दाङ,२४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले पूर्वमन्त्री बालकृष्ण खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीलाई प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस गरेको छ।
साथै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) को नाम सिफारिस गरिएको छ।
त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि सोमनाथ शर्मा (खस आर्य), मिननाथ शर्मा (अपाङ्ग), भिमप्रसाद न्यौपाने (खस आर्य) र मोहन सरदार (अल्पसंख्यक) लाई सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए। उनका अनुसार सबै पदका लागि सिफारिस सर्वसम्मत रूपमा गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २४ मंसिर। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घ सहित देशभरका नागरिक समाज, संघसंस्था र मानवअधिकार अभियन्ताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई समसामयिक विषयसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका छन्।
महासङ्घका अध्यक्ष अर्जुन भट्टराईका अनुसार पत्रमा लोकतन्त्र, संविधान र मानवअधिकारको संरक्षण, दण्डहीनताको अन्त्य, नागरिक स्वतन्त्रताको सुनिश्चितता, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा स्वच्छ र भयरहित निर्वाचनको माग राखिएको छ।
भाद्र २३–२४ मा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना पनि पत्रमा उल्लेख गरिएको छ।
नागरिक समाजले सरकारले निजी क्षेत्र र समुदायसँग सहकार्य नगरी देशको समग्र विकास सम्भव नहुने बताउँदै, सामाजिक रूपान्तरण, मानवअधिकार प्रवर्द्धन, लैङ्गिक समानता, विपद् व्यवस्थापन र सामुदायिक सशक्तिकरणमा गैरसरकारी क्षेत्रको भूमिका सुनिश्चित गर्न आग्रह गरेको छ।
पत्रमा पछिल्ला दिनमा देखिएका संघ–संस्था कमजोर पार्ने प्रयास, अभियन्तालाई अपराधीझैँ व्यवहार गर्ने गतिविधि र नागरिक समाजलाई निरुत्साहित गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै, भयरहित कार्य वातावरण बनाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको उल्लेख छ।
यस्तै, राजनीतिक दल, निजी क्षेत्र, सहकारी तथा वित्तीय क्षेत्रसँग परामर्श गरी विश्वसनीय र समयमै निर्वाचन गराउनुपर्ने र जेन–जी आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र भ्रष्टाचार सम्बन्धी मुद्दामा सरकारले गम्भीर हुनुपर्ने माग पनि राखिएको महासङ्घले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२४ मंसिर । भन्सार एजेन्टको आन्दोलनका कारण रोकिएको भन्सार जाँचपासको काम फेरि शुरू भएको छ। आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्ता सकारात्मक भएपछि आन्दोलन रोकिएको हो।
महासङ्घका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्ति जारी गर्दै, भन्सार विभागले माग सम्बोधनका विषयमा सकारात्मक प्रतिक्रिया दिएकोले ‘पेनडाउन’ कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन्। भन्सार विभागले पनि विज्ञप्ति निकाल्दै वार्ता सफलतापूर्वक टुंगिएको जनाएकाे छ।
भन्सार ऐन २०८२ का केही प्रावधानले एजेन्टहरूको पेशागत हकहित, कार्यसहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पारेको भन्दै एजेन्ट महासङ्घले देशभर पेनडाउन आन्दोलन सुरू गरेको थियो।
आइतबार वीरगञ्जबाट प्रारम्भ भएको आन्दोलन दोस्रो दिन भैरहवा भन्सार पूर्ण रूपमा बन्द रहेको थियो। तेस्रो दिन हिजो देशभरका सबै भन्सार कार्यालयका सेवा ठप्प भएका थिए। वार्ता सफल भएपछि आजदेखि सेवा पुनः सञ्चालनमा आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडकखाना महोत्सव सुरु भएको छ । नेवार समुदायको संस्कार र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले उक्त खाना महोत्सव सुरु भएको हो। मङ्गलबार एक औपचारिक कार्यक्रमका बीच खाना महोत्सवको उद्घाटन समेत गरिएको छ। महोत्सवमा नेवारी परिकार, कला तथा सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित उपमहानगरपालिकाको गेट नजिकै महोत्सव सञ्चालन भएको छ। ‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ’ नारासहित सुरु गरिएको महोत्सव मंसिर २९ गतेसम्म चल्ने छ। महोत्सवमा विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्रीका लागी राखिएको छ।
नेवा देय दवु तुलसीपुर नगरका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको।उद्घाटन गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाको मुख्य आयोजना तथा ‘नेवा: देय दवु (नेवा: राष्ट्रिय मञ्च)’ र ‘नेवा: मिसा दवु’ को सहआयोजनामा उक्त महोत्सव सन्चालन भएको हो।
कार्यक्रममा उपप्रमुख चौधरीले तुलसीपुरमा नेवार समुदायको बसोबास कम भए पनि कला, संस्कार र संस्कृतिको संरक्षणमा समुदाय निरन्तर सक्रिय रहेको बताइन्। उनले यस महोत्सवले बहुसांस्कृतिक समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष नरेशराज भण्डारी, स्थानीय नेताहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
गत वर्ष पनि महोत्सव आयोजना गरिएको थियो, जसमा ३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष भने करिब ८ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ। गत वर्ष तीन दिन सञ्चालन भएको महोत्सव यस वर्ष एक सातासम्म हुनेछ। महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवको स्वागत नगर महिला उपाध्यक्ष सुदृष्टी श्रेष्ठले गरेकी थिइन् । सहजीकरण तुफानबाबु श्रेष्ठले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ मंसिर । इलाममा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारी तथा राजनीतिक कार्यालयमा तोडफोड र आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राप्रपाका इलाम जिल्ला अध्यक्ष टीकाराम चौहानसहित इलाम, झापा र ताप्लेजुङका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अदालतको म्याद थपेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
आन्दोलनका बेला इलाम नगरपालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रहरी पोस्ट, विद्यालय, सहकारी, विभिन्न पार्टी कार्यालयलगायत ठाउँमा ठूलो क्षति पुगेको थियो।
केवल इलाम नगरपालिका कार्यालयमै करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अन्य निकायमा समेत कागजात, फर्निचर, सवारीसाधन र उपकरण जलाइएका वा तोडफोड गरिएको थियो।
आन्दोलनपछि जेनजी समूहले विज्ञप्ति जारी गर्दै आफूहरूले शान्तिपूर्ण आन्दोलन घोषणा गरे पनि विध्वंश मच्चाउने व्यक्तिहरूको छानबिन गरी कारबाही गर्न माग गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,२३ मंसिर । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट काठमाडौं यात्राका लागि असहाय, अपाङ्ग, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष भाडा छुट दिने व्यवस्था गरेको छ।
एयरलाइन्सका प्रमुख बलबहादुर सुनारका अनुसार दाङ–काठमाडौं उडानको सामान्य भाडा रु ८,७७५ रहेकामा छुट पाउने वर्गका यात्रुले रु ७,६४५ मात्र तिर्नुपर्छ।
हाल टरिगाउँबाट हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार उडान हुँदै आएको छ। तर, यात्रुको संख्या अत्यन्त न्यून भएको सुनारले बताए।
उनका अनुसार धेरैजसो दिन चार,पाँच भन्दा बढी यात्रु हुँदैनन्। कात्तिक महिनासम्म यात्रु धेरै भए पनि अहिले संख्यामा गिरावट आएको छ।
सुनारका अनुसार विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असहाय नागरिकका लागि छुटको व्यवस्था निरन्तर लागू छ।
टरिगाउँ विमानस्थलमा हाल ७५० मिटर धावनमार्ग रहेको छ। धावनमार्ग सानो भएकै कारण ठूला विमान अवतरण गर्न सक्दैनन्। १९ सिटे विमान बस्दा पनि उडान अनियमित हुने समस्या आएपछि धेरै यात्रु नेपालगञ्ज वा भैरहवा हुँदै यात्रामा निर्भर हुनुपरेको छ।
धावनमार्ग विस्तारको माग वर्षौंदेखि उठ्दै आएको टरिगाउँ विमानस्थलको स्थापना वर्ष वि.सं. २०११ मा भएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार सुनिश्चिततामा गम्भीर चुनौती उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्।
ललितपुरमा सोमबार आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले लोकतन्त्र र मानवअधिकार एक अर्काका परिपूरक भएकाले लोकतन्त्र सुदृढ भए मात्र मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए।
उनका अनुसार प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ। यसका लागि सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारीका स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
गृहमन्त्री अर्यालले नेपालले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा गरेको प्रतिबद्धता पूरा गर्दै मानवअधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व रहेको उल्लेख गरे।
संक्रमणकालीन न्याय प्रक्रिया (टीआरसी) लाई निष्कर्षमा पुर्याएर सबै नागरिकका अधिकार सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको पनि उनले बताए।
“मानवअधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड हो,” उनले भने, “यो दायित्व राज्यको मात्रै होइन, नागरिक समाज, मानवअधिकारकर्मी तथा आम नागरिकको साझा प्रयासबाट पूरा हुन्छ।”
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने भएको छ। महोत्सवको उद्देश्य, मिति, स्थान र प्रमुख आकर्षणबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले विस्तृत जानकारी दिएको हो।
महोत्सव मंसिर २३ देखि २९ गतेसम्म तुलसीपुर–५ (ग) लाईन, उपमहानगरपालिका गेटनजिक आयोजना हुनेछ।
‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ’ नारासहित हुने महोत्सवमा विभिन्न नेवारी परिकारहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।
कार्यक्रमको मुख्य आयोजक तुलसीपुर उपमहानगरपालिका रहेको छ भने ‘नेवा: देय दवु (नेवा: राष्ट्रिय मञ्च)’ र ‘नेवा: मिसा दवु’ को सहआयोजनामा महोत्सव सञ्चालन हुनेछ।
संघका केन्द्रीय उपाध्यक्ष नरेशराज भण्डारीका अनुसार नेवारी समुदायको महत्वपूर्ण तथा गुणस्तरीय परिकार “यमरी” लाई केन्द्रमा राख्दै, यमरी पूर्णिमा लक्षित गरी महोत्सव आयोजना गरिएको हो। चिसो मौसममा नयाँ अन्नका परिकारहरूको सांस्कृतिक महत्व रहेकाले कार्यक्रमले परम्परा र संस्कृतिलाई जोड्ने अपेक्षा गरिएको उनले बताए।
आयोजक समितिका उपाध्यक्ष अशोक श्रेष्ठका अनुसार महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, नेवारी सांस्कृतिक पहिचानको प्रसार तथा स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पुर्याउने उद्देश्य राखिएको छ।
गत वर्ष तीन दिन चलेको महोत्सवबाट ३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष एक सातासम्म चल्ने महोत्सवबाट करिब ८ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ।
महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ।
पत्रकार सम्मेलन उपाध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत तथा प्रकाशन सम्बन्धी विवरण निवर्तमान अध्यक्ष पुष्कर श्रेष्ठले प्रस्तुत गरे भने सहजीकरण तुफानबाबु श्रेष्ठले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ मंसिर । मधेस प्रदेशमा कांग्रेसका प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेससहित ६ राजनीतिक दलको समर्थनमा यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रावधान रहेको छ।
यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल गरी ६ दलका ७७ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। जसपा नेता मनिष सुमनका अनुसार दाबी पत्रमा हस्ताक्षर नभए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पनि यादवलाई प्राप्त छ।
पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले १७ मंसिरमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। दाबी पेस गर्ने समय १९ मंसिर साँझ ५ बजेसम्म रहेको थियो।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार ६ दलको समर्थनसहित यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच काठमाडौं महाराजगञ्जमा भेटवार्ता भएको छ। देउवालाई भेट्न ओली शुक्रबार उनीकै निवास पुगेका हुन्।
देउवा र ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको दुवै पक्षको सचिवालयले जनाएको छ। भेटमा देउवाकी धर्मपत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा र ओलीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित थिए।
भदौ २३ र २४ मा भएको ‘जेन–जी’ आन्दोलनपछि देउवा र ओलीबीच यो पहिलो भेट हो। सो आन्दोलनकै दबाबका कारण ओली प्रधानमन्त्रीबाट हट्नुपरेको थियो भने देउवामाथि उनको निवासमै सांघातिक आक्रमण भएको थियो। आन्दोलनका क्रममा दुवै दलका कार्यालय र नेताहरूका निवासमा आगजनीसमेत गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस