काठमाडौँ ,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक-पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान निर्देशन दिएको छ ।
बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू पनि पटक(पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा जानाले परीक्षार्थीको लेखन कार्य प्रभावित भएको भन्ने गुनासा आएको भन्दै परीक्षा बोर्डले हुल बाधेर अनुगमन नगर्न आग्रह गरेको हो ।
हिजो भएको अंग्रेजी विषयको परीक्षामा यस्तै समस्या भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासो आएको भन्दै अब यसो नगरी परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन बोर्डले एक विज्ञप्ति जारी गर्दै सोहीमार्फत् सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।
चैत २७ गते सम्पन्न हुने परीक्षामा सहभागी हुन सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए ।
यसका साथै, बोर्डले निर्भय र उच्च मनोबलका साथ परीक्षा दिन परीक्षार्थीहरूलाई समेत आग्रह गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
गुल्मी,१५ चैत । आज देखि एसइई परीक्षा सुरु भएको छ। देशभरका ५ लाख बढी विद्यार्थीहरु परीक्षामा सम्मिलित छन् । यसैबीच गुल्मीको शृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल पनि एसइई परीक्षामा सहभागी छन् ।
बिहीबार रुरुक्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खुट्टाले लेखेर एसइई परीक्षा दिँदै छ्न।
तस्बिर : जनार्दन घिमिरे
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१५ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको सफल शल्यक्रिया भएको छ। राणाको ‘हाइपर प्याराथाइरोइड्इजम’ को शल्यक्रिया सम्पन्न भएको हो । उनी गत चैत २ गते स्वास्थ्य उपचारका लागि भारत गएकी थिइन्।
उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको निजि सचिवालयले जनाएको छ ।

शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको सचिवालयले जानकारी गराएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
भरतपुर ,१४ चैत । ।भट्टराई कुलवंश प्रतिष्ठान नेपालको “दशौँ केन्द्रीय महाधिवेशन“ चितवनको देवघाटधाममा हुने भएको छ ।नयाँ कार्यसमिति चयन गर्ने गरी चैत १६ र १७ गते देशभरका भट्टराई बन्धु प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् ।
महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन भएका छन्। बागमती प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद भट्टराईको संयोजकत्वमा महाधिवेशन मुल ब्याबस्थापन समिति निर्माण भएको छ ।जसमा गण्डकी प्रदेश अध्यक्षसहित ६ प्रदेशका अध्यक्षहरु सहसंयोजक रहनेछन् ।
बागमति प्रदेश अन्तरर्गतका १३ जिल्लाका अध्यक्षहरु ब्याबस्थापन समितिका सदस्य रहने गरि कार्य क्षेत्र विभाजन गरिएको केन्द्रिय उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक टिकाराम भट्टराईले जानकारी दिएका छन् ।जसमा सुचना तथा प्रचार प्रसार उपसमितिमा अजित भट्टराईको नेतृत्वमा ४ सदस्य रहेका छन् ।
नामावली संकलन एवं रजिष्ट्रेशन उपसमितिमा सुरज भट्टराई, आर्थिक उपसमितिमा खेमराज भट्टराई संयोजकको नेतृत्व लिएका छन् ।राजेश कुमार भट्टराई मञ्च व्यवस्थापन, कलावति भट्टराई स्वागत तथा अतिथि संत्कार, भोजन एवं नास्ता व्यवस्थापन उपसमिति उमापतिमा दिपक भट्टराई संयोजक चयन भएका हुन् ।चन्द्रकान्त भट्टराई आवास व्यवस्थापन , गोविन्द प्रसाद भट्टराई जनसम्पर्क तथा यातायात, शिवदत्त भट्टराई स्वस्थ्य हेरचाह, ऋषभदेव भट्टराई जोखिम व्यवस्थापन र गोपाल भट्टराई व्यवसाय प्रर्वद्धन उपसमितिको संयोजक छन् ।
महाधिवेशन स्थल हरिक्रतन बैद्विक धर्मशाला देवघाटमातय गरिएको छ ।१६ गते उद्घाटन हुने महाधिवेशनमा १७ गते नयाँ नेतृत्व चयन गर्दै समापन हुने छ । चितवनमा भट्टराई कुलवंश प्रतिष्ठान नेपालको पहिलो महाधिवेशन हुन लागेको हो ।यसअधि ९औ महाधिवेशन पोखरामा सम्पन्न भएको थियो ।७ सयभन्दा बढि प्रतिनिधि सहभागी हुने महाधिवेशनमा २५ लाख खर्च लाग्ने अनुमान छ ।प्रतिष्ठानको केन्द्रीय कार्यालय कोशी प्रदेशको झापामा रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ चैत । नेपाली काँग्रेसका पुर्व महामन्त्री, क्रान्ति नायक स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गरिने भएको छ । नेपाली काँग्रेसका सभापती एवम पुर्व प्रधान मन्त्री शेरबहादुर देउवाले शालिकको अनावरण गर्ने भएका छन् ।
यही चैत १६ गते विहान ११ वजे शालिक निर्माण गरिएको स्थलमा एक कार्यक्रमको आयोजना गरि अनावरण गरिने नेपाली काँग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए । स्वर्गीय खड्काको शालिक लमही नगरपालिका वडा नं ९ अमेलीयामा निर्माण गरिएको छ । नेपाली कांग्रेस दाङको नेतृत्व तथा नेपाली कांग्रेस क्षेत्र नं १ को संयोजनमा शालिक निर्माण गरिएको दाङ कांग्रेसले जनाएको छ ।
शालिक अनावरण कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण नेपाली काँग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ संस्था लगायत सम्पूर्णलाई नेपाली काँग्रेस दाङले अनुरोध गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको दावी गरेका छन् । सहकारी अनियमिततामा आफ्नो नाम उल्लेख गरिएपनी त्यसमा आफ्नै संलग्नता नभएको उनको दाबी छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।
जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए । उनले भने अदालतमा दर्ता भएको छ भन्ने सुनेको छु, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’
आफू सरकारमा आउनुभन्दा पहिला नै कांग्रेस संलग्न सरकार भएको बेला आफ्नो नाम उल्लेख भएको पूरक जाहेरीलाई प्रहरीले सूचनाको रुपमा लिएको उनले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १३ चैत । नेपाल नेत्रज्योति संघ दाङको आयोजनामा ४६ औं नेत्रज्योति दिवस तथा राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काका प्रमुख आतिथ्यता एव नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले नेत्रज्योति संघले नेपालको आँखा उचार सेवाको विकास र विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
उनले विगतमा पनि अन्धोपन न्यूनिकरण र अन्य भौतिक निर्माणमा सहयोग र साझेदारी हुदै आएको भन्दै आगामी दिनमा पनि हुने बताए । उनले राप्ती आँखा अस्पतालले विभिन्न विशिष्टकृत सेवा दिएको भन्दै जनतालाई सहज भएको बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले जिल्लाका लमही , तलसीपुरमा र कपीलबस्तुमा अस्पताल तथा अन्य स्थानमा उपचार केन्द्रहरु सञ्चालन गरि उपचार सेवा दिएको भन्दै गुणस्तरी सेवा जनताले पाएको बताए ।
नेपाल नेत्रज्योति संघ विगत ३५ वर्षदेखि सहज, सुलभ र गुणस्तरीय आँँखा स्वास्थ्य सेवाको माध्यमबाट मुलुकमा विद्यमान अन्धोपनको समस्यालाई न्यूनीकरण गर्ने अभियानमा क्रियाशील रहेको उनले बताए । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुले स्थापना काल देखि हाल सम्म करिव ३७ लाख विरामीहरुलाई उपचार सेवा दिएको बताए । जस अन्तर्गत २ लाख २८ हजार बढीको मोतियाविन्दुको शल्यक्रिया गरेको बताए । उनले प्रदेश ,स्थानीय सरकार तथा अन्य दातृनिकायहरुको सहयोगबाट विभिन्न साझेदारी कार्यक्रम सञ्चालन भएको भन्दै सहयोगीसवै लाई धन्यवाद दिए ।
नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कार्यक्रममा नेपाल नेत्रज्योति संघ, लुम्विनी प्रदेशका कोषाध्यक्ष लिला शाह, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, संघका सहकोषाध्यक्ष प्रणवकुमार खड्का, सदस्य सुरेन्द्रबहादुर खड्का, राप्ती आँखा अस्पतालका मे.सु डा. सन्तोष सुवेदी, एकाडेमिक चिफ डा. सुरेश रसाइलीले शुभकामना व्यक्तगरेका थिए ।

त्यसै विच दिवसको अवसरमा राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । करिव २४ लाख बढी लागतमा निर्माण भएको भवनको केन्द्रिय सदस्य कृष्णकुमार गिरीको विशेष उपस्थीतिमा नगरप्रमुख खड्काले उद्घाटन गरेका हुन् । भवन निर्माण समितिका संयोजक प्रणवकुमार खड्काले आयव्य र भवन निर्माणको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष तुल्सी थापा मगर, वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसी, नेपाल नेत्रज्योति संघका पदाधिकारी समाजसेविहरुको सहभागीता रहेको थियो ।
दिवसको अवसरमा राप्ती आँखा अस्पताल तथा लमही आँखा अस्पतालमा विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
तुलसीपुर, १० चैत । पत्रकारिता क्षेत्रप्रति राज्यको दृष्टिकोण सकारात्मक बन्न नसकेको तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागी पत्रकारहरुले गुनासो गरेका छन् । राज्यको समान दृष्टिकोण बन्न नसक्दा पत्रकार तथा मिडिया क्षेत्र धरासयीस्थितमा पुगेको पत्रकारको गुनासो छ ।
स्वतन्त्र पत्रकार संघ दाङ शाखाले शनिबार तुलसीपुरमा गरेको ‘व्यवसायीक एकता र जिम्मेवार पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारिता क्षेत्रमा राज्यको लगानी शून्यजस्तै रहेकोले पत्रकारिता क्षेत्रको विकास हुन नसकेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले आम नागरिकले मूलधारका मिडिया र सामाजिक संजाल छुट्याउन नसक्दा पत्रकारिताप्रतिको विश्वसनियतामा खडेरी सिर्जना हुन थालेको बताए।
उनले मूलधारका मिडियामा पत्रकार आचारसंहिताभित्र रहेर समाचार आउने कुराको जानकारी नागरिकलाई नहुँदा पनि सामाजिक संजाललाई विश्वास गर्ने वातावरण बनेको बताए।
नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष तथा रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले राज्यले संचारमाध्यमप्रति गरिने व्यवहार विभेदपूर्ण रहेको बताए।। उनले स्थानीय सरकारले स्थानीय संचारमाध्यमलाई प्राथमिकतामा पार्न नसक्नु दुखद भएको बताए।
नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले पत्रकारिता पेशालाई विश्वसनिय बनाउनुपर्नेमा जोड दिइन। उनले कतिपय व्यक्ति तथा संस्थाले पछिल्लो समय सार्वजनिक कार्यक्रममै गरेको व्यवहारले समग्र पत्रकारितामाथि प्रहार भएको महशुस गरेको बताइन्
नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले पत्रकारिता पेशा चुनौतिपूणर् भएकाले पनि पछिल्लो पुस्ताको आकर्षण हुन नसकेको बताए।
यस्तै नेपाल प्रेस युनियनका सचिव अमरक्षितिज भण्डारीले पत्रकारितालाई विश्वसनिय बनाउन सिर्जनशिलतालाई बढाउनुपर्ने बताएका थिए ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाले संचारमाध्यम घिटिघिटी अवस्थामा पुग्दा पत्रकारको पेशा असुरक्षित बन्न पुगेको बताए।
संघका अध्यक्ष जीतसागर जी.एमले पत्रकारबिचको एकतालाई जोड दिए। । उनले समाजमा हुने बेथितिको अन्त्य गर्नका लागि पत्रकारले निष्पक्षरुपमा कलम चलाउनुपर्ने बताए। ।संघका सचिव बसन्त पौडेलले संचारमाध्यमलाई हेर्ने राज्यको दृष्टिकोण सकारात्मक बन्न नसकेको बताए। आर्थिक संकटको मारमा मिडियाक्षेत्र पनि रहेको उनको भनाइ थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० माघ।साझा टाइम्स डट कमको चौथो वार्षिकोत्सब सम्पन्न भएको छ। साझा टाइम्स प्रालिद्वारा संचालित साझा टाइम्सले शनिबार एक कार्यक्रम गरि आफ्नो वार्षिकोत्सब सम्पन्न गरेको हो ।
कार्यक्रममा सहभागी मिडियाकर्मीहरुले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन । संचार क्षेत्रको स्थायीत्वका लागि सरकारले ध्यान दिन नसक्दा संचारमाध्यमहरु बन्द हुने र पत्रकार पेशाबाट बिस्थापित बन्नुपर्ने अवस्था सिर्जना हुन थालेको उनीहरुले बताए । सरकारले सन्चारमाध्यम संग सहजीकरण, समन्वय र दिगो ब्यवस्थापनमा ध्यान दिनुपर्ने समेत औल्याएका थिए।
साझा टाइम्स प्रालिका अध्यक्ष सुमन केसिको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नगर प्रमुख खड्काले पत्रकारितालाइ विश्वासिलो बनाउनुपर्ने बताए । पत्रकारिताको मूल्य मान्यतालाई अवलम्बन गर्न सके पत्रकारिता पेशा जोगाउन र पुस्तान्तरण गर्न सकिने बताए।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष शिवानन्द डांगीले पत्रकार आचारसंहिता बाहिर रहेर समाचार तथा सुचनाहरु सम्प्रेषण गर्नुपर्ने बताएका थिए। सत्य , तथ्यमा आधारित रहेर निस्पक्ष रुपमा पत्रकारिता गर्न आग्रह गरेका थिए।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदीले पत्रकार र पत्रकारिताको पहिचान जोगाउनुपर्ने अवस्था रहेको बताए। मुलधारको मिडिया कुन हो? के हो त्यो बुझ्न/बुझाउन जरुरी रहेको बताए । उनले शेयर र लाइकको लागि सामाजिक मुल्यमान्यता लाई बिर्सिएर सामग्री उत्पादन नगर्न अनुरोध समेत गरे।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले दैनिक आफैसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको बताए। नागरिकका आवाज कति उठाउन सक्यौं त्यसको ध्यान दिन र स्वमुल्यांकन गर्न आवश्यक रहेको बताए। आफूलाई टिकाइराख्न आफ्नो सृजनशिलतामा निखार ल्याउन जरुरी रहेको उल्लेख गरे।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाले सरकारले हौसला र सहयोग गर्नुपर्ने आवस्यकता रहेको बताए।
कार्यक्रममा पर्यावरण दिगो बिकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले साझा पत्रकारिता क्षेत्र चुनौतीपूर्ण रहेको बताए। संचार क्षेत्रको स्थायीत्वका लागि स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गरे। पत्रकारिता क्षेत्रमा विधा अन्तरगत तालिमको ब्यबस्थापन गर्न जरुरी रहेको औलाए ।
प्रेस सेन्टर दाङ जिल्ला अध्यक्ष राकेश बस्नेतले कुन समाचार सहि र गलत हो छुट्याउन सक्नुपर्ने धारण व्यक्त गरे। समाचारप्रतिको अविश्वासनीयता बढ्दै गएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने औलाए। नया र फरक शैलीको क्षमता अभिवृद्धिका टट/तालिमको ब्यबस्थापन गरिनुपर्ने बताए।
कार्यक्रममा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले सन्चार क्षेत्रको अनुगमन, नियमन र सहयोग स्थानीय सरकारबाट नभएको गुनासो गरे।
पालिका भित्रका संचारमाध्यमको संरक्षण र दिगो बिकास गर्नुपर्ने स्थानीय सरकारको जिम्मेवारी भएपनी त्यसबाट पालिकाले ध्यान नदिएको बताए। आगामी आर्थिक बर्षदेखी सहकार्य,एकताको वातावरण निर्माण गर्न अनुरोध समेत गरे।
जनपत्रकार संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलिले अहिलेको परिवेशमा संचारमाध्यम टिकाउन कठिन रहेको बताए। स्वोरोजगारमुलक मिडियाहरुलाइ टिकाइरहन पालिकाले कहलकदमी थाल्नुपर्ने बताए। मुलुकको अर्थराजनैतिक संकटले गर्दा मिडियामा ठूलो चुनौती देखिएको बताए।
विज्ञापनदाता र साझा टाइम्सकर्मी सम्मान
यसैबीच संस्थाले नियमित विज्ञापनदाता र संस्थामा आवद्ध पत्रकारहरुलाइ सम्मान गरेको छ । वार्षिकोत्सबको अवसरमा नियमित विज्ञापनदाता नयापाइला पुनर्स्थापन केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसाल, साझा टाइम्सका सम्पादक खुमा पाण्डे र उपसम्पादक दिपक वलिलाइ नगद र प्रशंसापत्रले सम्मान गरिएको हो।
साझा टाईम्सका उपसम्पादन दिपक वलीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण कार्यकारी सम्पादक सन्तोष अधिकारीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १० चैत । दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको । एकजना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो जिल्लाको राप्ती गाउपालिका- ३ स्थित तल्लो मसुरीयामा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकैपरिवारका दुइजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
करेन्ट लाग्दा ५५ वर्षीय दिलसरा केसि र उनका ४ वर्षीय नाति कृष केसिको मृत्यु भएको भालुवाङ प्रहरी प्रमुख उज्ज्वल बहादुर सिंहले जानकारी दिए।
हजुरआमा र नाति घरको आगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी करेन्ट लाग्दा ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । एक्कासी बिजुली तार चुँडिएर उनको घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस