दाङ, २२, फागुन । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर(शिखर सम्मेलन) विशेष कारणले स्थगित भएको छ । मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो ।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
घोराही, २१ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सव सोमवार सकिएको हो । नेपाल सहित १३ देशका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसँगै महोत्सवको समापन गरिएको छ ।
महोत्सवमा सोमवार नेपालको पद्मोदय मावि घोराहीको थारु नाच, झाँक्री नाच, बंगलाचुलीको भैलो भैलो, यूनिक महिला पञ्चेबाजा, नेवार सेवा समितिको लाखे नाच लगाएका प्रस्तुतिहरु राखिएको थियो ।
यस्तै अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगायत १३ देशका कलाकारहरुले आफ्नो देशको कला संस्कृति झल्कने लोकनृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा सोमवार चन्द्र शर्मा, कमल गाउले, सरिता दान्कोटी, सविना थापा लगायतका कालाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए।
कार्यक्रमपूर्व घोराहीमा सम्पूर्ण देशका कलाकारहरुसहित आफ्नो देशको कला संस्कृति झल्ने झाँकी सहित बिहान साढे ८ बजे घोराही बहुउदेश्यीय सभागृहबाट सुरु भई बालमन्दिर, दामोदर चोक, बैंक रोड, रेडियो स्वर्गद्धारी एफ.एम रोड, सहिद गेट भानु चोकमा पुगेर सांस्कृतिक ¥यालीको समापन गरिएको थियो ।
¥यालीमा कलश सहित पञ्चकन्या, महिला पञ्चेबाजा, थारु नाच, अन्तराष्ट्रिय कलाकारहरु एवं विभिन्न संघसंस्था तथा जातजातिको झाँकी सहितको सहभागिता रहेको थियो । ¥यालीमा सहभागी अन्तराष्ट्रिय कलाकारहरुलाई नेपाल सरकारका सञ्चार सुचना तथा प्रविधी मन्त्री रेखा शर्माले स्वागत गरेकी थिइन् ।
अन्तराष्ट्रिय कलाकारहरुसहित भएको ¥यालीलाई बजारका विभिन्न स्थानमा व्यवसायी तथा टोल विकास संस्थाहरुले स्वागत गरेका थिए ।
एभरेष्ट नेपाल कल्चर ग्रुपसँगको समन्वयमा आयोजना गरिएको अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको फागुन १८ गते लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राना)ले गरेका थिए।
महोत्सव सफल बनाउनकालागी सहयोग गर्ने व्यक्ती तथा संघसंस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ , २१ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु २६ लाख ८२ हजार १४ बराबरको बिगो दाबी गरेको छ ।
तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।
सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालक संयोजक प्रकाश बुढथापाविरुद्ध समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यस्तै, सोरु–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगीविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको उनले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
सहकार्य गरेर जाने विषयमा छलफल
दाङ, २० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र विपक्षी दलका तथा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा बीच भेटवार्ता भएको छ ।
छलफलमा सदनलाई सौहार्द बनाउने, समसामयिक राजनीतिक विषय, लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन तथा संसदीय समितिको पूणर्ताका विषयमा छलफल भएको छ ।
छलफलमा संसदीय समितिहरुको आउदो बैठक अघिनै सभापतिको निर्वाचन गरि सक्ने सहमति भएको छ । त्यसै गरेर समृद्ध प्रदेश बनाउन सहमतिका साथ अघि बढ्ने कुरा भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटवार्ता मुख्यमन्त्री निवास प्रदेश प्रशासनीक परिसर राप्ती उपत्यकामा भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० फागुन । सशस्त्र द्वन्द्वकालमा गम्भीर यौनजन्य हिंसाका पीडितलाई ३ महिनाभित्र उजुरी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सरकारले विधेयकमा थप प्रस्तावको रूपमा सो व्यवस्था अघि सारेको हो ।
द्वन्द्वकालमा बलात्कारमा परेका तर हालसम्म उजुरी गर्न नसकेकाहरूले मनासिब कारणसहित ऐन जारी भएको ३ महिनाभित्र उजुरी गर्न पाउने व्यवस्था राख्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रस्ताव गरेका हुन् । सो प्रस्तावमाथि बैठकमा बोल्ने अधिकांश सांसदले सहमति जनाएका छन् ।
यस्तै मानव अधिकार उल्लंघनका घटनामा दुई पक्षबिच मेलमिलाप नभएमा अदालती प्रक्रियामा जाने व्यवस्था गर्ने विषयमा पनि सांसदहरू सहमत भएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १६ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना वालकको शल्यकृया गरेर अण्डकोषमा अण्डा ल्याइएको छ । ११ वर्षिय वालक उपचारको शिलशिलामा प्रतिष्ठान आएपछि चिकित्सकहरुको परामर्शमा पेटमा भएको अण्डालाई वच्चाको अण्डकोषमा झारीएको हो ।
पुर्वि रुकुमको सिस्ने गाँउपालिका वडा नम्वर ७ घर भएका विरामीको रोगको डाइग्नोशिस गर्नेक्रममा अण्डकोषमा अण्डा फेला नपरेपछि दुरविन विधिवाट अप्रेसन गरेर पेटमा भएको अण्डा अण्डकोषमा ल्याइएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए ।
प्रतिष्ठानका सर्जन डा.अभिषेक पौडेलको नेतृत्वमा रहेको एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराईसहीत चिकित्सक, नर्श, स्वास्थ्यकर्मिहरुको टोलिले सफल अप्रेसन गरेको हो । ‘विरामि वच्चा ११ वर्षपछि उपचारकोक्रममा प्रतिष्ठान आइपुगेको हो, हामिले राम्रो तरीकाले रोगको डाइग्नोसिस गर्नेक्रममा वच्चाको अण्डकोषमा रहेको अण्डा नै नरहेको भेटियो–अप्रेसन संलग्न चिकित्सक सर्जन डा.पौडेलले भने–‘पेटमा भएको अण्डा दुरविन विधिवाट अप्रेसन गरेर अण्डकोषमा ल्याउन सफल भयौ ।’ विरामीको उपचारपछि अवस्था सामान्य रहेपछि आज नै घर डिष्चार्ज गरीएको सुचना अधिकारी भट्टराइले बताए ।
लामो समयपछि विरामि उपचारकोक्रममा अस्पताल आएका कारण त्यो कुरा पत्ता लाग्न गएको भन्दै सर्जन डा. पौडेलले उमेर बढ्दै जाँदा अण्डकोषमा अण्डा नहुँदा भविष्यमा वच्चाको प्रजनन स्वास्थ्यमा समस्या हुने,अण्डा सानो हुँदै जाने र क्रमश सुक्दै जाने, अण्डामा क्यान्सर हुने लगायतका थुप्रै समस्या देखीन सक्ने खतरा भएकाले वच्चाले समयमै उपचार पाएका कारण त्योवाट मुक्त भएको बताए ।
अधिकांशको जन्मनेक्रममै अण्डकोषमा अण्डा आउने भएपनि, तर कसैको नआएमा अण्डकोषमा अण्डा शल्यकृयावाट ल्याउन सकिने उनको भनाई छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १४ फागुन । दाङको दुर्गम गाउँपालिका मानिने राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एफटिटिएछ सेवाको उद्घाटन गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गरेकि हुन।
सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टनेटसहितको दुरसञ्चार सेवा विस्तार गर्ने क्रममा राप्तीपारिको गाउँपालिका राजपुरमा एफटिटिएच पुर्याइएको बताइन। उनले अध्यक्षमार्फत गाउँपालिकाका बासिन्दालाई बधाई समेत दिइन् ।
केही समयअघि दाङको पहाडी गाउँपालिका बंगलाचुलीमा एफटिटिएच सेवा पुर्याइएको जानकारी दिंदै दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेकी मन्त्री शर्माले अब लगत्तै राप्तीपारिको गाउँपालिका गढवामा पनि सेवा विस्तार हुने बताईन।
दश वटा स्थानीय तह रहेको दाङका छ वटा पालिकामा एफटिटिएच सेवा विस्तार भएको छ । मन्त्री शर्माले बाँकी तीन गाउँपालिका शान्तिनगर, बबई र दंगशीरणमा पनि चाँडै एफटिटिएच विस्तार गर्न नेपाल टेलिकमललाई निर्देशन दिइन ।
नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले पूर्वपश्चिम राजमार्गको रिहारबाट १५ किलोमिटर अप्टिकर फाइबर विस्तार गरेर राजपुरमा सेवा सुरु गरिएको जानकारी गराइन । हाल वडा नम्बर ४, ५ र ६ मा यो सुविधा पुर्याइएको र यसबाट तत्काल पाँच सय १२ लाइन फोन, इन्टरनेट र टेलिभिजन वितरण गर्न सकिने उनले बताइन् ।
पालिकाका वडा नम्बर १, २ र ३ मा चाँडै विस्तार गरिने उल्लेख गर्दै उनले यो हप्ताभित्रै गढवा गाउँपालिकामा एफटिटिएच विस्तारको काम सुरु हुने बताइन् ।
तुलसीपुरदेखि हापुरेसम्मको लाइन विस्तारको काम पनि शुरु गर्ने तयारी थालिएको जानकारी दिंदै कार्यालय प्रमुख शर्माले अबको दुई महिनाभित्र एफटिटिएच पुग्न बाँकी शान्तिनगर, दंगीशरण र बबई पनि पुर्याइने जानकारी गराइन।
२२ सय व्यक्ति फरार सूचिमा
रुपन्देही १४ फागुन । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन । एकलौटी र अपारदर्शी निर्णय गरेको भन्दै वडाध्यक्षले कार्यकक्षमा ताला लगाएका हुन् ।
नगरपालिकामा मेयर र प्रशासकीय प्रमुखको मिलेमतोमा अपारदर्शी निर्णय भएको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन् ।सोही विरोध अन्तरगत सोमबार वडा अध्यक्षले ताला लगाएका हुन।
सोमबार नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
नगर प्रमुख, उपप्रमुखका नामका योजनामा अपारदर्शी तरिकाले सम्झौता गरी भुक्तानी गरिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम विनियोजन गर्दा वडाको सहमति नलिएको, वडा नं ८ मा नदीजन्य पदार्थको अवैध चोरी तस्करी गर्ने ट्याक्टर, एक्साभेटरलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा राजश्व नलिई छाडिएको वडाध्यक्षहरुको भनाइ छ ।
सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन नमानेको, शिक्षक तथा कर्मचारी नियुक्ति अपारदर्शी भएको, करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध नगराएको पनि वडाध्यक्षहरुले बताएका छन् ।
नगर स्तरीय खेलकुद समिति गठन प्रक्रियामा बहुमतबाट निर्णय गरिएको, उपभोक्ता समितिलाई काम गरिसक्दा पनि भुक्तानी लिन पटक पटक धाउन बाध्य पारिएको, कोरम नपुग्दा नपुग्दै घर घरमा हस्ताक्षर गराएर नगर सभा सञ्चालन गरिएको, कार्यपालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शीर्षकमा रकम बाँडेको वडाध्यक्षहरुको आरोप छ ।
आन्दोलनमा देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दीपक नेपाल, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं ११ का वडा अध्यक्ष दूधनाथ यादव र वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारू सहित १५ जना जनप्रतिनिधि सहभागी छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्वर्गद्वारी गुठिका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित सहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण गराउन पुुगेको दाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन।
सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङमा मोही किसानहरुले गरिरहेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराएकि थिइन् । दाङमा मोही किसानहरुले जग्गा प्राप्तिको माग गर्दै लामो समयदेखि आवाज उठाउँदै आएको र गएको हप्तादेखि सडक संघर्षमै उत्रिएको जानकारी गराउँदै मन्त्री शर्माले वार्ता समिति गठन गरेर संघर्षरत किसानका मागहरु टेबल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेकि हुन् ।
तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाणपूर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै मोही किसानहरु आन्दोलनमा उत्रिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
म जन्मदा केही कुरा पनि स्थिर थिएन । न देशको अवस्था न त मेरो परिवारको आर्थिक अवस्था नै। देशमा माओवादी युद्घ भर्खर सुरु भएको थियो। देश राजनीतिक अस्थिरता तर्फ अगाडि बढेको थियो। यता, हाम्रो आर्थिक अवस्था पनि स्थिर थिएन। नेपालमा तीन खानदानको इज्जत र प्रतिष्ठा थियो ।मुख्य बगाल, पटवारी बगाल र साहु खलक। हाम्रो परिवार साहुखलकको एउटा हिस्सा थियो।
त्यो जमानामा पूरा गाउँलाई हाम्रो ठूलो बाबाको नामले चिन्दथे। यो साहुटोलको साइलाको कान्छो छोरो। मेरो परिचय यसरी दिन्थे त्यो गाउँका मानिस। मैले सुने अनुसार हाम्रो पनि चार÷पाँच जना काम गर्ने मान्छे थिए रे । तर त्यो एकादेशको कहानी जस्तो थियो जतिबेला म थाहा पाउने भए। सहरीकरण र सुविधा खोज्दै मेरा बा–आमा पनि आसाम हुँदै दाङ झर्नु भएको थियो । त्यो बेला साहु खलक । उहाँहरुसँग पैसा टन्नै थियो रे। तर विलासिताको जीवन र गलत मान्छेसँगको भेटले गर्दा अधिकांश पैसा सकिएको थियो रे। जे जति बच्यो त्यो जोडेर उहाँहरुले केही वर्ष त्यसको भोग गरी यो संसार छोडेर जानुभयो। अहिले मेरो काधमा त्यो विरासत र इज्जत फर्काउने जिम्मेवारी आएको छ। तर कसरी ? यो वैश्य युगमा मसँग विकल्प ज्यादै कम छन् ।
सन 1995 र त्यसपछि जन्मिएका म जस्ता हजारौं नेपाली युवाले देशको अवस्था र विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनलाई नजिकबाट देख्ने र भोग्ने अवसर पायौं। कतिपय राजनीतिक आन्दोलनमा म आफै पनि सरिक भएको छु। देशमा यो व्यवस्था ठिक भएन यो व्यवस्था आयो भने जनताले अधिकार र न्यायको महसुस गर्न पाउँछन भन्ने स्कुलिङ मलाई गराइएको थियो सोही अनुरुप म पनि २०६२\ ६३ को १९ दिने जनआन्दोलनमा सरिक भएको थिए। त्यो बेला बच्चै थिए। जिन्दाबाद र मुर्दाबाद, फलानो चोर देश छोड भन्दै कराउँदै हिडियो। अहिले बुझ्दैछु को चोर रहेछ। को देश छोड्नुपर्ने मान्छे रहेछन भनेर।
राजनीतिक रुपमा म लेफ्ट अफ सेन्टरमा बस्न चाहने मान्छे हुँ। समाज हिजोभन्दा आज र आजभन्दा भोलि समृद्धिको मार्गमा अगाडि बढ्नु पर्छ र जनताले समानता र न्यायको महसुस बराबर रुपमा गर्नुपर्दछ भन्ने मान्यता बोकेर हिँड्ने म जस्तालाई के थाहा राजनीतिको रङ ग्रे हुन्छ भनेर। मैले माओवादी युद्ध, राजाको शासन र गणतान्त्रिक शासन व्यवस्थालाई नजिकबाट देख्न र भोग्न पाए। जुनसुकै व्यवस्था आए पनि जनताको अवस्थामा किन परिवर्तन आउन सकेन भन्ने प्रश्नले हमेशा म जस्ता हजारौं नेपालीलाई घचघचाउँछ होला । देशमा अवस्था परिवर्तनको राजनीति गर्छु भनेर आएकाहरु सँग केही आशा बाँकी थियो तर अहिले फेरि अर्कै नारा लगाएर देशलाई अस्थिर बनाउन खोजिँदैछ।
हाम्रो देशलाई विभिन्न एजेन्डा र नारा दिँदै आखिर कसले पेन्डुलम बनाउन खोज्दैछ भन्ने कुरा अब सारा नेपालीले बुझ्न र राजनीतिक रुपमा सचेत भई भोटको माध्यमद्धारा त्यस्ता तत्त्वलाई परास्त गर्न आवश्यक छ। हामीसँग दुईवटा विकल्प छन् ।
पहिलो दल होइन मत परिवर्तन गर्दै देशमा अवस्था परिवर्तन गर्न सक्ने व्यक्ति छान्ने, दोस्रो सडक संघर्षद्धारा यी पापी र भ्रष्ट नेतालाई यहाँबाट लखेट्ने।
हामी अब गर या मरको अवस्थामा नजाने हो भने देश बिस्तारै सकिँदै जान्छ र हाम्रो टाउकोमा ऋणको भार थपिँदै जान्छ। यिनीहरुले गर्ने भ्रष्टाचारमा हामीलाई ऋण बोकाउँदै छन ।हामी बलियो र समृद्ध नभएको कारणले गर्दा नै हो विदेशीले हामी माथि खेल्ने ।
उनीहरुलाई थाहा छ हाम्रो नेताको कमजोरी के हो भनेर। उनीहरुले त्यही कमजोरीमा टेकेर हामीलाई सधैँ अस्थिर बनाउँदै आफ्नो फाइदा लिन्छन् ।
देश बिग्रनुमा तपाईँ हाम्रो पनि दोष छ। हामी अलि व्यक्तिवादी स्वार्थ बोकेका नेपाली हौँ। हामीलाई देश होइन हाम्रो स्वार्थ पुरा गरिदिने नेता वा पार्टी चाहिएको छ। त्यही स्वार्थको कारणले गर्दा हामी सधैँ पार्टीको झोले भएर उसको गुणगान गाउन थाल्छौं। नेताले हाम्रो सीमित स्वार्थमा टेकेर असमित फाइदा लुट्दै देशलाई कंगाल बनाएका छन् । आज नेपालमा नागरिक समाज ,पत्रकार , पुलिस प्रशासन, अधिकारकर्मी, बाद्धिक व्यक्ति यस्ता अनेक,अनेक संस्थाभित्र वा व्यक्तिभित्र व्यक्तिगत लोभ भएका मानिसको कारणले गर्दा नै उनीहरुले हामीमाथि राज गरेका हुन् ।
आजको सूचना प्रविधिको जमानामा हामीसँग हजारौं तथ्य र प्रमाण छन कि देश कस्ले सक्यो भनेर। म त्यो प्रमाण र तथ्य यहाँ दिन चाहन्न। म यति मात्र भन्न चाहन्छु कि अब हामी सचेत भएर निर्णय गरौं। हो लोभ र स्वार्थ त्याग्न गाह्रो छ । पैसा र अवसरको मुख कालो हुन्छ तर कति दिन हामीले हाम्रो आत्म बेच्दै आफ्नो स्वार्थको कारण देशलाई अस्थिर बनाउने ?
नेपालको राजनीति मुख्यत चार किसिमले चलेको छ। पहिलो( दलाल र पुँजीपति वर्ग, दोस्रो (अन्धभक्त कार्यकर्ता, तेस्रो (विदेशी शक्ति र चौथो (सचेत वर्ग । अब यो देश सचेत नेपाली नागरिकले चलाउनुपर्दछ। त्यो चाबी तपाईं हाम्रो हातमा छ। आज हेर्नुस त काठमाडौँ, धरान र धनगढीका जनताले आफ्नो सचेतनादद्धारा फेरिदिएको निर्णयले देशलाई कति फाइदा भएको छ। हामीले आफ्नो स्वार्थ त्याग्न सक्ने रहेछौं भन्ने यो महान उदाहरण होइन र ? अब भन्नुस मेरो देश को आए बन्ने हो ?
यो लेखको उदेश्य सचेतना जगाउने र जागरुकता ल्याइदिने मात्र हो। सूचना त तपाईं हामीसँग छँदै छ नि देश कस्ले सक्यो भनेर। अब देश को आए बन्ने हो ? यो निर्णय तपाईं हाम्रो हातमा छ प्रिय पाठक।
लेखक: लक्ष्मण शर्मा घोराही उपमहानगरपालिका, दाङ
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस