महायज्ञको पहिलो दिन १ लाख ९३ आर्थिक संकलन, ८ कोठा निर्माणको प्रतिवद्धता

   माघ १३, २०८०       admin

दाङ,१३ माघ । दाङको तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनीको मैदानमा महायज्ञ सञ्चालन भएको छ । मानवसेवा आश्रमको भवन निर्माणको लागि सुरु भएको महायज्ञको पहिलो दिन १ लाख ९३ बढी आर्थिक संकलन भएको छ ।


मानव सेवा आश्रमको मानव स्मारक भवन निर्माण सहयोगार्थ महायज्ञको पहिलो दिन व्यक्तिगत रुपमा १० जना, ५ जना टोल विकास संस्था र १ जना वन उपभोक्ता समुहले रकम दान गरेका छन् ।महायज्ञमा पहिलो दाताको रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर निवासी ध्रुव गौतम रहेका छन् । उनले सबैभन्दा बढी ५५ हजार ५ सय ५५ रुपैयाँ रकम दान गरेका छन् ।


यस्तै, माथिल्लो हलवार टोल विकास संस्थाले २५ हजार १ सय २५, कालिका सामुदायिक वन उपभोक्ता समितिले २५ हजार १ सय २५ रुपैयाँ, धर्म उपाध्याय न्यौपानेले १० हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन् । विभिन्न व्यक्ति,समुह र टोल विकास संस्थाबाट १ लाख ९३ हजार ३ सय ६५ रुपैयाँ प्रदान भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुस्मा लामिछाने गिरीले जानकारी दिइन् ।

यसैविच महायज्ञको पहिलो दिन ८ वटा कोठा भवन निर्माणका लागि विभिन्न पालिकाहरु प्रतिवद्धता गरेका छन् । मानव स्मारक निर्माणमा तुलसीपुर उपमहानगरपालिकाले ५ वटा, दंगीशरण गाउँपालिकाले १ वटा, शान्तिनगर गाउँपालिकाले १ वटा, प्रदेश सांसद रेखा शर्माले १ वटा गरी ८ वटा कोठा बराबरको लागत उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महायज्ञको पहिलो दिनमा ४ हजार बराबरको जिन्सी सामान समेत प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सातै प्रदेशमा आश्रमको भवन निर्माण गरिनेः मुख्यमन्त्री चौधरी

   माघ १३, २०८०       admin


उमा भण्डारी। दाङ,१३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सातवटै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण हुने बताएका छन् ।सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा मावन सेवा आश्रमको भवन निर्माणको विषयमा छलफल भएको उनले जानकारी गराए । मानवता प्रर्वद्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेशले सोही अनुसार वजेट विनीयोजन गरेको बताए । तर उनले कति रकम विनीयोजन गरिएको छ भन्ने कुरा खुलाएनन् शनिवार मानव सेवा आश्रमको भवन निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।


महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले मानव सेवा आश्रमको अभियानले सबैलाई एक ठाउँमा ल्याएको बताए । सरकारले गर्नुपर्ने कामलाई मानव सेवा आश्रमले सुरु गरी सरकार–सरकाविचको पुलको काम गरेको प्रति धन्यवाद व्यक्त गरे।
“सरकारले गर्नुपर्ने काम आफुले गरी नागरिक र सरकारविच पुलको काम गरेको छ, उनले भने– अब प्रदेश सरकारले आश्रमको भवन निर्माणका लागि बजेटको कमि हुन दिने छैन । अरबौँको लगानीमा आश्रमलाई अगाडी बढाइने छ ।”
मावनता भन्दा ठुलो धर्म अरु नहुने कुरालाई महायज्ञको उपस्थितीले प्रमाणित गरेको उनले बताए । मानव सेवा आश्रम यस क्षेत्रको प्रमुख आवश्यता रहेको भन्दै यसको निर्माणमा स्थानीय सरकार र प्रदेश सरकारले कुनैपनि कमी नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले भवन निर्माणमा ५ लाख रुपैयाँ सहयोग गर्ने बताइन् । महायज्ञले हरेक व्यक्तिमा मानवता फर्काउने उल्लेख गरिन् ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मानीवय सेवा गर्ने अवसर भएको भन्दै पालिकाको तर्फबाट ५ कोठा भवन निर्माणका लागि करीव २६ लाख रुपैयाँ बजेट विनियोज गर्ने प्रतिवद्धता व्यक्त गरे।


तुलसीपुरमा मानव सेवा आश्रम निर्माण गर्नु नै गौरबको योजना रहेको भन्दै हरेक क्षेत्र, समुदायले सक्दो सहयोग गर्न आग्रह गरेका छन् । जनप्रतिनीधि र कर्मचारीले आफ्नो एकदिनको पारिश्रमिकको रकम आश्रमलाई सहयोग गर्नुपर्ने बताए । आर्थिक सहयोग संकलनको रणनीति अनुसार तुलसीपुर क्षेत्रमा बसोबास गर्ने १ लाख ७९ हजार व्यक्तिबाट न्युनतम १ सय रुपैयाँ सहयोग भएमा डेढ करोड रुपैयाँ सहयोग संकलन हुने बताएका थिए ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले मानव सेवा आश्रमको भवन निर्माणमा एउटा कोठा बराबारको ५ लाख रुपैयाँ उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।


शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले एउटा कोठामा लाग्ने ५ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नरगप्रमुख घनश्याम पाण्डेले द्रव्य संकलन मात्र नभई संकल्प समेत गर्नुपर्ने बताए । पाण्डेले भने–तीनै तहका सरकारलाई खबरदारी गर्नेछु ।


मुल आयोजक समितिका सँयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले महायज्ञ सञ्चालनको उदेश्यको बारेमा जानकारी गराएका थिए। मुल आयोजक समितिका सहसंयोजक श्रवण कुमार आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुल आयोजक समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले गरेका थिए ।
महायज्ञ उद्घाटन पूर्व कलश÷शोभा यात्रा निकालिएको थियो। उक्त यात्रा तुलसीपुरको नयाँ बसपार्क देखि सुरु भएको थियो। सो अवसरमा १ सय ५३ बढी विभिन्न धर्म, जातजाती, संस्कृति र पहिचान झल्कने झाँकी प्रर्दशन गरिएको थियो । झाँकी ¥यालीमा हजारौँको उत्साहजन सहभागिता रहेको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरीमा दुइवर्षभित्र मावन स्मारक निर्माण सम्पन्न गर्ने उदेश्य सहित शनिवार देखि तुलसीपुरको अरनीको मैदानमा महायज्ञ सुरु भएको छ । महायज्ञबाट ५ करोड आर्थिक संकलनको उदेश्य राखिएको छ । महायज्ञ माघ २० गतेसम्म सञ्चालन हुने छ ।
महायज्ञमा कथा वाचन भागवत भाष्कर कमलनयन गौतमले गर्नेछन् । कथावाचन प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालगृहको अवलोकन

   माघ १२, २०८०       admin

दाङ,१२ माघ। तुलसीपुर उपमहानगरपालिका भित्र रहेका बालगृहको अवलोकन गरिएको छ। उपमहानगरपालिका वडा नं.  ६ र वडा नं १३  बखरियामा रहेको बालगृहको अवलोकन गरिएको छ।
उपमहानगरपालीका द्धारा संचालीत आपतकालीन एंव जोखिम अवस्थामा रहेका बालबालीकाको संरक्षणका लागि संचालीत अल्पकालीन बाल संचालन संरक्षण गृह संचालन समितीले बाल संरक्षण गृह दिदिघरको अनुगमन तथा अवलोकन गरेको हो ।

तुलसीपुर उपमहानगरपालीका उपमेयर स्यानी चौधरी, महिला बालबालीका तथा सामाजीक बिकास शाखा प्रमुख माया श्रेष्ठ, पुष्पा श्रेष्ठ, बालअधिकारकर्मी नवराज रजौरे, ईलाका प्रहरी कार्यालयका जानुका श्रेष्ठ लगाएतको टोली अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बाल संरक्षण गृहमा हालसम्म आश्रीत बालबालिका १३ जना बालीका र ९ जना बालक गरि २२ जना रहेका छन् । जसमध्य १ जना बालीका पारिवारीक तथा सामुदायिक पुर्नमिलन भएका पाईएको छ । आमा बुबा नभएका ३ जना बालक, २ जना बालिका गरि ५ जना रहेका छन् । यस्तै संरक्षक नै नभएका ३ जना बालक रहेका छन् । बालगृहमा बासस्थानको ब्यवस्था, सरसफाई राम्रो रहेको पाईएको छ । यस्तै खेल तथा मनोरञ्जनको ब्यवस्था सामान्य देखिएको छ । बालगृहबाट खाना, बास,शिक्षा, स्वास्थ्य, पारिवारिक पुर्नमिलन परामर्श जस्ता सेवाहरु दिईरहेको पाईएको छ ।

यस्तै बखरीयामा रहेको बालगृह निर्माधिन अवस्थामा रहेकाले बालगृहका कार्यवाहक अध्यक्ष निलु चौधरीले विभीन्न संघसस्ंथा र स्थानीय पालीकालाई सहयोग गरिदिन आग्रह गरिन।
बालगृहमा रहेका बालबालीहरु दाङ लगाएत सल्यान, रोल्पाबाट पनि आउँने भएकाले पछिल्लो समय सहयोग गर्ने निकायहरु कम मात्रामा आउँने गरेकाले केहि समस्या उत्पन्न भएको भन्दै सहयोग उपलब्ध भए सहज हुने बताइन। बालगृहमा रहेका  सबै बालबालिका स्वस्थ नै रहेको उनले बताइन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दलित समुदायहरुको गुनासोः नीति धेरै तर कार्यान्वयन शुन्य

   माघ १२, २०८०       admin

उमा भण्डारी । दाङ,१२ माघ । विभिन्न कारणले पछाडी परेको वर्ग, समुदाय र क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइने सरकारको बजेट सिद्धान्त छ । सोही सिद्धान्तका आधारमा सरकारका नीति तथा कार्यक्रममा लक्षित समुदायका लागि थूप्रै विषयवस्तुहरु उल्लेख गरिन्छन् । तर कार्यान्वयन प्रकृयासम्म पुग्दा ती योजना तथा कार्यक्रमहरु कटौती हुँदै जाने र लक्षित समुदायले बजेट नै नपाउने अवस्था अँझैपनि केही पालिकाहरुमा रहेको छ ।

विशेषतः स्थानीय सरकारले ल्याउने नीति तथा कार्यक्रम र त्यसको बजेट कार्यान्वयनमा दलित समुदायहरुको सुनुवाई कमै मात्रामा संवोधन हुने गरेको पाइएको छ । दलित महिला संघ दाङले सार्वजनिक गरेको तथ्याँक अनुसार दाङका पालिकाहरुले दलित समुदायलाई न्युन मात्रामा बजेट वीनियोन गरेको देखिएको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ मा लमही नगरपालिकाको नीति तथा कार्यक्रममा महिला बालबालिका, अल्पसंख्यक भूमिहिन अति गरिव, सामाजिक वहिष्करणमा परेका वर्गाको उत्थानशिल कार्यक्रमहरु सञ्चालन गरिने, दलित समुदायले जीवन निर्वाहको रुपमा अपनाइएका परम्पराग पेशालाई व्यवसायीक उद्यमको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । तर पालिकाले दलित सम्वन्धी एउटा मात्र कार्यक्रम ल्याएको छ । जसका लागि कुल बजेटको २.८५ प्रतिशत मात्रै बजेट वीनियोजन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले पनि आर्थिक वर्ष २०८०÷८१ मा दलितहरुको हक, अधिकार र समानता स्थापनाका लागि दलित सशक्तिकरण ऐनलाई तीव्र कार्यान्वयमा ल्याईने उल्लेख छ । तर दलित सम्वन्धी कार्यक्रम र बजेट भने नीति अनुरुप नभएको तथ्याँकमा उल्लेख छ । पालिकाले कुल बजेटको ०.०७६ प्रतिशत बजेट दलित समुदायका लागि विनियोजन गरेको छ ।
राजपुर गाउँपालिकाले कुल बजेटको ०.०५९ प्रतिशत बजेट दलित समुदायका लागि छुट्याएको छ ।


तथ्यांकलाई हेर्दा पछिल्लो अवस्थामा पनि स्थानीय सरकारको कार्यक्रम र बजेटमा दलित समुदायको माग, गुनासो र समस्याहरु आवश्यकता अनुसार संवोधन हुन नसकेको देखिन्छ । पालिकाले ल्याउने नीति तथा कार्यक्रममा दलित समुदायका विषयहरु स्वस्फूर्त समावेश नहुने दलित महिला जनप्रतिनिधिहरु समेत गुनासो छ । हतपत नीति तथा कार्यक्रममा दलितका कुराहरु समावेश नगरिने र गरिएपनि पछि त्यसको कार्यान्वयन नहुने समस्या अँझैपनि रहेको उनीहरुको गुनासो छ ।
दलित समुदायको समग्र विकासका लागि स्थानीयतहमा दलित सशक्तिकरण ऐन नबनाइने, आर्थिक रुपमा स्थानयि सरकारले दलित सम्वन्धी धेरै नीति तर्जुमा गरेपनि कार्यान्वयन र बजेट न्युन रहने गरेको उनीहरुको भनाई छ ।

दंगीशरण गाउँपालिका कार्यपालिका सदस्य सितारा नेपालीले दलित समुदाय लक्षित योजनाहरु टिपोट गरिएपनि त्यसलाई लिपिवद्ध नगरिने बताइन् । मानवीय विकासलाई ध्याननै नदिएर भौतिक र पूर्वाधार निर्माणमा मात्रै पालिका, वडा नेतृत्वले ध्यान दिने गरेको उनको भनाई छ ।‘बैठक छलफलमा हामी बोल्छौँ कराउँछौँ बोलेका कुराहरुलाई टिपोट पनि गरिन्छ तर टाईपिङ गरेर लिपिवद्ध गर्दा हाम्रा कुराहरु छुटाइन्छ, उनले भनिन्–‘मानवीय विकास विकास नै होईन? नाला, बाटो, भवन निर्माण मात्र विकास हो ? हाम्रा मागहरु कहिले संवोधन हुने ? ’

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ कि वडा सदस्य यमुना परियारले वाध्यात्मक अवस्थाका कारणले मात्रै दलित महिलाहरुलाई वडामा ल्याइएको बताइन् ।
दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा शोबले लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहँदा अँझैपनि जातीयतामा मात्र नभई नीतिगत रुपमा पनि दलितहरुलाई भेदभाव गरिएको बताइन् ।

यदि नीति ल्याइएपनि नीतिमा भएको कार्यक्रमका लागि बजेट अपर्याप्त रहेको र त्यो पनि कार्यान्वयन हुन नसकेको उनको भनाई छ । दलित महिला जनप्रतिनिधीहरुलाई माग र विषयवस्तु उठान गर्दा कोटा र आरक्षणको नाममा हतोत्साहित, निरुत्साहित गराउने काम भइरहेको उनले बताइन् ।

बिहिबार दलित महिला संघको आयोजना तथा एफजेसको आर्थिक सहयोगमा सञ्चारकर्मीसंग गरिएको छलफल कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा तथ्यांकको प्रस्तुतीकरण फेडोका कार्यक्रम संयोजक पोसन सेन्चुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पार्सद परिचयात्मक कार्यक्रम

   माघ १२, २०८०       admin

दाङ,१२ माघ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आर्सद परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष विजय विक र वडा नं. ९ का वडाअध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुले खानेपानी संस्थाले धारा वितरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए
उपभोक्ताको सँख्या बढ्दै जाँदा धारा सँख्या र पाईप सो अनुसार विस्तार हुन नसकेको भन्दै तत्काल उक्त कुरालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । कार्यक्रममा बोल्ने वक्ताहरूले विभिन्न ठाउँमा खानेपानीको आपूर्तिमा केही समस्या तत्काल समस्या ग्रस्त ठाउँको अनुगमन गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।
सो अवसरमा खानेपानीका पदाधिकारीले उपभोक्ताबाट आएको गुनासाहरूलाई लिपिवद्ध गरेर खानेपानी आयोजनाका क्षेत्रमा देखिएका समस्यालाई छिटोभन्दा छिटो हल गर्ने बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल, खानेपानीका सल्लाहकार किरण केसी, शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनोद शर्मा, उपभोक्ता चन्द्र बहादुर वली लगायतले खानेपानी संस्थाको प्रशासनिक, भौतिक एवं संस्थागत विकासमा पार्सदहरुको भूमिका महत्वपूर्ण रहने बताएका थिए । संस्थाका हरेक कृयाकलापलाई निगरानीमा राख्दै हरेक काम गतिविधिलाई व्यवस्थित बनाउन सल्लाह सुझाव समेत दिएका थिए।

संस्थाका कोषाध्यक्ष केशव बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दशरथ वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महायज्ञ परिषर वरिपरि सरसफाइ

   माघ १२, २०८०       admin

तुलसीपुर ,१२ माघ। दाङको तुलसीपुरमा माघ १३ भोलि देखि सन्चालन हुने महायज्ञ परिषर वरिपरि सरसफाइ गरिएको छ। मानव सेवा आश्रमको भवन निर्माणका लागि दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित अरनिको मैदानमा महायज्ञ लगाउन थालिएको हो ।

शुक्रबार नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी,तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी, महायज्ञ मुल आयोजक समितिमा आवद्ध र स्थानीयले अरणीको मैदानमा सरसफाई गरेका हुन । महायज्ञको अन्तीम तयारीको अबस्थामा महसुस हुने गरी पण्डाल निर्माण, शौचालय निर्माण र सरसफाई लगायतका काम भएका छन् ।

भक्तजन तथा स्वयमसेवीहरुको सुबिधाका लागि प्रस्तत मात्रमा अस्थायी शौचालय निर्माण गरिएको मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले जानकारी दिए।


भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने महायज्ञको शोभा कलस यात्रा माघ १३ गते बिहान ११ बजे, तुलसीपुर स्थीत नयाँ बसपार्कबाट हुने छ ।
माघ १३ गते दिनको साँढे १२ बजे मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट महायज्ञको समुदघाटन हुने भने माघ १९ गते लक्ष्यवत्ति दिप प्रज्वलन र माघ २० गते साझँ ४ बजदेखि ५ बजे सम्म समापन कार्यक्रम हुने सदस्य सचिव बुद्धप्रकास सिंहले जानकारी दिए।
प्रत्येक दिन बिहान ७ बजेदेखि पुजा एवं पाठ,११ बजेदेखि ४ बजे सम्म कथा वाचन,४:१५ बजे आरती, ४ ः ३० बजे प्रसाद ग्रहण र बेलुकी ७ बजदेखि ९ बजे सम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने छ ।

प्रत्येक दिन बिहान ६ बजेदेखि योग कक्षा र बिद्यार्थीहरुका लागि केही समय सकारात्मक उर्जा सम्बन्धि कक्षा सम्मेत दिईने मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रियसभा सदस्य निर्वाचन: गठबन्धनका उम्मेदवार विजयी

   माघ ११, २०८०       admin

दाङ,११ माघ । लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।

औपचारिकरूपमा घोषणा हुन भने बाँकी छ।
लुम्बिनी प्रदेशबाट नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रियसभा निर्वाचनमा मतदान सुरु

   माघ ११, २०८०       admin

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नु हुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी .।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मावि तुलसीपुर सेन्टरको वार्षिकोत्सव: शैक्षिक क्षेत्रमा उदाहरणीय

   माघ १०, २०८०       admin


उमा भण्डारी । दाङ,१० माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर यस क्षेत्रको गौरबको विषय बनेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । तुलसीपुर क्षेत्रमा मात्र नभई जिल्लामै यस विद्यालयको शिक्षण सिकाई क्रियाकलाप एवम् शैक्षिक गतिविधि उदाहरणीय रहेको उनीहरुले बताएका छन् । असल नेतृत्वले विद्यालयको शैक्षिक, भौतीक र आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ भन्ने गतिलो उदाहरण मावि तुलसीपुर सेन्टरले दिएको उनीहरुको भनाई थियो । बुधबार विद्यालयको ५३ औँ वार्षिकोत्स तथा अभिभावक भेलाका अवसरमा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् ।

सामुदायिक विद्यालयमा विद्यार्थी सँख्या न्युन हुन्छ भन्ने कुरालाई यस विद्यालयले गलत सावित गरेको उनीहरुले बताए । विद्यालयमा विद्यार्थीसँख्या उत्कृष्ट रहेको भन्दै विद्यार्थी अनुसार दरवन्दीको व्यवस्थ ागर्न स्थानीय सरकारलाई अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी एवम् पुर्व साँसद सुजिता शाक्यले विद्यालयले सञ्चालन गर्दै आएको शैक्षिक गितिविधहरुको बारेमा प्रंशसा गर्दै विद्यालयको अभिभावकत्व ग्रहण गर्न तयार रहेको बताइन्। विद्यार्थीहरुको सिर्जनशीलता, लगनशीलता, आवश्यकतालाई ध्यानमा राखेर सिकाइलाई थप प्रभावकारी बनाउन सक्दो साथ सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । विद्यालयले छोटो समयमै देशभरमै उत्कृष्ट नतीजा ल्याउन सफल भएको बताउँदै यसलाई निरन्तरता दिन शिक्षण सिकाईलाई अझ व्यस्थित गर्दै लैजान जरुरी रहेको उल्लेख गरिन् ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले सामुदायिक विद्यालय गुणस्तर बन्न सके नीजि विद्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताइन् । पालिकाभित्र ८३ सरकारी तथा सामुदायिक विद्यालय र ६४ वटा नीजि विद्यालयहरु रहेको जानकारी दिँदै सरकारी संरचनाहरु व्यवस्थित गर्न सके महँगो शुल्क तिरेर पढनु नपर्ने अवस्थाको अन्त्य हुने उनले बताइन् । सबै बालवालिका कक्षाकाठासम्म आउने वातावरणको सिर्जना गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक एवम् अभिभावक जिम्मेवार बन्न जरुरी रहेको बताइन् । विद्यालय शुसानयुक्त बन्न सके शैक्षिक अवस्थामा उल्लेखिय सुधार आउने भन्दै उनले शिक्षकहरु आफ्नो काम कर्तव्यप्रति जिम्मेवार रहन आग्रह समेत गरिन् । मावि तुलसीपुर सेन्टरले सामुदायिक विद्यालयहरु पनि आफ्नो नतिजामा सर्वोत्कृष्ट हुन सक्छन् भन्ने कुराको नेतृत्व र उदाहरण दिन सफल बनेको प्रति प्रशंसा गरिन् ।

कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीले शिक्षक र अभिभावकको सम्वन्ध निकटतम भए विद्यालयको शैक्षिक अवस्थामा सुधार आउने बताइन् । विद्यालयले सञ्चालन गर्ने शिक्षण सिकाई क्रियाकलाप, विद्यालयको शैक्षिक अवस्था सुधार र गुणस्तरीय सिकाईका लागि अभिभावकको मार्गदर्शन र सल्लाहसुझाव महत्वपूर्ण हुने भन्दै विद्यालयसंगको समन्वधलाई निकट बनाउन आग्रह गरिन् ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले विद्यालयले समाजलाई योगदान दिने जनशक्ति निर्माण गर्नुपर्ने बताए । पाठ्यपुस्तकमा मात्र सिमित नभई विद्यार्थीहरुलाई प्राविधिक एवम् जीवनउपयोगी सिप सिकाउन जरुरी रहेको उल्लेख गरे । विद्यालयले हरेक वर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट नतीजा ल्याउँदै पुरस्कृत भएको जानकारी गराउँदै उनले उत्कृष्ट रुपमा बिक्नका लागि प्रयोगात्मक सिकाईलाई विशेष जोड दिनुपर्ने बताए।

तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाण्डे, बालअधिकारकर्मी नवराज लामीछाने, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिवालय सदस्य धनिराम केसी, मावि उरहरीका प्रधानाध्यापक पदम वली, विद्यालय बालक्लवका अध्यक्ष राजु विक,मावन अधिकारकर्मी सुशील बस्नेत, पूर्व विद्यार्थी संगित वस्याल लगायले प्राविमा सिमित रहेको विद्यालयले मेघा प्रोजेक्ट प्राप्त गर्नु यस क्षेत्रको लागि शानको विषय बनेको बताएका थिए । उनीहरुल्े विद्यार्थी सँख्याको अनुपातमा शिक्षक दरवन्दी न्युन रहेको बताउँदै यस तर्फ स्थानीय सरकारले ध्यान जरुरी रहेको उल्लेख गरे ।


विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले आर्थिक वर्ष २०७९÷८० को वार्षिक आयव्यय सार्वजनिक गरेका थिए । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उनले अन्य विद्यालयमा विद्यार्थी पाउन गाह्रो भइरहेको अवस्थामा आफ्नो विद्यालयमा भने भर्ना रोक्नुपर्ने परिस्थिती बनेको बताए। विगतमा भौतिक एवम् प्रशासनिक अवस्था दयनीय रहेको विद्यालयले सर्वोत्कृष्ट नतीजा प्राप्त गर्नुमा विव्यस, विद्यालय नेतृत्व, अभिभावक, शिक्षक र विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनका अनुसार हाल विद्यालयमा कक्षा शिशुदेखि १२ सम्म कक्षा सञ्चालन भइरहेको छ । प्राविधिक तर्फ ईलेक्ट्रोनिकल इन्जिनीयरिङ विषयमा कक्षा ९ देखि १२ सम्म अध्यापन भइरहेको छ भने सूचना प्रविधि तर्फ ३ वर्षे डिप्लोमा, जियोमेटिक्स तर्फ ३ वर्षे डिप्लोमा, व्यवस्थापन संकायमा कक्षा ११ र १२ निःशुल्क प्रि डिप्लोमा आईटी र निःशुल्क प्रि डिप्लोमा ईलेक्ट्रिकल अन्र्तगतका कक्षाहरु सञ्चालन भइरहेका छन् ।

शिक्षक, संस्थापकहरु सम्मान
वार्षिकोत्वसका अवसरमा विद्यालयले शिक्षक र संस्थापकहरुलाई सम्मान गरेको छ । विद्यालयमा अध्ययापनरत मावि शिक्षक खेमराज पौडेल र प्रावि शिक्षक शु्सिला चौधरीलाई सम्मान गरिएको हो । यसैगरी विद्यालयका संस्थापक स्वर्गीय टुकलाल चौधरीलाई मरणोपारन्त सम्मान गरिएको थियो । यस्तै संस्थापक स्वर्गीय घनश्याम धिताल, स्वर्गीय मछिन्द्र बहादुर शाहलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो । त्यसैगरी पूर्वशिक्षक अभिभावक संघका सदस्य जीने परियारलाई पनि सम्मान गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालय व्यव्स्थापन समितिका सदस्य शुरेस रावतले गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षकद्धोय भोला पौडेल र मेनका भण्डारीले गरेका थिए ।
कार्यक्रममा संगित शिक्षक राजेन्द्र दाहालको नेतृत्वमा विद्यार्थीहरुले गायन तथा नृत्यकला प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुलुकमा ईमान्दारीताको खडेरी छ: सहमहामन्त्री राठोर

   माघ १०, २०८०       admin

दाङ,१० माघ । नेपाली काँग्रेसका सह महामन्त्री किशोरसिंह राठोरले मुलुकमा इमान्दारीताको खडेरी परेको बताएका छन् । इमान्दारीताको अभावमा पछिल्लो समय मुलुक हरेक क्षेत्रमा समस्या ग्रस्त बनेको उनले बताए । नेपाल प्रेस युनियन दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका अवसरमा सहमहामन्त्री राठोरले यस्तो बताएका हुन् ।संगठन सुदृढिकरण, सफल नेतृत्वका लागि इमान्दारीता र नैतिकता अत्यावश्यक भएपनि नेता कार्यकर्तामा इमान्दारीताको खडेरी रहेको बताए । उनले पार्टीका हरेक नेतृत्व, नेता र कायर्कर्तामा लोकतान्त्रीक संस्कार र नैतिकता अनिवार्य भएको उल्लेख गरे । लोकतान्त्रीक अभ्यासमा हामीले ईमान्दार बन्नुपर्छ भन्ने सिक्यौँ, नैतिकता चाहिन्छ पनि भन्यौँ तर हामी आफै नैतिकतामा रहन सकेनौँ, उनले भने–‘ हामीले ल्याएको लोकतन्त्रमा अराजकता थिएन, संस्कार सहितको लोकतन्त्र ल्याएपनि हामी त्यस्तो बन्न सकेनौँ जसका कारण अहिलेको राजनीतिमा इमान्दारीता शुन्य बनेको छ ।’
पछिल्लो समय वैदेशिक रोजगारका लागि प्रत्येक दिन युवाहरु विदेशिएको विषयमा बोल्दै उनले बसाइसराईलाई रोक्न÷रोकाउन नसकिने बताए । अमेरिका जस्तो सम्पन्न मुलुकका ४ लाख नागरिले वर्षेनी नागरिकता त्यागेको उदाहरण दिँदै रोजगारका लागि विदेशीने वा बसाईसराई गर्नेहरुलाई रोक्न नसकिने उनले बताए।
‘विदेशी भुमिमा बसेर मुलुकको राजनीतिलाई गाली गर्न नपाइने भन्दै उनले भने–‘ कमाएर ल्याएको पैसालाई स्वेदशमै लगानी गरी रोजगारको वातावरण सिर्जना गरी देखाउ, तर विदेशमा बसेर यहाँका नेतालाई गाली गर्ने अधिकार छैन।’
युवाहरुलाई कसरी रोजगार बनाउने विषय मुलुकको प्रमुख चिन्ताको विषय रहेको भन्दै उनले कृषिमा आत्मनिर्भर बन्नेगरी युवाहरुलाई कसरी परिचालन गर्ने त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाई थियो।
उनले नेपाली काँग्रेसभित्र कुनैपनि समस्या नरहेको बताएका छन् । नेपाली काँग्रेस सँधै लोकतन्त्रको पक्षमा रहने भन्दै आगामी अधिवेशन पनि लोकतान्त्रीक आचरणमा सम्पन्न गर्ने उदेश्य पार्टीको रहेको जानकारी गराए। पार्टीभित्र बैचारिक रुपमा कुनैपनि विवाद नरहेको उल्लेख गर्दै आन्तरिक प्रतिस्पर्धालाई स्वीकार्न सक्नेगरी पार्टी अगाढी बढिरहेको उनको भनाई थियो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजयत तिमिल्सीनाले संगठन बलियो बनाउन सबै एकजुट बन्नुपर्ने बताए । उनले संगठन पार्टीको मेरुदण्ड भएको बताउँदै रहेक क्षेत्रका नेता कार्यकतामा एकता हुन जरुरी रहेको बताए ।
नेपाल प्रेस दाङका पूर्व अध्यक्ष सुशिल बस्नेतको स्वागत मन्तत्व्यबाट सुरु भएको कार्यक्रमको सहरीकरण नेपाल प्रेस युनियनका शरद रेग्मीले गरेका थिए। कार्यक्रम नेपाल प्रेस युनियन दाङ जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology