गाजामा इजरायलको हवाई आक्रमण: ३३ प्यालेस्टिनिको मृत्यु

   कार्तिक १३, २०८२       admin

काठमाडौ,१२ कार्तिक । इजरायलले गाजामा पुनः हवाई आक्रमण गरेको छ।जसमा ३३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका विभिन्न सहरका घर, विद्यालय र आवासीय भवनहरूमा आक्रमण गरेको बताइएको छ।

गाजास्थित अस्पतालका अनुसार मृतकमध्ये महिला र बालबालिका पनि छन्। गाजा सहरको साब्रा क्षेत्रमा एक घरमा बम विस्फोट हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको छ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासले इजरायली सैनिकमाथि आक्रमण गरी मृत बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन्। तर, हमासले ती सबै आरोप अस्वीकार गर्दै कुनै पनि आक्रमणमा आफ्नो संलग्नता नरहेको र युद्धविरामप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ।

रक्षामन्त्री काट्जले हमासले ‘रेडलाइन’ पार गरेको भन्दै त्यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि हमासविरुद्ध सैन्य कारबाही गर्न आदेश दिएका छन्। नेतान्याहूले युद्धविराम सम्झौताअन्तर्गत हमासले गलत शव फिर्ता गरेको आरोप समेत लगाएका छन्।

करीब २० दिनअघि मात्रै इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २९ मा नेतान्याहूको उपस्थितिमा प्रस्तुत गरेको २० बुँदे शान्ति योजनामा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो। तर पछिल्ला आक्रमणसँगै युद्धविराम सम्झौता पुनः संकटमा परेको छ।

संघर्ष बढ्दै जाँदा अहिलेसम्म गाजामा ६७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय निकायहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्रंकलाइन विवाद संवादबाट समाधान गर्न मुख्यमन्त्री आचार्यको आग्रह

   कार्तिक १३, २०८२       admin


दाङ ,१२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विवाद संवाद र सहकार्यमार्फत समाधान गर्न आग्रह गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको बिजुली काटेपछि प्रदेशका धेरै उद्योग बन्द भएका र सयौं श्रमिक रोजगारीविहीन बनेका छन्। यसले स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको प्रदेश सरकारको भनाइ छ।

मुख्यमन्त्री आचार्यले बुधबार जारी विज्ञप्तिमा संघीय सरकारले अभिभावकको भूमिकामा रही प्राधिकरण र उद्योगीबीच वार्ता गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् ।

उहाँले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना, श्रमिक हकहितको रक्षा र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग प्रवर्द्धन, श्रमिक हित संरक्षण र समग्र आर्थिक विकासप्रति निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सवारी अभावले हिउँमा फसेकाहरुको उद्दार गर्न कठिन

   कार्तिक १३, २०८२       admin

मनाङ,१२ कार्तिक । मनाङमा भारी हिमपातपछि जनजीवन प्रभावित भएको छ। हिउँमा फसेका पर्यटकको उद्धारका लागि सुरक्षा निकाय बिहानैदेखि खटिएका छन् तर सवारी साधनको अभावले उद्धार कार्यमा कठिनाइ भएको छ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिउँमा फसेका पर्यटकलाई उद्धार गरिँदैछ तर सवारी साधन हिउँमा फसेका र अन्य सवारी अभाव भएकाले समस्या भएको हो।
‘फसेका पर्यटकको उद्धार जारी छ। तर हिउँमा सवारी फसेका र अन्य सवारी साधन अभाव भएकाले कठिनाइ भइरहेको छ,’ उनले बताए।

उनका अनुसार तिलिचो आधार शिविरमा अलपत्र परेका पर्यटकलाई उद्धार गरिएको छ भने खाङ्सार क्षेत्रमा अन्य व्यवस्थापन गरिएको छ। साथै, करिब २५ किलोमिटर सडकमा हिउँ हटाएर आवागमन सहज बनाइएको उनले जानकारी दिए।

स्थानीय पर्यटन व्यवसायीका अनुसार केही पर्यटकलाई घरबास र केहीलाई निजी घरमा राखेर व्यवस्थापन गरिएको छ। सबै विदेशी पर्यटक सुरक्षित रहेको पनि उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिनिधि सभा विघटनविरुद्धका १६ रिटमाथि आजदेखि सुनुवाइ सुरू

   कार्तिक १३, २०८२       admin

काठमाडौ,१२ कार्तिक । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमाथि आज (बुधवार)देखि सुनुवाइ सुरु हुने भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्दै पुनःस्थापनाको मागसहित दायर रिटमाथि प्रारम्भिक सुनुवाइ आजबाट हुने तय भएको हो।

उनका अनुसार संवैधानिक इजलासमा ती १६ वटा रिट निवेदनमाथि एकैपटक (एकमुष्ट) सुनुवाइ हुनेछ।

सुनुवाइ सर्वोच्च अदालतको मूल भवन नजिकै रहेको एनेक्स भवनको माथिल्लो तलामा रहेको पुरानो कोठामा सञ्चालन हुने अदालतका प्रवक्ता कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरी कुटपिटमा संलग्न दुईजना पक्राउ

   कार्तिक १२, २०८२       admin

काठमाडौ,११ कार्तिक । प्रहरी कुटपिटमा संलग्न अभियोगमा दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई हाल काठमाडौंको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई हाल काठमाडौंको मनोमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले बताए।

पक्राउ परेकाहरुले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगञ्जको कार्यालयमा आगजनी तथा ढुंगामुढा तोडफोड गरेको पाइएकाले दुवै जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आन्दोलनकारीको आक्रमणबाट महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान थापाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल निर्वाचन आयोगमा निवेदन दर्ता

   कार्तिक १२, २०८२       admin

काठमाडौ, ११ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आज दिउँसो प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा आयोग पुगेको टोलीले पार्टी दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो। पार्टीले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दर्ता गराउने प्रस्ताव गरेको छ। निवेदन बुझाएपछि प्रवक्ता प्रकाण्डले यो कदमले देशमा देखिएका विद्यमान समस्या समाधान र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले भने, “आज हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छौँ। यसले देशका समस्याको समाधान र नयाँ अवसरलाई वास्तविकतामा रूपान्तरण गर्ने दिशामा विशेष योगदान पुर्‍याउनेछ।”

काण्डका अनुसार निर्वाचन लोकतान्त्रिक अभ्यासको मूल आधार भएकाले पार्टी पनि यही विधि अनुसार जनताको निर्णय र सहभागितामार्फत अघि बढ्ने तयारीमा छ। उनले जनताको अधिकार, स्वनिर्णय र राजनीतिक सहभागितालाई सुनिश्चित गर्न निर्वाचनलाई सबैभन्दा प्रभावकारी माध्यमका रूपमा लिने बताएका छन्।
उनले थपे, “नेपालको राजनीतिमा जनताले अवरोधबिना प्रवेश र फैसला गर्न पाउने सबैभन्दा प्रजातान्त्रिक विधि निर्वाचन नै हो। त्यसैले हाम्रो पार्टीले पनि सोही विधि अपनाउँदै आयोगमा दर्ता गराउन लागेको हो।”
उनले हालैको जेन–जी आन्दोलनपछि बनेको सरकारले ठूला चुनौतीहरूको सामना गर्नुपर्ने भन्दै राष्ट्रिय राजनीतिमा नयाँ प्रकारको छलफल र विकल्प आवश्यक रहेको पनि उल्लेख गरे। यस क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कम्युनिस्ट पार्टी नेपाल नाममा दर्ता हुन आएको सम्भवतः यो पहिलो पार्टी भएको बताए।

उनले भने, “कम्युनिस्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी होला।” भण्डारीका अनुसार अहिलेको अवस्थामा निर्वाचनको व्यवस्थापन र कार्यान्वयन प्रक्रिया जटिल बनेको छ, त्यसैले आयोग उच्च सतर्कताका साथ काम गरिरहेको छ।
उनले चेतावनी दिए, “सानोभन्दा सानो कुराले पनि निर्वाचन विथोलिन सक्छ। त्यसैले हामी अहिलेको अवस्थामा अत्यन्त सावधानीपूर्वक निर्वाचन तयारीमा जुटिरहेका छौँ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज देशभर बदली

   कार्तिक १२, २०८२       admin


काठमाडौ,११ कार्तिक। पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर नेपालमा परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ।
महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा साधारण बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम छ। बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपात हुनसक्ने भएकाले यात्रु र स्थानीयलाई सचेत रहन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनमा ध्वस्त सवारी साधन कवाडीमा बिक्री गर्ने तयारी

   कार्तिक १२, २०८२       admin


काठमाडौं, ११ कार्तिक। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ध्वस्त भएका सरकारी सवारी साधन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा संकलन गरिएको छ। ती जलेका सवारी साधनहरू कवाडीमा बिक्री गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

तर, ती गाडी कसरी र कति मूल्यमा बिक्री गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूको भनाइ छ। स्रोतका अनुसार शहरी विकास मन्त्रालयमार्फत् बोलपत्र ९टेंडर० आह्वान गरी बिक्री प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

हाल सडक विभागका मेकानिकल यन्त्र र जनशक्तिको सहयोगमा विभिन्न ठाउँमा रहेका जलेका वा क्षतिग्रस्त सवारीहरू संसद् भवनमा ल्याउने काम भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार कवाड व्यवसायीहरूले ती सवारीका फलामका भाग प्रतिकिलो ४५ देखि ५० रूपैयाँसम्ममा खरिद गर्न सक्नेछन्।

यसैबीच, आन्दोलनका क्रममा क्षतिग्रस्त सवारी साधनहरूको लगत कट्टा र कर तिर्ने प्रक्रियामा समस्या देखिएको छ। यातायात व्यवस्था विभागका अनुसार कानुनमा यस्ता सवारी साधनका लागि कर छुटको व्यवस्था नभएकाले चालू आर्थिक वर्षको समेत कर तिर्नुपर्ने अवस्था छ।

प्रदेश सवारी यातायात व्यवस्था ऐन बने पनि त्यसको नियमावली र कार्यविधि नबनेकाले हालसम्म यातायात व्यवस्था निर्देशिका २०६० ९संशोधन २०७४० अनुसार नै लगत कट्टा प्रक्रिया चल्दै आएको विभागले जनाएको छ। सो निर्देशिकाअनुसार सवारी साधन पूर्णरूपमा नष्ट, हराएको वा विदेश लगेका अवस्थामा कानुनी प्रमाणसहित मात्र लगत कट्टा गर्न सकिन्छ।

विभागका अधिकारीहरूका अनुसार जलेका वा ध्वस्त सवारी साधनको कर छुट र लगत कट्टा प्रक्रियामा अस्पष्ट कानुनी व्यवस्थाका कारण जटिलता उत्पन्न भएको छ। आन्दोलनका सवारी धनीहरूले कर चुक्ता नगरी बस्दा भविष्यमा सरकारी रकम बाँकी रहेको आधारमा एकमुष्ट असुल हुन सक्ने भएकाले तत्काल विशेष निर्णय वा अन्तरिम निर्देश जारी गर्न माग गरेका छन्।

अप्रमाणित विवरणअनुसार जेन–जी आन्दोलनका क्रममा निजी र सरकारी गरी करिब १० हजारभन्दा बढी सवारी साधन क्षतिग्रस्त भएका थिए। तीमध्ये धेरै सवारी साधन अहिले पनि विभिन्न निकायका परिसरमा थन्किएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुमपूर्वका उच्च भेगमा हिमपात: जनजीवन प्रभावित

   कार्तिक १२, २०८२       admin

रुकुमपूर्व, ११ कार्तिक । रुकुमपूर्वका विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रमा सोमबार रातिदेखि वर्षासँगै हिमपात भएको छ। जिल्लाका भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक बाक्लो हिमपात भएपछि चिसो निकै बढेको छ।

हिमपातसँगै स्थानीयवासीको दैनिक जीवन प्रभावित भएको छ। खेतबारीका काम रोकिएका छन् भने विद्यालयमा विद्यार्थीहरूको उपस्थिति घटेको स्थानीयहरूले बताएका छन्। अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई बढी कठिनाइ भएको जनाइएको छ।

हिमपातका कारण ग्रामीण सडकहरू अवरुद्ध भएपछि आवतजावतमा समस्या देखिएको छ। स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका यात्रामा ननिस्कन आग्रह गरेको छ।

यद्यपि हिमपातपछि रुकुमपूर्व मात्र होइन, छिमेकी जिल्ला रुकुमपश्चिम, जाजरकोट, र डोल्पाका उच्च भेगहरू पनि सेताम्य बनेका छन्। हिमपातले ती क्षेत्रको प्राकृतिक दृश्य झनै आकर्षक बनेपछि पर्यटकहरू खुसी देखिएका छन्। मुक्तिनाथ, ढोरपाटन, र रोल्पाका उच्च भागमा पनि हिमपातसँगै मौसम चिसो बनेको छ।

पर्यटकहरू हिउँ खेल्दै फोटो खिच्न व्यस्त देखिन्छन् भने स्थानीयले यो वर्षको चिसो मौसम समयमै सुरु भएको बताएका छन्। मौसमविद्हरूका अनुसार अझ केही दिन उच्च भेगमा हिमपात र तल्लो भेगमा वर्षा जारी रहने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुस्ताङ पुगेका दर्शनार्थी अप्ठेरोमा

   कार्तिक १२, २०८२       admin

मुस्ताङ, ११ कार्तिक । गएरातिदेखि परेको हिमपातका कारण मुस्ताङमा पुगेका मुक्तिनाथ दर्शनार्थी अप्ठेरोमा परेका छन्। बाक्लो हिमपातले सडक अवरुद्ध भएपछि स्थानीय प्रशासनले यात्रुहरूलाई तत्काल नयाँ यात्रा योजना नबनाउन आग्रह गरेको हो।

प्रशासनका अनुसार सडकमा बाक्लो हिउँ जमेकाले दुर्घटनाको जोखिम बढेको छ। त्यसैले मुक्तिनाथ जाने यात्रुहरूलाई आवश्यक नपरी उच्च हिमाली क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ।

मुस्ताङसँगै म्याग्दी, पर्वत र बागलुङका उच्च भेगहरूमा पनि हिमपात जारी छ भने तलका क्षेत्रमा वर्षा भएको जनाइएको छ। हिमपातका कारण स्थानीय बासिन्दा र यात्रु दुवैलाई आवतजावतमा कठिनाइ भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology