लुम्बिनीमा सचिवालय कटौती रोकियो: संघीय निर्देशन कार्यान्वयनमा अन्योल

   मङि्सर ०५, २०८२       admin

दाङ,४ मंसिर ।जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले संघीय र प्रदेश तहमा अनुत्पादक खर्च घटाउन निर्देश दिएपछि लुम्बिनी प्रदेशमा सचिवालय कटौतीको प्रक्रिया असमानरूपमा अघि बढेको देखिएको छ।

प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले भने आफ्नै पाँच सदस्यीय सचिवालय मंसिर १ गतेदेखि लागू हुनेगरी विघटन गरेका छन्। स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सहायक, सवारी चालक र कार्यालय सहयोगी गरी पाँचै पद तत्कालका लागि रोक्का गरेका हुन्। सभामुखको सचिव र प्रेस संयोजकले क्रमशः उपसचिव र अधिकृत बराबरको तलब–भत्ता पाउँदै आएका थिए।

तर सचिवालय विघटनपछि सभामुखको सवारी चालकको व्यवस्था कसरी गर्ने भन्ने चुनौती प्रदेशसभामै बाँकी छ। प्रदेशमा स्थायी कर्मचारीको संख्या ५० प्रतिशत मात्र रहेकाले यो झनै जटिल विषय बनेको छ। सभामुखलाई पीएसओ भने प्रहरीबाटै उपलब्ध गराइएको छ।

संघीय सरकारले सचिवालय कटौती अनिवार्य भनेको थिएन, तर खर्च कटौतीको भावना अनुरूप सभामुखले स्वेच्छाले यस्तो निर्णय गरेको उनका निकटस्थहरूको भनाइ छ।

उता, मुख्यमन्त्री चेतनारायण आचार्यले पनि सचिवालय कटौतीको घोषणा गरे पनि प्रक्रिया अपूरै छ। १३ सदस्यीय सचिवालयबाट ६ जना सल्लाहकार हटाइए पनि सचिवालयलाई तीन सदस्यमा सीमित गर्ने निर्णय अझै गरिएको छैन। सचिवालय संरचना स्पष्ट नभएपछि तलब भत्ता नै रोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको १२ सदस्यीय सचिवालयमा भने कुनै कटौती नभएको सचिवालय स्रोतको दाबी छ।

संघीय सरकारले असोज ५ गते जारी गरेकाे परिपत्रअनुसार मुख्यमन्त्री र प्रदेश प्रमुखले बढीमा तीन सदस्यीय सचिवालय राख्न पाउने व्यवस्था भए पनि लुम्बिनीमा यसको कार्यान्वयन ढिलो भएको छ। संघीय परिपत्र लागू भएपछि लुम्बिनीका सांसदहरूको स्वकीय सचिवको तलब भत्ता असोजदेखि नै रोकिएको छ, तर कार्यकारी पदाधिकारीको सचिवालय जस्ताको त्यस्तै रहँदा ‘द्वैध व्यवहार’ भएको भन्दै आलोचना बढेको छ।

यता, प्रदेश मामिला तथा कानुन समितिले संघीय निर्देशनलाई प्रदेशको अधिकारक्षेत्रमा हस्तक्षेप भएको भन्दै सरकारलाई सचिवालय तथा पदाधिकारीको सेवा–सुविधा कटौती नगर्न सिफारिस गरेको छ। समितिका सभापति दिलकुमारी बुढाका अनुसार संविधानका धारा १८७ र १९६ अनुसार पदाधिकारीको सुविधा प्रदेशमै तोक्ने अधिकार भएकाले संघीय निर्देशन पूर्ण रूपमा लागू नहुन सक्ने बताइयो।

यसैबीच, संघीय निर्णयपछि दुई महिनादेखि स्वकीय सचिवहरूको सेवासुविधा रोकिएको छ। अब सचिवालय कटौती कार्यान्वयन प्रदेश सरकारले गर्ने निर्णयमा निर्भर रहने समितिको भनाइ छ।

समितिले लुम्बिनी प्रदेशलाई संघीयताको मर्मअनुसार अघि बढ्न, आवश्यक कानुनी स्पष्टता गर्न र प्रदेशको अधिकारक्षेत्रभित्र परेका सेवामा बाधा नपुग्ने व्यवस्था गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सतबिउ छर्न गएका एकजनाको मृत्यु

   मङि्सर ०४, २०८२       admin

काठमाडौ,३ मंसिर ।सुनसरीको रामधुनी मन्दिरमा लागेको बालाचतुर्दशी मेलामा सतबिउ छर्न पुगेका एक पुरुषको नुहाउने क्रममा मृत्यु भएको छ।

मोरङ सुन्दरहरैँचा–३ का देवेन्द्र भट्टराई बुधबार बिहान सतबिउ छर्ने क्रममा मन्दिर नजिकैको सुनसरी खोलामा नुहाउन जाँदा बेपत्ता भएका थिए।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक सञ्जिव ओलीका अनुसार देवेन्द्रसहित तीन जना खोलामा पसेका थिए। एक जनालाई तत्कालै उद्धार गरिएको भए पनि देवेन्द्र खोलाको गहिराइका कारण बेपत्ता भएका थिए। सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको शव फेला पारेको हो।

यस्तै , केही दिनदेखि बेपत्ता इटहरी–२ की ३५ वर्षीया मन्जु पौडेल निरौलाको शव धरानको सर्दु जलाधार खोल्सामा फेला परेको छ। कार्तिक २४ गते बिहान घरबाट निस्किएका उनी नफर्केपछि आफन्तले खोजीका लागि उजुरी दिएका थिए।

खोजीका क्रममा कार्तिक २७ गते बौद्ध विहारनजिक उनीसंग सम्बन्धित पोसाक र सामान फेला परेपछि प्रहरीले खोजी तीव्र बनाएको थियो। अन्ततः सर्दु जलाधार क्षेत्रमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आठदिने आधारभूत मेलमिलाप तालिम सम्पन्न

   मङि्सर ०४, २०८२       admin

दाङ,३ मंसिर । कपिलवस्तुमा ८ दिने आधारभूत मेलमिलाप तालिम सम्पन्न भएको छ। बुद्धभूमि नगरपालिका कपिलवस्तु र जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को संयुक्त आयोजनामा “हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप” भन्ने नारासहित उक्त तालिम सम्पन्न भएको हो

नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत प्रो पब्लिकले विगत तीन वर्षदेखि स्थानीय तहमा उत्पन्न विवादहरूलाई समूदायकै सहभागितामा दीगो रूपमा समाधान गर्ने उद्देश्यका साथ विभिन्न तालिमहरू संचालन गर्दै आएको छ। यसै क्रमलाई निरन्तरता दिँदै, नगरपालिका अन्तर्गत १० वटै वडामा स्थापना भएका मेलमिलाप केन्द्रहरूमा निष्पक्ष, विधिसम्मत र प्रभावकारी ढंगले विवाद समाधान गर्न सक्षम मेलमिलापकर्ता तयार गर्ने लक्ष्यसहित दोस्रो चरणको यो तालिम आयोजना गरिएको कार्यक्रम संयोजक झबिन्द्र अधिकारीले जानकारी दिए।

मेलमिलाप परिषद्मा सूचीकृत र आधिकारिक तालिम प्रदान गर्ने स्वीकृति प्राप्त संस्था प्रो पब्लिकका प्रशिक्षक अधिवक्ता कविता पाँडे र झबिन्द्र प्रसाद अधिकारीले संयुक्त रूपमा तालिम सञ्चालन गरेका थिए।

तालिममा मेलमिलापसम्बन्धी कानुनी प्रावधान, सञ्चार तथा सहजिकरण सीप, मेलमिलापकर्ताको गुण तथा भूमिका, चरणगत मेलमिलाप प्रक्रिया, मानव अधिकार, मनोसामाजिक पक्ष तथा प्रशंसनीय दृष्टिकोणलगायत विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन भएको तालिमबाट ३० जना स्थानीय अगुवाहरू मेलमिलापकर्ताका रूपमा तयार भएका छन्।

समापन कार्यक्रममा सहभागीहरूले तालिमले व्यक्तिगत व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको, स्वयम्‌सेवा गर्ने भावना जागृत भएको र विवाद समाधान गर्ने आत्मविश्वास बढेको अनुभव साझा गरे।

नगर प्रवक्ता तथा वडाध्यक्षका प्रतिनिधि तेज ब. बस्नेत (तिलक) ले वडाले सक्षम व्यक्तिहरूलाई तालिमका लागि सिफारिस गरेको बताउँदै, फौजदारी प्रकृतिका विवाद तथा वडाको अधिकारक्षेत्रबाहिर पर्ने विवाद स्थानीय मेलमिलापकर्ताले हेर्न नहुने कुरा स्पष्ट गरे।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले मेलमिलाप प्रवर्द्धनका लागि आवश्यक भौतिक तथा बजेट व्यवस्थापन नगरपालिकाले गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता उपप्रमुख तथा न्यायिक समिति संयोजक मिरा थारुले न्यायिक समितिको कार्यमा मेलमिलापकर्ताले दिन सक्ने सहयोगप्रति विश्वास व्यक्त गर्दै सहभागी, आयोजक तथा प्रशिक्षकप्रति धन्यवाद दिँदै तालिम समापन गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चार महिनामा ८० प्रतिशत राजस्व संकलन

   मङि्सर ०४, २०८२       admin

काठमाडौ,३ मंसिर । तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षका पहिलो चार महिनामा ७२ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म ८९ करोड ९१ लाख ६१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ८०.२५ प्रतिशत मात्र संकलन भएको कर अधिकृत उपेन्द्र पुन मगरले जानकारी दिए।

गत वर्षको यही अवधिमा कार्यालयले ७० करोड ३८ लाख ५८ हजार रुपैयाँ संकलन गरेको थियो। यस वर्ष लक्ष्य अनुपातमा राजस्व घट्नुका कारणबारे प्रमुख कर अधिकृत श्रीधर टण्डनले आयकर विवरण नपेश गर्ने करदाताको संख्या बढ्नु, जेन-जी आन्दोलनका कारण कार्यालयमा क्षति हुँदा सेवा प्रभावित हुनु, मालपोत कार्यालयमा पुँजीगत लाभकर कमी हुनु लगायत कारण छन्।

टण्डनका अनुसार पुँजीगत खर्चमा कमी, ब्याजदर घट्दा ब्याज कर घट्नु, आन्दोलनपछि कार्यालय व्यवस्थापनमा ध्यान दिनुपर्ने भएकाले प्रवर्द्धनात्मक तथा निरोधात्मक गतिविधि तीव्रता दिन नसकिएको पनि राजस्व घट्नामागि रहेको छ।

गत आर्थिक वर्ष २०८१–८२ मा कार्यालयले तीन अर्ब १४ करोड ८६ लाखको लक्ष्यमध्ये दुई अर्ब ९४ करोड २४ लाख राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५४ करोड ६० लाख बढी हो।

चालु वर्षमा बाँकी अवधिमा प्रभावकारी करदाता शिक्षा, आर्थिक ऐन २०८२ मा प्रदान गरिएका छुट सुविधाको प्रचार–प्रसार, कर छली नियन्त्रण, बक्यौता असुली लगायतका कार्यलाई तीव्र बनाउँदै वार्षिक लक्ष्य पूरा गर्ने प्रतिबद्धता टण्डनले व्यक्त गरे।

आर्थिक ऐन २०८२ ले भ्याट, अन्तशुल्क तथा आयकरका विभिन्न श्रेणीका करदातालाई पुस मसान्तसम्म छुट सुविधा उपलब्ध गराएको कार्यालयले जनाएको छ। करदातालाई समयमै सुविधा उपयोग गर्न कार्यालयले आग्रह गरेको छ।

सञ्चारमाध्यम, उद्योग वाणिज्य संघलगायतसँग समन्वय गरी छुट सम्बन्धी प्रचार–प्रसार गर्न अनुरोध गरिएको छ। कार्यालयका सेवा सरल, सहज र गुणस्तरीय बनाउन अनलाइन प्रणालीमार्फत कर भुक्तानी, कर विवरण, करचुक्ता प्रमाणपत्र लगायत सेवा उपलब्ध गराइएको जानकारी पनि टण्डनले दिए।

सेवाग्राहीलाई सहजीकरण गर्न उद्योग वाणिज्य संघको सहकार्यमा करदाता सहायता कक्ष सञ्चालनमा छ भने राजस्व बुझाउन ग्लोबल आइएमई बैंकको काउण्टर कार्यालयमै सञ्चालन गरिएको छ।

लुम्बिनी प्रदेशअन्तर्गत दाङ, पूर्वी रुकुम, रोल्पा र प्युठानमा ४३ हजार ३९ व्यावसायिक, एक लाख २४ हजार ६९८ व्यक्तिगत तथा ७६६ संस्थागत स्थायी लेखा नम्बर (PAN) दर्ता गरिएका छन्।

जेन-जी आन्दोलनका क्रममा कार्यालयका तीनवटै भवन तथा सवारीसाधन जलेर नष्ट भएपछि केही दिन सेवा पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि अस्थायी रूपमा उद्योग वाणिज्य संघको कार्यकक्षबाट सेवा दिइएको र हाल त्रिसिद्धेश्वरी मन्दिरस्थित धर्मशालाबाट सेवा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिमरा विमानस्थलका सबै उडान रद्द

   मङि्सर ०४, २०८२       admin

काठमाडौ,३ मंसिर । सिमरा विमानस्थलमा बुधबारका सबै उडान रद्द भएका छन्। बिहानैदेखि विमानस्थल क्षेत्रमा जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको कारण वातावरण तनावग्रस्त बनेपछि उडान स्थगित गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ।

बुद्ध एयरले काठमाडौं–सिमरा रुटमा दैनिक पाँच उडान भर्दै आएकोमा बुधबार बिहान ९ बजे भएको एक उडान बाहेक बाँकी चार उडान रद्द गरिएको कम्पनीले जानकारी दिएको छ।

विमानस्थलमा भएको झडपपछि सुरक्षा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल आसपासका क्षेत्रमा आज बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कानुनका विद्यार्थीलाई मास्कीको अनुरोध- ‘राजनीति प्रतिको धारणामा परिवर्तन ल्याउनुहोस् ‘

   मङि्सर ०३, २०८२       admin

दाङ, २ मंसिर । दाङको तुलसीपुरमा दुईदिने नमुना युवा संसद अभ्यास सम्पन्न भएको छ। ज्ञान ज्योति माध्यमिक विद्यालयको आयोजना तथा द नेशनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा ‘ दोस्रो नमुना युवा संसद ज्ञानज्योति–२०८२’ सम्पन्न भएको हो।

विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

दुई दिनसम्म चलेको अभ्यासमा विद्यार्थीहरूले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका संयन्त्रका कानुनी प्रक्रिया, नीति निर्माण र कार्यान्वयनका विषयमा व्यवहारिक अभ्यास गरेका थिए।

कार्यक्रमको समापनका प्रमुख अतिथि मास्कीले विद्यार्थीलाई राजनीति राष्ट्रको मेरुदण्ड भएको बताउँदै यसप्रति बनेको नकारात्मक धारणामा परिवर्तन ल्याउन आग्रह गरे। “राजनीति फोहोरी खेल होइन, सेवा हो,” मास्कीले भने,- “समाज रूपान्तरण गर्ने शक्ति राजनीति र राजनीतिक दलहरूसँग हुन्छ।”

विद्यार्थीको सक्रियता र प्रस्तुतिको प्रशंसा गर्दै उनले थपे,“तपाईंहरू अहिले देखाइरहेको सीप र सोच नै भोलिका नेतृत्व क्षमता हुन्। राज्य, संसद र कानूनबारे यसरी व्यवहारिक अभ्यास गर्नु भनेको भविष्यको जिम्मेवारी लिन सिक्नु हो।”

उनले समाजमा राजनीति र दलप्रति नकारात्मक सोच बढे पनि विद्यार्थीले वास्तविकता पहिचान गर्नुपर्ने समय भएको बताए।

“कतिपय व्यक्तिको आचरणका कारण राजनीति बदनाम देखिए पनि यसको मूल उद्देश्य सधैं समाज परिवर्तन र नागरिकको सेवा हो,” उनले भने, -“देशलाई सही दिशामा लैजान सक्षम माध्यम राजनीति नै हो।”

मुलुकको संवैधानिक व्यवस्था, संसदको भूमिका र राज्यका जिम्मेवारीबारे विद्यार्थीले प्राप्त गरेको व्यवहारिक सिकाइप्रति प्रशंसा समेत गरेका थिए।

समाजका आवश्यकता पूरा गर्ने नेतृत्व राज्यलाई चाहिने र त्यो नेतृत्व यस्तै अभ्यासबाट सम्भव रहने उनको भनाइ थियो।

कानुन संकाय संयोजक सोमराज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र विद्यार्थी पारस ओलीले गरेका थिए।

दुई दिनसम्म सञ्चालन भएको उक्त नमुना संसद अभ्यास कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा द नेसनल युथ वेल्फेयर नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर खत्री रहेका थिए।

कार्यक्रममा विभिन्न विधाहरूमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट बहसकर्ताको रूपमा पुष्कर कठायत प्रथम, दिवस बिक द्वितीय र हरिस्मस राम्जा तृतीय घोषित भए।

उत्कृष्ट अनुसन्धानकर्तामा पुस्पा ओली प्रथम, प्रकृति बुढाथोकी द्वितीय र प्रमोद केसी तृतीय बने। नेतृत्वकर्तामा दिया केसी प्रथम, सन्देश घर्ती द्वितीय र अंकित ओली तृतीय भएका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले विद्यार्थीले देखाएको क्षमताले शिक्षामा गरिएको लगानी सफल भएको प्रमाण गरिएको बताए।

विद्यार्थी सन्देश घर्तीले कानुन निर्माण प्रक्रिया, छलफल तथा राजनीतिक अभ्यासबारे महत्वपूर्ण सिकाइ प्राप्त भएको अनुभव सुनाए।

विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीले विद्यार्थीमा नेतृत्व तहमा पुग्ने क्षमता रहेको उल्लेख गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त

   मङि्सर ०३, २०८२       admin

काठमाडौ,२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले तुल बहादुर कंडेललाई राष्ट्रिय सभाको सचिवमा नियुक्त गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा नेपालको संविधानको धारा १०६(१) अनुसार उनलाई सचिव पदमा नियुक्त गरिएको हो।

काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेललाई आजै पद तथा गोपनीयताको शपथ दिलाइने कार्यक्रम तय गरिएको छ। शपथ ग्रहण समारोह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा आज दिउँसो ४ बजे हुने राष्ट्रिय सभाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विप्लव नेतृत्वको दल दर्ता : चुनाव चिन्ह ‘गुलाब’

   मङि्सर ०३, २०८२       admin

काठमाडौ,२ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार पार्टीलाई आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरेको हो। पार्टीले गुलाब चुनाव चिह्नको रूपमा पाएको छ।

दल दर्तापछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले आफ्नो पार्टी अब नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियान लिएर निर्वाचनमा जान तयार भएको बताए।

उनका अनुसार दल दर्ताले नयाँ चरणको सुरुवात गरेको छ। उनले भने, “दल दर्तासँगै नयाँ अभियान सुरु भयो। भोलिबाट देशभरि नयाँ अभियानमा अघि बढ्छौं। पार्टी पंक्ति र नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौं।”

जनतालाई परिवर्तनको प्रमुख शक्ति बताउँदै उनले थपे,
“आज पनि जनतामा, भोलि पनि जनतामा। जनताले जस बाटोबाट परिवर्तन सम्भव देख्छन्, हामी तयार छौं।”

चुनावबारे प्रश्न गर्दा विप्लवले चुनाव अपरिहार्य हुने बताएका छन। उनले भने, “चुनाव एक दिन त हुन्छ नै। समाजवाद आए पनि चुनाव हुन्छ नै।”

राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बनेमा सबै दललाई समेटेर चुनावतर्फ लैजाने र नयाँ व्यवस्था निर्माण गर्न सकिने निष्कर्षमा आफ्नो दल रहेकाले उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चितवन राइनोजसंग कर्णाली याक पराजित

   मङि्सर ०३, २०८२       admin

काठमाडौ,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सशक्त प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभरमै पूरा गर्‍यो।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। ओपनर प्रियांक पञ्चालले डेब्यूमै उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रनको धुन्धाम पारी खेले। ओपनर म्याक्स ओ’डाउडसँग मिलेर पहिलो विकेटका लागि ६१ रन जोडे। पवन सरार्फले १६ बलमा २७ रन जोडे भने मार्क वाटले १६ रन थपे। कर्णालीले निर्धारित २० ओभरमा १६७ रनको मध्यम चुनौती खडा गरेको थियो।

जवाफी ब्याटिङमा चितवनका ओपनर दीपक बोहराले स्थिर पारी खेल्दै ४२ रन बनाए। अर्का ओपनर डेविड मलान ६ रनमै आउट भए। रवि बोपाराले अनुशासित ब्याटिङ गर्दै ३६ बलमा ५२ रन बनाए भने सेफ जैबले ३८ रनको महत्वपूर्ण योगदान दिए। कप्तान कुशल मल्लले २० रन जोडे।

कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए भने युनिश सिंह र युवराज खत्रीले एक–एक विकेट हात पारे। चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवि बोपाराले एक–एक विकेट लिए।

आजको खेलपछि चितवन राइनोजले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै अङ्कतालिकामा महत्वपूर्ण तीन अङ्क जोडेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

   मङि्सर ०३, २०८२       admin

काठमाडौ,२ मंसिर । सोमवार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई चार दिन हिरासतमा राख्न मिल्ने आदेश जारी गरेको हो।

प्रसाईंले मंसिर ७ गतेदेखि राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेका थिए। प्रहरीले उनी सार्वजनिक शान्ति भंग हुनेगरी भड्किलो अभिव्यक्ति दिइरहेको आरोप लगाउँदै पक्राउ गरेको हो।

मंगलवार म्याद थप प्रक्रियाका लागि प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो। सो क्रममा उनले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको थाहा नभएको प्रतिक्रिया दिएका थिए।

प्रसाईंको पक्राउको विरोधमा उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology