तुलसीपुरमा ‘रानी स्किल्स स्कुल’ सञ्चालन

   जेठ १३, २०८२       admin

दाङ,१२ फागुन । दाङको तुलसीपुरमा ‘रानी स्किल्स स्कुल’ सञ्चालनमा आएको छ । स्थानीय जनशक्ति उत्पादन र स्वरोजगारको सम्भावनालाई प्रत्याभूत गर्न स्थापना भएको उक्त स्कुलको सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसीको विशेष उपस्थितिमा स्कुलको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटनका अबसरमा अध्यक्ष केसीले स्कुलले स्वरोजगार बन्न चाहने युवायुवतीहरूका लागि नयाँ ढोका खोलेको बताए। ‘तुलसीपुरमै सीप सिकाउने थलोको स्थापना हुनु गौरवको कुरा हो। उनले भने–‘ यसले दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्धनमा ठुलो टेवा पुर्याउनेछ,’।

तुलसीपुर क्षेत्रमै सीप सिकाउने थलोहरु स्थापना हुनु यहाँका लागि गौरवको विषय भएको बताए । जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धनमा यसले ठुलो टेवा पु¥याउने उनको भनाई थियो ।

व्यवसायिक हित र जनशक्ति उत्पादन उद्योग वाणिज्य संघको प्राथमिकता भएकाले केही गरौँ भन्ने युवाहरुका लागि संस्थागत र व्यक्तिगत रुपमा आफू प्रतिबद्ध रहेको उनले बताए।

रानी स्किल्स स्कुलका सञ्चालक दीपक काफ्लेले विशेषगरी कक्षा १२ पास गरी बसेका तथा विदेश जान चाहने युवाहरूलाई लक्षित गर्दै तालिम केन्द्र सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार करीब ३० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको स्कुलमा बेकरी तथा बारिस्तासम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन हुनेछन्।

स्कुलमा दुई प्रकारका कोर्सहरू सञ्चालनमा ल्याइनेछ । जसमा तीन महिने कोर्स अन्तर्गत ७० भन्दा बढी बेकरीका परिकार तथा बारिस्तासम्बन्धी सीपहरू सिकाइनेछन् भने ४५ दिने छोटो अवधिको कोर्समा ६० भन्दा बढी बेकरी परिकार बनाउने सीप प्रदान गरिने उनले जानकारी दिए।

सीप सिक्न नपाएर बेरोजगार बनेका युवाहरूलाई लक्ष्य गर्दै स्कुलले आर्थिक रूपमा विपन्न, एकल महिला तथा पिछडिएका वर्गका १० जनालाई निःशुल्क ४५ दिने बेकरी तालिमको अवसर उपलब्ध गराउने घोषणा समेत गरेको छ।

‘सीप सिक्नकै लागि बुटवल वा काठमाडौं जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यो स्कुल स्थापना गरेका हौं,’ सञ्चालक काफ्लेले भने–‘बजारमा सीपयुक्त जनशक्तिको माग छ तर सीप नभएर युवाहरू बेरोजगार छन्। हामीले यो स्कुल त्यही दूरी चिर्ने पुलको रूपमा काम गर्न सञ्चालन गरेका हौं। ’

सीप सिक्नकै लागि महंगो शुल्क तिरेर बुटवल, काठमाडौँ धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न र दक्ष जनशक्ति स्थानीयस्तरमै उत्पादन हुने अन्य सहभागीहरुको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विपद्बाट यसवर्ष २० लाख नागरिक प्रभावित हुने

   जेठ १२, २०८२       admin

काठमाडौँ, जेठ ११। यसवर्षको प्रि–मनसुन सुरु भएसंगै राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तयार पारेको छ । उक्त कार्ययोजना तयार पार्दै प्राधिकरणले यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरेको छ ।

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।

“हामीले अबको मनसुनमा २० लाख मानिस प्रभावित हुने आँकलन गरेका छौँ, देशका सबै प्रदेश प्रभावित हुने छन्, त्यही अनुसारका तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी समेत तोकिएको छ”, उनले भने– “मौज्दात सामग्री के छ ? कति थप आवश्यक पर्दछ ? भन्ने सबै विषय आँकलन गरेर कार्ययोजना तयार पारेका हौँ ।”

यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उक्त राष्ट्रिय कार्ययोजना पेस हुने जनाउँदै प्रवक्ता केसीले सोही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने उल्लेख गर्नुभयो । उहाँका अनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्य जिम्मेवारी तोकिएको छ ।

यसपाली प्रस्तावित कार्ययोजनामा हरेक एक÷एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्याङ्कन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बताए ।

यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिए।

उनका अनुसार यस मनसुन ऋतुमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

साथै मधेसका पूर्वी तथा दक्षिणी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कार्यकर्तालाई ओलीको निर्देशन: जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

   जेठ १२, २०८२       admin

काठमाडौं,११ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरूले काठमाडौंमा गर्ने भनिएको आन्दोलनलाई पार्टीले सफल हुन नदिने चेतावनी दिएका छन्। आइतबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको भेलामा बोल्दै उनले उक्त चेतावनी दिएका हुन्।

ओलीले राजावादीहरू देशमा आतंक फैलाउने प्रयासमा रहेको आरोप लगाउँदै भने, “यी तथाकथित राजावादीहरू केही पनि होइनन्, खाओवादी हुन्। सरकार र जनता अलिकति मौन बसेको मौका देखेर अनावश्यक फुर्तिफार्ती देखाएका छन्। एमाले मैदानमा उत्रिएपछि यिनीहरू कता जान्छन्, हेर्नुस्।”

उनले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो’ भन्ने नारा लगाउनेहरूलाई समेत कटाक्ष गरे। “वीरेन्द्र मरेको बेला तिनीहरू कहाँ थिए? प्राणभन्दा प्यारो हो भने त्यति ठूलो हत्या हुँदा किन बाँचिरहे? किन मरेनन्?” भन्दै ओलीले राजावादीहरुलाइ ढोंगीको संज्ञा दिए।

ओलीले आन्दोलनको नाममा साना स्वार्थ लिई राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै भने, “यीहरू कुनै उद्देश्यका लागि होइन, व्यक्तिगत स्वार्थका लागि सडकमा छन्। अब एमाले चुप लाग्दैन।”

प्रधानमन्त्री ओलीले एमाले नेता–कार्यकर्ताहरूलाई १५ गतेको लागि उच्च सतर्कतासाथ तयार रहन निर्देशनसमेत दिए। उनले भने, “भोलि वडाध्यक्षहरूको प्रशिक्षण सकिनेबित्तिकै तयारी थाल्नुस्। १५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ।”

उनले थपे, “पार्टीले निर्देशन दिन्छ, त्यसपछि के गर्ने भन्ने ठ्याक्कै थाहा हुन्छ। आन्दोलनमा प्रोटोकल हुँदैन, सबै समान हुन्छन्। अगाडि बढ्नुस्, कुनै संस्था अगाडि, कुनै पछि भन्ने छैन। काठमाडौं हाम्रो नियन्त्रणमा हुनु आवश्यक छ।”

ओलीले पार्टी पंक्तिलाई संगठित र अनुशासित तरिकाले अगाडि बढ्न आह्वान गर्दै अन्त्यमा भने, “१५ गते कसले थाम्छ? कसले रोक्छ? त्यो हेर्न बाँकी छ। हामी तयार भएर अगाडि बढौं।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिप दुर्घटना अपडेटःघाइतेहरुको विवरणसहित

   जेठ १२, २०८२       admin

दाङ,११ जेठ । सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनाका घाइतेको परिचय खुलेको छ । राप्ती राजमार्ग अन्र्तगत कपुरकोट गाउँपालिका–३ लामीडाँडामा आइतबार दिउँसो साढे १ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटना हुँदा लु१ ज१६३७ नम्बरको जिप सडकबाट करिब ४ मिटर तल खसेको हो।

सल्यान रिमबाट तुलसीपुरतर्फ गइरहेको जिप अनियन्त्रित भएर खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनापछि सवारी साधन घटनास्थलमै रहेको र चालक प्रहरी नियन्त्रणमा रहेको छ। जिप चालक ३७ वर्षीय ज्ञानबहादुर महतारा कपुरकोट गाउँपालिका–५, रिमका बासिन्दा हुन्।

जिपमा चालकसहित १२ जना सवार थिए। तीमध्ये ९ जना घाइते भएका छन्। घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारका लागि पठाइएको थियो। अस्पतालमा भर्ना गरिएका ६ जनालाई थप उपचारका लागि दिउँसो ३ बजे नेपालगञ्ज रिफर गरिएको छ।

घाइते व्यक्तिहरूमा ६२ वर्षीया भीमा बुढा, ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सिता बुढा, १५ वर्षीया सपना बुढाथोकी, ५५ वर्षीय गोरेलाल बोहरा, ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतरा, र ८ वर्षीया रोशनी महतरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आर्थिक सुधारको कार्ययोजना सार्वजनिक

   जेठ ११, २०८२       admin

काठमाडौं,१० जेठ । सरकारले देशको समग्र आर्थिक सुधारका लागि व्यापक कार्ययोजना स्वीकृत गरेको छ। मन्त्रीपरिषद्को पछिल्लो बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदनलाई कार्यान्वयन गर्न ४०८ बुँदाको कार्ययोजना स्वीकृत गरेको हो।

पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आयोगको सिफारिसलाई आधार मानेर तीन सदस्यीय कार्यदलले यो कार्ययोजना तयार पारेको हो। कार्यदलको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चूडामणि पौडेलले गरेका थिए। समितिमा गोविन्दबहादुर कार्की, कृष्णबहादुर राउत र राजस्व सचिव दिनेशकुमार घिमिरे सदस्य रहेका थिए। अर्थ मन्त्रालयले उक्त कार्ययोजना शुक्रबार सार्वजनिक गरेको हो।

कार्ययोजना तत्काल लागू हुने, छ महिनामा पूरा गर्ने, एक वर्ष, दुई वर्ष र तीन वर्षमा सम्पन्न हुने गरी वर्गीकरण गरिएको छ। यसले मौद्रिक नीति, वित्तीय अनुशासन, सार्वजनिक संस्थान सुधार, कानुनी संरचना परिमार्जन तथा क्षेत्रगत विकास जस्ता विषय समेटेको छ।

नेपाल राष्ट्र बैंकमार्फत ब्याजदर स्थिर राख्ने, तरलता व्यवस्थापन गर्ने र विदेशी मुद्रा सञ्चिति चारदेखि आठ महिनासम्मको आयात धान्न सक्ने बनाउने लक्ष्य लिइएको छ।कार्ययोजना अनुसार १४ पुराना ऐन खारेज गरी नयाँ नियामक कानुन ल्याइनेछ। यो कार्य दुई वर्षभित्र पूरा गरिनेछ। साथै, हेटौँडा र उदयपुर सिमेन्ट उद्योग निजीकरण गरिनेछ भने जनकपुर चुरोट कारखाना खारेज गरिनेछ।

राष्ट्रिय अनुसन्धान परिषद् स्थापना र तथ्याङ्क कार्यालयको क्षमता वृद्धि पनि कार्ययोजनामा समावेश गरिएको छ।
यसैगरी वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्‍याइने र भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइने व्यवस्था कार्ययोजनामा छ। तीन महिनासम्म पुग्ने पेट्रोलियम पदार्थको भण्डारण क्षमता विकास गर्ने लक्ष्य तीन वर्षभित्र पुरा गरिनेछ। साथै, कालोबजारी नियन्त्रण, सरकारी खर्च र करमा कटौती, तथा आपूर्ति सहज बनाउने उपायहरू समेत समेटिएका छन्।

प्रधानमन्त्री कार्यालयले कार्ययोजनालाई सम्बन्धित मन्त्रालयमार्फत कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ। विभिन्न मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण तथा विश्वविद्यालयहरूलाई जिम्मेवार निकाय तोकिएको छ। अनुगमन र समन्वयका लागि पनि स्पष्ट जिम्मेवारी तोकिएको छ। सरकारले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोगको सिफारिसलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजेट तयारीमा लुम्बिनी, सिलिङ २९ अर्ब

   बैशाख ०५, २०८२       admin

दाङ । लुम्बिनी प्रदेशले यसपटक बजेट खुम्च्याउने भएको छ। आर्थिक वर्ष २०८१/८२ मा महŒवांकाक्षी बजेट ल्याएको लुम्बिनीले घाटाको सामना गरे पनि यस पटक उपयोगी र यथार्थ बजेट ल्याउने तयारी गरेको हो। 

आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि चालु आवको भन्दा झन्डै ११ करोड रुपैयाँ कम बजेट ल्याउने सरकारले प्रारम्भिक तयारी गरेको छ। आउँदो आर्थिक वर्षका लागि लुम्बिनी सरकारले झन्डै २९ अर्ब रुपैयाँको बजेट सिलिङ तयार गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जानकारी गराएको छ। 

बजेटको तयारी अनुसार मन्त्रालयहरूमा पहिलो चरणको बजेट सिलिङसमेत दिइसकिएको मन्त्रालयका अधिकारीले जानकारी दिए। मन्त्रालयका सचिव डिलाराम पन्थीले प्रारम्भिक रूपमा बजेट तयारी गरेको र सोही अनुसार एउटा आधारमा मन्त्रालयहरूमा पनि प्रारम्भिक सिलिङ पठाई सकिएको बताए। ‘अहिले यति नै भन्ने छैन तर नयाँ बजेट चालु बजेटभन्दा कम आउँछ,’ उनले भने, ‘केही दिनमा पूर्ण विवरण जानकारी गराउँछौं।’ मुख्यमन्त्री चेतनारायण आचार्यले यस पटक सुहाउँदो र यथार्थमा आधारित बजेट सरकारले ल्याउन लागेको बताए। विगतमा प्रदेश सरकारले घाटा बजेट ल्याउने गरेको भए पनि यस पटक त्यस्तो नहुने बताए। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि नबढाउने तयारी गरेको बताए। मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम र बजेट बनाउँदा हरेक मन्त्रालयले जनताको मन छुने गरी योजनाहरू समेट्ने बताए। 

आउँदो वर्षको बजेट घाटा बजेट हुने छैन। ३०/३३ अर्ब रुपैयाँको हाराहारीमा बजेट आउँछ,’ उनले भने, ‘वास्तविक धरातलमा उभिएर बजेट बनाउनुपर्छ। प्रदेश सरकारलाई लयमा हिँडाउन जिम्मेवार भएर सरकार अघि बढ्छ।’ उनले प्रदेश सरकारले जनताको मन छुने योजना बजेटमा समेटिने र त्यसका लागि गृहकार्यमा जुटेको बताए। ‘जनतामा निराशा होइन, आशा जगाउने खालका योजना ल्याउन जरुरी छ। मन छुने योजनाहरू समेट्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश स्थापना भएपछि अघिको अवस्था कस्तो थियो र अहिलेको अवस्था के छ भन्नेबारेमा समेत तुलना गरेर योजना आउँछन्।’
लुम्बिनीमा व्यक्ति योजना माग्न आउने प्रवृत्तिको अन्त्य गर्ने र प्रणालीलाई चुस्त बनाउनुपर्ने आवाज समेत उठिरहेको छ। व्यक्तिमा योजना आउँदा योजना टुक्रे हुने यथार्थपरक नहुने भन्दै सरकारले टुक्रे योजना अन्त्य गर्ने प्रयासमा सरकारको रहेको मन्त्रीहरूको भनाइ छ। प्रदेश स्थापना भएपछि कार्यान्वयन भएका योजनाहरूको पहिचान गर्न जरूरी रहेको र यसका लागि पनि काम गर्नुपर्ने गम्भीर भएर योजना छनोट र बजेट आउने भौतिक पूर्वाधार मन्त्री भूमीश्वर ढकालले बताए।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले जनताको भावनालाई सम्बोधन गर्नेगरी कामको गतिलाई बढाउने गरी बजेट र योजना ल्याउने तयारी रहेको बताए। योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा साना तथा टुक्रे आयोजनालाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने, आयोजनाहरूको प्राथमिकीकरण गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ सहित कहाँ कहाँ भइरहेको छ बर्षा !

   चैत २, २०८१       admin

दाङ, ३० चैत ।  शनिबार बिहानैदेखि दाङसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ।  दाङ सहित पाल्पा, रुपन्देही, गुल्मी, प्युठान, रोल्पा, बागलुङ, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यही क्षेत्रहरूमा हावाहुरी चट्याङ सहितको पानी परिरहेको छ। दाङमा हावाहुरी चट्याङ सहितको वर्षा भइरहेको छ।

हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनअघि भारतबाट बंगालको खाडी हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको सामान्य प्रभाव छ। अहिले अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव छ। ती प्रणालीहरुको प्रभावले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।

पाल्पा, रुपन्देही, गुल्मी, बागलुङ, दाङ, प्युठान, रोल्पा, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती ठाउँहरूमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद दाहालले बताए। वर्षा भइरहेको स्थानहरुमा पूर्णतया बदली र बाँकी भूभागहरूमा मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको पनि उनले बताए। 
शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए। 

त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरूको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। शनिबार राति कोशी  र मधेस प्रदेशका भूभागहरुमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी भूभागहरूमा राति पनि हिमपातको सम्भावना रहेको मौसमविद् दाहालको भनाइ छ । काठमाडौंमा दिउँसोको समयमा हल्का वर्षाको सम्भावना छ। यद्यपि देशैभरि शनिबार अरू दिनभन्दा कम पानी पर्ने र आइतबार शनिबारभन्दा अझै कम पानी पर्ने पूर्वानुमान छ। मौसम क्रमिक रूपमा सुधार हुँदै जाने दाहालले बताए। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खानेपानीमा लोकप्रिय भोला

   चैत ०३, २०८१       admin

दाङ, ४ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेर कोषाध्यक्ष भोलाप्रसाद थापा लोकप्रिय उम्मेदवार बनेका छन्।

थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न ब्यक्ति हुन

खानेपानीमा खानेपानी निर्वाचनमा कुल खसेको मतको झण्डै ४७% मत प्राप्त गरेर उपभोक्ता माझ थापा लोकप्रिय देखिएका हुन्। यसअघि स्वतन्त्र रूपमा उम्मेद्वार बनेका थापा कोषाध्यक्ष पदम लोकप्रिय मत ल्यएरै निर्वाचित भएका थिए । थापा यसपटक कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलबाट कोषाध्यक्षका उम्मेदवार बनेका थिए। उनले आफ्ना प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतान्तरले कोषाध्यक्षमा विजय भएका छन उनलाई यो निर्वाचनमा लोकप्रिय मत प्राप्त भएको छ । भोला थापाले ३२७८ मत ल्याउँदा प्रतिपक्षले १४२३ मत मात्र प्राप्त गरेको छन ।

खानेपानी संस्थालाई आर्थिक सुशासनमा अब्बल भएका थापा यसपटक पनि उपभोक्ताहरूले पूर्ण रुपमा रुचाएको देखिएको छ । एक कार्यकाल कोषाध्यक्षमा काम गरिसकेका थापाले तुल्सीपुर खानेपानीको कोषलाई व्यवस्थापन सहित आर्थिक सुशासन र पारदर्शिता अपनाएका थिए । यहि देखेर उपभोक्ताहरूले उनीमाथि थप विश्वास व्यक्त गरेका छन ।
हँसिला मिजासिला र सबैसँग मिल्न सक्ने क्षमता रहेका थापा सबै उपभोक्ता माझ चर्चित छन ।

कोषाध्यक्ष पदमा भोलाप्रसाद थापाले ३२६८ मत प्राप्त गरी सबै उम्मेदवारहरुमा लोकप्रिय मत प्राप्त गरेक हुन । उनको निकटतम प्रतिस्पर्थी एमालेकी सुशिला न्यौंपानेले १४२३ र माओबादीका कर्णबहादुर वलीले १२०६ मत प्राप्त गरे ।
थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न ब्यक्ति हुन । प्रतिस्पर्धीमा सबैभन्दा बढी मतान्तर पनि कोषाध्यक्षमै भएको छ। भने सबैभन्दा बढी मत पनि कोषाध्यक्ष भोला थापाले प्राप्त गरेका हुन् ।
निर्वाचनमा तीन वट प्यानलमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री पौडेलको राजीनामा माग

   फागुन २२, २०८१       admin

काठमाडौँ,२२ फागुन । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उनीहरूको राजीनामा आवश्यक रहेको बताएका छन्।

लिङ्देनले सरकारको कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक भइसकेको भन्दै प्रधानमन्त्री कार्यालय स्वयं उत्तीर्ण हुने अङ्क ल्याउन नसकेको आरोप लगाए। उनले कमजोर कार्यसम्पादन गरेका मन्त्रीहरूलाई कारबाही हुनुपर्ने र सरकार नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य सचिव नियुक्ति प्रक्रियामा हस्तक्षेप गरिएको भन्दै स्वास्थ्य मन्त्री पौडेललाई बर्खास्त गर्न माग गरेका छन्।

मन्त्रिपरिषद्को बुधबारको बैठकले डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर, सचिव पदका लागि पहिलो नम्बरमा सिफारिस भएकी डा. संगीता मिश्रलाई बेवास्ता गरिएको भन्दै सांसद सिंहले आपत्ति जनाएका छन्।

डा. मिश्र मधेसी समुदायको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै सांसद सिंहले मन्त्री पौडेलले पदमा बस्न नहुने तर्क राखेका छन्। यस विषयमा प्रधानमन्त्री ओलीको धारणा भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिका लैजाने ५० बिचौलियामाथि ब्युरोले थाल्यो अनुसन्धान

   फागुन २२, २०८१       admin

काठमाडौं,२२ फागुन । नेपालबाट अवैध रूपमा अमेरिका लैजाने ५० जना बिचौलिया सक्रिय रहेको खुलासा भएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूको सूची तयार गरी अनुसन्धान अघि बढाएको छ।

ब्युरोका अनुसार, बिचौलियाहरू काठमाडौंबाट मेक्सिको हुँदै अमेरिका पठाउने गिरोहमा संलग्न छन्। सोही क्रममा अमेरिकाबाट डिपोर्ट भएका ९ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन्। तीमध्ये ८ जनालाई अमेरिकन प्रहरीले चार्टर उडानमार्फत पठाएको थियो भने एक जना महिला व्यावसायिक उडानमार्फत स्वदेश फर्किएकी हुन्।

डिपोर्ट भएकाहरूले काठमाडौंबाट दुबई, युरोप हुँदै ब्राजिलको बाटो समातेका थिए। ब्राजिलबाट मेक्सिको हुँदै अमेरिका पुग्न ५० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च भएको पाइएको छ। प्रहरी अनुसन्धान अनुसार, बिचौलियाहरूले उनीहरूबाट लाखौँ रुपैयाँ असुली अवैध बाटोबाट अमेरिका पुर्‍याउने काम गर्दै आएका छन्।

मानव तस्करी नियन्त्रणका लागि प्रहरी प्रशासनले बिचौलियाहरूको पहिचान गर्दै कडा निगरानी बढाएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology