दाङ,१४ पुस। ललितपुरको बालकुमारीमा मृत्यु भएका दुइ युवकको परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ।
प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०र१० लाख रुपैयाँ राहत दिने भएको छ ।
त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने मृतक परिवारलाई राहत दिने निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको बताएका थिए ।

पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन्।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो।
ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।
आयोगले कोशी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुङ्गेल, मधेसमा धनुषाका नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनीमा दाङका कृपासुर कार्की, कर्णालीमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृत नियुक्त गरेको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
उमा भण्डारी
दाङ,११ पुस ।जुम्लाको तिला गाउँपालिका-१ पिरु बस्ने बिक्रम बस्नेत यतिवेला आँखा उपचारका लागि तुलसीपुर स्थित राप्ती आँखा अस्पतालमा छन् । आँखाको नानि पग्लिएर कामै नलाग्ने भएपछि उपचारका लागि उनी राप्ती आँखा अस्पताल पुगेका हुन् । जथाभावी औषधीको प्रयोगले उनको आँखाको नानी पग्लिएर ज्योती नै गुमेको छ । आर्थिक समस्या र गरिविका कारण जीवीकोपार्जन गर्न हम्मे पर्ने बिक्रमले दाङ पुगेर आँखाको उपचार गराउँछु भन्ने कल्पना समेत गरेका थिएनन् ।
गाउँमा आँखा शिविर सञ्चालन गर्न गएको टोलीले उनको आँखाको उपचार निःशुल्क गरिदिने भनेपछि आफु् निकै खुशी भएको उनले सुनाए। अस्पतालका नेत्र विशेषज्ञहरुले आँखाको नानी प्रत्योरोपण हुने र गुमेको ज्योती फर्कने भनेपछि ६२ वर्षका बिक्रम निकै खुशी देखिन्थे ।
शल्यक्रियाको पालो कुरेर बसिरहेका उनले आफ्नो लापरबाहीका कारण आँखाको नानी कामै नलाग्ने भएको बताए । आँखा चिलाउने, दुख्ने समस्या आएपछि आँखा जाँच नै नगराई गाउँमै रहेको मेडिकलबाट आफुखुशी औषधी किनेर प्रयोग गर्दा अहिले आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।
‘आँखा चिलाउने, दुख्ने गरेपछि गाँउकै अस्पतालबाट औषधी किनेर आँखामा राख्ने गरे केही समय ठिक पनि भयो तर विस्तारै सहनै नसक्ने गरी आँखा दुख्ने, चिलाउने हुन थाल्यो । उनले भने-‘ एकवर्षसम्म त्यही औषधी प्रयोग गरीरहे अहिले नानी नै फेर्नुपर्ने भएछ । ’
केहीसमय पहिले गाउँमा आँखा शिविर सञ्चालन भएपछि त्यहाँ पुगेर आँखा जाँच गराउँदा आँखाको नानी पग्लिएको छ भन्ने थाहा पाएको उनले बताए। उनको शल्यक्रियाको लागि लाग्ने २८ हजार रुपैयाँ अस्पतालले नै ब्यहोर्ने भएको छ ।
शिविरमा आँखाको नानी फेर्नुपर्ने,गाउँमा उपचार सम्भव नहुने भएपछि उपचार गराउन राप्ती आँखा अस्पतालमा आएको उनका सहयोगी टकबहादुर बस्नेतले बताए । बिक्रमको एउटा छोरा अपांग, एकछोरा सम्पर्क विहिन र एकछोरा सानै उमेरको भएकोले आफु सहयोगीको रुपमा आएको टेकबहादुरले बताए ।
समय-समयमा गाउँमा शिविर सञ्चालन हुँदै आएको भएपनि अशिक्षा र अन्धविश्वासका कारण यस्ताखाले समस्याहरु देखिने गरेको उनले बताए । आँखा रातो भएमा अक्षता फुकाउन जाने, देउता विग्रिए भन्ने, महिनावारी भएका महिलाले छोएका कारण आँखा रातो भएको, दुखेको हो भन्ने गलत मानसिकताका कारणले समयमा आँखाको चेकजाँच नगर्ने र पछि ठुलो समस्या निम्तिने अवस्था अँझैपनि रहेको उनको भनाई छ ।
राप्ती आँखा अस्पतालकी कर्निया रोग एवं नेत्र रोग विशेषज्ञ डा. ज्योती साप्कोटाले जथाभावी औषधीको प्रयोग गरेका कारण आँखाको नानी फुट्ने अवस्थामा पुगेको बताइन् । बिक्रमको आँखा फुला परेको र स्टोरेड भन्ने औषधीको मनपरी प्रयोगले नानी पातलीदै गएर कामै नलाग्ने भएको उनले बताइन् ।
बिक्रमको शल्यक्रियाको तयारी गरिरहेकी डा. साप्कोटाले कुनै बिरामीको शल्यक्रिया संगै ज्योती फर्कने र कुनै बिरामीको दोश्रो पटक पनि शल्यक्रिया गर्नुपर्ने हुनसक्ने बताइन्। उनले नबुझेर औषधी प्रयोग गर्दा त्यसले अमृत र विषको काम एकैपटक गर्ने भएकाले औषधी प्रयोगमा सचेत बन्न आग्रह समेत गरिन् ।
लुम्बिनी अन्धोपनको जटिल समस्यामा
लुम्बिनी प्रदेशमा अन्धोपन समस्या जटिल बन्दै गएको एक तथ्यांकले देखाएको छ । नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पतालले सार्वजनिक गरेको तथ्यांकमा लुम्बिनीमा अँझैपनि २.१ प्रतिशतमा अन्धोपनाको समस्या रहेको उल्लेख गरिएको थियो । बुधबार राप्ती आँखा अस्पताल, छन्दकालेबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको सामाजिक लेखा परिक्षण तथा पत्रकार सम्मलेनका अवसरमा प्रदेशको अवस्था बारेमा तथ्यांक प्रस्तुत गरिएको थियो ।
सामान्य अवस्थामा आँखाको उपचार गर्न जरुरी छैन भन्ने मानसिकता, शिक्षाको अभाव, जथाभावी औषधीको प्रयोग, गरिविका कारणले पनि अन्धोपनाको समस्या जटिल बनेको राप्ती आँखा अस्पतालका प्रशासन प्रमुख शमशेर थापाले बताए ।
बढ्दो जनघनत्व , उमेर, खानपान, डायविटिज र मोतीयाविन्दुको कारणले पनि हाल नेपालमा दैनिक १ सय ७५ जनामा अन्धोपनको समस्या देखिएको उनले जानकारी दिए । उनले अन्धोपनको समस्या न्युनीकरण गर्नका लागि अस्पतालले आँखा शिक्षा कार्यक्रमलाई पनि संगसंगै लगिरहेको बताए । उनले अहिलेपनि २० प्रतिशत नागरिक सुचनाको पहुँचबाट बाहिर रहेकाले उनीहरुमा सचेतना फैलाउने उदेश्यले आँखा शिक्षा कार्यक्रम गा्रमिण एवं सिमान्तकृत समुदायमा सञ्चालन गर्दै आएको जानकारी दिए।
नेपाल नेत्रज्योती संघका सभापति कृष्णकुमार गिरीको अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा जिसस प्रमुख सुवेदीले उपचारको रुपमा स्थापना भएको संस्था सेवा क्षेत्रको रुपमा बिस्तार भएको समेत बताए । जनताको आवश्यकताका आधारमा सेवा, शिविर र सेचतनाको काम गर्दै उदाहरणीय समेत बनेको उल्लेख गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले काठमाडौँ र भैरहवामा मिल्ने सेवा अहिले राप्ती आँखा अस्पतालबाट प्राप्त हुने गरेको बताए । उपचारको रुपमा मात्र नभइ एकाडेमिक तथा रिसर्चको रुपमा पनि काम गर्दै आएकाले यस क्षेत्रको गौरवको विषय भएको उनले बताए ।
सरकारले साझेदारी नगर्दा दातृ निकायको सहयोग नमिल्ने भन्दै उनले सरकारले यसको अपनत्व ग्रहण गर्न जरुरी रहेको उल्ेख गरे ॥ बिद्यमान अन्धोपनबाट बचाउनका लागि पालिकाले सँधै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘ आँखा अस्पतालले अंगिकार गरेका नीति कार्यक्रमहरुलाई कार्यान्वय गर्न स्थानीय सरकारले सहयोग गर्ने छौं । उनले भने-‘ बजारमा आँखा उपचार सेवा भन्दै उभिएका पसलहरुको स्थानीय सरकारले नियमन अनुगमन गर्ने ,सूचीकरण गर्ने काम गर्नेछ । यसका लागि आवश्यक ऐन कानुन बनाएर अगाडी बढ्ने छौ ।’
उपप्रमुख स्यानी चौधरीले आँखा अस्पतालले दिने सेवा उत्कृष्ट रहेको बताइन् । उनले नागरिक स्वयं सचेत बन्न सके सेवा थप प्रभाकारी बन्न सक्ने समेत उल्लेख गरिन्।
वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालले सेवाक्षेत्रको बिकास र स्तरोन्नतिका लागि जनप्रतिनिधिहरु साथ सहयोग रहने बताए । ुचनाको पहुँचबाट टाढा रहेकाहरुलाइ मध्यनजर गर्दै वडामा गएर आँखा उपचार सम्बन्धि जनचेतना कार्यक्रम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेपाल नेत्रज्योति संघ अँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुर गन्जको आयोजना,एनएबिपी नर्बेको सहयोग र रिपोर्टस क्लब दाङको समन्वयमा भएको कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सुचना अधिकारी बालाराम खड्का र रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ११ पुस । १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रार कार्यालय गण्डकीका पुर्व रजिस्ट्रार उदय पराजुली पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।
पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् ।
उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।
‘जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी पठाएपछि कार्यकक्षबाटै पक्राउ गरि पोखरा पठाउँदै छौं,’ पौडेलले भने ।
गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।
स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेका थिए
तर, पराजुलीले फाइल अड्काइदिएपछि १ करोड २५ लाख रुपैयाँ घुस दिएर मिलाइएको बयान दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
अब तत्कालीन रजिस्ट्रार पराजुली र राष्ट्रिय सहकारी बैंक लिमिटेडका घिमिरेसहित ३२ जना पुगेका छन् । त्यसमध्ये अध्यक्ष पौडेल र प्रबन्धक अधिकारी बैंकिङ कसुरमा प्रक्राउ परेका थिए ।
फोटो :साभार
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ पुस। कांग्रेस आईका नेता राहुल गान्धीले भारत न्याय यात्रा निकाल्ने भएका छन् उनले भारतको मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने भएका हुन् । यो यात्रा १४ जनवरीबाट सुरु हुनेछ र २० मार्चसम्म जारी रहनेछ।
कांग्रेस महासचिव केसी वेणुगोपालले बुधबार पत्रकार सम्मेलन गरेर भ्रमणको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘डिसेम्बर २१ मा, कांग्रेस कार्यकारिणी समितिले राहुल गान्धीले पूर्वदेखि पश्चिमसम्म यात्रा गर्नु पर्छ भन्ने राय दिएको थियो। राहुल गान्धीले पनि कांग्रेस कार्यसमितिको राय स्वीकार्दै यात्रा गर्न राजी भए। अखिल भारतीय कांग्रेस कमिटीले जनवरी १४ देखि मार्च २० सम्म मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने निर्णय गरेको छ।’
६५ दिनको यात्रामा राहुल गान्धीले ६ हजार २०० किलोमिटरको दूरी तय गर्नेछन् । यो यात्रा १४ राज्यका ८५ जिल्ला हुँदै जानेछ । यस यात्रामा राहुल गान्धीले मणिपुर, मेघालय, नागाल्याण्ड, असम, पश्चिम बंगाल, बिहार, झारखण्ड, ओडिशा, छत्तीसगढ, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात र महाराष्ट्रको भ्रमण गर्नेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ८ पुस। लुम्बिनी प्रदेश सरकार आज आइतबार विस्तार हुदै छ। नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेबाट निर्वाचित कृष्णा केसी (नमुना) र नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट निर्वाचित सरोज थापा मन्त्री बनाइएका छन।केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नै उनीहरूको नाम टुंगो लगाइ प्रद्रेश प्रमुखकहाँ शपथका लागि पठाइसकेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।सचिवालयका अनुसार सरकारमा पठाउने दुई व्यक्ति र मन्त्रालयको पनि छिनोफानो भइसकेकाले आज नै शपथ हुने छ
लुम्बिनी सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डे पनि दुई जना नयाँ मन्त्री थपिएको तथा आइतबार नै शपथको कार्यक्रम तय भइसकेको थियो ।
लुम्बिनी सरकारमा उद्योग तथा यातायात मन्त्री बन्न लागेका सरोज थापा चलचित्र क्षेत्रमा ‘रोज राणा’ को नामबाट परिचित छन्। चलचित्र निर्माता उनी अघिल्लो वर्ष मंसिरको संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेर निर्वाचित भएका थिए। संस्थापन पक्षधर उनी मन्त्री बनिसकेको र आइतबार शपथ हुने निश्चित भएको स्रोतले जनाएको छ।
सरोज थापालाई पनि मन्त्री बनाउन नहुने भन्दै भएको विरोधका कारण यसअघि मन्त्रिमण्डल विस्तारमा विलम्ब हुँदै आएको थियो। कांग्रेसभित्र संस्थापन इतर पक्षधर नेता शेखर कोइराला र गगन थापाले पश्चिम नवलपरासीका विश्वप्रेम पाठक र पाल्पाका वीरबहादुर रानालाई मन्त्री बनाउनुपर्ने अडान लिँदै आएका थिए।
लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनले नाम दिए फेरि एक जनालाई मन्त्री बनाउने सम्भावना भने रहेको जानकारी दिइएको छ।
अमरसिंह पुनले मुख्यमन्त्री चौधरीले पार्टीसँग कुनै समन्वय नगरी एकलौटि गरे स्वीकार्य नहुने चेतावनी दिँदै आएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ८ पुस । पाल्पाको सिजि सिमेन्ट उद्योगमा तालाबन्दी गरिएको छ। जिल्लाको रैनादेवीछहरा–२, सोमादीस्थित सिजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीयले शनिबार बिहान उद्योगको प्रशासनमा तालाबन्दी गरेका छन । आफुहरुको माग पूरा नगरेकोप्रती आक्रोशित बन्दै स्थानीयहरुले ह तालाबन्दी गरेका हुन् ।
उद्योगले वातावरण प्रदूषण बढाएको, फोहोर गरेको, धुलोधुँवा गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । स्थानीय बासिन्दाले प्रदूषण नहुने वातावरण उद्योगले बनाउनुपर्ने, उद्योगका कर्मचारीबाट हुने गरेको फोहोर गर्न रोक्नुपर्ने माग गर्दै आएका छन् । तालाबन्दीले कम्पनीको प्रशासनिक कामलाई प्रभावित पारेको छ ।
उद्योगलाई पटक–पटक सचेत गर्दासमेत अटेर गरेपछि तालाबन्दी गर्न बाध्य भएको स्थानीय बासिन्दा विजय ज्ञवालीले बताए। उनले आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने अडान राखे । रैनादेवी छहरा–२ का वडाअध्यक्ष दानबहादुर पौडेलले कम्पनी र स्थानिय बासिन्दाका बीचमा सहमतिको प्रयास गरिएपनि समाधान नहुँदा तालाबन्दी भएको बताए।
सिजी कम्पनीका प्रतिनिधि पदमबहादुर सिंहले भने स्थानीय बासिन्दाकै सहयोगमा उद्योग सञ्चालन गर्ने बताए। उनले स्थानीय बासिन्दालाई सहमतिमा ल्याएर उद्योग सञ्चालनलाई निरन्तरता दिए यस भेगका नागरिकलाई फाइदा पुग्ने उल्लेख गरे। सुरुवाती चरणमा भएकाले केही समस्या भए पनि विस्तारै समस्याको समाधान हुँदै जाने सिंहको भनाइ छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ पुस। सहकारी वित्तीय संस्थाले रकम हिनामिना गरेको भन्दै बांकेको पीडितहरुले प्रदर्शन गरेका छन् ।शुक्रबार लघुवित्त तथा वित्तीय शोषणविरुद्धमा विरोध प्रदर्शन गरेका हुन।
नेपालगन्जको कारकादौँको बैङ्क तथा वित्तीय संस्थाबाट ज्यादती गरिएको भन्दै चर्को नाराबाजीसहितको विरोध प्रदर्शन भएको हो । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपाल बाँके–बर्दियाको आयोजनामा भएको प्रदर्शन गरिएको हो ।
सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त तथा वित्तीय संस्थाहरू नवसामन्तका रूपमा स्थापित भएको बताए। सहकारी तथा लघुवित्त संस्थाले नागरिकहरुमाथी ज्याजती गर्दै आएकाले त्यस्ता संस्थाहरुला खारेज गर्नुपर्ने बताए।
पीडितहरुले सामूहिक ऋण मिनाहा हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, कालो सूची तथा धितो लिलाम फुकुवा गर्नुपर्नेलगायतका मागसहित प्रदर्शन गरेआ थिए।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध स्थापित समितिको आयोजनामा विरोध प्रदर्शन, कोणसभा, धर्ना तथा राष्ट्र बैङ्कको नेपालगन्जस्थित कार्यालय घेराउ कार्यक्रम गरिएको हो ।
रकम हिनामिनाको विषयमा सुनुवाइ
यसैबीच नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा भएको रकम हिनामिनाको विषयमा बाँके जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ । पुस ३ गतेदेखि जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासमा निरन्तर सुनुवाइ भइरहेको बाँके जिल्ला अदालतका प्रवक्ता हेमन्त भट्टराईले जानकारी दिए।
एक हजारभन्दा बढी निक्षेपकर्ता र सेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए । जिल्ला सहकारी सङ्घ बाँकेले समेत कारबाहीका लागि जाहेरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लामो अनुसन्धानपछि २०७६ असोज २९ गते सहकारी रकम हिनामिना, अपचलन, ठगी र सङ्गठित अपराधमा लीलाधर भन्ने लीलाप्रसाद वलीसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । विपक्षी बनाइएकामध्ये एक जनाको निधन भइसकेको छ । यो मुद्दामा ५६ करोड रुपियाँ मागदाबी गरिएको छ ।
चार वर्षदेखि चलिरहेको बहुचर्चित मुद्दामा पाँच जना थुनामा रहेका छन् । सहकारीका सञ्चालक र कर्मचारीको मिलेमतोमा बचतकर्ताको रकम हिनामिना भएको दाबी गरिएको छ । नेपालगन्जको पुरानोमध्येको यस सहकारीमा अधिकांश ग्रामीण क्षेत्रमा विपन्न समुदायका व्यक्तिको बचत रहेको छ । जिल्ला अदालतमा अन्तिम चरणको सुनुवाइ सुरु भएपछि पीडित बचतकर्ताहरू फैसला सुन्न केही दिनदेखि दिनभर अदालत परिसर पुग्ने गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई पुर्ण विद्युतीकरण घोषणा गरिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने बताएका हुन । यसका लागी सम्पूर्ण तयारी भइसकेको समेत जानकारी गराएका छन । शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । सबस्टेशनको उद्घाटन गर्दै यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बताए।

उनले सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको बताए। उनले भने- ‘ घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।’’
प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए । देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषदबाट पारित गरेको स्पष्ट पारे। यसले विद्युत् खपत बढाउनका लागि ठूलो दिशानिर्देश गरेको उनको भनाइ थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
सुर्खेत, पुस ६ गते । कर्णाली प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सन्चालन गरिने भएको छ। प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा दादुरा र रुबेलाविरुद्धको समेत खोप लगाइने भएको छ।
निर्देशनालयका अनुसार सुर्खेत, जुम्ला, कालीकोट, दैलेख र सल्यानमा पुस ४ देखि पुस २५ सम्म टाइफाइडविरुद्धको खोप लगाइने छ। निर्देशनालयका खोप फोकल पर्सन नवराज कँडेलले खोप अभियानको तयारी प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
भूकम्पपछि जाजरकोट र रुकुमपश्चिममा पानीबाट महामारी फैलिन सक्ने भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । टाइफाइडविरुद्धको खोप १५ वर्षदेखि ४५ वर्ष उमेर समूहकालाई दिइने छ । दादुरा तथा रुबेलाविरुद्धको खोप ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दिइने छ । खोप फोकल पर्सन कँडेलले सुर्खेतमा टाइफाइडविरुद्धको खोप पुस १२ देखि १५ सम्म पहिलो चरणमा र पुस २१ देखि २५ सम्म दोस्रो चरणमा दिइने जानकारी दिए।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले नौ वटा स्थानीय तह रहेको सुर्खेतमा पहिलो चरणमा पञ्चपुरी, लेकबेँसी नगरपालिका तथा बराहताल, चिङ्गाड र चौकुने गाउँपालिकाका लक्षित समूहलाई खोप लगाइने जानकारी दिनुभयो। दोस्रो चरणमा वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकामा खोप लगाइने छ । भूकम्प प्रभावित जिल्लासँग सीमा जोडिएका कारण यस पटक आकस्मिक खोप अभियान सञ्चालनगरिएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस