न लाई परिभाषित गरेको छ
लागु औषधका प्रकार
मुख्य गरेर लागु पदार्थहरूलाई दुई भागमा बिभाजन गरिएको छ।
लागु औषध प्रयोगका कारणहरू
लागु औषध दुर्व्यसनका कारणहरू देहाय अनुसारका रहेको पाइयोः
लागु औषध प्रयोगकर्तामा देखापर्ने लक्षणहरू
लागु औषध प्रयोगकर्ताहरूमा देहाय अनुसारका कुनै वा सबै लक्षणहरू देखिन सक्दछन।
लागु औषधका असरहरू
लागु पदार्थको सेवनबाट हुने असरहरूलार्इ देहाय अनुसार उल्लेख गर्न सकिन्छ।
नेपालमा हाल कति लागु औषध प्रयोगकर्ता
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६का अनुसार नेपालमा १,३०,४२४ जना लागु औषध प्रयोगकर्ता रहेको देखिन्छ। यस अघि २०६९मा गरिएको सर्वेक्षणमा ९१,५३४ जना प्रयोगकर्ता थिए। २०७६को सर्वेक्षण प्रतिवेदन अनुसार लागु औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६प्रतिशत रहेको छ।
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागु औषध प्रयोगकर्ताको प्रदेशगत अवस्था देहाय बमोजिम रहेको छ:
| प्रदेश | पुरुष | महिला | जम्मा |
| कोशी प्रदेश | २७०१३ | ५९२ | २७६०५ |
| मधेश प्रदेश | १५६१४ | २२० | १५८४३ |
| बागमति प्रदेश | ४०८५५ | ५६२५ | ४६४८० |
| गण्डकी प्रदेश | ७९६८ | ९८८ | ८९५६ |
| लुम्बिनि प्रदेश | २४९१२ | १०१८ | २५९३० |
| कर्णाली प्रदेश | १७६८ | ४३ | १८११ |
| सुदुर पश्चिम प्रदेश | ३५६२ | २४६ | ३८०८ |
| जम्मा | १२१६९२ | ८७३२ | १३०४२५ |
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागु औषध प्रयोगकर्ताको उमेरगत अवस्थालाई हेर्दा देहाय बमोजिम देखिन्छ।
| लिङ्ग | लागु औषध प्रयोगकर्ताको उमेर समुह (वर्ष) | ||||||||
| १५बर्ष भन्दा कम | १५-१९ | २०-२४ | २५-२९ | ३०-३४ | ३५-३९ | ४०-४४ | ४५-४९ | ५० भन्दा माथि | |
| पुरुष | ०.२ | ६.९ | ३३.४ | ३५.५ | १२.९ | ६.८ | २.८ | १.१ | ०.५ |
| महिला | ०.० | १२.१ | ५१.५ | २९.३ | ६.१ | १.० | ०.० | ०.० | ०.० |
लागु औषध प्रयोगकर्ताको उमेरगत अवस्थालाई हेर्दा २५-२९ उमेर समुहका पुरुपमा र २०-२४ उमेर समुहका महिलामा लागु औषधदुर्व्यसनी अवस्था भहावहदेखिन्छ।
लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू
लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू देहाय वमोजिम रहेको छ
लागु औषध नियन्त्रणका लागि रहेका संस्थागतव्यवस्थाहरू
लागु औषध नियन्त्रणको प्रमुख केन्द्रीय निकायको रुपमा गृह मन्त्रालय रहेको र साथ साथै लागु औषध नियन्त्रणका सम्बन्धमा गृह मन्त्रालय मातहत देहाय अनुसारको संस्थागत व्यवस्था रहेको छ।
लागु औषध सम्बन्धी अपराधमा सजायको व्यवस्था
लागु औषध नियन्त्रण ऐन, २०३३ले देहाय अनुसार निषेधित कार्य भनि व्यवस्था गरेको छ र ती निषेधित कार्यहरूमा देहाय अनुसार दण्ड सजायको व्यवस्था पनि गरेको छ।
क) गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरीद गर्न, विक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार गर्न, सन्चय गर्न वा सेवन गर्न,
ख) अफीम वा कोकाको खेतीगर्न वा अफीम वा कोकाको पात वा अन्य लागु औषधको उत्पादन गर्न,
ग) लागु औषधको निर्माण वा तैयारी गर्न,
घ) लागु औषधको विक्री वितरण गर्न,
ङ) लागु औषधको निकासी वा पैठारी गर्न,
च) लागु औषध खरीद गर्न, संचय गर्न, राख्न वा ओसार पसार गर्न,
छ) गाँजाबाहेक अन्य लागु औषध सेवन गर्न,
दण्ड सजाय
क) गाँजा सेवन गर्ने व्यक्तिलाई एक महीनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना।
ख) पच्चीसवटा बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई तीन महिना सम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना।
ग) पच्चीसवटा बोट भन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा पाँच हजार रुपैयाँ देखि पच्चीसहजार रुपैयाँसम्म जरिवाना।
घ) गाँजा उत्पादन, तयारी, खरीद, विक्री, वितरण निकासी वा पैठारी , ओसार पसार तथा संचय गर्ने व्यक्तिलाईः-
१) पचास ग्रामसम्मको भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना।
२) पचास ग्रामदेखि पाँचसय ग्रामसम्मको भए एक महीनादेखि एक वर्ष सम्म कैद र एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना।
३) पाँचसय ग्रामदेखि दुई किलो ग्रामसम्मको भए ५ महीनादेखि दुई वर्षसम्म कैद र दुई हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना।
४) दुई किलो ग्रामदेखि दश किलो ग्रामसम्मको भए एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँचहजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना।
५) दश किलो ग्रामदेखि माथि जतिसुकै भए पनि दुई वर्षदेखि दश वर्षसम्म कैद र पन्ध्र हजार रुपैयासम्म एक लाख रुपैयाँसम्म जरिवाना।
ङ) अफीम, कोका वा सोबाट बनेको लागु औषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना।
च) अफीम वा कोकाको खेती गर्ने व्यक्तिलाईः-
१) पच्चीसवटा बोटसम्म भए एक वर्षदेखी तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीसहजार रुपैयाँसम्म जरिवाना।
२) पच्चीस बोट भन्दा माथि जतिसुकै भए पनि तीन वर्षदेखि दश वर्षसम्म कैद र पच्चीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना।
छ) अफिम, कोका वा सोबाट बनेका लागु औषधको सेवन र खेती गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाईः-
१) पच्चीस ग्रामसम्मको कारोवार गर्नेलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना।
२) पच्चीस ग्रामदेखि एक सय ग्रामसम्मको कारोवार गर्नेलाई दश वर्षदेखि पन्त्र्र वर्षसम्म कैद र पचहत्तर हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना।
३) एक सय ग्रामदेखि माथि जतिसुकै परिणामको कारोवार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद र पाँचलाख रुपैयाँदेखि पच्चीस लाख रुपैयाँसम्म जरिवाना।
ज) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सुचना प्रकाशित गरि तोकीदिएका प्राकृतिक वा कृत्रिम लागु औाष्ध तथा मनोद्दीपकपदार्थ (साईकोट्रपिक सब्स्ट्रान्स) र तिनको लवण र अन्य पदार्थ समेतको दूव्र्यसन गर्ने व्यक्तिलाई दुई महीनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय।
झ) माथि खण्ड (ज) मा लेखिएदेखि बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि वीस लाख रुपैयाँसम्म जरिवाना।
लागु औषध प्रयोगकर्तामा देखापर्ने स्वास्थ्य समस्याहरु
लागु औषधको प्रयोगबाट प्रयोगकर्ताहरूमा हेपाटाइटिस B/C, क्षयरोग, एच.आई.भि./एड्स, एस.टि.डी., कुपोषण लगायत विभिन्न स्वास्थ्य समस्या देखापर्दछन्।त्यसैगरी लागु औषधको सेवनबाटै व्यक्तिको अकालमा ज्यानै पनि जाने गर्दछ।
नेपालमा लागु औषध नियन्त्रणको सुरुवात: वि.सं.२०३३सालभन्दा अगाडी नेपालमा गाँजाजन्य पदार्थहरू खुल्लम खुल्ला विक्री वितरण हुने गर्दथे। जब लागु औषध नियन्त्रण ऐन,२०३३कार्यान्वयनमा आयो त्यसपछि लागु औषधलाई कानूनतः प्रतिवन्ध लगाइयो। तथापी संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले सन् 1961 मा SINGLE CONVENTION ON NARCOTIC DRUGS, 1961 लागु गरेपछी विश्वस्तरबाट नै यसको नियन्त्रण सुरुवात भएको हो।
लागु औषध प्रयोगकर्तालाई कुलतबाट छुटाउने उपचार सम्बन्धी व्यवस्था : लागु औषध दूर्व्यसनमा फसेका व्यक्तिहरूलार्इ दूर्व्यसनबाट छुटार्इ समाजमा पुनर्स्थापना गर्न नेपालभर २४० भन्दा बढी उपचार तथा पुनर्स्थापना केन्द्रहरू संचालनमा रहेका छन।ती केन्द्रहरूमा विभिन्न वैज्ञानिक विधिको प्रयोग गरेर डिटक्सिफाइ गर्ने गरिन्छ। विशेषज्ञ चिकित्सकको सल्लाहमा उपयुक्त औषधिको प्रयोग पनि गर्ने गरिन्छ।
लेखक: दर्शन आचार्य
२२ सय व्यक्ति फरार सूचिमा
तुलसीपुर, २६ जेठ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरेका छन् । प्रधानाध्यापक संघ नेपालले प्रअ पौडेललाई लुम्बिनी प्रदेशकाबाट उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्रदान गरेको हो ।
उनलाइ संघले आज काठ्माण्डौमा आयोजना गरेको कार्यक्रममा नगद १० हजारसहित सम्मान गरेको हो । संघले लक्ष्मीदास मानन्धर स्मृति कोषबाट नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
लुम्बिनी प्रदेशमै उत्कृष्ट प्रधानाध्यापक २०२४ को अवार्ड प्राप्त भएका पौडेल बिगत दुई दशक अघिदेखि शिक्षण पेशामा निरन्तर छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी पौडेलले मावि तुलसीपुर सेन्टरको परिवर्तनमा प्रधानाध्यापकको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानाध्यापक संघले उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो ।
उहाँले विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा उल्लेखनिय भूमिका खेलेको संघले जनाएको छ ।
विस २०६० सालदेखि शिक्षण पेशामा रहेका प्रअ पौडेल तुलसीपुर-६ मा रहेको मावि तुलसीपुर सेन्टरमा २०६६ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छ्न।
उनी विद्यालयमा प्रधानाध्यापक भएर आएपछि विद्यालयको भौतिक एवं शैक्षिक प्रगति उल्लेख्यरुपमा देखिएको छ । सामुदायिक विद्यालयप्रति विश्वास घट्दै गएको अवस्थामा मावि तुलसीपुर सेन्टरमा भने विद्यार्थीको चाप अत्याधिक छ ।
प्रअ भएर आउँदाको समयमा विद्यालयमा २ सय ५० विद्यार्थी थिए । तर पछिल्लो समय उनले प्रअको जिम्मेवारी लिएपछि अहिले २ हजार ५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
प्रधानाध्यापक पौडेलले चालु शैक्षिक सत्रमा मात्रै विद्यालयमा पढाउने शिक्षकले यसै विद्यालयमै आफ्ना छोराछोरी पढाउनुपर्ने चुनौतिपूर्ण निणर्य गरेका थिए।अहिले उक्त निणर्य कार्यान्वयनमा आइसकेको छ ।
उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुअघि विद्यालयमा भौतिक संरचनाको अभाव थियो । खानेपानीको व्यवस्था थिएन । विद्यालयमा पर्खाल थिएन । शिक्षक र विद्यालय व्यवस्थापन समिति आवश्यक समन्वयको अभाव थियो ।
तर पछिल्लो समय उनले प्रअको जिम्मेवारी सम्हालेपछि ति सबै समस्याको समाधान भएको छ । अहिले विद्यालय मेघा विद्यालयको रुपमा संचालित छ । कक्षा १२ सम्म संचालित विद्यालयमा अहिले विभिन्न पाँच विषयमा प्राविधिक धारको पढाई समेत भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पश्चिम, २६ जेठ । रुकुम पश्चिमबाट जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता भएकी छिन्। जिल्लाको बाफिरकोट गाउँपालिका वडा नम्बर ८ बस्ने २४ वर्षीय अंकिता केसीनाथ दुई छोरासहित बेपत्ता भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अंकिता ७ वर्षका दुई छोरा कुशल नाथ र किस्मत नाथ सहित गत जेठ १३ गतेदेखि बेपत्ता भएकी हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिँडेकी र हालसम्म पनि परिवारको सम्पर्कमा नआएकाले खोजी कार्यका लागि निवेदन प्राप्त भएको छ।
अंकिताका ससुरा बुबा हरिबहादुर नाथले बुहारी र नातिहरूको खोजीकार्यको मागसहित प्रहरीमा निवेदन दिएका। बेपत्ता भएकी महिलाका श्रीमान वैदेशिक रोजगारीको लागि विदेश गएका थिए श्रीमती र छोरा बेपत्ता भएको खबरपछि उनी खोजी कार्यका लागि नेपाल फर्किएका छन्।
प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको बताए। घरपरिवारबाट सम्पर्कविहीन आमा छोरालाई देख्ने वा भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ जेठ। दाङमा अटोर र बस एकआपसमा ठोकिँदा पाँचजना घाइते भएका छन्। घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।
तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर उपमहानगरपालिका ७ शान्ति पार्कचोकमा रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
घाइतेहरुलाई उद्धार गरी राति प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ घटनाको थप विवरण आउन बाँकी छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ जेठ । दाङको राजपुर गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक तालिम भवन निर्माण तालिमको उद्घाटन गरिएको छ। निवास संस्था ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा सुरक्षित आवास मार्फत सुदृढीकरण परियोजना अन्तर्गत एक महिने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको आयोजना गरिएको हो ।
ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आस्मानी चौधरीको अध्यक्षता एवं राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि राजपुर गाउँपालिकाका अध्यक्ष बुढाथोकीले पालिकाभित्रमा यस्तो खाले तालीम पहिलोपटक भएको भन्दै खुसी व्यक्त गरेका थिए।
तालिममा सिकेको कुरालाई व्यवहारमा लागू गर्न सके स्थानीय स्तरमै स्वरोजगार बन्न सकिने र विदेश पलायन हुने संख्या कम हुने उनले बताएका थिए। भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा युवाहरूसँग गाउँपालिकाले सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो।
गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले विपन्न सीमान्तकृत एवं महिला र १६ वर्षमुनिका बालबालिकाहरूको लागि सुरक्षित आवास अत्यावश्यक रहेको बताएकी थिइन्। विपदको समयमा बढी प्रभावित हुने समूहका लागि सुरक्षित आवास बन्न थालेको प्रति खुसी व्यक्त गरिन्। उनले पालिकामा घरविहीन भएका नागरिकहरूका लागि सुरक्षित आवास निर्माणमा काम गर्ने बताइन्।
इन्क्लुसिभ डिजाइनर्स एअन्ड बिल्डर्सका अध्यक्ष निरोज श्रेष्ठले गाउपालिकामा पहिलोपटक सहकार्य हुन लागेको बताए।
ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले संस्थाले समाजीक सेवासंगै आर्थिक आयआर्जनका कार्यक्रमहरु गर्दै आएको बताइन् । सीप सिकेर व्यबहारमा लागू गर्न सके समुदायमै आयआर्जन गर्न सकिने बताइन।
कार्यक्रममा इन्क्लुसिभ डिजाइनर्स एअन्ड बिल्डर्सका प्रबन्ध निर्देशक कुशल श्रेष्ठ, हेफ़र प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्य र मनकामना डेभलपमेण्ट सोलूसनका अध्यक्ष रुमेंल पुन, भीटा परियोजनाका कार्यक्रम संयोजक गिरिराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।
एकमहिने तालिममा १० जना युवाहरुले घर निर्माण सम्बन्धी प्रशिक्षण लिनेछन । तालिमको उद्घाटनसत्रको सहजीकरण पार्वती बस्नेतले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गरेका छ्न। शुक्रबार पदभार ग्रहण लगत्तै गर्दै ९ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् ।
मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका छन् ।
यस्तै मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा १/१ वटा खुला शैक्षिक पार्क तयार गर्ने उनले बताए । मधेश प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापन पर्ने निर्णय भएको उनले बताए ।
वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम लागू गर्ने निर्णय भएको उनले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,२४ जेठ । तुल्सीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेका छन ।
पूर्व विद्यार्थीहरू समिर सेजुवाल र नारायण भुसालले विद्यालय स्तरमा हुने विभिन्न खेलहरुमा विद्यार्थीहरू लाई शिक्षासँगै खेलकुदमा जोड्नका लागि खेल सामग्रीहरू प्रदान गरिएको बताए । विद्यालय स्तरमै खेलाडी उत्पादनका लागि टेवा पुर्याउने र खेलप्रतिको रुचि बढोस् भन्ने उद्देश्यका साथ खेलकुद सामग्रीहरू प्रदान गरिएको हो ।
विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने थलो रहेको हुँदा यस्ता खेलकुद सामग्रीहरूबाट खेलाडीहरूको खेल विकासमा भूमिका रहने भन्दै खेलकुद सामग्रीहरू उपलब्ध गराएका हुन् ।
उनीहरू दुवैजना हाल अमेरिकामा रहेका छन् । विद्यार्थी हुँदा आफूहरू पनि खेलकुदमा धेरै चासो राख्ने हुँदा यसरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गर्न र हौसला मिलोस् भने उद्देश्यले सामग्री उपहार दिएका हुन ।
भुसाल आफू पनि फुटबलको राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएको र यसरी विदेशमा रहँदा पनि खेलकुदको माया लाग्ने र विद्यालयले आफूजस्तै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोगी भूमिका निर्वाह गरोस् भनी खेल सामग्रीहरू पठाई दिएको विद्यालयका भाइस प्रिन्सिपल सोमराज बस्नेतले जानकारी दिए।
साथै विद्यालय परिवारलाई माया गरी यसरी खेलकुद सामग्री उपहार स्वरूप प्रदान गरेकोमा विद्यालयका प्रिन्सिपल वासुदेव रिजालले भुसाल र सेजुवाल दुवैलाई धन्यवाद व्यक्त गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान, २४ जेठ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा महिला तथा युवा समुहका प्रतिनिधिहरुका लागि स्थानीय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत भोटेचौरमा विहिबार सम्पन्न भएको हो ।
महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि जिल्लामा समुदाय परिचालन परियोजना सुरु भएको छ ।
अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्थानीय तहका नीति, योजना, बजेट तथा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयनका लागि युवा तथा महिला समुहको भुमिका महत्वपूणर् हुने बताए।
छत्रेश्वरी गाउँपालिकालाइ जवाफदेही, पारदर्शी, उत्तरदायी र जनमुखी स्थानिय सरकारको रुपमा विकास गर्ने आफुहरुको उदेश्य रहेको भन्दै उहाँले यसका लागि युवा, महिला लगायत समुदायका हरेक नागरिकहरुको सार्थक सहभागीता संगै रचनात्मक सुझावको पनि अपेक्षा गरेको उल्लेख गरे।
कार्यक्रममा आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजनाका जिल्ला संयोजक उमेश खरेल र नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले स्थानिय तहमा योजना तर्जुमाका चरणहरु, योजना निर्माणमा सामुदायिक समुहको भुमिका, सुचनाको हक र सामुदायिक नेतृत्व विकास सम्बन्धि अभिमुखिकरण गरेका थिए।
स्थानिय सरकार संगै दलित विकास समाज सल्यान र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा अन्य विषयगत क्षेत्रमा कार्यरत संस्थाहरु क्लीन अफ नेपाल, युवालय र सोसेक नेपालको सहभागितामा सल्यानका ६ वटा वडामा परियोजना संचालनमा छ ।
छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा यो कार्यक्रम सुरु भएको र हाल समूह निर्माण संगै विभिन्न अभिमुखिकरणका कार्यक्रम संचालन भैरहेको परियोजनाका पालिका सुपरभाइजर लिला वली परियारले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस