थारु परिकारमा रमाउदै गोरखा माविका विद्यार्थीहरु

   माघ ०५, २०८०       admin

सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा न १० स्थित पड्डामा थारु परिकार बनाउदै  रहेको गोरखा माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरु ।

तस्बिर:

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तत्काल ड्राइभिङ स्कुल खोल्न यातायात मजदुरको माग

   माघ ०४, २०८०       admin

काठमाण्डौँ, ४ माघ । नेपालमा तत्काल ड्राइभिङ स्कुल खोल्न यातायात व्यवसायी र यातायात मजदुर संघगठनहरुले माग गरेका छन् । यातायात व्यवसायी, मजदुरहरुले तत्काल ड्राइभिङ स्कुल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका हुन्

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा यातायात व्यवसायी तथा मजदुर नेताहरुले यस्तो माग गरेका हुन् ।

दक्ष ड्राइभरहरु विदेश पलायन भइरहेको र थप जनशक्ति व्यवस्थापनका लागि भएपनि ड्राइभिङ स्कुलको आवश्यकता औंल्याएका हुन् ।

नेपालमा दक्ष चालक पाउन मुस्किल भइरहेको भन्दै दक्ष चालकको अभावमा दुर्घटना बढ्न थालेको उनीहरुको भनाइ छ । व्यवसायी र मजदुर संगठनका पदाधिकारीले अब ड्राइभिङ स्कुल वा छुट्टै संस्थाको आवश्यकता महसुस भएको बताएका हुन् ।

सवारी ऐन २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । व्यवसायी र मजदुर संगठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावमा मन्त्री ज्वालाले ऐनमा व्यवस्था गर्ने गरी काम थालेको जानकारी दिए ।

स्वरोजगार यातायात मजदुर संगठन, एकीकृत यातायात मजदुर संगठन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात मजदुर संघका पदाधिकारीहरु छलफलमा सहभागी थिए । त्यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात ब्यवसायी महासंघका पदाधिकारहरुको सहभागिता रहेको थियो ।

छलफलमा व्यवसायी र मजदुर संघसंगठनका पदाधिकारीहरले फरक फरक सरकारले बनाउने ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गरेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारले फरक फरक सवारी ऐन बनाउँदा निकै समस्या परेको गुनासो गर्दै एकरुपता हुने गरी पहल गर्न मन्त्री ज्वालासँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रदेश समन्वय समितिको बैठकः ‘तीनवटै सरकारको समन्वय अपरिहार्य’

   माघ ०४, २०८०       admin

दाङ, ४ माघ । प्रदेश समन्वय समितिको बैठक विहीवार दाङमा भएको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको अध्यक्षतामा रहेको समन्वय समितिको बैठक चार/चार महिनामा नियमित रुपमा हुदै आएको छ ।


बैठकमा मुख्यमन्त्री चौधरीले अधिकार कार्यान्वयनका लागि तीनै तहको सरकारबीच समन्वय सहकार्य अपरिहार्य रहेको बताए । अहिले प्रदेश सरकार अधिकारका लागि संघीय सरकार र प्रधानमन्त्रीसंग छलफलमै रहिरहेको भन्दै पालिका र प्रदेशको सहकार्य भइरहेको बताए ।

मुख्यमन्त्री चौधरीले प्रदेश र स्थानीय सरकारले दिने नगद अनुदान अन्त्य गर्नु पर्ने बताएका छन । नगद अनुदानले प्रभावकारिता कम भएको, सिर्जनसिलता नभएकोले अव नगद अनुदान हटाएर सिप र आर्थिक विकास संग जोडिएका प्रविधिहरु दिनु पर्ने बताए । उनलले अवको काम उपलब्धी मुलक बनाउने गरि सरकार क्रियाशील हुनु पर्ने बताए । प्रदेश सरकारले यस वर्षदेखि नगद अनुदान हटाएको र आर्थिक विकासका कार्यक्रमहरुलाई अगाडी बढाएको बताए ।

बैठकमा सहभागिहरुले वनको विषय, नदीजन्य बस्तुको विषय, राजश्व संगलनको कुरामा जटिलता भइरहेको भन्दै प्रदेश सरकारले सहजीकरण गर्नु पर्ने सुझाव दिएका थिए । उनीहरुले योजनाका योजना बैक निर्माण गर्नुपर्ने समेत बताएका थिए । प्रदेशले बनाएको वन ऐन संम्सोधन गरि सहज बनाउनु पर्ने, नदीजनय बस्तुको घाटगद्यी गरेर विक्रि वितरण गर्नु पर्ने बताएका थिए । उनीहरुले सहगत समन्वय नभएकाले योजना छनोट र कार्यान्वयनमा समस्या भएको, योजनाहरु दोहोरिएको बताएका थिए ।

योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले प्रदेश सरकारले योजनाहरु एकिकृत बैकमा राखेर कार्यान्वयन गर्ने तयारी गरेको बताए ।
बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, विभिन्न निकायका प्रमुख, स्थानीय पालिकाकाबाट समितिमा मनोनित प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैठकले सरकारका अधिकार, कार्य सम्पादन, नीति निर्माण, स्वीकृत वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको छ । बैठकमा विषयबस्तुको जानकारी प्रदेश सचिव निराजन घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सशस्त्रकी बक्सिङ खेलाडी गोसाइ मृत फेला

   माघ ०४, २०८०       admin

काठमाडौं,४ माघ। सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो। गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युवा स्वदेश फर्काउन नयाँ ढङ्गको काम आवश्यक : गृहमन्त्री

   माघ ०४, २०८०       admin

काठमाडौं, ४माघ ।उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विदेशीएका युवालाइ स्वदेश फर्काउने वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् ।बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान)को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

युवाहरु विदेशी पलायन भइरहंदा देशमा वृद्दाश्रमको संख्या बढ्दो देखिने संभावना रहेको भन्दै उनले युवालाइ पलायन हुनबाट रोक्न जरुरी रहेको बताए। यसका लागि नयाँ ढंगले काम गर्नुपर्ने उल्लेख गरे।

उनले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता समेत जनाएका छन् । देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए। उनले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिए। उनले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको बताए । सुशासन प्रभावकारी बनाउने र अर्थतन्त्र सक्रिय बनाउने काममा सरकार लागिपरेको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वडा अध्यक्ष वादे १२ लाख घुस रकम सहित पक्राउ

   माघ ०४, २०८०       admin

काठमाडौँ, ४ माघ । काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे घुस रकम सहित पक्राउ परेका छन् । वडा अध्यक्ष वादे १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राति नियन्त्रणमा लिएको छ ।

अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले नियन्त्रणमा लिइएको जनाएको छ ।
अध्यक्ष वादेबाट आयोगको टोलीले जापनिज रकम १० हजार र अमेरिकी डलर एक सय रुपियाँसहित कार नियन्त्रणमा लिएको छ ।

घुस लिने क्रममा भक्तपुर, मध्यपुर थिमि नपा ३ गठ्ठाघरबाट बुधवार राति नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभामा “सभापति” शब्द प्रयोग नगर्ने प्रस्ताव

   माघ ०४, २०८०       admin

काठमाडौं ४ माघ। राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभा नियमावली २०८० को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

समिति सचिवालयले तयार पारेको प्रस्तावमा राष्ट्रिय सभाका विषयगत समितिको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन उल्लेख छ । ‘मूल नियमावलीको ठाउँ(ठाउँमा रहेको ‘सभापति’ भन्ने शब्दको सट्टा ‘अध्यक्ष’ भन्ने शब्द र ‘सभापतित्व’ भन्ने शब्दको सट्टा ‘अध्यक्षता’ भन्ने शब्दहरु राखिएका छन्’ प्रस्तावित नियमावलीको बुँदा नम्बर १३१ मा छ ।

यो विषयमाथि नियमावली मस्यौदा समितिमा बुधबार छलफल भएको छ । तर, निर्णय भएको छैन ।

राष्ट्रिय सभाको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन गर्ने गरिएको छ । विषयगत समितिका नेतृत्वलाई सभापति भन्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टिप्पर दुर्घटना हुदा २ जनाको मृत्यु, ३ जना घाइते

   माघ ०४, २०८०       admin

हिले, ४ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरमा सवार तीन जना गम्भीर घाइते भएका छन् ।

सङ्खुवासभाको मादी नगरपालिका–४ घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समीर चौधरी र उमेर नखुलेका विष्णु थामी घाइते भएका हुन् ।
थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घाइते अन्य २ जनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ । म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ जाँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर बुधवार साँझमा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महायज्ञ सफल पार्न जनप्रतिनिधिको प्रतिबद्धता

   माघ ०३, २०८०       admin

तुलसीपुर, ३ माघ ।मानव सेवा आश्रम निर्माणार्थ आगामी माघ १३ देखि २० गते सम्म सञ्चालन हुन लागेको सप्ताह ज्ञान विज्ञान महायज्ञ ब्यबस्थीत गर्न जनप्रतिनिधिहरुको सहयोग र प्रतिबद्धताका लागि बुधबार मानव सेवा आश्रम तुलसीपुरमा बैठक बसेको छ ।
श्रीमद् भावगत ज्ञान विज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यमा बैठक बसेको हो ।

बैठकमा सहभागि तुलसीपुर उपमहानगरपालिका वडा अध्यक्षहरुले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ हलवार स्थीत कालिका मालिका मन्दिरको जमिनमा निर्माण गरिन लागिएको मानविय स्मारक अर्थात मानव सेवा आश्रममा वडाको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाएका छन् ।
वडा नम्वर ४ का वडा अध्यक्ष तुलसी थापाले त्यस क्षेत्रमा आँखा अस्पातलका लागि उपलब्ध गराउन नसक्दा अवसर गुमेको बताए।
वडा नम्वर ४ ले यसलाई अवसरका रुपमा लिदै मानव सेवा आश्रम निर्माणमा कुनै पनि त्रुटि नगर्ने वडा अध्यक्ष थापाको भनाई छ । वडा नम्वर ५का बिरेन्द्र शाह, वडा नम्वर ६ का दुजमान भण्डारी,वडा नम्वर ७ का अध्यक्ष रामबहादुर जिसी,वडा नम्वर ९ का घनश्याम ढकाल, वडा नम्वर १२ का सदस्य शेषमणी भण्डारी,वडा नम्वर १५ शंकर खड्का, वडा नम्वर १६ का शिवानन्द डाँगी,वडा नम्वर १७ का प्रतिनिधिले मानव सेवा आश्रमका लागि आबश्यक पर्ने आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए।

नगरप्रमुख टिकाराम खडकाले महायज्ञ सफल पार्न निष्ठापूर्वक लाग्न सबैलाई आह्वान  गरे। आर्थिक सहयोग मात्र होईन माघ १३ गतेको शोभा यात्रामा टोल विकास संस्थाहरुलाई समेत सहभागि गराउन आग्रह गर्दै  १ लाख ७९ हजार जन संख्या रहेको तुलसीपुर उपमहानगरपालिकामा एक घरबाट १ सय रुपैया आर्थिक सहयोग कम्तीमा गर्न सके पनि धेरै मद्धत पुग्ने बिचार  राखे।

महायज्ञ सञ्चालनका लागी प्रमुख वाचकको रुपमा कास्की पोखरा निवासी भागवत भास्कर गुरु कमलनयन गौतम रहेको  आश्रमका केन्द्रिय महासचिव सुशीला केसीले जानकारी  दिइन।  महायज्ञबाट करिव ५ करोड बढि आर्थिक संकलन हुने अपेक्षा गरिएको समितिका  सदस्य सचिव बुद्धप्रकास सिंहले जानकारी  दिए।

महायज्ञलाई भब्यरुपमा सम्पन्न गर्न मुल समारोह समितिले भेटघाट,छलफल,अन्तरक्रिया गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङको तुलसीपुरमा आगलागी

   माघ ०१, २०८०       admin

दाङ ,१ माघ । दाङको तुल्सीपुरमा रहेको एक पलास्टिक गोदाममा आगलागी भएको छ । पलास्टिक गोदामबाट सुरु भएको आगो थप अर्को घरमा पनि सरेको छ । आगो नियन्त्रणमा लिने प्रयास जारी छ । थप विवरण आउन बाँकी । प्रहरी र दमकल घटना स्थलमा पुग्दै ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology