सहमतीय आधारमा महासंघको नेतृत्व चयन गरौं : प्रेस युनियन दाङ

   बैशाख ०८, २०८१       admin

घोराही,८ बैशाख । नेपाल प्रेस युनियन दाङ शाखाले आसन्न नेपाल पत्रकार महासंघ दाङको निर्वाचनलाई मध्यनजर सर्वसहमत नेतृत्व चयनका लागि पहल गर्ने भएको छ । शनिवार घोराहीमा बसेको युनियनको बैठकले नेपाल प्रेस युनियनको नेतृत्वमा सवै सञ्चार संघसंगठनहरुसँग बार्ता र सम्वाद गरि सर्वसहमतिमा नेतृत्व चयन गर्ने निर्माण गरेको हो ।
सर्वसहमत नेतृत्व चयन गर्नका लागि नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको संयोजकत्वमा पाँच सदस्य बाता संवाद समिति गठन गरेको छ । समितिको सदस्यमा उपाध्यक्षहरु गोपाल शर्मा भटराई, किरण शाह, पार्वती बस्नेत र सचिव अमरक्षितिज भण्डारी रहेका छन् । श्रीमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा प्रतिष्पर्धाभन्दा सहमतिमै नेतृत्व गर्न गर्नुपर्ने निष्कर्ष निकाल्दै प्रेस युनियन दाङले जिल्लामा क्रियाशिल सवै सञ्चार संघसंगठनसँग बाता र संवाद अगाडी बढाउने निर्णय गरेको सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् ।

महासंघको नेतृत्वमा सक्षम र समन्वयकारी भूमीका निर्वाह गर्न सक्ने व्यक्ति आवश्यक रहेकाले सहमतिका आधारमा नेतृत्व चयनका लागि सवै सञ्चार संगठनहरु एक ठाउँमा उभिनुपर्ने बैठकको निष्कर्ष रहेको छ ।
त्यसैगरी नयाँ बर्ष २०८१ सालका अवसरम ायहि बैशाख १९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि उपाध्यक्ष पार्वती बस्नेतको संयोकत्वमा तयारी समिति गठन गरिएको छ ।
नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, केन्द्रीय सदस्य देवेन्द्र बस्नेत, चेतन रेग्मी, पूर्व केन्द्रीय सदस्य केपी घिमिरे, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतम, उपाध्यक्ष पहलमान घर्ती, कार्यसमिति दुखहरण यादव,नेपाल प्रेस युनियन दाङका सल्लाहकारहरु सन्तोष सुवेदी, सुशील बस्नेत, बसुन्धरा गौतम, नेपाल प्रेस युनियन दाङका निवर्तमान सचिव आर.के.शीतललगायतले सर्वसहमतिमा नेतृत्व चयनका लागि अग्रसरता लिन सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्यूठानमा मोटरसाईकल दुर्घटनाहुदा दाङका जनाको मृत्यू

   बैशाख ०८, २०८१       admin


प्यूठान ८ बैशाख । प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ । माण्डवी गाउँपालिका १ मुर्कुटी स्थीत छबिसे चौरमा दांगको घोराहीबाट प्यूठानतर्फ आउदै गरेको रा ५ प १५२८ नंम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा एक जनाको मृत्यू भएको हो । अर्का एक जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्यू हुनेमा दांङको घोराही उपमहानगरपालिका ११ का २७ बर्षिय बिमल डांगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक इस्वर थापाले जानकारी दिए।

दुर्घटनामा दांगको घोराही उपमहानगरपालिका ८ ढिकपुका ४८ बर्षका कैलाश डिसी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । र्दुघटनामा परी घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालले डांगीलाई मृत घोषणा गरेको हो । दुर्घटनामा घाईते डिसीलाई नेपालगञ्ज रिफर गरिएको छ । उनको टोउको, दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिभुवन नगर जेसिसको लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

   बैशाख ०६, २०८१       admin

दाङ, ६ वैशाख । ६
दाङको घोराही स्थित पद्धमोदय पब्लिक माध्यामिक बिद्यालयमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । त्रिभुवन नगर जेसिसको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

समाजमा लागु औषधको समस्या ठुलो भएको भन्दैै यस्ता सचेतना मुलक कार्यक्रमको आबश्यकताका कारण त्रिभुवन नगर जेसिसले सप्ताह कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रमको आयोजना गरेको हो। यस्ता सचेतनात्मक कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने बताउनु कार्यक्रमका बक्ताहरुले बताएका थिए । जेसिसले आगामी दिनमा यस्ता सचेतना मुलक कार्यक्रम गर्नका लागि प्रहरीसंगको समन्वयमा अझै ठुलो योजना बनाउने बताएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दाङका इन्स्पेक्टर सुशान्त मिश्रले लागु औषधको विकास तथा उत्पती, यस विषयमा कानूनमा के छ ? यसका असर, प्रयोग गर्ने संभावित कारण, यसबाट कसरी बच्ने, नागरिकको भूमिका के हुन्छ लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

पद्यमोदय पब्लिक नमुना माध्यामिक बिद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेतले समाजमा फैलिदै गएको लागु औषध दुव्र्यसनीका कारण थुप्रै घटना भइरहेको बताउँदै यसको रोकथामका लागि सबै लाग्नुपर्ने सुझाव दिए।

साथै नियमित रुपमा यस्ता सचेतनात्मक कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताएका थिए। अहिले बालबालिकाहरु लागुऔषधको कुलतमा फस्ने गरेको हुदा सबैले असल नागरिकको भूमिका निर्वाह गर्नुपर्ने बिद्यालयका अध्यक्ष बिकास चौधरीले बताए। उनले सभ्य र मानव अधिकार संस्कृतिको समाज बनाउने जिम्मेवारी सबैको भएको बताए।

त्रिभुवन नगर जेसिस बर्ष २०२४का महासचिव रमेश घिमिरेले संचालन गरेको कार्यक्रममा विद्यार्थी, यूवा, अभिभावक, समुदायका अगुवा लगायत बिद्यालयका करिब १२० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको मुल संयोजक समेत रहेका विद्यालय उपाध्यक्ष रोशन दाहालले सचेतना कार्यक्रमले नेतृत्व बिकास गर्ने समाज समाजमा गएर देखिएका समस्या समाधानमा आफ्ना कृयाकलाप गर्दै जाने बताए।

कार्यक्रमका जेसिसका पुर्व अध्यक्षहरु , बोर्डका सदस्यहरु ,साधारण सदस्यहरुको पनि उपस्थिति रहेको थियो । जेसि बिबेक देबकोटाले स्वागत मन्तब्यबाट कार्यक्रम सुरु भएको थियो । जेसिसको सप्ताह ब्यापि कार्यक्रमको समापन यहि आउदो बैशाख ८ गते शनिवार एक सांगितिक कार्यक्रमको साथ गरीने जेसि बिबेक देबकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा सरकार विस्तार

   बैशाख ०६, २०८१       admin

दाङ,६ वैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट ४ जना नागरीक उन्मुक्ती र स्वन्त्रबाट एक एक जना गरी ६ जना विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, र अर्जुन कुमार केसी रहेका छन् भने नागरीक उन्मुक्तीका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागिय मन्त्री नियुक्त भएका हुन ।

मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका ३ जना विना बिभागिय मन्त्रीहरु चेतनारायण आचार्यलाइ आर्थिक मामिला तथा योजना मन्त्रालय, दिपेन्द्र कुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषी तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् । आज विस्तार गरिएको मन्त्रीमण्डाल संगै लुम्बिनी प्रदेशसरकार १० सदस्यीय पुगेको छ ।

आज नियुक्त भएका विनाविभागिय मन्त्रीहरुको सफतग्रहण आजै गराउने तयारी छ । साना दलहरुले भने आजको मन्त्रीमण्डल नियुक्तीमा असन्तुष्टी जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङबाट छुटेको बस थारमारेमा दुर्घटना

   बैशाख ०५, २०८१       admin

बैशाख ५, सल्यान । दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको यात्रुबाहक बस सल्यानको थारमारेमा दुर्घटना भएको छ ।

बुधबार दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका २ थारमारे नजिकै राप्ती राजमार्ग अन्तर्गत ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।

दुर्घटना परि करिब आधा दर्जनभन्दा बढी यात्रु घाइते भएको र दुईजना गम्भीर रहेको घटनास्थलमा रहेका नेपाल पत्रकार महासंघ सल्यानका सचिव दिपशागर भण्डारीले बताए ।

अहिले घाइतेहरुलाई उद्दार गरेर बागचौर तर्फ उपचारका लागि पठाइएको छ । बस पुलबाट तल खोलामा खसेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मालपोतको भवनमा ग्लोबल बैंकको काउन्टर

   बैशाख ०२, २०८१       admin

अमृतकाजी शर्मा ,दाङ, २ बैशाख । ग्लोबल आइएमई बैकं तुलसीपुर शाखाले मालपोत कार्यलयको भवनमा काउण्टरमा संचालन गरेको छ । काउन्टरको आइतवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। सेवाग्राहीहरुको सहजका लागि मालपोतमा काउन्टर सन्चालन गरिएको हो ।

राजस्व दाखिलाको लागि मालपोतकै कर्मचारी बैंकमा नै जानु पर्ने अवस्थामाको अन्त्य हुने मालपोत कार्यालय तुलसीपुर का निमित्त कार्यालय प्रमुख गंगा पोख्रेलले बताइन् ।

नेपाल लेखापढी कानून ब्यवसायी इकाइ समिति तुलसीपुरका सचिव कालि बहादुर चौधरीले ग्लोबल आइएमई बैंक परिवारलाई धन्यवाद समेत दिए।

मालपोत कार्यालयले राजश्व लिने समय सम्म बैंक काउन्टरले सेवा दिएमा सेवा ग्राहीहरुलाई सुविधा हुने कुरामा चौधरीले जोड दिएका थिए ।

काउन्टरको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले ग्लोबल बैंकको यो कार्यले सबैलाई सहज भएको बताए।

काउन्टर स्थापना पश्चात मालपोत कार्यालयको सम्पुर्ण राजश्व दाखिला अब ग्लोबल आइएमई बैंकको काउन्टरमा नै रहनेछ । यसले सेवाग्राहीहरुलाई पनि सजिलो हुनुका साथै मालपोत कार्यालय तुलसीपुरलाई पनि राहत भएको छ ।

काउन्टरवाट हाल सेवाग्राहीहरुलाई मध्येनजगर गर्दै मालपोत कार्यालय तुलसीपुरमा दाखिला हुने राजश्वको कारोबार गर्न सकिने ग्लोबल आइएमई बैकं तुलसीपुरकाका शाखा प्रबन्धक उमंग अधिकारी ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय मिडिया महोत्सवको तयारी तिब्र

   बैशाख ०१, २०८१       admin

मिडिया सम्बन्धी सम्पूर्ण सरोकारवाला निकाय, राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरु, मिडिया बिज्ञ र जनप्रतिनिधिहरुको उपस्थितिमा हुने मिडिया महोत्सवका लागि प्रचारप्रसार, बहसका लागि आवश्यक वक्ताहरुसँगको समन्वय लगायतका काम अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए।


महोत्सवको वैशाख ३ गते विहान १०ः३० बजे होटेल माला इन घोराहीमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । सो दिन पत्रकार महासंघको साधारण सभा एवं अधिबेशनसँगै संघियता, विकास र मिडिया विषयक बहस कार्यक्रम हुनेछ ।

जसमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र मिडिया बिज्ञहरु वक्ताको रुपमा रहने छन ।
दोस्रो दिन वैशाख ४ गते मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजोका मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरता लगायतका विषयमा छुट्टाछुट्टै बहस हुने नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतलले जानकारी दिए।

बहसका लागि वक्ताको रुपमा सहभागी हुन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी लगायत राष्ट्रिय स्तरका ख्याति प्राप्त पत्रकारहरु दाङ आउने छन ।
दाङमा पहिलोपटक हुन लागेको यस मिडिया महोत्सवलाई जिल्लाबासीहरुले अवसरको रुपमा लिन महासंघ दाङले सम्पूर्ण सरोकारावालाहरुलाई अनुरोध गरेको छ । साथै महासंघले मिडिया महोत्सवमा उपस्थित हुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

   चैत ३०, २०८०       admin

दाङ,३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् ।

मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ । शुक्रबारको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३, ३ जना सांसद छन् ।

मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको मत पाएका हुन् ।

महरालाई चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले चैत २५ गते प्रदेश प्रमुख शेरचन समक्ष शपथ ग्रहण गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएसँगै उनले एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका १र१ जना विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संघीयता र संविधान रक्षामा चुनौति  देखियो: चौधरी

   चैत ३०, २०८०       admin

दाङ,२० चैत । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रजातन्त्रवादी पार्टीलाई मुख्यमन्त्री चेञ्ज हुने कुरा कुनै नयाँ नभएको बताएका छन् ।
शुक्रबार देउखुरीको मसुरियामा लुम्बिनी प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका चौधरीले प्रजातन्त्रमा मुख्यमन्त्री पद परिवर्तन भइरहने बताए । उनले भने, ‘साँच्चै भन्ने हो भने नेपाली कांग्रेस प्रजातन्त्रवादी हो । प्रजातन्त्रवादीको लागि मुख्यमन्त्री चेञ्ज हुनु ठूलो कुरा होइन । संविधानलाई रक्षा गर्न सक्छौं कि सक्दैनौं भन्ने कुरा हाम्रो लागि ठूलो कुरा हो ।’


नेता चौधरीले संघीयता र संविधानलाई लागू गर्नुपर्ने चुनौति रहेको बताए । उनले भने, ‘सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान लागू होस् भन्ने कांग्रेस चाहन्छ । संविधान कार्यान्वयन होस् भन्ने चाहन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयतालाई सखाप पार्ने रणनीतिका साथ अगाडि बढेको आरोप नेता चौधरीले बताएका छन
। ‘प्रधानमन्त्रीले पुलिस पठाइदिन्छु है भन्नु हुन्छ । जहाँ जानु हुन्छ संघीयता कार्यान्वयन हुन्छ भन्नु हुन्छ । अधिकार सम्पन्न गर्नुपर्छ भने । संघीयता भाषणमा मात्रै सीमित भएको छ’, उनले भने ।


उनले भने, ‘नेपाली कांग्रेसको सदस्यको हैसियतले हामीले खोजेको समावेशी, हामीले खोजेको नेपाली कांग्रेस चाहन्छ । हामीले पनि धेरै कुरा गर्न सकेका छैनौं ।’
‘नेपाली कांग्रेसले आफ्नो विधानमा सबै जातजातिलाई सहमहामन्त्री बनाएर डिसिजन मेकिङ ठाउँमा बनायो । सायद म नेपाली कांग्रेसमा भएर एउटा थारुको छोरो आज मुख्यमन्त्री हुने मौका पाएँ’, नेता चौधरीले भने ।
‘नेपाली कांग्रेसमा नभएर मभन्दा धेरै क्यापेबल साथीहरू माओवादीमा पनि हुनु हुन्छ । मेरो दुइटा मित्र प्रमुख सचेतक हुनुहुन्छ’, चौधरीले भने, ‘उहाँको पालो आउँछ कि आउँदैन थाहा छैन मलाई । तर, भन्दा कम क्यापेबल हुनुहुन्न भन्ने मलाई लाग्छ ।’


उनले नयाँ मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा धेरै कुर्सी खाली रहेको भन्दै वितृष्णाका कारण यस्तो अवस्था आएको बताए ।
नेता चौधरीले भने, ‘नयाँ मुख्यमन्त्री पाएका छौं । उहाँमाथि विश्वास छ कि छैन भनेर छलफल गर्दै छौं । हामी छलफल गर्दै छौं । केही कुर्सीहरू खाली छन् ।’
‘राप्रपाले भोट हाल्दैन, तटस्थ बस्छु भन्यो । अर्को दल पनि थपियो’, उनले भने, ‘थप्दै थप्दै भोलि यो सभाको सबै कुर्सी खाली भएर संघीयतामाथि नै ठूलो प्रश्न चिन्ह त आउने होइन ? कता कता डरलाग्दो स्थिति देख्दैछु मैले ।’
‘यो डरलाग्दो स्थिति कसरी पार गर्ने हामीले ? यो ठूलो समस्याको रुपमा अहिले देखिएको छ । कतै संघीयता र संविधान लागू नहुँदै हामी अन्तिम हुने होइनौं ? त्यो पनि हामीमाथि प्रश्न उठेको छ’, उनले भने ।


‘साँच्चै भन्ने हो भने एकातिर जनाले संघीयताबाट के पायौँ भन्दै छन् । अर्कोतिर हामी आफ्नै कुर्सी खाली हुने स्थित देखेका छौं’, चौधरीले भने, ‘त्यो स्थितिमा यो आजको संसदले विश्वास र अविश्वासको कुरा गर्दै छौं ।’

चौधरीले भने, ‘कोहीमाथि विश्वास हुनु र कोहीमाथि अविश्वास हुनु ठूलो कुरो होइन । तर, व्यवस्था कसरी जोगिन्छ ? संविधान कसरी जोगिन्छ ? त्यो कुरा ठूलो हो ।’
उनले भने, ‘कतै संघीयताको कालो बादल मडारी रहेको अवस्थामा हामीले यो सबै खेलहरू त गरेका छैनौं । हामीलाई लाग्छ । प्रधानमन्त्रीलाई पनि लागेको होला ? मत सबैभन्दा ठूलो खेलाडी, म सबैभन्दा ठूलो खेलाडी लागेको होला ।’

‘तर, नेपाली जनतालाई के दिएँ ? के दिएँ ? के पाएँ ? मैले संविधान कार्यान्वयन गर्दै छु कि गर्दै छैन ? उहाँले पनि सोँच्ने बेला भएको छ’, उनले भने ।
कांग्रेस नेता चौधरीले भने, ‘फुत्त यता जाने, फुत्त उता जाने त्यसले संघीयतालाई धरापमा पार्ने नेपाली जनताको इच्छा र चाहना परिवर्तनको इच्छा र चाहना अझै धरापमा पर्ने हो कि भन्ने हामीले सोँच्नुपर्ने बेला भएको छ ।’
‘संघीयता आएपछि त्यो गन्र्धभले के पाउँ ? त्यो बालुवा चाल्नेले के पाउँछ ? बादी समुदायले के पाउँछ ? किसानले के पाउँछन् ? मलेसियामा युवाहरू तड्पिएका छन्’, उनले भने ।
‘संघीयता आएपछि धेरै समस्या समाधा गर्न सक्छौं भन्ने लागेको थियो । अझै पनि लागेको छ । तर, हामी जुन खेलामा लागेका छौं ? त्यो खेलबाट सम्भव छ कि छैन भन्ने कुराहरू हामीले बुझ्नु पर्ने बेला भएको छ’, चौधरीले भने ।
कांग्रेस नेता चौधरीले आफूहरू प्रमुख प्रतिपक्षमा बस्ने भन्दै एमाले र माओवादी केन्द्रको नयाँ गठबन्धनका मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संसद अधिवेशन अन्त्य गरिदै

   चैत ३०, २०८०       admin

दाङ,२० चैत । संघीय संसदको अधिवेशन अन्त्य हुने भएको छ । संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology