राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनबाट सापकोटा र सुवेदीको उम्मेदवारी 

   पुष २३, २०८०       admin

दाङ ,२३ पुस । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट बिष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन । 

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलका नेता तथा कार्यकर्तासहित घोराही उपमहानगरपालिका–१५ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी नेता बिष्णुकुमारी सापकोटा र नेकपा माओवादीका नेता झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए छ । 

गुल्मी जिल्ला निवासी सापकोटाले महिला कोटा र रोल्पा जिल्ला निवासी सुवेदीले अन्यबाट उम्मेदवारी दर्ता गराएका हुन । सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दङ्गीशरण गाउँपालिका शम्भु गिरी रहेका छन ।  

सुवेदीको प्रस्तावकमा  लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहेका छन । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टी-२० विश्वकप २०२४ को खेलतालिका सार्वजनिक

   पुष २०, २०८०       admin

दाङ,२० पुस। टी-२० विश्वकप २०२४ को खेलतालिका सार्वजनिक भएको छ । पहिलो पटक टी-२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहमा ५-५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर-८ मा पुग्नेछन् । सुपर-८ मा पनि टोलीलाई ४-४ को २ समूहमा विभाजन गरिनेछ । सुपर-८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ ।
नेपाली टिम समूह डीमा रहेको छ ।

यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड रहेका छन् । नेपालले जुन ४ तारिखमा  नेदरल्याण्डसँग खेल्दै विश्वकपको यात्रा तय गर्ने छ । यो खेल डालसमा हुने छ । यसैगरी ११ जुनमा श्रीलंकासँग लाउडरहिलमा खेल्न छ ।  १४ जुनमा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिनसेन्टमा खेल्ने छ ।  

टी-२० ढाँचाको यो महत्वपूर्ण प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट संयुक्त रुपमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जितगढि इतिहासको निशानी हो

   पुष २०, २०८०       admin

दाङ,२० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले जीतगढि किल्ला नेपालको इतिहासको निशानी भएको बताएका छन् ।
जितगढिले ठूला साम्राज्यसँंग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको स्पष्ट  पारे ।
ऐतिहाँसिक जीतगढी किल्ला नेपाली सेनाद्धारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रवार राष्ट्रपति पौडेलले जीतगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताए।
उनले जीतगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा  त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताए।

उनले भने-“यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका निर्वाहा गर्नेछ भन्ने मैले विश्वास गरेको छु । नेपाली सेनाले तीनै तहका सरकारसँंग मिलेर जीतगढी पुर्ननिर्माणसम्बन्धी गुरुयोजनाअनुसार पानीको फोहोरा, युद्ध झल्कने चित्र र एम्फी थिएटरलगायतका कामहरू भरहेको जानकारी पाउँंदा थप खुसी लागेको छ ।’

जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकुल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा  आफुलाई खुशी लागेको पनि बताए।

जीतगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जीतगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताए।
उनले भने–‘आगामी दिनमा यस किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु ।’

सो अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहाँसमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा गरे। उनले  नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राजधानी क्षेत्रमा ऋणको सीमा हटाइयो

   पुष १८, २०८०       admin

दाङ,१८ पुस ।लुम्बिनी सरकारले राजधानी क्षेत्रमा लगाइएको बैकको ऋणको सीमा हटाएको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निणर्य गरेको हो ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजधानी क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै ऋणको सीमा हटाइएको जानकारी दिए । उनले जनताको सरकार जनताको पक्षमा काम गर्ने भन्दै जनताको समस्या सरकारले समाधान गर्दै जाने र गरिरहेको समेत बताए ।

लुम्बिनी प्रदेश सरकार (तत्कालीन प्रदेश सरकार प्रदेश नं.५), मन्त्रिपरिषद्को मिति २०७७/१२/१३ गतेकको निणर्य नुसार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा पर्ने राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३ तथा अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाक वडा नं. ८ र ९ का जग्गा धितो राखी ऋण लिने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट “क“ वर्गको मान्यता प्राप्त बैंकमा हाल कायम पूरै कित्ता जग्गा धितो राखी सम्वन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा बीस लाख रुपैयाँसम्म ऋण लिन सकिने शर्त रहेको थियो । ऋणको सीमाबाट नागरिकलाई घर व्यवहार चलाउन समस्या परेको, ऋण लगानीबाट आर्थिक क्रियाकलापमा नकारात्मक असर परेकोले र आर्थिक क्रियाकलाप चलाएमान बनाउन समेत ऋणको सीमा हटाउन आवश्यक देखिएको ऋणको सीमा हटाइएको मुख्यमन्त्री चौधरीले बताए ।

लुम्बिनी सरकारले २०८०/०७/०१ मा प्रदेशको राजधानी क्षेत्र भित्रको रोक्का रहेका जग्गा कित्ताकाट नहुने गरी फुकुवा गर्ने निणर्य गरि कार्यान्वयनमा आइसकेको छ । त्यसै गरि लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७७/१२/१३ को लुम्बिनी प्रदेशको राजधानीको रोक्का जग्गा फुकुवा गर्ने सम्बन्धि निणर्यको बुँदा नं. ४ खण्ड (घ) मा रहेको ऋणको सीमा सम्बन्धी प्रावधान खारेज गर्ने र सोको जानकारी सम्बन्धित निकायमा गराउने निणर्य समेत गरिएको छ ।

यसै गरी मुख्यमन्त्री नवप्रवर्तन साझोरी कार्यक्रम कार्यान्वयन निर्देशिका २०८० स्वीकृत गर्ने निणर्य समेत गरेको छ । त्यसै गरेर रुपन्देहीमा भाडामा रहेका सरकारी कार्यालयहरुलाई सार्ने व्यवस्था मिलाउनका लागि गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने निणर्य समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हाम्रो पहुँचमा रेमिट्यान्स सेवा सुरु

   पुष १७, २०८०       admin

दाङ, १७ पुस। दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रेमिट्यान्सको कारोबार सुरु गरेको छ । सहकारीले मंगलबारदेखि आईएमई रेमिट सेवा सुरु गरेको हो । संस्थाले आईएमई तथा विभिन्न रेमिट कम्पनीहरुसँग सहकार्य गरेर सेवा सुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बताए। 

सेवा सुरु भएसँगै अब स्वदेश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्न सकिने उनले बताए । संस्थाका शेयर सदस्य तथा आम उपभोक्ताहरुले बिना झण्झट तथा सजिलो तरिकाले रकम बुझेर संस्थाबाट रेमिट्यान्स सेवा लिन सकिने जानकारी दिए। त्यस्तै सदस्यहरुले आईएमई मार्फत प्राप्त रकमले संस्थामा वचत कारोबार समेत गर्न सकिने छ।

आईएमईका क्षेत्रिय प्रतिनिधी युवराज योगी र संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर संस्थाको मूख्य कार्यालय तुलसीपुर ७ झुमरेबाट सेवाको शुभारम्भ गरेका हुन् ।

आईएमई सेवा सुरु भएसँगै अब  शेयर सदस्य तथा अन्य आम उपभोक्ताहरुलाई पैसा अन्यत्र पठाउन र अन्यत्रबाट आएको पैसा प्राप्त गर्न टाढासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बसको ठक्करबाट बालकको मृत्यु

   पुष १६, २०८०       admin

दाङ,१६ पुस।  दाङमा बसको ठक्करबाट एक बालकको भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दुधरासमा बसले ठक्कर दिँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

तुलसीपुरबाट घोराहीतर्फ आउँदैगरेको भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। 

तुलसीपुर उपमहानगरपालिका –१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट विद्यार्थीको मृत्युपछि आक्रोसित स्थानीयले बसमा तोडफोडसँगै घोराही–तुलसीपर सडकखण्ड अवरुद्ध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कोभिड विरुद्धको ४० लाख खोप नष्ट गरिदै

   पुष १६, २०८०       admin

दाङ,१६ पुस। कोरोना भाइरस विरुद्धको ४० लाख खोप नष्ट गरिने भएको छ। चीन सरकारले निस्शुल्क दिएको कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको म्याद सकिएपछि खोप नष्ट गर्न लागिएको हो । खोप प्रयोग नगरी नै म्याद सकिएपछि ४० लाख मात्रा खोप नष्ट गरिने भएको हो ।

समयमा प्रयोग नगरेका कारण ४० लाख मात्रा खोप खेर गएको हो । चीन सरकारको अनुदानमा २०७८ वैशाख १२ र १४ गते दुई पटक गरी ४० लाख खोप नेपाललाई प्राप्त भएको थियो ।

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा यी खोप थन्किएको छ । खोपको म्याद पुस ७ गतेसम्म थियो । अब खोपको म्याद पनि गुज्रिसकेकाले सरकारले नष्ट गर्न लागेको हो ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा। अभियान गौतम प्राविधिक कारणले गर्दा खोप प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालकुमारी घटना छानबिन गर्न आयोग गठन गरिने

   पुष १५, २०८०       admin

दाङ, १५ पुस। ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानबिन गर सरकारले उच्च स्तरीय आयोग बनाउने भएको छ।

आइतबार सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च स्तरीय छानबिन बनाउने जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोग ऐन ,२०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। आयोग गठन लगत्तै आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने उनले बताए।

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाहरुले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको बाहिर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीको विषयगत समिती सभापतिको निर्वाचन स्थगित

   पुष १५, २०८०       admin

दाङ,१५ पुस। लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ । यही १७ गर्ने सभापतिको निर्वाचन विशेष कारण देखाउँदै सभामुख तुलारामको घर्तीको निर्देशन अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् ।

६ समितिमा लेखासहित २ वटा समितिको सभापति एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने तयारी छ । लामो समयसम्म विषयगत समितिले सभापतिहरूको नेतृत्वमा नपाउँदा धेरै क्षेत्रबाट आलोचना भइरहको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्युतीय चुुलो प्रर्दशनी तथा अभिमुखीकरण

   पुष १५, २०८०       admin

दाङ,१५ पुस। दाङको घोराहीमा एकदिने विद्युतीय चुलो प्रदर्शनी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अजम्वरी विकास फाउण्डेशन , विकास यात्रा नेपाल , स्वच्छ नेपाल र क्लिन इनर्जी एण्ड इन्भारोमेन्ट प्रालीको संयुक्त साझेदारीमा उक्त अभिमुखीकरण गरिएको हो   ।


दाङ र कपिलवस्तुु जिल्लामा संचालन हुुन लागेको विद्युुतिय चुलो परियोजना कार्यक्रम अन्तर्गत घोराहीमा आईतवार विद्युुतीय चुलो प्रदर्शनी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको होे ।
विद्युुतिय चुलो परियोजना  कार्यन्वयन स्थानीय साभेदार संस्था स्वच्छ नेपालको आयोजना तथा क्लिन ईनर्जी एण्ड ईन्भारोमेन्ट प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका वडा नं. १५ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । स्वच्छ नेपालकी अध्यक्ष बिन्दुु आचार्य गिरीको अध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नंं १५ वडाध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश कुमार पाण्डेले पर्यावरण संरक्षणका लागि विद्युुतीय चुलो अपरिहार्य रहेको बताए।

नेपालमा विद्युुतीय उर्जा प्रवद्र्धनमा सक्षम र सवल बन्दै गइरहेकाले विद्युुतिय चुलोले मुलुुकको विद्युुत उत्पादनको खपत र हरिगगृह ग्याँस उत्सजर्न देखि आर्थिक तथा मानविय जोखिमलाई न्युनिकरण गर्नेसक्ने भएकाले विद्युुतीय चुलो प्रयोगलाई हरेक नागरिकको पहुँचमा पुु¥याउन आवश्यक रहेको बताए।

बढ्दो प्रविधिको विकासले दैनिक क्रियाकलापलाई सहज र मानविय जोखिमलाई समेत निरुत्साहित गराउने भएकाले यसको प्रयोगलाई सहज बनाउदै लैजानुुपर्नै बताए।

मानविय आनीवानीका कारण पछिल्लो समय पर्यावरण समेत जोखिममा पर्दै गइरहेकाले पर्यावरण संरक्षणको थालनी समेत विद्युतीय उर्जा रहेको उनको भनाई थियो ।

कार्यक्रममा सामुुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुुषालले बैल्कपीक उर्जाको प्रयोग अभाव र चेतना स्तरका कारण पर्यावरणले असर खेप्नुु परिरहेको बताए ।

पर्यावरण जोगाउने एउटा प्रयासले मानव र पर्यावरण स्वास्थ्यलाई स्वच्छ र स्वस्थ बनाउने भएकाले विद्युतीय चुलो प्रयोगका बारे सबै जानकारी बन्नुुपर्ने बताए।

कार्यक्रममा घोराही उपमहानगरपालिका वन तथा वातावरण विपत व्यवस्थापन शाखाका प्रमुख सुनिल कुमार शर्मा लगायतकाले बोल्नुभएका थिए।

कार्यक्रममा क्लिन ईनर्जी एण्ड एन्भारोमेन्ट प्रालीका संचालक ईश्वर घर्तीले विद्युतीय चुलो प्रयोग र फाईदाका बारेमा करिव ७० जना सहभागीहरुलाई जानकारी गराएका थिए ।
घर्तीले आगामी ३ वर्षभित्र दाङ र कपिलवस्तुु जिल्लामा ५० हजार घरधुरीमा विद्युुतीय चुलो सेवा पुु¥याउने लक्ष्यका साथ विद्युुतिय चुलो परियोजना सुरु भएको जानकारी दिए।

जसका लागि विद्युुतीय चुुलो विस्तारका लागि साझेदार संस्थाले उपभोक्ताका लागि २ हजार चारसय प्रोत्साहन रकम समेत उपलब्ध गराउने उनको भनाई थियो । विद्युतीय चुलो परियोजना फोकल पर्सन  स्वच्छ नेपालकी संस्थापक अध्यक्ष शुशिला पौडेलले स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology