दाङ, ३० वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको एसोसिएट सदस्यमा सन्दिपन रिजाल निर्वाचित भएका छन् । रिजालले संयुक्त प्यानल तर्फका उमेद्धवार सुरज ज्ञवालीलाई ३३ मतान्तरले पराजित गर्दै एसोसिएट सदस्यमा निर्वाचित भएका हुन् ।
कुल १०२ मत खसेकोमा रिजालले ६९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस सर्मथनको विनिल केसीको प्यानलबाट उमेद्धवार बनेका थिए ।
विनिल प्यानलकै आचार्य सर्वसम्मत
यसैगरी विनिल केसी प्यानलका चिन्तामणी आचार्य संस्थागत सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।
आचार्य यस अघिनै सर्वसम्मत भएको निर्वाचन समितिले बताएको छ । निर्वाचित आचार्य र रिजाललाई निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ वैशाख। नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलकाे तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरेका छन् ।
त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्याेग उपाध्यक्ष पदका उम्मेदवार रहेका बसन्त न्याैपानेले २ सय ७ मत लिई विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका धरमबहादुर बस्नेतले १ सय ८४ मत लिएका छन् ।
त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार रहेका कुलराज खनालले २ सय ५७ मत प्राप्त गरी विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका सनतकुमार आचार्यले १ सय ४१ मत लिएका छन् ।
त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट सचिव पदका उम्मेदवार रहेका मिना भण्डारीले २ सय १० मत लिई विजयी भएकी छिन् भने सचेत युवा व्यवसायी प्यानलका तिलकबहादुर भण्डारीले १ सय ८२ मत लिएका छन् ।
कुल ४ सय ३२ मतदाता रहेकाेमा ४ सय ६ मत खसेकाे थियाे ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । उवासंघको नया नेतृत्वका लागि भएको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ।
निर्वाचन समितीका अनुसार कुल ३ हजार ४ सय ७४ मत मध्य २ हजार ८ सय ८६ मत खसेको छ ।
शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान सांझ ६ बजेसम्म भएको थियो । संघको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंगको निर्वाचनमा मतदान समय थप गरिएको छ। बेलुका ५ बजेसम्म मात्र मतदानको समय तोकिएपनी अहिले समय थप गरिएको छ । मतदाताहरुको सहभागीतालाइ मध्यनजर गरेर ५:३० सम्म मतदान समय थप गरिएको निर्वाचन समितिले जानकारी गराएको छ ।
उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ । अहिले बेलुकी ५ बजेसम्म २४ सय मत खसेको छ । अब ३१ प्रतिशत मत खस्न बाकी छ ।
उवासंघमा ३हजार ४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ वैशाख ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा लिनेहरूको संख्या बढ्दो छ। प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरूलाई सेवा दिन थालेपछि अस्पतालको स्वास्थ्य सेवा लिने नागरिकहरूको सङ्ख्या बढ्दै गएको हो।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३४ हजार बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।
प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले गएको साउनदेखी चैतसम्म ३४ हजार ४ सय ४३ जनाले विमावाट सेवा पाएको जानकारी दिए। दैनिक २ सय जनाले विमावाट सेवा लिइरहेको उनले बताए।
रकम भुक्तानी नहुँदा स्वास्थ्य सेवा प्रभावित
सरकारले स्वास्थ्य बीमा अन्तर्गत प्रदान गर्ने स्वास्थ्य बीमा रकम समयमा भुक्तानी नगर्दा स्वास्थ्य सेवा प्रभावित बनेको छ। सर्वसाधारणले स्वास्थ्य बीमाबाट सेवा प्राप्त गरे पनि बिमा बोर्डले समयमै बिमा वापतको रकम भुक्तानी नगरेपछि सेवालाई थप प्रभावकारी बनाउन समस्या भएको छ।
ठुलो रकम विमा वोर्डले भुक्तानि नगरेको कारण विमावाट हुने स्वास्थ्य सेवा वन्द गर्ने अवस्थामा आइपुगेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार अझै पनि ७ करोड ९८ लाख रुपैयाँ विमा वाफतको रकम प्रतिष्ठानमा प्राप्त हुन सकेको छैन् ।
प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले विमा कार्यक्रमको करोडौरकम विमा वोर्डवाट भुक्तानि नहुदा प्रतिष्ठानको उपचार सेवामा निकै ठुलो समस्या भएको बताए । पछिल्लो पटक चौतर्फी दवावका वावजुद केही रकम भुक्तानि भएपनि करोडौको ठुलो रकम भुक्तानि नहुदा विमा कार्यक्रमवाट उपचार सेवा दिन गाह्रो हुदै गएको उनले बताए।
विमा वोर्डलाई विमाको रकम भुक्तानि गर्न प्रतिष्ठानवाट फेरीपनि पत्राचार गरेर ध्यानाकर्षण गराइएको उनले बताए। सर्वसाधारणले विमावाट प्राप्त गरीरहेको सेवालाई नटुटाउनका निमित्त विमा वोर्डले समयमै पैसा भुक्तानि गरीदिन पनी रजिष्ट्रार लम्सालले आग्रह गरे।
प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले दिएको जानकारी अनुसार विमा कार्यक्रमवाट साउनमा ४ हजार ४६ जना, भदौमा ४ हजार १ सय ४७ जना, असोजमा ४ हजार ४ सय २४ जना, कार्तिकमा २ हजार ८ सय ८० जना, मंंसिरमा ३ हजार ९ सय ५२ जनाले सेवा पाएका छन् ।
यसैगरेर पुसमा ४ हजार ९० जना, माघमा ३ हजार १ सय ९२ जना, फागुनमा ३ हजार ८ सय १३ जना र चैतमा ३ हजार ८ सय ९९ जनाले विमावाट सेवा लिएको प्रतिष्ठानकी विमा फोकल पर्सन दुर्गा श्रेष्ठले बताइन।
यसैविच विमा कार्यक्रमवाट सेवा लिने विरामीहरुको सेवा लिने दिन नै विमावाफतको रकम दावि हुने भएको छ । विमाकी फोकल पर्सन दुर्गा श्रेष्ठले जेष्ठ १ गतेदेखी आजको आजै विरामीको विमाको रकम दावि गरी सक्नुपर्ने प्राब्धान भएकाले सो अनुसार काम भइरहेको बताइन। ‘यसअघि विमावाट ओपिडि सेवा लिन आउने विरामिहरुले एक हप्तासम्म आफ्ना कागजात बुझाउन सक्ने प्राब्धान थियो, अहिले विरामिले ओपिडि सेवा लिएको दिन नै विमाको रकम दावि गर्ने भएकाले आफ्ना कागजात पनि सोही दिन नै विमा काउन्टरमा बुझाउनु पर्ने हुन्छ–फोकल पर्सन श्रेष्ठले भनिन–‘विमावाट इमरजेन्सिमा उपचार गर्न आएका विरामीको हकमा विरामी जतिवेला डिष्चार्ज हुन्छ, त्यतिवेला नै कागजात पेश गरेपछि विरामीको विमा रकम दावि गरीन्छ ।’
उनले विमावाट अप्रेसन गर्न आउने विरामीहरुको हकमा ओपिडि कार्डमा लेखीएको सम्पर्क मितिमा अनिवार्यरुपमा अस्पतालको विमा काउन्टरमा आई विशेषज्ञ चिकित्सक समक्ष जानु पर्ने र विरामी डिष्चार्ज हुने वेला विमाको सम्पुर्ण आवश्यक कागजात बुझाउनुपर्ने बताइन।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचन आज भैरहेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ। निर्वाचन समितीका अनुसार अहिलेसम्म ७ सय मत खसेको छ ।
छ ।
उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ५ बजेसम्म हुने छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २८ वैशाख । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक श्रीधर मजगैयासहित दुई जना सेवा निवृत्त कर्मचारीलाई बिदाइ गरिएको छ । विश्वविद्यालयले शुक्रबार एक कर्यक्रमको आयोजना गरी बिदाइ गरेको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा र कुलसचिव प्रा. माधव अधिकारीले अध्यक्ष मजगैयालाई बिदाइ गरेका हुन् । सो अवसरमा सेवा निवृत्त स्टोर किपर रेशमबहादुर केसी, हेड असिस्टेन्ट टोपबहादुर जनैदारलाई पनि विदाइ गरिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले लामो समयसम्म विश्वविद्यालयमा भएको तालाबन्दीका कारण सेवा आयोगले राम्रोसँग काम गर्न नपाएकोमा गुनासो गरे ‘लामो समयसम्म विश्वविद्यालयमा भएको तालाबन्दीका कारण दुई चरणको विज्ञापन गर्ने योजना सफल हुन सकेन । सोचाइअनुसारको काम गर्न पाएको भए विश्वविद्यालयमा अभाव जनशक्ति व्यवस्थापन गर्न सक्ने थियौं’, उपकुलपति लामिछानेले भने ।
विश्वविद्यालयको महत्वपूर्ण निकायका रुपमा रहेको सेवा आयोगको मर्यादा कायम गर्न सेवा आयोग सफल भएको बताउँदै उपकुलपति लामिछानेले भने। , ‘सेवा आयोग विश्वविद्यालयको महत्वपूर्ण निकाय हो । विश्वविद्यालयको मर्यादा कायम राख्न सेवा आयोग सफल भएको छ ।’
कार्यक्रममा बोल्दै सेवा आयोगका अध्यक्ष प्रा. श्रीधर मजगैयाले विश्वविद्यालयलाई आवश्यक जनशक्ति प्रदान गर्न सेवा आयोग सफल भएको बताए। सेवा आयोगलाई निश्पक्ष र मर्यादित बनाउन सफल उनको दाबी थियो । ‘लामो समयदेखि शैक्षिक र प्रशासनीक जनशक्ति अभावमा रहेको विश्वविद्यालयलाई जनशक्ति उपलब्ध गराउन सेवा आयोग सफल भएको छ’, अध्यक्ष मजगैयाले भने, ‘हाम्रो कार्यकालमा हामीले सेवा आयोगलाई स्वच्छ, निश्पक्ष र मर्यादित बनाउन सफल भएका छौं ।
विदाइको यस क्षणमा विश्वविद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’
सहलेखा नियन्त्रक विष्णुप्रसाद दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षाध्यक्ष भीमप्रसाद खतिवडा, विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. मुरलीमोहन बाँस्तोला, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल, सहलेखा नियन्त्रक हरिबहादुर डिसी, सेवा निवृत्त कर्मचारी स्टोर किपर रेशमबहादुर केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपप्रशासक खिमबहादुर केसीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ वैशाख । नेपाल स्वास्थ्यकर्मी संघ दाङले शुक्रबार राजपुर गाउँपालिकाकाे हाडबासमा भएकाे आगलागि क्षेत्रमा आगलागी प्रभावितहरूकाे लागि स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । बैशाख १६ गते आगलागि भएको थियो । स्वास्थ्य शिबिरमा १६३ जनाले सेवा लिएका थिए ।
कार्यक्रममा २ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीहरू परिचालन भएका थिए । नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष हरि बहादुर पुनको अध्यक्षतामा भएको हो । पालिका उपाध्यक्ष धनपतिदेवि यादवको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे, वडा नं ७ का वडा अध्यक्ष पुष्कर वलीले मनतव्य राखेका थिए ।
शिविरमा औषधि ब्यबस्थापन सहयाेग गर्ने NMSRA दाङ र एप्पलका मेडिकल रिपरजेन्टेटिभ शुभम शर्माले धन्यबाद दिएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ वैशाख । तुलसीपुरका सफल युवा व्यवसायी चन्दन ओली तुलसीपुर उद्योगवाणिज्य सङ्घको सचिव पदका उम्मेदवार हुन्। यहि वैशाख २९ गते हुने उद्योग वाणिज्य सङ्घको निर्वाचनमा नेपाली कांग्रेस, नेपाली काङ्ग्रेस र एमालेसहितको आठदलीय समर्थन गरी दुई प्यानलबाट चुनावी प्रतिस्पर्धा हुँदै गर्दा ओली भने स्वतन्त्रबाट सचिव पदका उम्मेदवार रहेका छन्।
उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि निर्वाचन भइरहँदा आफू भने सचिव पदमा स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएको उनले बताएका छन्। पत्रकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उनले व्यवसायिक हकहित र व्यवसायिक सुरक्षा आफ्नो प्रमुख एजेन्डा भएको बताएका छन्।
व्यापार सम्बन्धी आफूले अध्ययन पनि गरेको र व्यवसायिक समस्या पिरमर्का र चुनौतीहरूलाई राम्रोसँग बुझेको बताउने ओलीले आफू सचिव पदमा आएसँगै व्यवसायिक समस्याहरू समाधान गर्नका लागि सम्बन्धित निकायसँग सहजीकरणको भूमिका खेल्ने बताए।
महंगो घरभाडाका कारण धेरै व्यापार व्यवसायहरु बन्द भएको अवस्थालाई मध्यनजर गर्दै महँगो भाडा दरलाई न्यूनीकरण गर्ने, झन्झटिलो कर प्रणालीका कारण व्यवसायीहरूले भोग्दै आएको समस्यालाई समाधान गर्ने , सानो वा ठूलो व्यवसाय गर्दा धेरैलाई कर सम्बन्धी जानकारी नहुँदा व्यापारीहरूलाई कर सम्बन्धी तालिम तालिम तथा प्रशिक्षणको व्यवस्था गर्ने र प्रतिदिन विदेश पलायन हुने युवाहरूको सङ्ख्यालाई कम गर्न विभिन्न आर्थिक परियोजनाका कार्यक्रमहरू सञ्चालन गर्ने उनका प्रमुख एजेन्डाहरू रहेका छन्।
वर्षौंदेखि तुलसीपुरमा बसेर व्यवसाय गर्दै आएका ओलीले व्यवसायीहरूको समस्या राम्रोसँग बुझेको र सोहीअनुसार आफूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। तुलसीपुर क्षेत्रका क्रियाशील पत्रकारहरूसँगको गरिएको अन्तरक्रिया कार्यक्रममा हुनाले यस्तो बताएका हुन्। हरेक क्षेत्रमा युवा पुस्ताको नेतृत्व हुनुपर्ने अहिलेको आवश्यकता भएकाले आफू नेतृत्वमा आउन चाहेको उनले बताए ।
अहिलेको आवश्यकता हरेक क्षेत्रमा युवा पुस्ता भएकाले आफ्नो जित सुनिश्चित भएको पनि उनको दाबी छ। उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूको समर्थनबाट चुनावी प्यानलहरू निर्माण भइरहँदा आफू पनि स्वतन्त्र रुपमा काम गर्न स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्नका लागि स्वतन्त्रबाट सचिव पदमा उम्मेदवारी दिएको उनले बताएका छन्। उनले भोलि शनिबार हुने निर्वाचनमा आफूलाई सक्दो सहयोग गर्न यस क्षेत्रका उद्योगी व्यवसायी र आम व्यापारीहरूमा हार्दिक अपिल समेत गरेका छन्
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ वैशाख, उमा भण्डारी । नेपाली काँग्रेससंग आवद्ध व्यवसायीयहरुको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघमा विनिल केसीको नेतृत्वमा निर्वाचनमा गएको टिम र पत्रकारहरुबिच तुलसीपुरमा साक्षात्कार कार्यक्रम भएको छ । चुनावी एजेण्डाका विषयमा भएको साक्षात्कारमा अध्यक्षका पदका उमेद्धवार विनिल केसीले व्यवसायीहरुको दिर्घकालिन समस्या समाधान, व्यवसायीक स्थायीत्व, सुरक्षा, थप रोजगार सिर्जना र स्थानीय सरकारसंगको समन्वयमा स्थानीय विकासलाई प्राथमिकतामा लिएर जाने बताएका थिए।
स्थानीय सरकार, प्रदेश सरकारसंगको समन्वयमा स्थानीय व्यापार प्रवद्र्धन, बजारीकरण र यसक्षेत्रको विकासका लागि आफ्नो टिम कटिवद्ध भएर लाग्ने बताए । व्यवसायीहरुको प्रोत्साहन र सुरक्षा प्रमुख चूनौती रहेको भन्दै बजारक्षेत्रमा सुरक्षाको प्रत्याभूति हुने गरी आफ्नो नेतृत्वले काम गर्ने योजना बनाएको अध्यक्षका उमेद्धवार केसीले जानकारी गराए । अहिले युवाहरु सबैक्षेत्रमा पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यतामा रहेको र त्यही मान्यता अनुसार काँग्रेस निकट व्यवसायीहरुको नेतृत्व गरेर आफु निर्वाचनमा होमिएको उनले बताए ।
काँग्रेसले यसपटक वाणिज्य संघमा युवाहरुको टोलीलाई जिम्मा दिएको भन्दै व्यवसायीहरुको हकहितका लागि आगामी ३ वर्ष भित्रमा देखिने गरी काम गर्ने बताए । उनले अहिलेको आवश्यकतालाइ मध्यनजर गरेर युवाहरु नेतृत्वमा जान लागेको भन्दै सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महासचिवका उमेद्धवार केशवराज केसीले व्यवसायीहरुको रोजाइमा युवाहरुको टिम निर्माण भएकोले युवाहरुको टिमप्रति आम व्यवसायीहरुको विश्वास रहेको बताए । उनले विनिल नेतृत्वले अघि सारेको योजनाहरुलाई एकतावद्ध भएर पुरा गर्ने बताए । महिला सदस्य पदका उमेद्धवार कल्पना विष्टले महिला व्यवसायीहरुलाई प्रोत्साहन गर्नेगरी काम गर्ने बताइन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य चेतन रेग्मी, नारायणी रजौरे, अन्जना चौधरी, पत्रकारहरु खेमराज रिजाल, जीतसागर जिएम, सुनिल कुमार पोख्रेल लगायतकाले जिज्ञासा राखेका थिए । तुलसीपुर क्षेत्रका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । प्रेस युनियन दाङका बरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराइले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण युनियनका पूर्व कोषाध्यक्ष शरद रेग्मीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस