दाङ , १२ फागुन । तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर मिलेको हो । आईएसटी कलेज काठ्माण्डौको सहकार्यमा ज्ञानज्योति स्कुलले शनिबार आयोजना गरेको ‘फुड फेस्टिवल’ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले आफुले बनाउन जानेका विभिन्न परिकार बनाएका थिए ।
ज्ञान ज्योति स्कुल तुलसीपुर र इन्टरनेसनल स्कूल अफ टुरिजम होटल म्यानेजमेन्ट आईएसटी कलेज काठमाडौँको सहकार्यमा ७ दिने तालिमको आयोजना गरिएको हो । कलेजका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा आईएसटी कलेज प्रमुख सम्झना बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई रोजगारीका अवसर प्रशस्त रहेकोले लगनशिल हुनुपर्ने बताए । विद्यालयका भाईस प्रिन्सिपल मनोज कुमार केसीले तत्काल रोजगारीको सम्भाव्यता भएको होटल क्षेत्र नै भएको बताए।
कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक बसन्त रावतले ज्ञानज्योति स्कुलले विगत १५ वर्षअघिदेखि होटल म्यानेजमेन्ट पढाउन शुरु गरेको बताए । कार्यक्रममा विद्यार्थी पिपला सुवेदी, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले बोल्नुभएको थियो भने कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयका भाइस प्रीन्सीपल मनोज के सी र कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ फागुन । तुलसीपुर उपमहानगरपालिकाको नगरस्तरीय बालसञ्जालमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार एक कार्यक्रम गरी बालसञ्जालको नेतृत्वमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको छ भने पुरानो नेतृत्वलाई विदाई समेत गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा बालसञ्चालनका अध्यक्ष अच्युत बस्नेतको अध्यक्षतामा कार्यक्रम गरी बालसञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा विदाई गरिएको हो ।
बालसञ्जालका निर्वतमान अध्यक्ष शिशिर गिरी नेतृत्वको समुहलाई बिदाई गरिएको हो भने बस्नेत नेतृत्वको समुहलाई स्वागत गरिएको हो ।
प्रत्येक दुईवर्षमा बालसञ्जालको नेतृत्व फेरीने कार्यविधि छ । सोही कार्यविधि अन्तर्गत माघको अन्तिम साता नयाँ नेतृत्व चयन भएको थियो । उपमहानगरपालिकाका १९ वडाबाट प्रतिनिधित्व हुनेगरी अच्युत बस्नेतको अध्यक्षतामा बालसञ्जाल पुर्नगठन गरिएको छ । जसको उपाध्यक्षमा प्रशंसा केसी, सचिवमा लालबहादुर पुन, सह(सचिवमा संगिता डाँगी, कोषाध्यक्षमा सर्मिला योगी रहेका छन् । यसैगरी सदस्यहरुमा सन्ध्या रेग्मी, प्रदिप चौधरी,विशाल खत्री, आकृति गुरुङ, करुणा बस्नेत, देविराम डाँगी, निशा केसी, सुनिता डाँगी, सिर्जना गिरी, पुस्पा बिक रहेका छन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालसञ्जालले बालबालिकाका विषयमा केन्द्रित रहेर कार्यक्रमहरु गर्दै आएको जानकारी दिएकी थिइन् । उनले उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने उदेश्य अनुरुप बालबालिकाको हक, अधिकार र उनीहरुको सरोकारको विषयमा बालसञ्जालले बहस, पैरवी गर्दै आएको बताएकी थिइन् । कार्यसमितिमा नेतृत्व फेरिएपनि बालसञ्जालको उदेश्य र लक्ष्य प्राप्तीको अभियानमा सबै संगै रहने उल्लेख गरिन् । पुरानो नेतृत्वले नयाँ नेतृत्वलाई सल्लाह, सुझाव र हौसला दिनुपर्ने बताएकी थिइन् ।
कार्यक्रममा निर्वतमान जनप्रतिनिधी तथा बालअधिकारकर्मी नवराज लामिछानेले बालअधिकारको विषयमा सबै मिलेर काम गर्नुपर्ने बताएका थिए ।
कार्यपालिका सदस्य देवी पोख्रेल, लालमती भण्डारी लगायतले सञ्जालको लक्ष्य अनुसार आफ्ना गतिविधिहरु सञ्चालन गर्न अनुरोध गरे । उपमहानगरपालिकालाई बालमैत्री पालिका बनाउन बालसञ्जालको भूमिका महत्वपूर्ण रहने भन्दै सञ्जालप्रति जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए । बालमैत्री नगर बनाउने अभियान सबैको साझा अभियान भएको बताउँदै उपमहानगरपालिका, बालसञ्जाल, पत्रकार, नागरिकसमाज, अधिकारकर्मीहरु सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण बालसञ्जालका सचिव लालबहादुर पुनले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
घोराही, ११ फागुन ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा घोराही ट्राफिक सचेतना कार्यक्रम भएको छ । घोराहीमा र्याली गरेर सचेतना कार्यक्रम भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्याब्सन दाङ र प्याब्सन घोराही उपमहानगरपालिकाको आयोजनामा सामाजिक संघसंस्था एवं विद्यालय, कलेजहरुको उपस्थितिमा सचेतना र्याली गरिएको थियो ।
घोराहीको भानु चोकबाट सुरु भएको र्याली दामोदर चोक, बालमन्दिर, लखक पार्क, तीनकुने चोक, दुरसञ्चार, गणेश मन्दिर, बैंक रोड, नेपाल बैंक, शहिद गेट हुदै पुनः भानु चोकमा पुगेर समापन गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सीले हरेक नागरिकलाई ट्राफिक नियमबारे जानकारी हुन आवश्यक भएको भन्दै सडक प्रयोग गर्दा सबैले नियमको पालना गर्नुपर्ने बताए। उनले विद्यार्थीहरु पनि सचेत भएर परिवारलाईपनि सिकाउनुपर्ने बताए । प्रहरीलाई देखेपछि मात्र नियम पालना गर्ने प्रचलन रहेकाले ट्राफिक नियम प्रहरीकोलागी भन्दा पनि आफ्नोलागी गर्नुपर्ने उनको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनकबहादुर मल्लले प्रहरीले सचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको बताउदै हरेक व्यक्ती नियमबारे जानकार हुनुपर्ने बताए।
सानो गल्तीका कारण हुने सवारी दुर्घटनाबाट ठुलो क्षति हुने भएकाले सवारी चालक एवं पैदल यात्रुहरु सचेत हुन आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष आर.के.शीतलले विद्यालयहरुले पाठ्यक्रममा समेटेर वा अतिरिक्त क्रियाकलाप अन्तरगत ट्राफिक नियमबारे जानकारी गराउन आवश्यक रहेको बताए।
ट्राफिक नियम कार्यान्वयन गराउने निकाय पनि जिम्मेवारीकासाथ लाग्न आवश्यक रहेको बताए । साथै यस क्षेत्रमा स्थानीय सरकारहरुले लगानी गर्नुपर्ने पनि उनको भनाई थियो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले ट्रफिक नियमको पालना अरुकोलागी भन्दा पनि आफ्नोलागी गर्न आवश्यक रहेको बताए। प्याब्सन घोराही उपमहानगरपालिकाका अध्यक्ष बिरेन्द्र चन्दले सम्पूर्ण विद्यालयहरुले विद्यार्थीहरुलाई सचेतना कार्यक्रममा सहभागी गराउनुपर्ने बताए।
र्यालीमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक किरणप्रकाश मल्लले ट्राफिक प्रहरीले समय समयमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताउदै सम्पूर्ण नागरिकहरु यस विषयमा गम्भीर बन्न आवश्यक रहेको बताए। उनले ट्राफिक नियमको पालना गर्नु हरेक जिम्मेवार नागरिकको कर्तव्य भएकाले नियमको पालना गर्न सबैमा अनुरोध गरे। कार्यक्रममा साहित्यकार डा. लोकराज पराजुलीले चेतनामूलक मुक्तक वाचन गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रहरी जवान बिनोद आचार्यले गरेका थिए।
र्यालीमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य संघ, प्याब्सन, जनज्योति मावि, गोदाबरी मावि, माउण्ट भ्यू, मनकामना बोर्डिङ, ज्ञानसिन्धु मावि, गोर्खा मावि, लगायतको सहभागीता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो ।
‘सम्मानीय प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो, मुख्यमन्त्री चौधरीले भने,’ सम्मेलनको बिषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अबस्थाको बारेमा जाननकारी गराएको छु । सो अबसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राज्धानी क्षेत्रमा आउने विषयमा समेत छल्फल भएको छ । ‘
सम्मानीय प्रधानमन्त्रीज्युले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधनको कुरा भएको छ, मुख्यमन्त्री चौधरीले भने-‘ प्रधानमन्त्री ज्युले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ । ‘
प्रदेश सरकार र सदनको आग्रमा प्रधानमन्त्री १९ गते सदनलाई सम्बोधन गर्न आउन लागेका छन् । लुम्बिनीमा फागुन १८ गते देखि हिउदे अधिबेशन सुरु हुँदै छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ६ फागुन । दाङको तुलसीपुरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । गत माघ १३ गतेदेखि २० गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन भएको महायज्ञको आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको हो । आइतबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराइएको हो । महायज्ञ समापन भएको १५ दिनभित्रमा मुल आयोजक समितिले आय व्यय प्रस्तुत गरेको छ ।
महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा एक कार्यक्रम गरी आयव्यय सावर्जनिक गरिएको हो । महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुस्मा लामिछानेले आयव्यय प्रस्तुत गर्दै लक्ष्य अनुसारको सहयोग संकलन गर्न सफल भएको जानकारी दिइन् ।
मानवसेवा आश्रमको भवन निर्माणका लागि महायज्ञबाट ५ करोडको सहयोग संकलन गर्ने लक्ष्य लिइएकोमा ५ करोड ४९ लाख ६२ हजार ३ सय ११ रुपैया संकलन भएको कोषाध्यक्ष लामिछानेले जानकारी दिइन् ।
उनका अनुसार सामान्य नगदी रसिदबाट २ करोड ६८ लाख ७१ हजार ३८ रुपैया, दानपात्रबाट ४ लाख ४१ हजार ६३ रुपैया,कलस बिक्रीबाट ६९ हजार ८ सय ५ रुपैया,भोजन प्रसादी तथा तुला दानबाट ८२ हजार २ सय १६ रुपैया र धान बिक्रीबाट संकलन ७७ हजार २ सय गरि २ करोड ७५ लाख ४१ हजार ३ सय ८२ रुपैया नगद संकलन भएको छ भने २ करोड ७४ लाख २० हजार ९ सय २९ रुपैयाँ प्रतिवद्धताको रकम रहेको छ ।
महायज्ञमा नगद तथा प्रतिवद्धता सहितको कुल आम्दानी ५करोड ४९ लाख ६२ हजार ३ सय ११ रुपैयाँबाट ३१ लाख ७१ हजार ८ सय ७२ रुपैया कुल खर्च भएको छ । आम्दानीबाट कुल खर्च घटाउँदा ५ करोड १७ लाख ९० हजार ४ सय ३९ रुपैया बचत रहेको महायज्ञको आर्थिक प्रतिवेदनमा प्रस्तुत छ ।
महायज्ञमा सबै भन्दा बढि नगद दान गर्नेमा मुल आयोजक समितिक संयोजक डिल्लीबहादुर बस्नेत रहेका छन् । उनले ५ लाख ११ हजार १ सय १५ रुपैया महायज्ञमा सहयोग गरेका थिए । मुल आयोजक समितिले महायज्ञ समापन भएको १५ दिन भित्रमा सबै आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने प्रतिवद्धता गरेको थियो । सोही अनुसार आइतबार १५ दिनमा आर्थिक आयव्यय सार्वजिक गरेको हो ।
दानदाताको विवरण
५ लाख माथिको दाता २ जना,एकलाख देखि माथिको दाता४५ जना,५० हजार माथिको दाता १ सय १९ जना,२५ हजार माथिको दाता ३ सय ९७ जना रहेका छन ।
कहाँ कति खर्च ?
पत्रकार सम्मेलन मार्फत कुल खर्चको विवरण समेत प्रस्तुत गरिएको थियो। महायज्ञमा ३१ लाख ७१ हजार ८ सय ७२ रुपैया कुल खर्च भएको र सबैभन्दा बढी दानदातासम्मान र महायज्ञ स्थल तयारीमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ । दानदाता सम्मान खर्च शिर्षकमा ८ लाख ५८ हजार ७ सय ७ रुपैयाँ, महायज्ञ स्थल तयारीमा ७ लाख २० हजार ९ सय ५० रुपैयाँ ,खाद्यन्न खर्च २ लाख ४४ हजार ५ सय १५, स्टेशनरी खर्च ९ हजार १५,ढुवानी खर्च ९ हजार ९ सय ५०,ईन्धन खर्च ५१ हजार ८ सय २०,क्याटरीङग खर्च ५९ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।
यसैगरी, लत्ताकपडा खर्च ४३ हजार ३ सय २८,कार्यालय उपकरण खर्च १३ हजार ९ सय र यातायात खर्च ६ हजार ९ सय ४० रुपैया रहेको छ । त्यस्तै, खपत सामाग्री भान्साका लागि ८० हजार ४ सय ९२,ग्यास ईन्धन खर्च १५ हजार ६ सय , कलाकार खर्च २ लाख ६१ हजार, स्थानिय पण्डित खर्च ७४ हजार ५ सय,प्रचार सामाग्री तथा साधन खर्च ४ लाख ७३ हजार ४ सय २९,सुरक्षकर्मी खर्च ३६ हजार ३ सय ८३,पुजा सामाग्री खरिद खर्च ८५ हजार ६सय २४,अन्य कर्मचारी खर्च २२ हजार ५ सय , शौचालय निर्माण खर्च ५५ हजार ७ सय ४२,बिद्युत जडान खर्च ४ हजार १ सय ७१ रुपैया गरि कुल खर्च ३१ लाख २८ हजार १ सय ७२ रुपैया रहेको जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनको स्वागत महायज्ञ मुल आयोजक समितिका सह संयोजक श्रवण कुमार आचार्यले गरेका थिए भने धन्यबाद ज्ञापन सदस्य सचिव बुद्ध प्रकास सिंहले गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण प्रचार प्रसार उपसमितिका संयोजक सुशील बस्नेतले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ६ फागुन । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित गरेको छ ।
मन्त्रीपरिषदको आइतवार बसेको बैठकले प्रदेश निजामति सेवा नियमावली २०८० स्वीकृत गरेको हो ।
प्रदेश निजामति सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्री परिषदले नियमावली स्वीकृत गरेको हो ।
ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याइ कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरु बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामति सेवा नियममावली २०८० ल्याइएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए।
केहि समय अघि सरकार बने लगतै प्रदेश निजामति सेवा ऐन जारी भएको थियो । सोहि आधारमा सरकारले नियमावली ल्याएको हो ।
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कर्मचारीहरुको व्यवस्थापन र बृृद्धिविकासका लागि ऐन र नियमावली सरकारले ल्याएको बताए। उनले प्रदेशका निजामति कर्मचारीको लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको बताए।
त्यसै गरेर ‘प्रदेशका आयोजनाको बहुबर्षिय ठेक्का सहमति सम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निणर्य गरेको छ । सुशासन, विकास, समृद्धिको लागि आयोजना व्यवस्थापन र सार्वजनिक खर्च प्रणालीमा प्रभावकारीता ल्याउन बहुवर्षिय आयोजनाहरुको समुचित व्यवस्थापन गर्नु पर्ने भएकोले मापदण्ड स्वीकृत गरिएको प्रबक्ता पाण्डेयले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ६ फागुन । मापदण्ड मिचेर अनाधिकृत रुपमा सञ्चालनमा आएका ट्रायल सेन्टरहरु बन्द गरिने भएको छ । लुम्बिनी सरकाले नियमन गरेर यस्ता टा्रयल सेन्टरहरु बन्द गरिने उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले बताए । मन्त्रालयले मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरू तत्काल बन्द गराउन यातायात कार्यालयहरुलाई निर्देशन दिदै परिपत्र समेत गरिसकिएको छ ।
फरक-फरक स्थानमा दर्ता भएका ड्राइभिङ स्कुलहरुलाई यातायात कार्यालयमा सूचीकरण गर्ने र यातायात व्यवस्था विभागले बनाएको मापदण्ड नपुगेकालाई बन्द गराउने निणर्य गरेको मन्त्री थापाले बताए । मन्त्री थापाले प्रदेश मातहतका नौवटै यातायात व्यवस्था कार्यालयका प्रमुखहरुको संयुक्त बैठक गरि यस्तो निणर्य गराएका हुन ।
‘लुम्बिनी प्रदेशभरका विभिन्न जिल्लाहरूमा निजी क्षेत्रबाट सञ्चालन गरिएका सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्रहरू मापदण्ड विपरीत सञ्चालन भएको भन्ने जनगुनासालाई सम्बोधन गर्न सम्बन्धित कार्यालयले तत्काल अनुगमन गरी मापदण्ड पुगेकालाई मात्र सूचिकृत र अन्यलाई सञ्चालनमा रोक लगाउने ।’ निणर्यमा भनिएको छ ।
मापदण्ड नपुगेका ट्रायल सेन्टरहरूले बिचौलियाको काम गरेर सेवाग्राहीसँग मोटो रकम असुलेको जनगुनासो समेत आइरहेकाले त्यसलाई समेत रोक्ने गरी तयारी गरिएको मन्त्री थापाको भनाइ छ ।
साथै लाइसेन्सका परीक्षार्थीहरुलाई ट्रायल दिन आएको बेलामा पनि बायोमेट्रिक हाजिरी गराउने निणर्य गरिएको छ । नक्कली परीक्षार्थीहरुलाई रोक्ने उद्देश्यले चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा दिने बेलामा पनि बायोमेट्रिक हाजिर गराउने निणर्य गरेको मन्त्री थापाले बताए । सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्न उक्त परीक्षाहरूमा प्रवेश गर्दा डिजिटल प्रविधिमार्फत हाजिर गराउने निणर्य गरिएको हो ।
अहिलेको व्यवस्थामा सुरुमा बायोमेट्रिक लिइए पनि प्रयोगात्मक परीक्षाको बेला लिने गरिएको छैन । सुरुमा बायोमेट्रिक दिएको परीक्षार्थीको औंठा छाप ट्रायल दिने व्यक्तिसँग मिल्छ कि मिल्दैन भनेर म्याचिङ गर्नका लागि पनि बायोमेट्रिक हाजिर गराउने निणर्य भएको हो,’ मन्त्रालयका सचिव उमेश ढुंगानाले भने, ‘यसको उद्देश्य लाइसेन्सको परीक्षामा विश्वसनीयता थप्ने हो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ४ फागुन । सरकारले हुलाक टिकट छाप्न सुरु गरेको छ । सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको हो । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो। यसरी छापिएको टिकटलाई सरकारले आजदेखि प्रचलनमा ल्याएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टाँचा प्रदान गरेसँगै नेपालमै हुलाक टिकट प्रकाशनको औपचारिक सुरुवात भएको हो। हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा शुक्रबार मन्त्री शर्माले नेपालमै प्रकाशित भएका हुलाक टिकटमा टाँचा लगाएका हुन् ।
वि.सं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि भने विभिन्न देशमा छाप्ने गरिएको थियो। यो वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको छ। यसबाट सस्तो मूल्यमा टिकट छाप्न सकिने भएकाले राज्य कोषको बचत हुन जाने सरकारको विश्वास छ।
सञ्चार मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा सम्भव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री दिनानाथ शर्मा र रामकुमारी झाँक्री, सहिद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, सहिद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोलेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ४ फागुन । दाङ क्रिकेट लिग– २ मा प्रतिष्पर्धा गर्न लागेकाे देउखुरि वारियर्स क्रिकेट क्लवकाे टाइटल स्पाेन्सरमा गुरुकुल एकेडेमी लमहि रहने भएकाे छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ मा देउखुरि वारियर्सले पनि प्रतिष्पर्धा गर्न लागेकाे हो ।
आज शुक्रबार गुरुकुल एकेडेमी लमहिकाे प्राङ्गणमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै गुरुकुल ऐकेडेमी लमहिका प्रधानाध्यापक मुकुन्द तिमिल्सिना र देउखुरि वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर गणेश बुढाथाेकिबिच टाईटल स्पाेन्सर सम्झाैता पत्रमा हस्ताक्षर भएकाे हाे ।
देउखुरि वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर्स गणेश बुढाथाेकिले गुरुकुलकाे टाईटल स्पाेन्सर पछि गुरुकुल देउखरि वारियर्स नाम रहने पनि बताए। साथै उनले शिक्षा क्षेत्रलाई उच्च पद्दतिमा लगिरहेकाे र घाेराहीमा गुरुकुल ऐकेडेमिकाे अपार सफलता पछि तुलसीपुर र लमहीमा गुरुकुल एकेडेमि संचालनमा आउन लागेकाे र यस शिक्षण संस्थाले अन्तराष्ट्रिय स्तरकाे शिक्षा प्रदान गर्नेमा विश्वास ब्यक्त गर्दै आगामि दिनमा पनि गुरुकुल ऐकेडेमि संग सहयाेग र सहकार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे।
कार्यक्रममा अक्षरका माध्यमबाट विद्यालय चिनाउने भएकाे हुदा शिक्षा संगै खेल क्षेत्र लगायत समाज संग गुरुकुल भन्ने मुल मन्त्रलाई लियर यस देउखुरि वारियर्स क्रिकेट क्लवकाे अफिसियल स्कुल पार्टनर तथा टाईटल स्पाेन्सरकाे रुपमा रहेकाे गुरुकुल ऐकेडेमी लमहिका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले बताए।
नयाँ विद्यालय भयकाे हुनाले सम्पुर्णलाई सहयाेग गर्न र विद्यालयले सम्पुर्ण कानुनि प्रकृया पूरा गरेकाे पनि बताए । प्रतियोगिता सफल बनाउन विद्यालयले टाईटल स्पाेन्सरकाे रुपमा भुमिका खेल्ने भएपछि देउखुरि वारियर्स क्रिकेट क्लवले आभार प्रकट गरेको छ ।
दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् ।
प्रतियोगिताका लागि पाँच फ्रेन्चाईज क्लबले फागुन ५ गते रजिष्ट्रेशन भएका खेलाडीबाट अक्सन गर्ने छन । गुरुकुल ऐकेडेमी लमहिका सेयर सदस्य शितल भुषालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनकाे सहजिकरण गुरुकुल ऐकेडेमी लमहीका शैक्षिक निर्देशक निमानन्द गैरेले गरेका थिए।
दाङ क्रिकेट लिग– २ विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
तुलसीपुर,३ फागुन । किशोर किशोरी र बालबालिकाहरुको क्षमता बिकासमा तुलसीपुर उपमहानगरपालिकाले योजनाबद्ध रुपमा अभियान शुरु गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडाका ती किशोर किशोरी र बालबालिकाहरुलाई जीवनउपयोगी सीप र सृजनशील बनाउने गरि अभियानलाई तिब्र पारिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन।
प्रत्येक वडामा ३ दिनमा बाल अधिकार,राज्यका बिभिन्न तहमा सहभागिता हुने र राष्ट्र निर्माणमा कसरी योगदान पुरयाउन सकिन्छ,समाजमा भई रहेका बिकृत्तिहरुको न्यूनिकरण,प्रबिधिको सहि ढंगले उपयोग (साईवर)र नेतृत्व बिकाश लगायतका बिषयमा प्रशिक्षण भईरहेको प्रमुख प्रशिक्षक सुशील बस्नेतले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका र नगर स्तरीय युवा संजालको आयोजनमा बिभिन्न वडामा ३ दिवसीय तालिम सम्पन्न भईसकेका छन् भने बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा शुरु भएको छ । वडा स्तरीय बाल संजालका अध्यक्ष बिष्णु वलीको अध्यक्षता एवम वडा नम्वर १८ का अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष वलीले दक्ष जनशक्ति उत्पादनमा यसप्रकारको तालिमले टेवा पुग्ने बताए। हाल समुदायमा देखिने गरेका बिकृत्तिहरुको न्युनिकरण र युवाहरुको सृजनशील कामले वडामा सम्बृद्धिको बाटो खुल्ने बिश्वास ब्यक्त गरे।
त्यसअवसरमा वडा सदस्य सीतल प्रसाद बुढा मगर र धनबहादुर बस्नेत लगायतले तालिमको उपयोगीताका बारेमा चर्चा गरेक थिए। तालिममा वडा नम्वर १८ का सामुदायिक तथा नीजि बिद्यालय र बिभिन्न क्लबका गरि ३० बढिको सहभागिता रहेको छ ।
तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत,तुलसीपुर उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकारी बिमल केसी,अधिकारकर्मी निर्मल नेपाली लगायत छन् । तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य युवा संजालका सुभम देवकोटा र सहजिकरण गणेश भण्डारीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस