दाङ,२ चैत घोराही उपमहानगरपालिका ९ तेघरामा रहेको नरदेवि माद्यामिक विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयले आज शुक्रवार आयोजना गरेको “हामी बनाउछौँ हाम्रो विद्यालय” विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाको भूमिका विचार गोष्ठीका सहभागिहरुले साढे ३ दशक इतिहास बोकेको विद्यालयले समयानुकुल फड्को मार्न नसकेको भन्दै सबैले सबैखालको सहयोग गरि विद्यालयको वृहत्तर विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
विद्यालयले विद्यालयको वृहत्तर विकासका लागि स्थानिय राजनितीक दलका प्रतिनिधी, विद्यालय व्यवस्थापन समिती, पुर्वशिक्षक, पुर्व बिद्यार्थी, समाजसेवी, वुद्धीजिवी, एवं विद्यालयप्रति चिन्ता र चासो राख्ने सम्पुर्ण सरोकारवालाहरुलाई आज भेला गरी कसरी विद्यालयको भौतिक एवं शैक्षिक विकास गर्न सकिन्छ भन्ने बारेमा छलफल चलाएको थियो ।
सामुदायीक विद्यालयहरुमा दिनप्रतिदिन घट्दो रुपमा रहेको विद्यार्थी संख्यालाई वृद्धी गर्ने, कक्षा ५ सम्म सञ्चालनमा रहेको अग्रेजी माध्यमको पठनपाठनलाई १० कक्षा सम्म पुर्याउने, विद्यालयमा विद्यार्थीको सुविधाका लागि स्कुल वस सञ्चालन गर्ने, शैक्षिक गुणस्तरमा ध्यान दिने र वालवालिकाको सिकाइ उपलव्धी वृद्धी गर्न शिक्षकले प्रमूख भूमिका निर्वाह गर्ने, आर्थिक श्रोतको संकलनमा सवै सरोकारवालाहरुले सहयोग गर्ने, विद्यालयलाई राजनितिक दवाव र प्रभावबाट मुक्त गराउने, विद्यालयमा अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने लगाएतका विषयमा सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका बारेमा प्रधानाध्यापक कमल खड्काले विषय प्रवेश गराएको कार्यक्रममा सहभागिहरुले ५ घण्टा लामो छलफल गरेका थिए । सामुदायीक विद्यालयमा राज्यको ठुलो गलानी रहेको र लगानीका आधारमा प्रतिफल तुलनात्मक रुपमा निस्कन नसकेको भन्दै सहभागिले सामुदायीक विद्यालयलाई आकर्षणको केन्द्र बनाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा शिक्षाप्रेमी पद्यप्रसाद शर्मा, पुर्णबहादुर बस्नेत, पदमप्रसाद अधिकारी, गिरीराज डाँगी,झोजराज वली, नेपाली काग्रेसका गोपाल सुवेदी नेकपा एमालेका झग्गु गौतम, माओवादी केन्द्रका माघु चौधरी, राष्ट्रीय स्वतन्त्र पार्टिका नोखीराम केसी, राप्रपाका डोमाकान्त अधिकारी, एकिकृत समाजवादीकी ससमोती चौधरी, पुर्व शिक्षक रुद्रबहादुर बस्नेत, अमर क्षितिज भण्डारी, पुर्व बिद्यार्थी ऋषीराज पौडेल, नेबबहादुर डाँगी, नवराज गौतम, गोपाल जिसी, लगाएतले आगामी शैक्षिक शत्रदेखी विद्यालयको वृहत्तर हितका लागि निरन्तर खट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चैतुकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजी करण विद्यालयका शिक्षक शमसेर नेपालीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ चैत । दाङ लायन्स क्लब अफ तुलसीपुर इसानले विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामग्री सहयोग गरेको छ। इसानले घोराही उपमहानगरपालिका -९ तेघरामा रहेको नरदेवी मावि तेघरामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सामाजिक उत्तरदायीत्वको भावनाले क्लबले नरदेवी मावि तेघरामा आज एक कार्यक्रमको आयोजना गरी गरिव तथा जेहेन्दार वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । शिक्षण सिकाइमा सहयोग पुगोस भन्ने उद्देश्यले विद्यालयका ५० बढि वालवालिकालाई झोला, कापी र कलम बितरण गरिएको क्लबका अध्यक्ष ऋषीराज भण्डारीले बताए ।
शैक्षिक सामग्री वितरण कार्याक्रममा बोल्दै अध्यक्ष भण्डारीले क्लबका साथीहरुबाट संकलित रकमबाट शैक्षिक सामग्री वितरण गर्दा वालवालिकामा देखिएको खुसीले हर्षविभोर भएको बताए । अझैपनि दुरदराजका सामुदायीक विद्यालयमा अध्ययन गर्ने वालवालिका शैक्षिक सामग्री किन्न पनि नसक्ने अवस्थामा रहेको र सोही कारण विचमै पढाइ छाड्न नपरोस भन्ने उद्देश्यका साथ वालवालिकाको अनुहारमा खुसी भर्नका लागि सानो सहयोग गरेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल खड्काले विद्यालयले गरेको आग्रहलाई लायन्स क्लबले आत्मसाथ गरी विद्यालयका वालिवालिकालाई गरेको शैक्षिक सामग्रीले वालवालिकाको शैक्षिक सुधारमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।
लायन्स क्लब अफ तुलसीपुर इसानले ४५ हजार मुल्य बराबरको शैक्षिक सामग्री विद्यालयका वालवालिकालाई वितरण गरेको विद्यालयले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाले विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ। तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा उक्त दिवस मनाइएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा मनाइएको उक्त दिवसमा सहभागीहरुले उपभोक्ताको अधिकार सुनिश्चित गरिनुपर्ने बताएका थिए । यसका लागि सरकारले उपभोक्ता सचेतना सम्बन्धि कार्यक्रमहरुलाइ थप प्रभावकारी बनाउदै लैजान आवश्यक रहेको उल्लेख समेत गरेका थिए।
कार्यक्रममा नगर प्रमुख खड्काले उपभोक्तालाई संविधानले दिएको अधिकारलाई सुनिश्चितता गरिने बताए। पालिकाकोतर्फबाट नियमितरुपमा अनुगमनलाई निरन्तरता दिदै आएको उनले जानकारी गराए।
उपभोक्ताहरुलाई आफूले प्रयोग गर्ने सामग्रीको समयावधि,मूल्यका विषयमा जानकारी लिएर मात्रै खरिद गर्न आग्रह समेत गरे। आगामी वर्षदेखि पालिकाका १९ वटै वडामा उपभोक्ता सचेतनाको कार्यक्रम गरिने बताए।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक राजकुमार चौधरीले संविधानले दिएको अधिकारलाई उपभोक्ताको पक्षमा कार्यान्वयन गर्दै लैजाने बताए। पछिल्ला दिनहरुमा उपभोक्ताहरुमा अधिकारका विषयमा जागरुक हुँदै गएको बताए।
कार्यक्रममा उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले उपभोक्ता दिवसका विषयमा जानकारी गराएकि थिइन। उनले नियमित रुपमा बजार अनुगमन र नियमन गर्दै आएको बताउदै यसबर्ष झण्डै ३५ हजार मूल्य बराबरको म्याद गुज्रिएको सामानहरु नष्ट गरिएको जानकारी गराएकि थिइन।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गरेको छ। सहकारी ठगीको आरोप लागेको भन्दै गृहमन्त्री लामिछाने बिरुद्ध राजीनामा माग गरिएको हो ।
शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै काँग्रेसका सांसदहरूले उठेर उनको विरोध गरेका हुन् ।
प्रतिनिधिसभामा काँग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने विरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए ।
उनले लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेकोले राजीनामा गर्न माग गरे। उनले भने( ‘म आग्रह गर्न चाहन्छु गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’
पौडेलले अनुसन्धानमा रहेको घेरामा रहेको हुनाले लामिछानेले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी लिनु र उनलाई त्यस्तो जिम्मेवारी दिनु उचित नहुने धारणा राखेका थिए ।
‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ उनले भने । बिहीबारको बैठकमा पनि कांग्रेसले गृहमन्त्रीको सम्बन्धमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो ।
३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको र ती बचतकर्ताले सहकारी सञ्चालकको बचतबाट आफूहरूको बचत फिर्ता दिलाउन माग गरिरहेको भनी यसमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले यस सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग राखेका छन् ।
पौडेलले संसद्को प्रश्नबाट प्रधानमन्त्री भागेर हिँडेको आरोप समेत लगाए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १ चैत । दाङमा शान्तिनगर गाउँपालिका वडा नं.१ मा भएको दुई दिने पत्रकारिता तालिम भएको छ । वडाको सहयोग तथा अग्रिम मिडिया सेन्टरको आयोजनामा मंगलबार र बुधबार तालिम भएको थियो ।
दुई दिनसम्म चलेको तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार दिपक बोहरा थिए, भने अन्य प्रशिक्षकमा अनिता पोख्रेल,सागर सुवेदी थिए । तालिमको बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । सेन्टरका सञ्चालक समेत रहेका बोहराको अध्यक्षता तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको थियो ।
त्यस अवसरमा वडाध्यक्ष जंगबहादुर पुन, सचिब पृथ्वी पौडेल,माओवादी केन्द्रका वडा इञ्चार्ज पूर्णबहादुर वली, पत्रकार टेकराज भण्डारीलगायतले सहभागिले सिकेको कुरा ब्यबहारमा उतार्नुपर्ने बताए । सामाजिक सञ्जालमा आएका सबै कुरा समाचार नहुँने भन्दै यस तर्फ सबै सचेत हुनुपर्ने उनीहरुको भनाई थियो ।
त्यस्तै सहभागि देवबहादुर वली र सम्झना विकले आफूहरुले फेसबुकमा आएका सबै कुरा समाचार नभएको भनि यो तालिमबाट जानकारी पाएको बताएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सागर सुवेदीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामती सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्।
गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेश गरेका थिए। संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन विधेयक ल्याइएको मन्त्री जोशीले बताए।
विधेयकको व्यवस्थाअनुसार निजामती कर्मचारीले साठी वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन् । विद्यमान निजामती ऐनमा कर्मचारीको उमेरहद ५८ वर्ष रहेको छ । निवृत्तिभरण पाउने अवस्था र उमेरको हद ५५ वर्ष पूरा भएका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउनेछन् ।
यसरी स्वेच्छिक अवकाश लिने कर्मचारीको साठी वर्ष उमेर ननाघ्ने गरी बढीमा पाँच वर्षसम्म सेवा अवधि थप गरी निवृत्तिभरणका लागि जम्मा सेवा अवधि कायम गरिने विधेयकमा उल्लेख छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, चैत १ । दाङको तुलसीपुरमा प्रतिदिन शान्ति सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । बिहान बिहानै युवाहरु लुटपाट हुँदा यहाको शान्तीसुरक्षामा चुनौती बढेको हो ।
तुलसीपुर, चैत १ । दाङको तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका एक युवा लुटिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका १४ गोठुवा घर भै हाल तुलसीपुर ६ डुम्रिगाँउ आफ्नै घरमा वस्दै आएका निसान्त वस्नेत बिहिवार विहान ४:४५ वजेतिर लुटिएका हुन् ।
वस्नेत र उनका साथी विवेक भण्डारी मर्निङ वाकमा निस्किएको बेला विहानमा तुलसीपुरको सबै भन्दा बढी व्यस्त र चहलपहल हुने वहिनि चोकमा लुटिएको निश्चलकी आमा अमृता वस्नेतले जानकारी दिइन ।
आफुहरु हिडिरहेको बेला एक्कासी हातारमा दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भनेपछि आफुले मोवाइल दिएको तर मोवाईल दिएपछी चक्कु देखाएर भागेको पिडित निश्चल वस्नेतले वताए ।
यसरी लुटिएपछि नजिकै रहेका महिलालाई गुहार मागेको तर उनिहरु सहयोग नगरेको पिडित वस्नेतले वताए ।
चोरीका वारेमा जानकारी दिन आफै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएको तर प्रहरीले १० वजे पछि मात्रै आउनु भने पछि निरास भएर घर फर्किएको वस्नेतले जानकारी दिए।
यसरी मोर्निङ वाकमा हिडेका नै लुटिन थाले पछि तुलसीपुर अझ बढी असुरक्षित त भएको छ नै त्यसमा पनि प्रहरीलाई सुरक्षामा थप चुनौती भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५फागुन। दाङको घोराही उपमहानगरपालिका-१५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले काठका भाडा खरिद गरेको छ। एकेडेमीले राउटे समुदायले बनाएका भाडाकुडा खरिद गरेको हो ।
समाज संग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास गाँउपालीकामा बसोबास गर्ने राउटे समुदायले काठबाट बनाएका बिभिन्न प्रकारका भाडा खरीद गरेको बिद्यालयका प्रधानाध्यापक डा। कृष्णराज डिसिले बताए।
केहि समय पहिले कर्णाली प्रदेशबाट आर्थिक सहयोग माग्न भनि विद्यालयमा आएका उक्त समुदायलाइ विद्यालयले यश अघि आर्थिक सहयोग गरेको थियो ।
सहयोगको अपेक्षा सहित हिड्डुल गर्ने समुदाय अहिले आर्थिक क्रियाकलाप जोडिएको भन्दै उनीहरुको श्रमको सम्मानका लागि विद्यालयले उनिहरुले निर्माण गरेका भाडाहरु खरिद गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताए।
उनिहरुले बनाएको भाँडा गुरुकुल एकेडेमीले खरीद गर्दा एकातिर राउटे समुदाहरुको आर्थिक आयआर्जन हुने र अर्को तिर विद्यालयका विद्यार्थिहरुलाई यस्ता भाँडा सम्बन्धि जानकारी मुलक ज्ञान दिन पाइने घिमिरेले बताए ।
काठबाट बनेका बिभिन्न किसिमका भाँडा जस्तै बाकस, ढकनि सहतिका कोसि , पिर्का लगायतका भाँडाहरु जम्मा ५८हजार २ सय ५० मा खरिद गरेको छ।
जंगलको राजा मानिने १सय ४६ जना राउटेहरु कार्णालि प्रदेशको सुर्खेत र दैलेखमा बसोबास गर्दै आएका छन । उनिहरुले राज्यबाट पाउने भत्ता पनि केहि महिनाबाट पाएका छैनन जसले गर्दा उनिहरुलाई दैनिक जिविकोपार्जनमा समस्या हुदै आएको छ त्यसैले गुरुकुल एकेडेमीले उनिहरुको भाँडा खरीद गरी सहयोग गरेको हो ।
समाजसंग गुरुकुल भन्ने नाराका साथ गुरुकुल एकेडमीले बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
तुलसीपुर २४ फागुन। अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि तुलसीपुर र राज एण्ड साथीभाइ यातायात प्रालि मर्ज भएका छन् । राज एण्ड साथीभाइ यातायात प्रा.लि। २०७४ मा स्थापना भएको थियो ।
प्रालि मर्ज भएसँगै शुक्रबारदेखि राज एण्ड साथीभाई यातायात प्रालिका १६ वटा बस अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालि मार्फत चल्ने भएका छन् । अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रा।लि। तुलसीपुर २०६० सालमा स्थापना भएको थियो ।
अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रा।लि। तुलसीपुरमा १७५ वटा सवारी साधन सञ्चालनमा रहेको र १६ वटा गाडी थपिएसंगै १९१ सवारीका साधन सन्चालन हुने रहेको अध्यक्ष घनश्याम बस्नेतले जानकारी दिए । यसअघि अम्बिकेश्वरी सार्बजनिक माइक्रो तथा मिनि बस समिती, सहारा यातायात प्रा।लि संग मर्ज गरेको थियो ।
यातायात व्यवसायीहरु बैंकको किस्ता बुझाउन समेत समस्या भएकाले प्रालिहरु एकजुट भएर जानुपर्छ भन्ने उदेश्यले प्रालि मर्ज गरिएको बस्नेतले जानकारी दिए । साथै उनले अन्य प्रालिहरु मर्ज प्रक्रियामा आउन चाहेको खण्डमा अम्बेकेश्वरीको ढोका खुल्ला रहेको बताए ।
अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रा।लि। तुलसीपुरले सहारा अम्बिकेश्वरी यातायात बहुउदेश्य सहकारी संस्था गठन भएको छ । सहकारीको दाङ, कपिलबस्तु, प्युठान र बाँके कार्यक्षेत्र रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २२ फागुन। मेटा कम्पनीको सबै सञ्जालको सर्भर डाउन भएको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायतको सर्भर डाउन भएको हो ।
सर्भर डाउन भएपछि नेपालमा बेलुका ९ बजेसम्म चलिरहेको एकाउन्ट अचानक बन्द भएको छ।
नेपालमा मात्रै नभई यो समस्या अन्य देशहरुमा पनि देखिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस