भालुवाङ बस दुर्घटना अपडेट : १२ जनाको मृत्यु

   पुष २८, २०८०       admin

दाङ,२८ पुस। दाङको भालुवाङ राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार हालसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ ।

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घाइतेहरुको नाम
१.काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
२.काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३.बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४. बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५.रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६.बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७.भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
८.बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९.जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०. बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११.बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२.डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३.बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४. समिर नेपाली, चालक
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६.बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७.बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९. भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिउदे अधिवेशन बोलाउने सरकारको तयारी

   पुष २७, २०८०       admin

काठमाडौं, २७ पुस । सरकारले हिउदे अधिवेशनको तयारी थालेको छ। माघको तेस्रो सातादेखि हिउँदे अधिवेशन बोलाउने तयारी थालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

शुक्रबार राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको बताएकी हुन् । यसका लागि नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको उनले बताइन् । छलफलमा बोल्दै  मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन्  ।

मन्त्री शर्माले आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि बताइन।नेपाली चलचित्रलाई राम्रो बनाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको जानकारी दिइन । उनले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने बताएकी थिइन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तराईमा बाक्लो हुस्सु र कुहिरो, पहाडमा अत्यधिक चिसो

   पुष २७, २०८०       admin

दाङ,२७ पुस। दाङ सहितका तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो तथा पहाडी क्षेत्रम अत्यधिक चिसो बढेको छ । जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाबित भएका छन ।

हुस्सु कुहिरोका कारण न्यून भिजिविलिटी हुने भएकाले सवारी साधान चलाउन समसय हुने गरेको छ । हवाई सेवामा बिहानको समयमा विमान उडान तथा अवतरण न्यून भिजिविलिटी हुँदा प्रभावित हुन्छ । 

विभागले चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पशुपति महिला सहकारीको १६औं साधारणसभा

   पुष २६, २०८०       admin

तुलसीपुर २६ पुस। श्री पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिकोत्सव तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । बिहीबार तुलसीपुरमा एक कार्यक्रमको बिच अधिवेशन सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष यमूना शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिरेन्द्र शाहको प्रमुख आतिथ्यता एवम् जिल्ला सहकारी संस्थाका अध्यक्ष हेमराज गौतम, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ललितजंग शाह, अधिकारकर्मी शुष्मा गिरी, सहकारी शाखा तुलसीपुरका प्रमुख शुशिला केसी, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विरेन्द्र कुमार शाहले स्थानीयतहले वार्षिक रुपमा सहकारी संस्थाको विकासका लागि रकम छुट्याएको भए पनि सहकारी सञ्चालकहरुले पाएको अधिकार समेत लिन नसकेको बताए । पछिल्लो समय सहकारीबाट ऋण लिएर ब्याजको लोभमा गैर सदस्यहरुलाई लगानी गर्नेक्रम बढेकाले त्यसको अन्त्य हुनुपर्ने बताए । साथै उनले आफ्नो अधिकारले दिएसम्म सहकारी संस्थाहरुको विकासका लागि सहयोग गर्न तयार भएको बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सहकारीको बारेमा राम्रो संग नबुझेर कारोबार गर्दा धेरै बचतकर्ताको लगानि डुबेको बताएका थिए । पछिल्लो समय सहकारीमा जम्मा गरेको पैसा निकाल्न पाउँछु कि पाउँदैन भन्ने द्विविधा वचतकर्तामा परेको भन्दै सहकारी राम्रो बनाउन निति, विधि र प्रविधिमा टेकेर अगाडी बढ्न सुझाव दिएका थिए । संस्थाका उपाध्यक्ष लक्ष्मी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रभा खड्का, सुष्मा गिरी, सुनिता पाण्डे, ललितजंग शाह, शुशिला केसी, हेमराज गौतम, सावित्रा गुरुङ, नारायणी रजौरे, निर्मला गुप्ता, देवा बस्नेत लगायतले बोलेका थिए ।

कार्यक्रममा लेखा प्रतिवेदन सितारा नेपाली र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रेश्मी वलीले प्रस्तुत गरेकी थिइन् । ६४८ सेयर सदस्य रहेको सहकारीमा बचत संकलन एक करोड ३८ लाख, २३ हजार, २६२ रुपैया ६२ पैसा छ । उक्त कार्यक्रममा जेष्ठ नागरिक दण्डकुमारी ढकाल, हिरा बादी, पार्वती भुसाल, असल ऋणी गिता बादी रुपा नेपाली, सेयर सदस्य वृद्धिकर्ता सिता निउरे, सारदा केसी र पुस्पा पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रको सहजीकरण शुशिला भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नक्कली लाइसेन्स प्रकरण : अख्तियारले छानबिन थाल्यो

   पुष २५, २०८०       admin

काठमाडौं ,२५ पुस। करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले अख्तियारको टोली अध्ययनको सिलसिलामा विभागमा आएको बताए ।
‘हामीले दिएको रिपोर्टमाथि थप छलफल गर्न अनि लाइसेन्स दिने प्रक्रियाबारे बुझ्न टोली आएको हो’, उनले भने, ‘फिल्डका अफिसमा काम हुने र हामीसँग डाटाबेस मात्रै रहने भएकाले कागजात लैजाने कुरा भएन । तर थप अध्ययनका लागि उहाँहरु फेरि आउने कुरा गर्नुभएको छ ।’

अख्तियारका एक सहसचिवले पनि अनुसन्धान सुरु भएको पुष्टि गरे । उनका अनुसार, मन्त्रालयलाई छानबिन गर्नु भनी पत्र लेखेदेखि नै अनुसन्धान सुरु भएको हो । उनले भने, ‘पछिल्लो समय सबैतिर यसवारे समाचार आउन थालेपछि प्रमाण नष्ट नहोस् भन्नेमा हाम्रो चासो रहेको हो ।’ अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आफू बिदामा भएकाले यसवारे जानकारी नभएको प्रतिक्रिया दिए ।

अख्तियारको टोलीले लाइसेन्स वितरण प्रक्रियाको सफट्वेयर र त्यसको डाटाबेसको वारेमा विस्तृत विवरण बुझेको हो । सफ्वेयरमा पहुच हुनेहरुको पहिचान, उनीहरुको भूमिका र उनीहरुमाथि निगमन गर्नेको कामकारवाहीवारे टोलीले जानकारी लिएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी: सभामुख घर्ती

   पुष २५, २०८०       admin

बुटवल,२५ पुस । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन  निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी रहेको बताएका छन् ।  लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बुटवलमा बहेको  लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच  कानुन निर्माण  तथा  सभा संचालन सम्बन्धि अन्तरकृया कार्यक्रमलाई सम्बोधन  गर्दै उनले कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसंग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिएको जानकारी गराए  ।
  सभामुख घर्ती मगरले बिकास निर्माणसंगै  कानुन निर्माणमा  पनि ध्यान दिनु जरुरी रहेको बताउदै उनले   कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संबेदनसिल रहेको बताए।

  प्रदेश सभा र स्थानीय तह बीच अन्तरसम्बन्ध स्थापित गरि शुसासन कायम गर्न र जनमैत्री काम गर्न   सहयोग पुग्ने बिश्वास व्यक्त गरे  ।  माननीय उप सभामुख मेनुका खाड केसी ज्युले स्थानीय तह र प्रदेश सभाबिच सहकार्य जरुरी रहेको बताए।   प्रदेश सभा सदस्य  तुल्सी चौधरीले स्थानीय तहलाई अझै कृयाशिल बनाउन स्थानीय ऐनको आवस्यकता रहेको बताए  स्थानीय तहको लागि आवश्यक परेको कानुन बनाउन तयार रहेको बताए।  
प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले संघीयताले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउदै उनले सोही अनुसार जिम्मेवारी निर्बाह गर्न आग्रह गरे।

जनमैत्री काम गर्न जनप्रतिनिधिलाई सुझाव दिदै संघीयता सफल बनाउने जिम्मेवारी थपिएको बताए।   कार्यक्रममा बुटवल उप-महानगरपालिका उपमेयर साबित्रा देबि अर्यालले  संघीयताको मर्म अनुसार सहकार्य गर्नु आवस्यक रहेको र प्रदेश सभाले बनाएको कानुन  इमानदारीताका साथ कार्यान्वयन गरिरहेको बताइन।
सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु  प्रसाद बस्याल , सियारी गापा अध्यक्ष थानेस्वर घिमिरे लगायतले कानुनी प्रक्रियामा सहभागी बनाउनु पर्नेमा जोड दिए ।  प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले प्रदेश सभाको गतिविधि र सभा संचालन सम्बन्धि सहजीकरण गरेका थिए।
गकानुन उप सचिब ईश्वरी प्रसाद आचार्यले गाउँ / नगर  सभा संचालन ब्यवस्था सम्बन्धी सहजीकरण गरेका थिए।   बुटवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले २१ऐन, १२ नियमावली ,४५ कार्यविधि, १० निर्देशिका,४ मापदण्ड गरि  ९२ ऐन, नियमावली निर्देशिका र मापदण्डमा रहि कार्य संचालन गरिएको जानकारी गराए। 
   सुद्दोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ  पौडेलले पदाधिकारी र कर्मचारीको जीवन बिमा सम्बन्धि ऐन, बिद्धुतिय सरकार संचालन ऐन, स्थानीय सेवा ऐन बनाउन जरुरी रहेको बताए।

  त्यसैगरि सियारी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत  ऋषिराम पन्थीले कानुनको अभावमा कर्मचारी  दरबन्दीको समस्या रहेको बताए। सचिवालयका अधिकृत राधा रोकाको संचालनमा भएको अन्तरकृयामा बुटवल उप-महानगर पालिका, सुद्दोधन र सियारी गाउँपालिका प्रमुख /उपप्रमुख वडा  अध्यक्ष र पालिका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाख्रा अनुसन्धान इकाईमा आगलागी,६२ बाख्रा मरे

   पुष २५, २०८०       admin


बाँके, २५ पुस । प्रदेश बाख्रा अनुसन्धान इकाई बाँकेमा आगलागी भएको छ । आगलागी हुंदा ६२ वटा बाख्रा जलेर मरेका छन ।
विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको अनुसन्धानमा खुलेको छ ।

बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा रहेका मध्ये २८ वटा ठूला र ३४ वटा पाठापाठी मरेको बाँके प्रहरीले जनाएको छ ।

२१ बाख्रालाई उद्धार गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काटिएको बिजुली लाइन जोड्न निर्देशन

   पुष २४, २०८०       admin

दाङ,२४ पुस । सरकारले उद्योगहरूमा काटिएको बिजुली लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई यस्तो निर्देशन दिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसैगरी बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादबारे छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र ऊर्जा मन्त्रालयका सहसचिव रहेको तीन सदस्य समिति गठन गर्ने निर्णय गरेको मन्त्री शर्माले बताईन् ।

त्यस्तै सरकारले राष्ट्रिय विकास परिषदमा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, पालिका निकायका पदाधिकारी व्यक्तिबाट २५ जना सदस्यको मनोनयन गरेको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत दिएको राजीनामा स्वीकृत गरेको छ ।

त्यस्तै रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ । रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम (३) (ङ) बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिष्ठानमा आन्द्राको सफल शल्यक्रिया

   पुष २४, २०८०       admin


घोराही,पुस २४ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य उपचार सेवालाई थप विशिष्टीकृत गर्दै लगेको छ । प्रतिष्ठानले उपचार पद्धतिलाई प्रविधिसंग जोडी सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ । सोही अन्र्तगत मंगलबार प्रतिष्ठानले ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल शल्यक्रिया गरेको छ

घोराही उपमहानगरपालिका गोग्ली निवासी एक बिरामीको फुटेको आन्द्राको शल्यक्रिया ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो ।

प्रतिष्ठानको सर्जरी विभागमा रहेका सर्जनहरु डा। सूर्यमान लिम्बु, डा।अभिषेक पौडेल, डा। आनन्द न्यौपाने, डा। आत्मानन्द बर्मासहीतको चिकित्सक, स्वास्थ्यकर्मी, नर्ससहितको टोलीले फुटेको आन्द्राको ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट अप्रेसन गरेको प्रतिष्ठानका प्रेस संयोजक निशानदाजु भट्टराईले बताए ।

‘बिरामीको सानो आन्द्रा प्वाल परेको थियो, हामीले दुरविनको माध्यमबाट फुटेको आन्द्रा सिलाएका हौ’, अप्रेसनमा संलग्न चिकित्सक सर्जन डा। आनन्द न्यौपानेले भने । यसअघि फुटेको आन्द्राको चिरेर हुँदै आएको अप्रेसन पहिलोपटक प्रतिष्ठानमा दुरबिन विधिबाट सुरु भएको सूचना अधिकारी भट्टराइले बताए ।

सर्जन डा। अभिषेक पौडेलका अनुसार बिरामीको अवस्था सामान्य रहेको र अबको केही दिनमा बिरामी निको भएर घर फर्किने छन् ।

चिकित्सकहरूका अनुसार यो प्रविधिबाट अप्रेसन गर्दा घाउ सानो हुने, रगत कम बग्ने, घाउ छिटो निको हुने, घाउको दाग सानो देखिने, संक्रमणको जोखिम कम हुने र बिरामीलाई डिस्चार्ज छिटो गर्न मिल्नेजस्ता फाइदा हुन्छन् ।

पेटमा साना प्वाल बनाएर दूरबिनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधि नै ल्याप्रोस्कोपी हो । पछिल्लो समय नेपालमा भित्र्याइएका प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सुरक्षित र भरपर्दो विधिका रूपमा चिनिन थालेको सर्जन डा। सूर्यमान लिम्वुले बताए ।

‘यो विधिअन्तर्गत शल्यक्रिया गर्नुपर्ने अंगमाथि प्वाल बनाएर क्यामेरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभा निर्वाचन : १९ सीटमा ५२ जनाको उम्मेदवारी

   पुष २३, २०८०       admin

दाङ,२३ पुस। राष्ट्रियसभा सदस्यको निर्वाचनमा विभिन्न समूहका उम्मेदवारको मनोनयन दर्ता भएको छ। १९ सदस्यका लागि माघ ११ गते हुन लागेको निर्वाचनमा विभिन्न समुहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६ , अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
शान्ति पूर्णरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

कुन प्रदेशमा कतिको उम्मेदवारी ?

आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच, मधेस प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट पाँच उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। 
बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट आठ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट सात उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । 

कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology