दाङ,२७ वैशाख । तुलसीपुुर उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य पद्का उम्मेदवार कल्पना विष्ट पत्रकारिताबाट व्यवसायमा गएकी पात्र हुन । प्युठानमा जन्मीएकी विष्ट दाङ कर्मथलो बनाइरहेकी छन ।
सानै उमेरदेखि चञ्चले र निडर स्वभाव र प्रष्ट वक्ताको रुपमा चिनिन्थिन । आफ्नो गाउँका साथीहरुलाई जम्मा गरेर पुस्पाञ्जली बालक्लब गठन गरेको त्यसको नेतृत्व आफै गरिन् र साथीहरुलाई पैशा वचत गर्न सिकाउँथिन् ।
एसएलसी पछि स्टाफ नर्स बन्ने सोच थियो तर कल्पना पत्रकार हुदै व्यवसायी बनिन । स्नातक सम्मको अध्ययन गरेरी कल्पना पछिल्लो समय व्यापार व्यवसायमा जमेकी छन ।
रेडियोमा काम गर्दै जाँदा उनी नेपाल प्रेस युनियनको केन्द्रीय पार्सददेखि क्याम्पस पढेदा नेविसंघको सदस्य भएर काम गरिन् । दाङ आएसंगै तुलसीपुर स्थित रेडियो सञ्जिवनीमा दुई वर्ष समाचार शाखामा काम गरिन् । उनको आवाजको चर्चा अहिले पनि दाङमा हुने गर्छ । साथै उनले वडा नागरिक मञ्को उपाध्यक्ष भएर काम गरि सकेकी छिन् । आफ्नो सुमधुर आवाजले सबै स्रोताको मनमा डेरा जमाइसकेकी उनी ६ वर्षसम्म पत्रकारिता गरेर व्यवसायमा आएकी छन ।
२०७४ सालदेखि तुसीपुरको विपि चोकमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी छिन् । व्यवसाय सञ्चालन पछि व्यवसायीहरु माझ चर्चामा रहकी कल्पना अहिले उद्योग वाणिज्य संगको सदस्यको उम्मेदवार बनेकी छन । कल्पना व्यवसायमा जस्तै अहिले उद्योग वाणिज्य संघको निर्वाचनमा पनि चर्चामा छन । विनिल केसीको नेतृत्वकको टिममा कल्पना सदस्यको उम्मेदवार रहेकी छन ।
महिलाहरु घरमा बसेर मैले केहीगर्न सक्दैन्, म संग पैसा छैन्, बुहारी मान्छे चुलोचौकोमा मात्रै सिमित हुनुपर्छ भनेर कुन्ठित हुनुपर्छ भन्ने सोच परिवर्तन गर्नुपर्छ उनी भन्नछिन महिलाले अवसर पाएमा गर्न सक्छन भन्ने देखाउनु पर्छ ।
कल्पना सानैदेखि आटिलो स्वाभावकी थिइन् । र उनले हरेक क्षेत्रमा काम गर्दा उनले आटेको पनि हुँदै आएको छ । महिलाहरुलाई व्यवसायसंगै राजनीति गर्न कठिन छ । तर कल्पनालाई ससाना कुराले पछाडी पार्न सकेको छैन् । दुख हर चिजमा गर्नुपर्छ दुख गरेपछि मात्रै प्रतिफल पाइन्छ भन्ने उनको बुझाई छ । हरेक क्षेत्रमा काम गर्दै सफल भएकी उनै कल्पना तुलसीपुर उद्योग वाणिज्य संघको यही वैशाख २९ गते हुने निर्वाचनमा बिनिल केसी नेतृत्व रहेको टिममा महिला सदस्य उम्मेदवार हुन् । पहिलेदेखि आटिलो स्वभावको भएकाले व्यवसायी लगायत महिला, पार्टीले पनि टिकट दिएपछि सबैबाट सहयोग पाई रहेकी छिन् । व्यवसाय गरेर आफ्नो लागि मात्र नभएर व्यवसायीहरुको लागि पनि केही राम्रा पहलहरु गर्नुपर्छ भनेर संघमा उम्मेदवार बनेको उनको भनाई छ । कल्पान महिला सदस्यको लागि बलियो उम्मेदवारको रुपमा रहेकी छन भने । चर्चीत उम्मेदवार पनि बनेकी छन ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ २७ वैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दैछन् । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका कार्कीले एमाले र माओवादीको समर्थनमा दाबी पेश गर्न लागेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकारको गठन आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेका हुन्। यसअघि उनी दुईपटक मुख्यमन्त्री भइसकेका छन्।
पहिलोपटक २०७९ पुसमा माओवादी केन्द्र जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि २०८० असार १४ गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन्।
दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज बिहान प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने बताए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।आजै समर्थनको सनाखत गर्ने तयारी गरेका २ दलले आफ्ना सांसदलाई विराटनगर बोलाएका छन् । उपधारा ५ अनुसार सरकार गठन आह्वान भएका कारण आजै दाबी पेशपछि सांसदको हस्ताक्षर सनाखत गर्ने तयारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार मध्यरातमा दुई दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए । २७ असोजमा केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।
नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेको थियो । त्यसबेला पनि प्रदेश प्रमुख खापुङले सांसदको हस्ताक्षर सनाखत गरी कार्कीलाई नियुक्ती दिएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको वैशाख २९ गते हुने निर्वाचनमा विनिल केसी प्यानलको विजयी सुरुवात भएको छ। केसी प्यानलबाट सदस्यमा उम्मेदवार दिएका चिन्तामणि आचार्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार संस्थागत सदस्यको रुपमा उम्मेदवारी दिएका आचार्य सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।
विनिल केसीको नेतृत्वमा उपाध्यक्षमा देवबहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्का, वाणिज्य उपाध्यक्षमा खुशलराम शर्मा, महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नवीन राई, एसोसिएट सदस्यमा सन्दीपन रिजाल र सदस्यहरूमा तीर्थबहादुर डाँगी, कोमलडाँगी, माधव बस्नेत, नीलम बस्नेत, कल्पना बिष्ट, शैलेन्द्र कुमार बुढाथोकी र सुमन अधिकारी रहेका छन्।
त्यसैगरी ललित जंग शाहको नेतृत्वमा उपाध्यक्षमा डिल्लीबहादुर ओली, उद्योग उपाध्यक्षमा विश्व बस्नेत, वाणिज्य उपाध्यक्षमा नरेशराज भण्डारी, महासचिवमा नरेन्द्रकुमार डाँगी ,कोषाध्यक्षमा शेषमणि ढकाल, सहकोषाध्यक्षमा किशोर कुमार ओली, सचिवमा भुपाल रावत, एसोसिएट सदस्यमा सुरज ज्ञवाली र सदस्यहरुमा सुरेश नेपाली,निमबहादुर खत्री, टोपबहादुर महतरा कृष्णबहादुर पुन, मनोज कुमार गुप्ता, मिना रावत र शारदा बस्नेत रहेका छन्
२२ सय व्यक्ति फरार सूचिमा
केसीको सरल, प्रभावकारी कार्यशैली,मितव्ययीता, पारदर्शिता र सरल व्यवहारले उनी सबैमाझ लोकप्रिय छन् । उनले आफु आवद्ध सामाजिक ,शैक्षिक र राजनैतिक संस्थाहरुलाई सधै सफल बनाएका छन् ।
दाङ,२६ बैशाख । यतिवेला तुलसीपुर उद्ययोग वाणिज्य संघको चुनाव सरगमी बढिरहेको छ । उवासंघको नयाँ नेतृत्वका लागि बैशाख २९ गते हुने निर्वाचनका लागि उम्मेद्वारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । उवासंघको नयाँ नेतृत्वका लागि निर्वाचन भइरहँदा नेपाली काँग्रसका तर्फबाट सफल युवा व्यवसायी विनिल केसी अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
उवासंघको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेसको तर्फबाट विनिल केसीको प्यानल र कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, लोसपालगायतका आठ दल समर्थित व्यवसायीहरुको अर्को प्यानल गरी दुई प्यानल नेतृत्वका लागि चुनावी मैदानमा छन् ।
व्यावसायिक हितमा काम गर्ने भन्दै दुबै प्यानल यतिबेला मत माग्न घरदैलोमा व्यस्त रहँदै गर्दा व्यवसायीहरुको सर्वाधिक रोजाई विनिल केसीको प्यानल देखिएको छ । केसीको सरल, प्रभावकारी कार्यशैली,मितव्ययीता, पारदर्शिता र सरल व्यवहारले उनी सबैमाझ लोकप्रिय छन् । उनले आफु आवद्ध सामाजिक ,शैक्षिक र राजनैतिक संस्थाहरुलाई सधै सफल बनाएका छन् । वाणिज्य संघको महासचिवको भूमिकामा रहँदै कोरोना महामारी उनको भूमिका महत्वपूर्ण रहेको थियो । व्यवसायीहरुलाई आर्थिक आयजार्नसंग जोड्नुका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न परियोजनाको अगुवाई गरी सफलता पूर्वक कार्य सम्पादनको लक्ष्य पुरा गरेका थिए ।
उद्योग वाणिज्य संघमा देखिएको सफलता वा राप्ती बबई क्याम्पसमा देखिएको प्रभावकारी पारदर्शिता र शैक्षिक विकास किन नहोस् सबै क्षेत्रमा केसीले आफ्नो अब्बलता प्रस्तुत गरिरहेका छन् ।अबको उनको नेतृत्वको अब्बलता उद्योग वाणिज्यसंघमा देखिने छ । उद्योग वाणिज्य संघको महासचिव रहँदै गर्दा कोरोनाको महामारीमा उनले गरेको नेतृत्वदायी भूमिका उदाहरणीय र स्मरणीय छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रकुमार डाँगीले पत्रकारहरूप्रति गरेको दुर्व्यवहारको नेपाल प्रेस युनियन दाङ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सूचनाको हक प्रयोग गरेर सूचना माग्न गएका पत्रकारहरूप्रति गरेको दुर्व्यवहारलाई प्रेस युनियन दाङले सूचना लुकाउने उपमहानगरपालिकाको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र सचिव अमर क्षितिज भण्डारीले मंगलबार एक विज्ञप्ति निकालेर घटनाको ध्यानाकर्षण भएको जनाएका हुन्।
केही दिन अगाडि तुलसीपुर उपमहानगरपालिकाले दमकल मर्मतका लागि गरेको खर्चको विवरण माग्न गएका पत्रकारहरु नया युगबोधक एकराज भण्डारी र रेडियो हाम्रो पहुँचका बसन्त कुमार पौडेलालाइ प्रमुख प्रशासकीय अधिकृत डाँगीले दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो।
सो घटनालाई लिएर नेपाल प्रेस युनियन दाङले प्रमुख प्रशासकीय अधिकृतको त्यो गल्तीलाई तत्काल सुधार गर्न आग्रह समेत गरेको छ। सूचना उपलब्ध गराउन तत्पर हुनुपर्ने स्थानीय सरकार लुकाउनतिर लागेको भन्दै नेपाल प्रेस युनियनले तत्काल त्यस्ता खालका सूचनाहरु सार्वजनिक गर्न र सूचनाको हक प्रयोग गरेर मागिने निवेदनहरुलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।
सूचना पाउने नागरिकको अधिकारलाई कुण्ठित गर्ने तुलसीपुर गर्ने तुलसीपुर उपमहानगरपालिकाले हर्कत गरेको युनियनको ठम्याइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ वैशाख । तुलसीपुर उपमहानगरपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको छ । उमहामनगरको कृषि शाखाले वडा नम्वर २ बाट माटो परीक्षण गर्न सुरु गरेको हो ।
माटो परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिकिरण गर्न माटो परीक्षणको सुरुवात गरिएको बताए। परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै प्रमुख खड्काले उब्जनी बढाउनकालागि माटो परीक्षण आवश्यक भएको बताए । माटोको अवस्था पहिचान गरी सोही बमोजिमका किटनाश औषधि प्रयोग गर्न मेयर खड्काले कृषककालाई आग्रह गरे क्रमश सबै वडाका किसानका खेतबारीको माटो परीक्षण गरिने उनले बताए।
वडा अध्यक्ष भिमबहादुर योगीका अनुसार आज २ सय जना कृषकले माटो परीक्षणकालागि माटोको स्याम्बल वडा कार्यालयमा बुझाएका छन् । संकलन गरिएको माटोको स्याम्बल माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेमा पठाइने छ । परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्ने वडा सचिव पुष्पा घर्तीले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको नयां नेतृत्वकालागी आगामि २९ गते हुने निर्वाचनकालागी नेपाली कांग्रेसले उम्मेदवारी टुंग्याएको छ । उम्मेदवार छनौट गर्न बनेको कार्यदलको करीव ५ दिनको निरन्तर प्रयासपछि आइतवार अपराहन्न सर्वसम्मत रुपमा उम्मेदार टुंग्याएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
नेपाली कांग्रेस क्षेत्र नंवर ३ का सभापति जगत वहादुर खड्काको संयोजकत्वमा कार्यदल वनेको थियो । कायंदलमा प्रदेश सभापति द्धय खिम वहादुर वली, देवेन्द्र रिजाल, नगर सभापति शुरेश हमाल तथा नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिका तर्फबाट जिल्ला प्रतिनिधिका रुपमा सहसचिव राजु आचार्य रहेका थिए ।
कार्यदलको बैठकपछि कार्यदल संयोजक तथा नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत वहादुर खड्काद्धारा जारी विज्ञप्तीमा तुलसीपुर उद्योग वाणिज्य संघको आगामि निर्वाचनमा हालका महासचिव विनिल केसीलाइ अध्यक्षको उम्मेदवार छनौट गरिएको छ । त्यसैगरी वाणिज्य उपाध्यक्षमा देव वहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खडका,खुल्ला उपाध्यक्षमा खुसलराम शर्मा रलाई छनौट गरिएको छ ।
त्यसैगरी महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नबिन राई, सह – कोषाध्यक्षमा जनक वहादुर रावत, छनौट भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्दिपन रिजाल(यसोसियटस)दिपेश भण्डारी, निर्मल पौडेल, वालकृष्ण डांगी, पुस्कर सुनार(संस्थागत) कमल डांगी, तिर्थ डांगी तथा महिला सदस्य तर्फ निलम बस्नेत र नारायणि कुमारी वलिलाइ छनौट गरिएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
यसैबीच निर्वाचन कार्यतालिका अनुसार सोमवार अपराहन्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिएका छन् । त्यसैगरी नयां नेतृत्वकालागी आगामि २९ गते विहान ८ बजेदेखि साझ ५ बजेसम्म मतदान हुने पनि निर्वाचन समितिले जनाएको छ । यसैबीच नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत वहादुर खड्काले कांग्रेसले छनौट गरेका आधिकारीक उम्मेदवारलाइ मतदान गर्न आम प्रजातान्त्रमा आस्था राख्ने द्योगी व्यवसायी,शुभेच्हछुकहरुलाइ आग्रह गरेका छन् ।
उम्मेदवारी मनोनयनकै पुर्वसन्ध्यामा तुलसीपुर उद्योग वाणिज्यसंघका पुर्व अध्यक्षहरुले भने नयां नेतृत्वकालागी सर्वसम्मतको प्रयास पनि जारी राखेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखा देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघले २७ औं महाधिवेशनको अवसरमा शुक्रवार दाङ शाखालाई देशकै उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको हो ।
महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भएको महाधिवेशन उद्घाटन सत्रमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलाई उत्कृष्टताको प्रमाणपत्रले सम्मान गरेकि हुन् ।
मिडिया साक्षरता, पत्रकार आचारसंहिता पालना लगाएत पत्रकारिताको विकास र प्रभावकारी सञ्चारमा उत्कृष्ट भूमिका खेलेको र शाखाको क्रियाशिलता देशकै उत्कृष्ट रहेको भन्दै महासंघले उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको हो ।
दुर्गालाल केसी नेतृत्वको पत्रकार महासंघ दाङ शाखाले देशमै पहिलोपटक नागरिकलाई मिडिया बुझाउन मिडिया साक्षरता अभियान थालेको थियो । जसलाई दाङको नमूना मोडेल मान्दै प्रदेश र केन्द्रीय समितिले समेत अभियानका रुपमा सञ्चालन गरेका थिए । यसका साथै दाङमा पहिलोपटक राष्ट्रिय स्तरको मिडिया महोत्सव आयोजना गरी पत्रकारिताका समसामयिक बिषयमा बहस गरिएको थियो । जसमा संघ, प्रदेश, स्थानीय सरकार र पत्रकार महासंघ केन्द्रीय समितिको सहभागितामा संघीयता, मिडिया र विकास बिषयमा बहस गरिएको थियो ।
यसका साथै मिडिया महोत्सवमा राष्ट्रिय स्तरका मिडिया बिज्ञ र सरोकारवालाहरुको सहभागितामा मिडियामा नैतिकता, मिडियाको सामथ्र्य र भबिस्य, मिडियामा समावेशी सवाल, कानून कार्यान्वयनमा मिडियाको भूमिका, न्यू मिडिया र परम्परागत मिडियाको अन्तरसम्बन्ध जस्ता बिषयमा बहस गरी देशभरका मिडियालाई मार्गदर्शन गर्ने काम गरिएको थियो ।
महासंघ दाङ शाखाले पत्रकार महासंघ केन्द्रीय समितिले थालेको सदस्यता शुद्धिकरण अभियान, पत्रकारहरुको क्षमता विकास तालिम सञ्चालन, कोरोना महामारीका बेला पत्रकारहरुको उपचार व्यवस्थापनका साथै पत्रकारहरुलाई अभिभावकत्व प्रदान, पत्रकारहरुलाई फेलोसिप प्रदान र महासंघको संस्थागत विकास लगाएतमा नमूना कार्य गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२१ बैशाख । एकसय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ बैशाख। मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्र्तरक्रिया कार्यक्रम गरेको छ ।समाजका शाखा सभापति कमल डाँगीको अध्यक्षतामा मर्यादित एवं ब्यबसायिक पत्रकारिता केन्द्रबिन्दुमा श्रमजिबी पत्रकारको सुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
३१औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा पत्रकारिता आम नागरिकको हितमा हुनुपर्ने बताएका थिए । कलम स्वतन्त्र नबनेसम्म लोकतन्त्रको रक्षा नहुने भन्दै स्वतन्त्र कलमले निष्पक्ष, सत्य र तथ्यपरक समाचार तथा सुचनाहरु सम्प्रेषण गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमका बक्ताहरु मध्य दलित अधिकारकर्मी निर्मल नेपालीले आम नागरिकको हितमा पत्रकारिता समर्पित हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले संचार गृह संचालकहरुले त्यसमा कार्यरत श्रमजिबी पत्रकारहरुलाई आर्थिक रुपमा बलियो बनाउन भूमिका खेल्न जरुरी रहेको औंल्याइन ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले जबाफदेखी तथा जिम्मेवार पत्रकारिता र सामाजिक संजालको अन्तर्य बीचको भेद चिर्ण जरुरी रहेको बताए । प्रेस चौतारी नेपाल दाङका अध्यक्ष प्रेमबहादुर राम्जाले कुनै पनि असल पत्रकारले सम्बन्ध र आश्थाका आधारमा भन्दापनि सत्य र तथ्यको जगमा टेकेर कलम चलाउनु पर्नेमा जोड दिए ।
त्यसअन्तरक्रिया कार्यक्रममा पत्रकार भरतराज शर्मा, बालाराम खड्का, वशन्त पौडेल, एकराज भण्डारी लगाएतले पछिल्लो समय पत्रकारितामा भित्रिएको बिकृतिका कारण समाजले पेशा प्रति औंला ठड्याउन नपाउने गरि जिम्मेवार भएर पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार तथा मानवअधिकार तथा शान्ति समाजका यसअघिका केन्द्रीय उपाध्यक्ष सुशिल बस्नेतले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस