दाङ,१६ जेठ। दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
भारतीय सीमा जोडिएको कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको जानकारी दिए। घाइते सबै खतरा मुक्त अवस्था रहेको प्रहरी निरिक्षक कार्कीले बताए।
प्रहरी नियन्त्रणमा रहेका बस चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन् ।
प्रहरीका अनुसार बस सडक किनारको नालीमा पल्टिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ जेठ । तुलसीपुर नगर जेसीजले असल अभिभावक शिक्षा कार्यालय गरेको छ। जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार उक्त कार्यक्रम गरेको हो ।
तुलसीपुर नगर जेसीज वर्ष २०२४ का अध्यक्ष पुर्ण डांगीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले बालबालिकामा संस्कारसहितको शिक्षाको अभाव भएको बताएका छ्न।
अभिभावकको व्यस्तता, अशिक्षा, बेरोजगारी, बढ्दो सहरीकरण, फरक समुदायको बसोबास, गलत संगतले बालबालिकालाई असल संस्कार सिकाउन कठिन भएको उनीहरुले बताएका छन्।
अभिभावकले बालबालिकाको मनोभावना बुझ्ने कोसिस गर्यो भने धेरै समस्याको समाधान हुने बताएका थिए।
गलत कार्यले नराम्रो परिणाम दिने भएकाले सत्कर्म गर्नुपर्छ भन्ने भावना विकास बालबालिकाहरुमा गराउनुपर्ने प्रशिक्षक तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष तथा प्रशिक्षक सूर्य शर्माले बताए। उनले बालबालिकाको स्तरमा रहेर अभिभावकले साथित्वको व्यवहार गर्न सक्यो भने हरेक कुराहरूको जानकार हुनसक्ने बाताबरण बन्ने बताए
यस्तै तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष तथा असल अभिबाक शिक्षा कार्यक्रममा प्रशिक्षक झरेन्द्र खरेलले असल संस्कार कसरी सिकाउने, नैतिकवान व्यक्ति कसरी तयार पार्ने भन्ने, असल अभिभाबक बन्न आफू कुन रूपमा प्रस्तुत हुने विषयमा प्रशिक्षण गराएका थिए। उनले ब्यक्तित्व र नेतृत्व विकास कसरी गर्ने सकिन्छ भन्ने विषयमा जानकारी गराए।
कार्यक्रममा आस्थापाठ केशव राज न्यौपानेले गरेका थिए भने भने कार्यक्रमको बारेमा जानकारी उपाध्यक्ष सुरज भण्डारीले गरेका थिए।
असल अभिभावक शिक्षा कार्यक्रमका संयोजक रमेश रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गरेका थिए।
कार्यक्रममा कार्यक्रममा अक्षय कोष दाता पदम पोख्रेल, पुर्व अध्यक्ष हरु बिमल कुमार पौडेल , मेघराज घिमिरे , मोहन सुनार र निवर्तमान अध्यक्ष सालिकराम वलि को पनि सहभागिता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५, जेठ ।दाङको तुलसीपुरमा रहेको नेपाल नेत्र ज्योति सङ्घको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता एवं नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागीहरूले नेत्र ज्योति संघले आफ्ना सेवाहरूलाई विशिष्टीकृत गर्दै लगेकोप्रति प्रशंसा गरेका थिए। आँखा उपचार मात्र नभई नाक कान र घाँटीको उपचार सेवा समेत गरिनुले यस क्षेत्रको गरिमा बढाएको उनीहरूले बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथि श्यामकुमार पोखरेलले तुलसीपुरमा रहेको आँखा अस्पताल पश्चिमदाङको गौरवको विषय भएको बताएका छन्। शैक्षिक तथा प्रशासनिक क्षेत्रमा पछिल्लो समय उल्लेखीय रूपमा प्रगति गर्दै गएको प्रति प्रशंसा समेत व्यक्त गरेका छन्। अस्पतालको सेवालाई थप विशिष्टीकृत गर्दै लैजानका लागि स्थानीय सरकार र नेत्र ज्योति संघको सहकार्य र समन्वय निरन्तर भइरहनुपर्ने उल्लेख गरेका थिए।
कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी दाङ शाखाका उपसभापति हरिहर पौडेलले राप्ती आँखा अस्पतालले अन्दोपना न्यूनीकरणमा उत्कृष्ट कार्य गर्दै आएको बताएका थिए। स्थानीय सरकारको सहकार्य र समन्वयमा आँखा उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लगेको उनको भनाइ थियो।
नेपाल नेत्रज्योति संघले स्थापनाकालदेखि हालसम्म आँखा स्वास्थ्य सेवा संगसंगै नाक, कान, घाँटी सम्बन्धि स्वास्थ्य सेवा प्रवाह गदै आएको छ । पौडेलले नाक, कान, घाँटीको सेवालाई थप प्रभावकारी बताउनुपर्नेमा जोड दिए।
यस्तै चिफ मेडिकल डिरेक्टर शुभलक्ष्मी कटुवालले नेत्रज्योति संघ र आँखा अस्पताल बिचको सम्बन्ध परिपुरक रहेको बताइन।
गढवा गाँउपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले आँखा अस्पताल नाफा मूलक भन्दा पनि सेवा मूलक भएर काम गदै आएको बताइन।
उनले २७ वटा आँखा अस्पताल मध्ये दाङ शाखाले नमूना काम गरेको बताइन।
बितेको एक वर्षको अबधिमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरु, आँखा उपचार केन्द्रहरु र बाह्य कार्यक्रमबाट तिन लाख ११ हजार ५ सय ४१ जनालले ओपिडि सेवा लिएका छन् ।
यस्तै विशिष्टिकृत ओ.पि.डि. सेवा आँखा तर्फ रेटिना ५हजार ५ सय ९६, कर्निया ६ हजार ९६३, ओपिए एल ४ हजार १०७, बाल नेत्ररोग विभागबाट १ अजार २३७ गरी १७ हजार ९०२ जनाले सेवा लिएका छन् ।
यस्तै ओ.पि.डि. सेवा कानतर्फ १३ हजार ५९०, शल्यक्रिया मोतियाविन्दु तर्फ १५ हजार ४०२ जनाले सेवा लिएको नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विशिष्टिकृत तथा अन्य सेवातर्फ रेटिना ८२४, कर्निया ६६२, आँखाको सौन्दर्य तथा क्यान्सर ९०१, बाल नेत्ररोग ११, अन्य ३ हजार २४६ गरी ५ हजार ६४४ जनाले सेवा लिएका छन् ।
संघ अन्तर्गत २८ वटा आँखा अस्पतालहरु र १५० भन्दा बढी आँखा उपचार केन्द्रहरु सञ्चालनमा रहेको छ । संघले वार्षिक रुपमा १२ लाख भन्दा बढी नेत्ररोगिहरुलाई बहिरंग सेवा र करिब ३ लाख भन्दा बढीको मोतिविन्दुको शल्याक्रियागरी उपचार सेवा पुर्याउँदै आएको छ ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको विशिष्ठ आतिथ्यताका कार्यक्रम भएको हो ।
कार्यक्रममा लायन्सक्लवका डिष्ट्रिक गर्भनर विनोद कुमार श्रेष्ठ, संघका आजिवन सदस्य लिलाराम खनाल, तुलसीपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमकान्त भण्डारीले लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशम बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव घनश्याम सुवेदीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौँ, १५ जेठ । सरकारले खुल्ला कारागारलाई सञ्चालन ल्याउने बताएको छ । कागारमा कैदीको चाप अत्याधिक रहेको उल्लेख गर्दै चापलाई कमगर्न प्रोभेसन र प्यारोलको व्यवस्था गरिने अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०८१÷८१ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री पुनले खुल्ला कारागारका साथै कारागारलाई सुधार गृहको रुपमा विकास गरिने घोषणा गरेका छन् ।
त्यसैगरी अध्यागमनलाई अत्याधुनिक बनाइने उल्लेख गरिएको छ । विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिने बताइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ जेठ । दाङको घोराही नगर प्याब्सनको आयोजनामा चित्रकला तथा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी घोराही नगर प्याब्सनको आयोजनामा चित्रकला तथा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको हो ।
कक्षा ४ देखि ५ सम्मका विद्यार्थीका बिचमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । चित्रकला प्रतियोगितामा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका देविका पुन मगर प्रथम, सिद्धार्थ एकेडेमीका प्रिन्स केसी द्वितीय , राप्ती आवासीय माविका जेनिसा बुढा तृतीय र जनज्योति विद्याश्रमका आभाष बस्नेत सान्त्वना भएका छन् ।
त्यस्तै कक्षा १ देखि ३ सम्मका विद्यार्थीबिच अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । हिज्जे प्रतियोगितामा हिमचुली स्कुलका सम्राट बुढाथोकी, आभाष काफ्ले र आयुना रावलको समूह प्रथम, सभ्यता पाठशालाका उज्वल चौधरी, दिवान्सी भण्डारी र अनुज्ञा धितालको समूह द्वितीय , सामर्थ पाण्डे, प्रत्युश गोतामे र प्राप्ती गौतमको समूह तृतीय तथा इशान न्यौपाने, आराध्या कुमारी गुप्ता र प्रज्वल डाँगीको समूह सान्त्वना भएका छन् ।
चित्रकला प्रतियोगितामा ४१ र हिज्जे प्रतियोगितामा ४८ वटा विद्यालय सहभागी भएका थिए । प्याब्सन घोराहीका अध्यक्ष बीरेन्द चन्दको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौँ, १५ जेठ ।
सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा बजेट घटाएर ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको लागि कृषि क्षेत्रमा १ अर्ब बजेट घटाएर ल्याएको हो ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।
चालु आव २०८०/८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ जेठ। नेपालको संविधान २०७२ को धारा ४१ मा जेष्ठ नागरकिका हक अधिकारलाई मौलिक हकको रुपमा राखेको छ । सामाजिक न्यायको अभिन्न अङ्गका रूपमा मानवीय मर्यादाका र नैसर्गिक अधिकारको रुपमा जेष्ठ नागरिकका हक अधिकारहरु सुनिश्चित गरिएको छ । तर पनि संवैधानिक व्यवस्था अनुसार जेष्ठ नागरिकका हक अधिकारहरु पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । सार्वजनिक सेवा क्षेत्रमा पाउनुपर्ने सहुलियत तथा सुविधा समेत सहजै पाउन नसक्दा समस्याहरु कम हुनुको साटो थपिदै गएको ज्येष्ठनागरिकहरुको गुनासो छ ।
विशेषगरी यातायात, स्वास्थ्य सेवा क्षेत्र, वैंक तथा वित्तीय क्षेत्रमा आफूहरुले सहजै सेवा लिन नसकेको उनीहरुको गुनासो छ । संवैधानिक व्यवस्था भए बमोजिम सेवामा छुट, प्राथमिकताका आधारमा पाउनुपर्ने सेवाहरुमा सँधै पीडित बन्नुपरेको उनीहरुको भनाई छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा संवाद समुहको सहजीकरणमा भएको ज्येष्ठ नागरिकका हक अधिकार कार्यान्वयन विषयक संवादका अवसरमा सहभागी ज्येष्ठ नागरिकहरुले यस्तो गुनासो गरेका थिए ।
यातायातमा ज्येष्ठ नागरिकका लागि सिटको व्यवस्था नहुनु, यदिन भएपनि त्यसको प्रयोग गर्न नपाउनु, सेवामा छुट नपाउनु, स्वास्थ्य उपचारमा सहज सेवा पाउन नसक्नु जस्तासमस्याहरुमा आफूहरु झेलिनुपरेको उनीहरुको भनाई थियो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको संवाद कार्यक्रममा ज्येष्ठ नागरिक बुद्धिराम भूसालले यातायात क्षेत्रमा सबैभन्दा बढि अपमानित हुनुपरेको गुनासो गरे । ६० वर्ष माथिका नागरिकले यातायातमा ५० प्रतिशत छुट पाउनुपर्ने संवैधानिक व्यवस्था भएपनि त्यसको लागु हुन नसकेको बताएका थिए । आफुहरुले पाउनुपर्ने छुटको माग गर्दा अपमानित शव्द तथा व्यवहारहरु झेल्नुपरेको उनको भनाई छ ।
“हामीले पाउनुपर्ने सेवा त पाउँदैनौ , उल्टो गाली खान्छौँ, उनले भने–“ न त ५० प्रतिशत छुट न त आरक्षण सिट, भन्यो भने उल्टो गाली पाईन्छ अनी हामीले हाम्रा अधिकार कसरी उपभोग गर्न पाउँछौँ ? ”
कार्यक्रममा ज्येष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीले संविधानमा व्यवस्था भए बमोजिमका हक अधिकार पूर्ण रुपमा कार्यान्वयन नुहँदा सम्म ज्येष्ठ नागरिकका समस्याहरु समाधान नहुने बताए । उनले हरेक पालिकामा ज्येष्ठनागरिक मैत्री जेनेटरी वार्डको व्यवस्था गरी सामाजिक सेवालाई थप व्यवस्थित बनाउन आग्रह गरे ।
कार्यक्रममा वडा कार्यसमितिका संयोक नेप बहादुर केसीले ७२ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनुपर्ने माग गरे ।
जेष्ठ नागरकि ललितबहादुर ओलीले जेष्ठ नागरकिका हक अधिकारलाएै पूर्ण रुपमा कार्यान्वयन ल्याउनका लागी वडा र टोल स्तरमा यस्ता खाले सचेतनाका कार्यक्रमहरु लैजानुपर्ने माग गरे।
वैंक तथा वित्तीय संस्थामा देखिएको गुनासो र समस्यालाई संवोधन गर्दै सिद्धार्थ बैँक तुलसीपुरका शाखा प्रवन्धक किरण आचार्य र महालक्ष्मी विकास वैंकका प्रमुख खगेन्द्र पिएमले वडासँग समन्वय गरेर वित्तीय साक्षरता कार्यक्रम टोल स्थलमा लैजाने बताएका छन्। उनीहरूले अपाङ्ग मैत्री र जेष्ठ नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
यसैगरी यातायात क्षेत्रमा देखिएको समस्यालाई तत्काल सुधारगरी मैत्रीपूर्ण सेवा प्रदान गर्दै लैजाने यातायात व्यवसायीहरुको प्रतिवद्धता रहेको थियो ।
राप्ती प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जेष्ठ नागरिक स्वास्थ्य बिमामा जोडिन नसकेको बताए । उनले बजेट अभावमा पनि अस्पतालले सामाजिक इकाईबाट प्रदान गर्ने सेवामा निरन्तरता दिएको बताए ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका रबिन्द्र मल्लले जेष्ठ नागरिकलाई न्याय सेवामा प्राथमिकतामा राख्ने गरेको बताए।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ का निवर्तमान अध्यक्ष नवराज लामीछाने, स्वास्थ्य शाखा प्रमुख ओम पी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले जेष्ठ नागरिकको अधिकार कार्यान्वयनका लागि स्थानीय सरकार गम्भिर रहेको बताए । उनले यातायात क्षेत्रमा कानुनमा लेखिएका नितिलाइ कार्यान्वयन गरि जेष्ठ नागरिकलाई दिइने सेवामा गम्भीर बन्न यातायात समितिलाई आग्रह गरे । बैंक सम्म आउनुपर्ने बाध्यताको अन्त्य गर्दै पञ्जिकरण शाखा र बैंकले घरदैलोमा गएर सेवा प्रवाह गर्नुपर्ने बताए ।
उपप्रमुख स्यानी चौधरीले जेष्ठ नागरिक समाजको धरोहर भएको उनिहरुको सम्मानमा सबै जिम्मेवार हुनुपर्ने बताइन्।
कार्यक्रमको सहजीकरण महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठ, संवाद समुहका वरिष्ठ सहजकर्ता सुशिल बस्नेत र शुष्मा लामिछानेले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,१५ जेठ । आज १७औँ गणतन्त्र दिवस । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् ।
लुम्बिनी सरकारले देउखुरीमा कार्यक्रम गरेर दिवस मनाउदै छ भने संघीय सरकारले टुडिखेलमा कार्यक्रम गर्दै छ ।
देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ जेठ। दाङकाे राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले समाजमा बिद्यमान विकृति राेक्न विद्यार्थीहरुले टाेल टाेलमा सचेतना जगाउन जरुरि रहेकाे वताएका छन् ।
वालश्रम, वालविवाह न्युनिकरण अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै उनले यस्ताे वताएका हुन ।
वालविवाह र वालश्रम राेक्न नसक्दा सम्म समाज परिवर्तन संगै विकासले गति नलिने उनको भनाइ छ ।
अध्यक्ष बुढाथोकीले भने “जब सम्म हरेक नागरिक शिक्षित हुदैन तव सम्म हामिले चाहेकाे जस्ताे विकास र परिवर्तन सम्भव हुदैन् ।”
राजपुर गाउँपालिकाले शिक्षामा ठुलाे लगानि गरेकाे वताउदै वालवालिकाहरु लाई निशुल्क शिक्षाकाे ब्यवस्था गरेकाे वताए ।
राज्यले निशुल्क शिक्षा ग्यारेन्टी गरेकाे हुदा राजपुर गाउँपालिकाले याे ब्यवस्था लागू गरेकाे अध्यक्ष बुढाथोकीले वताए ।
त्यस्तै राजपुरगाउँपालिका उपाध्यक्ष धनपति यादवले वालविवाह जब सम्म राेक्न सकिँदैन तब सम्म अार्थिक , सामाजिक परिवर्तन सम्भव नभएको वताइन।
उपाध्यक्ष यादवले पालिकाका वालवालिकाे सवालमा सधैं सचेत हुँदै वालमैत्रि कार्यक्रम सञ्चालन गर्दै अाईरहेकाे वताइन ।
सोमबारदेखि देखि सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका विभिन्न ८ विद्यालयमा वालश्रम, वालविवाह न्युनिकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
राजगुरगाउपालिकाका अध्यक्ष शरद विसिकाे अध्यक्षता तथा उपाध्यक्ष धनपति यादवकाे प्रमुखअातिथ्यतामा कार्यक्रमकाे उद्घाटन गरिएकाे कार्यक्रम सञ्चालन दुर्गाप्रसाद यादवले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
कास्की १४ जेठ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । संविधानबिपरीत ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनालाई बहुमत मानेर सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री खगराजलाई विश्वासको मत दिलाएका थिए ।
सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए । सर्वोच्चका न्यायाधीश सुनील पोखरेल र कुमार रेग्मीको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस