कांग्रेस नेता र प्रधानमन्त्रीबिच छलफल

   मङि्सर ०३, २०८२       admin

काठमाडौ,२ मंसिर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

विशेष महाधिवेशनको अभियान सञ्चालन गर्दै आएका नेताहरू सोमबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग विस्तृत कुराकानी गरेका हुन्।

नेता गुरुराज घिमिरेका अनुसार प्रधानमन्त्री कार्की र नेताहरूबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, आगामी चुनावको तयारी, सुरक्षा स्थितिलगायत विषयमा छलफल भएको थियो।

उनका अनुसार प्रधानमन्त्रीले कांग्रेसभित्रको पछिल्लो आन्तरिक राजनीतिक गतिशीलता र विशेष महाधिवेशनको सम्भावनाबारे विशेष चासो व्यक्त गरेकी थिइन्।

साढे २ घण्टासम्म चलेको संवादले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ। विशेष महाधिवेशनका माग राख्दै प्रधानमन्त्रीमात्र भेटिएकै कारण पार्टीभित्र यसको असरबारे चर्चा सुरु भएको छ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने समूहमा विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँ, तथा नेताहरू गुरु घिमिरे, देवराज चालिसे, उज्ज्वल बराल, टेकराज पौडेल, छडुप तामाङ र सन्दीप निरौला सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१० वर्ष पुराना एम्बुलेन्समा प्रतिबन्ध

   मङि्सर ०२, २०८२       admin

काठमाडौ,१ मंसिर । सरकारले एम्बुलेन्स सेवा व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै, निर्धारित उमेर नाघेका एम्बुलेन्स चलाइएमा सञ्चालन अनुमति खारेज गरिने स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्स मात्र भारत आवत–जावत गर्न पाउनेछन्। अन्य एम्बुलेन्सलाई सीमा पार गर्न अनुमति नदिइने निर्णय गरिएको छ।

सूचनामा भनिएको छ, ‘एम्बुलेन्स पैठारीमा राजस्व छुट, सञ्चालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजसम्बन्धी प्रावधानहरू २०८२ को निर्देशिकामा स्पष्ट रूपमा समावेश भएकाले सबै एम्बुलेन्स सञ्चालक, व्यवस्थापन समिति, स्वास्थ्य सेवा प्रदायक तथा सरोकारवालाले यसलाई कडाइका साथ पालना गर्नुपर्नेछ।’

सरकारको यो कदमले विशेषगरी सीमावर्ती क्षेत्रका बासिन्दा तथा आपत्कालीन अवस्थामा भारततर्फ रेफर गरिने बिरामीहरूलाई राहत मिलने अपेक्षा गरिएको छ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री कार्कीले गरिन एनपीएल क्रिकेट प्रतियोगिताको उद्घाटन

   मङि्सर ०२, २०८२       admin

काठमाडौ,१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरेकी छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित रंगीन कार्यक्रममा प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।

उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायत खेलकुद क्षेत्रका वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदा त्रिवि मैदान उत्साहले भरिएको थियो।

उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सलाई फिल्डिङ गरिरहेको छ।
क्यानको आयोजनामा सुरु भएको एनपीएल यही मंसिर २७ गतेसम्म चल्नेछ। यस संस्करणमा आठ टोली प्रतिस्पर्धामा छन्।

एनपीएललाई नेपाली क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रमुख फ्रान्चाइज प्रतियोगिताका रूपमा हेरिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दल दर्ताको होडबाजी ‘आफ्नै खाल्डो आफैं खन्ने काम’हो : मन्त्री पुन

   मङि्सर ०२, २०८२       admin

काठमाडौ,१ मंसिर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ताको चाप बढ्दो छ। आयोगका अनुसार हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता हुने प्रक्रियामा रहेका छन्।

राजनीतिक रूपले विभाजित र बारम्बार फुट्ने प्रवृत्तिप्रति चिन्ता जनाउँदै वर्तमान जेनजी सरकारका शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।

मन्त्री पुनले दलहरूको विभाजन र दर्ताको होडलाई “आफ्नै खाल्डो आफैं खन्ने कार्य” भन्दै आलोचना गरेका छन्। उनका अनुसार फुटेर होइन, मिलेर र जुटेर मात्र शक्ति निर्माण हुन्छ, तर नेपालमा सानोतिनो कुरामा नमिल्ने र दल दर्ता गर्ने प्रतिस्पर्धाले राजनीतिक अस्थिरता थप गहिरिने खतरा छ।

पुनले सामाजिक सञ्जालमा लेखेका छन्,
“यस्तो प्रवृत्ति रहिरहे भ्रष्टाचारमा जरा गाडेका पुराना बृद्ध नेताहरू र तिनैका आसेपासेहरूको शासन फेरि फर्किन्छ। जेनजी आन्दोलनका लक्ष्यहरू कमजोर बन्न सक्छन् र अहिलेको मन्त्री मण्डलले गरेका सकारात्मक काम–निर्णयहरू समेत उल्ट्याइने सम्भावना बलियो हुन्छ।”

उनले निर्वाचन आयोगमा बढ्दो दल दर्तालाई लोकतान्त्रिक अभ्यासको नाममा अवसरवादी फुट–प्रवृत्तिको पुनरावृत्ति भन्दै आक्रोश प्रकट गरेका छन्। सामाजिक सञ्जालमा उनको पोस्ट सार्वजनिक भएपछि युवादेखि राजनीतिक विश्लेषकहरूसम्म विभिन्न प्रतिक्रिया आएका छन्।

निर्वाचन नजिकिँदै गर्दा दलहरूको संख्या झनै बढ्ने अनुमान गरिँदैछ। आयोगले भने कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गर्ने जुनसुकै समूहलाई दर्ता दिने तयारी जारी राखेको बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुई संसदीय समितिको बैठक बस्दै

   मङि्सर ०२, २०८२       admin

काठमाडौ ,१ मंसिर । राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक आज सिंहदरबारमा बस्दै छन्।

पहिलो बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको हुनेछ, जसको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्षमा बस्नेछ। बैठकमा संविधानको धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमा विषयमा छलफल हुने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रिय सभाअन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि आज बैठक बस्नेछ। सिंहदरबारस्थित समितिको सभाकक्षमै बस्ने उक्त बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

   मङि्सर ०१, २०८२       admin

दाङ ,३० कार्तिक । दाङमा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । लमही–भालुवाङ सडकखण्डमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ भालुवाङ पुलचोकका १८ वर्षीय समीर खान र पछाडि सवार १७ वर्षीय रविन नेपाली रहेका छन्। दुवैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

उनीहरूलाई भालुवाङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

आइतबार बिहान राप्ती गाउँपालिका–४ पेट्रोल पम्प नजिक रा १ क १९८ नम्बरको चैतन्य पाठशाला स्कुल बस पश्चिमबाट पूर्वतर्फ गइरहेको बेला पूर्वबाट पश्चिमतर्फ आइरहेको रा २ प ४२९० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

स्कुल बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नवगठित नेकपाले देशभर एकता सन्देश सभा गर्ने

   मङि्सर ०१, २०८२       admin

काठमाडौ,३० कार्तिक । नवगठित नेपाली कम्युनिष्ट पार्टी ले देशभर ‘एकता सन्देश सभा’ संचालन गर्ने भएको छ।

आइतबार पेरिसडाँडामा बसेको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा कार्यक्रम सुरु गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए।

उनका अनुसार पार्टी एकताको सन्देश व्यापक रूपमा प्रवाह गर्न अपिल प्रकाशित गर्ने तथा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै संगठनलाई एकढिक्का बनाउने निर्णय भएको छ। निर्देशनमा एकता सन्देश सभाको मोडालिटी समेत समावेश गरिने जनाइएको छ।

खनालले एकता सन्देश सभाहरू पार्टीभित्रका मतभेद विरुद्ध नभई, आम जनतालाई जागृत र सङ्गठित गर्दै समाजवादको मार्गमा ‘अर्जुनदृष्टि’का साथ अघि बढ्ने अभियान भएको बताए।

यसबाहेक, उनले अशोक राई र उपेन्द्र यादव नेतृत्वका पार्टीहरूसँग एकीकृत हुनेबारे संवाद भइरहेको उल्लेख गर्दै केही समयभित्र सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।

खनालले आफूहरूको पार्टीलाई सबै पुस्ताले प्रतिनिधित्व गर्ने पार्टी भएको जिकिर गर्दै “बुढाहरूको पार्टी भन्ने आधार नै छैन,” भन्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेस मुख्यमन्त्री यादवविरुद्दको रिट सुनुवाइ सारियो

   मङि्सर ०१, २०८२       admin

काठमाडौ,३० कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दर्ता भएको रिटको सुनुवाइ सोमबारका लागि सारिएको छ।

आइतबार सुनुवाइ हुने भनिएको भए पनि अर्को मिसिल पनि प्रस्तुत गर्नुपर्ने भएकाले वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सुनुवाइ मंसिर १ गते तोकिएको जानकारी दिएका छन्।

सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने तय भएको थियो। रिट मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले गत मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेका थिए।

यसअघि सर्वोच्चले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिइसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गत मंगलबार यस्ता आदेश जारी गर्दै मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न निर्देशन दिएको थियो।

यो अन्तरिम आदेश सर्वोच्चको नियमावली, २०७४ को नियम ४९ (९२०) (९क) बमोजिम जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रेमिट्यान्स इतिहासकै उच्च: असोज महिनामा २ खर्ब

   मङि्सर ०१, २०८२       admin

दाङ,३० कार्तिक । नेपालमा असोज महिनामा भित्रिएको रेमिट्यान्स इतिहासकै सबैभन्दा उच्चस्तरमा पुगेको छ। पहिलोपटक देशले एकै महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंकका ताजा वित्तीय तथ्यांकअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन भदौ महिनाको तुलनामा ७९ प्रतिशतले बढेको हो। असोजमा परेका दशैँ–तिहारजस्ता ठूला चाडपर्वका कारण विदेशमा रहेका नेपालीले परिवारलाई बढी रकम पठाएकाले रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको बताइन्छ।
गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड मात्र रेमिट्यान्स आएको थियो।

चालु आर्थिक वर्षका पहिलो तीन महिनामा नेपालले ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशत अधिक हो। गत वर्ष यसै अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स आएको थियो।

त्यसैगरी, तीन महिनामा भित्रिएको रेमिट्यान्स अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ। गत वर्ष यो वृद्धि दर १०.६ प्रतिशत मात्र थियो।

वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्दै

असोजसम्मको अवधिमा वैदेशिक रोजगारीका नयाँ श्रम स्वीकृति लिने संख्या १,२३,४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने ७७,२५७ जना रहेका छन्।
गत वर्षको सोही अवधिमा नयाँ स्वीकृति १,१०,६५४ र पुनः स्वीकृति ५९,९३९ मात्र थियो।

रेमिट्यान्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मानिन्छ। असोजमा प्राप्त भएको यो कीर्तिमानले अर्थतन्त्रमा तत्काल सकारात्मक प्रभाव परेको अर्थविश्लेषकहरू बताउँछन्। उनीहरूका अनुसार चाडपर्वको खर्च, उपभोग वृद्धि र बजारमा तरलता बढ्नाले आर्थिक गतिविधिमा पनि चलायमानता देखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस संस्थापन पक्षको अडानः ‘निर्वाचनअगाडि कुनै पनि महाधिवेशन हुँदैन’

   कार्तिक ३०, २०८२       admin

काठमाडौ,२९ कार्तिक । कांग्रेस संस्थापन पक्षले आगामी निर्वाचनअघि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने निर्णयलाई थप दृढ बनाएको छ। संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १५औँ महाधिवेशनको तालिका ल्याउन सुझाव दिए पनि शनिबार बसेको संस्थापन पक्षीय भेलामा उनीहरू सहभागी भएनन्।

सहमहामन्त्री महेन्द्र यादवका अनुसार भेला र पार्टीभित्रको छलफलको मुख्य निष्कर्ष भने यही हो—निर्वाचनअघि कुनै पनि महाधिवेशन गराउन हुँदैन। मंसिर १ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका विषयमा होइन, आगामी निर्वाचनका प्रक्रिया तथा उम्मेदवार छनोट तयारीमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

यादवले भने, “निर्वाचनअगाडि महाधिवेशन गर्दा कांग्रेसलाई ठूलो क्षति हुन्छ। अहिले संसदीय बोर्ड गठन, क्षेत्रीय सिफारिस प्रक्रिया लगायत निर्वाचनका कार्यक्रम अघि बढाउनुपर्ने बेला हो।”

असोज २८ देखि सुरु भएको केन्द्रीय समिति बैठकले पदाधिकारी र सदस्यहरूको धारणा सुने पनि महाधिवेशनबारे सहमति नबनेपछि कुनै निर्णय निकाल्न सकेको छैन। औपचारिक रूपमा कांग्रेसले निर्वाचनमा जाने घोषणा पनि अझै गरेको छैन। यसबीच पार्टीभित्रको एक खेमाले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा अघि सारिरहेको छ।

उता, महासचिव गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशनको तयारीमा सक्रिय छन्। संस्थापन पक्ष महाधिवेशनमा सहमत नभएपछि थापाले मंसिर २७–२८ मा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। मंसिर २७ बाट वर्तमान केन्द्रीय समितिको कार्यकाल समाप्त हुने भएकाले कार्यकाल बिना महाधिवेशन बढाउने प्रस्ताव मान्य नहुने उनको अडान छ।

महाधिवेशन निर्वाचनअगाडि गर्ने कि पछि गर्ने भन्ने विवाद मिलाउन कार्यवाहक सभापति खड्काले बैठक तीन दिन स्थगित गरी दुवै पक्षसँग छलफल जारी राखेका छन्। संस्थापन पक्षका केही नेता सभापति शेरबहादुर देउवासँग परामर्शमा जुट्न थालेका छन्।

निर्णयमा ढिलाइ भएको भन्दै आफूलाई आलोचना गर्नेहरूलाई जवाफ दिँदै कार्यवाहक सभापति खड्काले सामाजिक सञ्जालमा लेखे, “हतारमा गलत निर्णय गर्नेभन्दा केही ढिला भए पनि एकता जोगाएर प्रतिकूल परिस्थितिमा सही निर्णय गर्नु आवश्यक छ।” उनले सबैलाई संयमता र धैर्य अपनाउन अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology