सरकारले तत्काल राजदूत नियुक्त नगर्ने

   कार्तिक १४, २०८२       admin


काठमाडौ,१३ कार्तिक। सरकारले हाल फिर्ता गरिएका देशहरूमा तत्काल नयाँ राजदूत नियुक्त नगर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम रूपमा गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन्।
उनका अनुसार हालका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासमा कार्यरत दोस्रो तहका कर्मचारीहरूले नै दूतावासका कामकारबाही सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिका र कार्य मूल्याङ्कनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको जानकारी दिए।
त्यस्तै, उनले मन्त्रिपरिषद्ले आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको पनि बताए।

यस्तै, वैदेशिक रोजगार, अदालतका मुद्दा व्यवस्थापन, वैदेशिक अध्ययन अनुमति, अध्यागमन, नागरिकता, सामाजिक सुरक्षा तथा बन्दीको पहिचानलगायत सेवाका लागि राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कमा पहुँच दिन सक्ने गरी क्षेत्र तोक्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए।
बैठकले समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिपी राजमार्ग पुनर्निर्माणमा जापानको २ अर्ब ६० करोड अनुदान

   कार्तिक १४, २०८२       admin

काठमाडौ,१३ कार्तिक । बिपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता गरिएको छ।

गत असोजमा आएको बाढी र पहिरोका कारण क्षति पुगेका विभिन्न खण्डहरूको पुनर्निर्माणका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ६० करोड रुपैयाँ बराबरको (२ अर्ब ८० करोड जापानी येन) अनुदान सहायता प्रदान गर्ने भएको हो।

महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म फैलिएको १५९ किलोमिटर लामो बिपी राजमार्ग नेपालका प्रमुख राष्ट्रिय राजमार्गमध्ये एक हो। उक्त राजमार्ग पनि जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो।

गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न भागहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए, विशेष गरी रोशी नदी आसपासका क्षेत्रहरू पूर्ण रूपमा नष्ट भएका थिए।

अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।

अर्थमन्त्री यादव खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार भएको उल्लेख गर्दै प्रदान गरिएको अनुदान नेपाल–जापान मित्रता र सहकार्यको महत्वपूर्ण प्रतीक भएको बताए।

त्यस्तै, जापानी राजदूत महामहिम तोरु माएदाले यो अनुदान सहयोगले बिपी राजमार्गका क्षतिग्रस्त भागहरूको पुनःस्थापना र मर्मत कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारले ‘जेनजी सुधार कार्यक्रम’ कार्ययोजना ल्याउने

   कार्तिक १४, २०८२       admin
sanghiya

काठमाडौ,१३ कार्तिक । सरकारले सरकारले ‘जेनजी सुधार कार्यक्रम’ कार्ययोजना ल्याउने भएको छ । आज बिहिबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले ‘जेनजी सुधार कार्यक्रम’ नामक कार्ययोजना बनाउन निर्णय गरेको हो।

२०७८ साल भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटना र क्षतिको समग्र मूल्याङ्कन गर्दै सुधारका उपायसमेत समेटिएको कार्ययोजना तयार पार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ। बैठकले कार्ययोजना आगामी २०८१ कात्तिक १६ गतेभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्नुपर्ने जनाएको छ।

बैठकपछि मुख्यसचिव अर्यालद्वारा जारी विज्ञप्तिअनुसार, आन्दोलनबाट प्रभावित क्षेत्रहरूमा राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका कार्यलाई तीव्र पार्ने निर्णय गरिएको छ। साथै, जनधनको क्षतिको विस्तृत विवरण संकलन गरी राष्ट्रिय योजना आयोगको अनलाइन पोर्टलमा अभिलेख राख्ने व्यवस्था मिलाइने पनि उल्लेख छ।

आन्दोलनले प्रभावित पारेका विद्यालय, स्वास्थ्य संस्था, आवास र अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण कार्य तत्काल सुरु गरिने र त्यसका लागि आवश्यक स्रोत, जनशक्ति तथा स्थानीय तहसँगको समन्वय गृह मन्त्रालयको संयोजनमा अघि बढाइने निर्णय बैठकले गरेको छ।

त्यसैगरी, सूचना तथा सञ्चार मन्त्रालयलाई सञ्चार प्रणाली, आपतकालीन सेवा र उद्धार कार्यमा अवरोध नआओस् भनेर तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। पुनर्निर्माण र सुधारका काममा स्वदेशी सामग्री र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि र छविलालको मुद्दाको सुनुवाइ आजपनि स्थगित

   कार्तिक १४, २०८२       admin

काठमाडौ,१३ कार्तिक । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

उनीहरू दुवैको मुद्दा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुने कार्यसूची प्रकाशित भएको थियो। तर, जोशीका तर्फबाट आजको सुनुवाइ स्थगित गरिपाउने निवेदन परेकाले कार्यसूची स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

‘अब अर्को बिहीबार साप्ताहिक पेशी पर्छ, रवि र छविलाल दुवैका तर्फबाट स्थगितको निवेदन नआए सुनुवाइ हुनेछ,’ कुँवरले भने।

यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो।

लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनामुक्त भई मुद्दा लड्न अनुमति मागेका थिए। सो सम्बन्धमा उच्च अदालतले रविसँगै जोशीको समेत फाइल पेश गर्न आदेश दिएको थियो।

यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो। सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते सुनुवाइ गर्दै लामिछानेको रिहा गर्ने माग अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरी बैंक जमानतसहित निवेदन दिएका थिए।

जोशीले पनि सोही रकमबराबरको जमानत पेश गरेका थिए। तर दुवैजनाको भागमा कति बिगो कायम हुने भन्ने स्पष्ट नभएकाले अदालतले उनीहरूलाई रिहा गर्न नमिल्ने आदेश जारी गरेको थियो।

हाल पुर्पक्षका लागि दुवै जना कारागारमा छन्। भैरहवा कारागारमा रहेका लामिछानेलाई हालै ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भने भैरहवा कारागारमै रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भाषण गर्दागर्दै ढलेका जीफन्टका उपाध्यक्ष गौतमको मृत्यु

   कार्तिक १४, २०८२       admin

दाङ,१३ कार्तिक । धर्ना कार्यक्रममा भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना कार्यक्रमको भाषण गर्दा गर्दै ढलेका गौतमको मृत्यु भएको हो ।

उद्योगहरूमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गौतमको मृत्यु भएको हो। भाषण गर्दा गर्दै ढलेपछि उनलाई उपचारका लागि क्रिमसन अस्पताल पुर्‍याइएको थियो।

ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरूले आन्दोलनको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालमा ‘मोन्था’को असर: शुक्रबारसम्म पानी पर्ने

   कार्तिक १४, २०८२       admin

दाङ,१३ कार्तिक ।बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको असर नेपालमा पनि देखिन थालेको छ। मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानदेखि सुरु भएको यस चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहनेछ।

वरिष्ठ मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ भने बाँकी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। उनका अनुसार चक्रवातसँगै कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा मध्यम हिमपात पनि हुन सक्छ।

महर्जनका अनुसार यो चक्रवातसँगै पश्चिमी वायु र अरब सागरको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि नेपालमा परेको छ।

अर्का मौसमविद् उज्जवल उपाध्यायले बिहीबार बिहानदेखि सुरु भएको वर्षा शुक्रबार बिहानसम्म जारी रहने र शनिबारबाट मात्र मौसम सुधार हुने जानकारी दिए। उनका अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा भएको वर्षा पश्चिमी वायुको प्रभावका कारण भएको हो भने अपरान्हदेखि ‘मोन्था’ आँधीको प्रभाव पूर्ण रूपमा सक्रिय हुनेछ।

मौसम विभागले चक्रवातको जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञान ज्योतिकाे एमबिए कार्यक्रममा उत्कृष्ट नतिजा

   कार्तिक १३, २०८२       admin

दाङ,१२ कार्तिक । तुलसीपुरमा रहेको ज्ञान ज्योति फाउन्डेसनले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबिए) कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले एमबी अध्ययन सञ्चालन गरेको पहिलो वर्षमै प्रथम सेमेस्टरका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

मङ्गलबार सार्वजनिक भएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योति फाउन्डेसनका छात्रा वर्षा के.सी.ले ३.६७ जिपिए प्राप्त गरेकी छिन् भने अन्य सबै विद्यार्थीहरूले उत्कृट नतिजा ल्याउन सफल भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

ज्ञान ज्योतिले देशमै प्रथम स्थान हासिल तथा प्रदेश लगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञान ज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताए ।

यस विद्यालयले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान ज्योति फाउन्डेसन पश्चिम नेपालमै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ऊर्जा मन्त्री घिसिङ र भारतका विद्युत मन्त्रीबीच भेटवार्ता

   कार्तिक १३, २०८२       admin

काठमाडौ,१२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ महासभामा भाग लिन नयाँ दिल्ली पुगेका मन्त्री घिसिङले आज (बुधबार) भारतीय समकक्षी खट्ठरसँग भेटवार्ता गरेका हुन्।

भारतको विद्युत मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति तथा दीर्घकालीन साझेदारीका विषयमा विस्तृत छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

त्यसैबीच नेपाल र भारतबीच दुईवटा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतामा हस्ताक्षर भएको छ। इनरुवा–पूर्णिया र लम्की–दोधारा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि सम्झौता गरिएको हो।

ऊर्जामन्त्री घिसिङ र भारतीय विद्युतमन्त्री खट्ठरको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उप–कार्यकारी निर्देशक सुभाषकुमार मिश्र र पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडका प्रमुख सञ्चालन अधिकृत सञ्जयकुमार गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौतापछि प्राधिकरण र पावर ग्रिडको संयुक्त लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी स्थापनाको बाटो खुलेको मन्त्रालयले जनाएको छ।

मन्त्री घिसिङले थप दुईवटा ‘क्रस–बोर्डर’ प्रसारण लाइन निर्माण अघि बढ्नु नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले उक्त प्रसारण लाइनमार्फत नेपालमा उत्पादित विद्युत निर्यात गर्न सहज हुने र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा नेपालको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे।

त्यस्तै, उनले नेपालका जलविद्युत परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न द्विपक्षीय सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै लगानीका लागि आग्रह गरे।

भारतीय विद्युतमन्त्री खट्ठरले पनि थप दुई ‘क्रस–बोर्डर’ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि नेपाल–भारतबीचको विद्युत विनिमय सहज हुने, क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार आउने र दुवै देशको आर्थिक वृद्धिमा योगदान पुग्ने बताए।

यसअघि, मन्त्रिपरिषद्को ३० असोजको बैठकले नेपाल विद्युत प्राधिकरण र पावर ग्रिडबीच संयुक्त लगानीमा दुईवटा कम्पनी स्थापना गर्न तथा ती कम्पनीहरूमा स्वपुँजी (इक्विटी) लगानीका लागि स्वीकृति दिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विवाहको धम्किपछि शिक्षिकाले गरिन आत्महत्या: शिक्षा अधिकृत पक्राउ

   कार्तिक १३, २०८२       admin

काठमाडौ,१२ कार्तिक । डोटीमा एक शिक्षिकाले आत्महत्या गरेकी छिन्। विवाहका लागि दबाब दिँदै धम्की दिने विद्यालय निरीक्षकविरुद्ध प्रहरी अनुसन्धान अघि बढाएको छ।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया जानकी खड्का घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनी बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षिकाका रूपमा कार्यरत थिइन्।

जानकीले यसअघि धनगढीस्थित डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।

प्रहरीका अनुसार जानकीको सुसाइड नोटमा शिक्षा समन्वय इकाई डोटीका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) गणेशबहादुर रावलले विवाहका लागि दबाब दिँदै धम्की दिएको उल्लेख छ। विवाह प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइलाई फोन गरेर, “तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु,” भन्दै धम्की दिएका थिए।

रावलको निरन्तरको धम्कीपछि जानकीले गत १० कात्तिकमा घरभन्दा करिब ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको रुखमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।

मृतककी बुबा चक्रबहादुर खड्काले रावलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन्। जाहेरीपछि प्रहरीले ११ कात्तिकमा रावललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो।

‘जाहेरी परेपछि तुरुन्तै पक्राउ गरी आज अदालतमा पेस गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालले जानकारी दिए।

प्रहरीका अनुसार मृतक खड्का अविवाहित थिइन् भने रावल विवाहित जीवनपछि सम्बन्ध विच्छेद गरी बसेका डिभोर्सी हुन्।

घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

   कार्तिक १३, २०८२       admin

धनगढी,१२ कार्तिक । डडेल्धुराको आलिताल गाउँपालिका-३ मा रहेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सामुदायिक वनको कोषबाट १८ लाखभन्दा बढी रकम हिनामिना गरेको प्रमाणित भएपछि आयोगले मडैविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार मडैले १० मंसिर २०७८ मा समितिको बैठक माइन्युट नक्कली तयार गरी, सचिव र कोषाध्यक्षको जानकारीबिना किर्ते हस्ताक्षर गरेर चेकमार्फत रकम निकालेका थिए।

उनले १६ मंसिर २०७८ देखि २५ वैशाख २०७९ सम्म विभिन्न मितिमा ७ वटा चेकमार्फत २० लाख १५ हजार रुपैयाँ आफ्नै नाममा निकालेका थिए। समितिले सो कुरा पत्ता लगाएपछि मडैले २ लाख रुपैयाँ मात्र फिर्ता गरेका थिए।

रकम उनले डडेल्धुरा, धनगढी, अत्तरिया, चौमाला र महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट निकालेका थिए।

आयोगका अनुसार समितिको निर्णयपत्र र बैंकमा दर्ता भएको निर्णयपत्रबीच फरक–फरक विवरण पाइएपछि, मडैले किर्ते निर्णय बनाई रकम निकालेको पुष्टि भएको हो।

फरेन्सिक परीक्षण, स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय डडेल्धुराको प्रतिवेदनका आधारमा मडैको किर्ते सहिछाप र नक्कली कागजात तयार गरी रकम दुरुपयोग गरेको प्रमाणित भएको आयोगले जनाएको छ।

आयोगले मडैको कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर ठहर गर्दै १८ लाख १५ हजार रुपैयाँ बिगो रकम कायम गरेको छ।

सोही ऐनको दफा ३ (१) को देहाय (च) तथा (घ) अनुसार कैद र जरिवानाको सजाय माग गर्दै आज (बुधबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology