रोल्पा, ७ फागुन । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परी निजगढ– ५ बाराका ३६ वर्षीय जित कुमारको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार माडी गाउँपालिका वडा नम्बर ४ चुकबोटबाट माडी गाउँपालिका २ घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँ स्थित सहिदमार्ग सडकबाट करिव १०० मिटर तल खसेको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ फागुन। दाङको तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
मङ्गलबार दिउँसो सवा ३ बजे तुलसीपुर स्थित घोराही रोडबाट वडा नम्बर ६ को कार्यालयतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४२१६ नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको रा ३ प ६८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन्।
घटनामा मोटरसाइकल चालक तुलसीपुर–९ बस्ने २४ वर्षीय संजय के.सी. गम्भीर घाइते भएका छन्। उनको दुवै हात, खुट्टा, टाउको र मुखमा चोट लागेको छ, उपचारका लागि उनलाई लखनउ रेफर गरिएको छ।
त्यस्तै, मोटरसाइकलमा पछाडि सवार तुलसीपुर–७ का २८ वर्षीय सुदीप नेपालीको दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई तुलसीपुरस्थित सिटी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
गाडी चालक तुलसीपुर–६ निवासी ३८ वर्षीय दुजमान भण्डारी (वडा अध्यक्ष) रहेको खुलेको छ।
दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई प्रहरी नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ फागुन । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा जारी दोस्रो तुलसीपुर महोत्सवले दर्शकहरूको उल्लेखनीय आकर्षण पाउँदै गएको छ।
महोत्सवको सातौँ दिन बुधबार चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा आउने भएका छन्। सांस्कृतिक समितिका संयोजक सन्तोषकुमार खड्काका अनुसार शर्मा सहित गायिका सिम्रन परियारलगायत कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।
महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थितिमा वृद्धि भइरहेको छ। स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत समेटिएको महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन्। आयोजकका अनुसार महोत्सवले तुलसीपुर र आसपासका क्षेत्रका नागरिकहरूलाई व्यापार प्रवर्द्धन, र सांस्कृतिक गतिविधिमा संलग्न गराएको छ।
महोत्सवको मुख्य आकर्षणको रूपमा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी, र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन्। आयोजकहरूका अनुसार महोत्सवमा थप चर्चित कलाकारहरूको प्रस्तुति हुने कार्यक्रम तय गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हात्तीखौवामा सञ्चालन भइरहेको महोत्सव फागुन १६ गतेसम्म चल्नेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।
प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
तानसेन,६ फागुन । राष्ट्रप्रेमलाई व्यवहारमा उतार्ने उदेश्य सहित त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ। ‘एक घर, एक लालीगुराँस’ अभियानका अभियन्ता सुशिल बस्यालले क्याम्पसलाई राष्ट्रिय झण्डा प्रदान गर्दै देशप्रेमको भावना जागृत गर्ने प्रयास गरेका छन्।
झण्डा हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख टंक पन्थ, सहायक क्याम्पस प्रमुख सन्तोष ज्ञवाली, विज्ञान संकाय सहायक प्रमुख चन्द्रबहादुर थापा, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिनेश गन्धर्व, स्ववियु सभापति कृष्ण अर्याल लगायतका व्यक्तिहरूको उपस्थिति थियो।
क्याम्पस प्रमुख पन्थले यस कार्यलाई उदाहरणीय भन्दै, “विद्यार्थीहरूले राष्ट्रप्रेमी अभियानलाई आत्मसात गर्नु आवश्यक छ। राष्ट्रिय झण्डा हाम्रो गौरव र पहिचानको प्रतीक हो,” भने। उनले बस्यालको प्रयासले अन्य शैक्षिक संस्थालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।
बस्यालले भने, “राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा होइन, यो हाम्रो अस्तित्व र गौरवको चिन्ह हो। यसको अद्वितीय आकार र डिजाइनले नेपालको पहिचान झल्काउँछ।” उनले प्रत्येक शैक्षिक संस्थामा राष्ट्रिय झण्डा राखिनु आवश्यक रहेको भन्दै यसले विद्यार्थीहरूमा राष्ट्रप्रेमको भावना विकास गर्ने बताए।
तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिनेश गन्धर्वले बस्यालको अभियानको प्रशंसा गर्दै युवा पुस्तालाई राष्ट्रप्रेम र जिम्मेवारीबारे सचेत गराउने अभियान आवश्यक रहेको बताए।
स्थानीयहरुले क्याम्पसमा फहराइएको राष्ट्रिय झण्डाले राष्ट्रिय भावना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्। बस्यालले आगामी दिनमा अन्य विद्यालय तथा कलेजहरूमा पनि राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने योजना बनाएको जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ फागुन । नेपाल – अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा स्थगित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँगै नेपालमा सञ्चालित एमसीसीका परियोजना रोकिएको अर्थ मन्त्रालयले जनाएको छ।
मंगलबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी सहायता सञ्चालित एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले २०८१ फागुन २ गते नेपाल सरकारलाई पठाएको इमेलमार्फत २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूमा एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार रोकिएको जानकारी गराएको छ।”
राष्ट्रपति ट्रम्पले २० जनवरीमा सपथ लिएसँगै वैदेशिक सहायता ९० दिनका लागि निलम्बन गर्ने कार्यकारी आदेश जारी गरेका थिए। सो आदेशसँगै अमेरिकी सरकारको सहयोगमा सञ्चालित नेपालका सबै परियोजनाहरू अस्थायी रूपमा रोकिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ फागुन । दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सव २०८१ मा प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति लोकदोहोरी प्रतियोगिता र विभिन्न कला प्रदर्शनले दर्शकहरूको मन जितिरहेको छ। फलस्वरूप प्रतिदिन दर्शकहरूको भीड बढ्दै गएको छ।
महोत्सवको छैठौँ दिन मङ्गलबार चर्चित गायिका एलिना चौहान शक्तिचन्द लगायतकाले आफ्नो प्रस्तुतिहरु राखे। कलाकारहरूको प्रस्तुतिसँगै दर्शकहरू कहिले भावुक बने त कहिल्यै हाँस्दै रमाउँदै माहोललाई तताए।
गायिका एलिना चौहानले धोकेबाज हौ तिमी…. यो भाग्यमा खोट छ ….मिनरल वाटर …..लगायतका थुप्रै चर्चित गीतहरु गाएकी थिइन्। उनको गायनीसँगै दर्श हरु रुदै,हास्दै उनीसँगै नाचे यसैगरी शक्ति चन्द गाएको गीत सँगै छमछमती नाच्दै रमाइलो गरे।
बालासाईको जोवन…बाह्र बजे राती … लगायतका थुप्रै गीतहरू गाएर दर्शकहरूलाई रमाइलो प्रदान गरेका थिए। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको महोत्सव सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी गराए।
भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताए ।
‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उनले भने–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।
मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताए ।
‘हामीहरुले अहिले महोत्सवमा स्थानीय उत्पादन प्राथमिकता दिन निःशुल्क स्टल उपलब्ध गराएका छौँ ।’ उनले भने– ‘अहिले कृषि तथा स्थानीय उत्पादनका स्टल ल्याउनेहरु पनि उत्साहित छ्न ।’
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ६ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज पनि चर्चित कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार एलिना चौहानसहितका कलाकारको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताए ।
गायिका चौहानसहित गायक रमेश शर्मा, शिव संगित लगायतका कलाकारको प्रस्तुति संयोजक खड्काले बताए । तुलसीपुरमा फागुन १ गतेदेखि दोस्रो तुलसीपुर महोत्सव शुरु भएको हो ।
‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार स् सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ आयोजित यो महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय उत्पादन, पर्यटन, कला, र संस्कृतिको प्रवद्र्धन लागि महोत्सवको आयोजना गरिएको आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले बताए ।
महोत्सवमा ५०० भन्दा बढी स्टलहरू राखिएका छन् । स्टलमा कृषिजन्य वस्तु, हस्तकला, अटोमोबाइल्स, मेसिनरी, वित्तीय सेवा, सूचना प्रविधि र विभिन्न जातजातिका परिकारहरूको प्रदर्शनीमा राखिएको छ ।
महोत्सवमा दैनिकजसो दर्शकको संख्या बढ्दै गएको छ । ‘दर्शकको सहभागीता उत्साहजनकरुपमा बढीरहेको छ ।’ उनले भने–‘आगामी दिनमा पनि थप उत्साहजनक सहभागीता रहनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ४ फागुन । यतिबेला दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव २०८१ जारी छ। फागुन १ गतेदेखि तुलसीपुरस्थित हात्तीखौवामा महोत्सव चलिरहेको छ। महोत्सवमा प्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राख्ने गरेका छन्। सोही अन्तर्गत आज पाँचौं दिन चर्चित लोकदोहोरी गायक प्रकाश दूतराज चन्द्र शर्मा लगायतले प्रस्तुति राखेका छन्
तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा गायक प्रकाश दुतराजको ऊर्जाशील प्रस्तुतिले दर्शकलाई उत्साहित बनायो। ‘जुन माया’ गीतबाट चर्चामा आएका दुतराजले ‘रिमै’, ‘रेशम’ लगायतका लोकप्रिय गीतहरू गाएर माहोललाई झन् रमाइलो बनाए। उनका गीतमा दर्शक झुमेका मात्र होइन, साथमा गाएर महोत्सवलाई थप जीवन्त बनाएका थिए।
आज महोत्सवको पाँचौँ दिन चर्चित गायिका चन्द शर्मा, रिता केसीलगायतका कलाकारहरूको आकर्षक प्रस्तुति पनि रहेको थियो।
महोत्सवको पाँचौं दिन सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज, चन्द्र शर्मा , रिता केसी लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति राखेका छन्। चोली मैलै भो…बोली पनि के सारो रसिलो…धानको चामल… माछीले धान खायो… बहिनी झ्यालैमा.. लगायतका थुप्रै चर्चित गीतहरू गाएर दर्शकहरूलाई रमाइलो प्रदान गरेका थिए।
कलाकारहरूको प्रस्तुतिसँगै रमाएका दर्शकहरू झमक्कै साँझ परुन्जेलसम्म पनि स्टेज छोडेका थिएनन्। प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिएका थिए । महोत्सवमा कलाकारहरुले एकपछि अर्को चर्चित लोकगीत गाएर उपस्थित दर्शकलाई झुमाए।
प्रकाशले गीत गाउँदा दर्शकहरू सबैभन्दा बढी जोसिएका थिए। उनले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकले गायकसँगै गाए र नाचे। उपस्थित दर्शकहरू प्रकाशको स्वरमा मोहित देखिए।
सांगीतिक कार्यक्रममा स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा दर्शकको ठूलो उपस्थिति देखिएको थियो। प्रकाश दुतराजले आफ्नो प्रस्तुति पछि दर्शकप्रति आभार व्यक्त गर्दै भने, “तपाईंहरूको माया नै मेरो ऊर्जा हो।”
भोलि एलिना चौहान आउदै
भोलि चर्चित गायिका एलिना चौहानसहित अन्य स्थानीय कलाकारहरूले प्रस्तुति दिने सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए।
“जारी महोत्सवले राष्ट्रिय र स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिएको छ,” खड्काले भने, “रोल्पा, सल्यान, रुकुम, दाङ लगायतका ठाउँहरूबाट दर्शक आउने क्रम जारी छ।”
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीका अनुसार महोत्सव स्थानीय उत्पादनको बजारीकरण, पर्यटकीयस्थलको प्रचारप्रसार र कला-संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको हो।
“हामीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै निःशुल्क स्टल उपलब्ध गराएका छौँ,” भण्डारीले भने, “स्थानीय कृषि तथा उत्पादनका स्टलहरू प्रवेशद्वारमै राखिएका छन्, जसले व्यवसायीहरूलाई थप उत्साहित बनाएको छ।”
महोत्सवमा विभिन्न जिल्लाका उद्यमीहरूले स्टल राखेका छन्। सांगीतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी र स्थानीय उत्पादनको प्रवर्द्धनका कारण महोत्सवमा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। मंगलबार लुम्बिनी प्रदेश सभालाई विशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरू पार गर्न समन्वय अपरिहार्य रहेको उल्लेख गरे।
‘हामी सबै मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं,’ उनले भने। साथै, प्रदेश सरकारले संघीय कानुन अनुरूप नीतिहरू बनाउनुपर्नेमा जोड दिँदै, उलटफेर कानुन निर्माण गर्दा बारम्बार संशोधनको आवश्यकता पर्न सक्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बताउँदै यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको उल्लेख गरे।
भगवान गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको भन्दै उनले संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस