दाङ, १ पुस । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरिन् ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गरे ।
महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे । सचिव खुलामा रमेश खतिवडाले तीन हजार चार सय मत प्राप्त गरी जित निकाले ।
सचिव महिलामा सोनी शर्माले चार हजार तीन सय ४७ मत प्राप्त गरी विजयी भइन् । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार पाँच सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार आठ सय ५८ मत प्राप्त गरी विजयी भए ।
सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार एक सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार छ सय ४५ मत प्राप्त गरी जित हासिल गरे ।
कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार आठ सय ४७ मत प्राप्त गरी विजयी भए ।
कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले पाँच सय २७ मत र शङ्कर खरेलले चार सय ४२ मत, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा दुई सय ९७ मत र राजेशकुमार कर्णले तीन सय ७६ मत प्राप्त गरी विजयी भए ।
बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले तीन सय ६८ र नारायणप्रसाद अधिकारीले चार सय ५० मत प्राप्त गरी विजयी भए ।
गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी तीन सय ३० मत, केवी रानाले तीन सय ८१ मत प्राप्त गरे भने लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले पाँच सय ६० मत र विकास बन्जाडेले चार सय ७३ मत प्राप्त गरी विजयी भए ।
कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले दुई सय ८८ र नगेन्द्रप्रसाद उपाध्यायले तीन सय २१ मत प्राप्त गरी जित निकाले । सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले तीन सय ९७ र सुरेश पन्तले तीन सय मत प्राप्त गरी विजयी भए ।
उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले चार सय ५९ र सूर्य सुवेदीले छ सय ६८ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले चार सय र सविता शर्माले चार सय ८७ मत प्राप्त गरी विजयी भए । संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले दुई सय नौ र मनुका कुँवरले तीन सय एक मत प्राप्त गरी जित निकाले ।
खुला सदस्यमा छविलाल तिवारीले तीन हजार चार सय ७०, भूपेन्द्र आचार्यले तीन हजार पाँच सय ८२, मुकुन्दप्रसाद भण्डारीले तीन हजार सात सय २१, रामेश्वर कार्कीले तीन हजार छ सय ३० र लवदेव ढुङ्गानाले तीन हजार आठ सय ३० मत प्राप्त गरी निर्वाचित भए ।
मधेसी महिलातर्फ रुवीकुमारी रौनियारले चार हजार एक सय ८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले तीन हजार सात सय ३७ मत, खस आर्य महिलामा लिला शाह योगीले तीन हजार आठ सय १० मत प्राप्त गर्दा दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएकी थिइन् ।
दलित सदस्यमा सिकेन्द्र पासवानले तीन हजार तीन सय १६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भएकी थिइन् । आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगरले चार हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित भएकी थिइन् ।
मधेसी सदस्यमा राजकरण महतोले तीन हजार आठ सय ९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले चार हजार चार सय नौ मत प्राप्त गरी निर्वाचित भए । अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले तीन हजार पाँच सय ५७, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामीले चार हजार तीन सय ७३ मत प्राप्त गरी विजयी भए ।
लेखा समिति संयोजकमा केसी लामिछानेले चार हजार एक सय ९४ मत प्राप्त गरी निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहराले चार हजार एक सय २५ र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले चार हजार ८९ मत प्राप्त गरी जित निकाले । महासङ्घको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३० मंसिर । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो ।”
श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका निजले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।
पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,३० मंसिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङका लागि बोलाएका हुन् ।
सुदूरपश्चिमले यस खेल जितेमा औपचारिक रूपमा प्लेअफमा स्थान पक्का भई क्वालिफायर्स १ को नजिक पुग्ने छ । टोली सोमबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा कर्णाली याक्सको सामना गर्दैछ ।
चार दिनअघि जनकपुर बोल्ट्सविरुद्ध विजय हात पारेको टोलीबाट सुदूरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको छैन । अघिल्लो दिन काठमान्डु गुर्खाजसँग पराजित पोखराले ३ खेलाडी परिवर्तन गरेको छ ।
टोलीले आकर्षित गोमिल, आकाश चन्द र नारायण जोशीको स्थानमा जेन मलिक, किरण ठगुन्ना, सुदीप अर्याललाई खेलाएको छ । ट्यालेन्ट हन्टबाट आएका सुदीपको प्रतियोगितामा यो पहिलो खेल हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० मंसिर । तुलसीपुर नगर जेसीज २०२५ का लागि नयाँ नेतृत्व चयन गरेको छ। सन्दीप भुसाल सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन्।
भुसालको नेतृत्वमा कार्यकारी उपाध्यक्षमा केशवराज न्यौपाने र उपाध्यक्षमा धीरज बस्नेत, बसन्त योगी, सुरज केसी, विकास जग मल्ल रहेका छन्।
सहसचिव पदमा सुदीप केसी चयन भएका छन्। अन्य पदाधिकारीहरूको नाम पनि छिट्टै सार्वजनिक गरिने बताइएको छ।
जेसीजका नवनिर्वाचित अध्यक्ष भुसालले आफ्नो कार्यकालमा नगरभित्रका युवा नेतृत्वलाई सशक्त बनाउने तथा सामाजिक सेवा र नेतृत्व विकासका कार्यक्रमलाई प्राथमिकता दिने बताए।
समन्वय र सहभागिताबाट संस्थालाई अझ प्रभावकारी बनाउने आफ्नो लक्ष्य हुने उनको भनाइ छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ मंसिर । तुलसीपुर नगर जेसीजद्वारा निर्मित सार्वजनिक धाराको उद्घाटन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरा स्थित श्री लक्ष्मीनारायण मन्दिर परिसर बाहिर निर्माण गरिएको धाराको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
तुलसीपुर नगर जेसीजका अध्यक्ष पुर्ण बहादुर डांगीको अध्यक्षता तथा गोरखा ग्रुप दाङका अध्यक्ष विष्णु घर्ती मगरको प्रमुख आतिथ्यतामा उक्त धाराको उद्घाटन गरिएको हो।
पानीको पहुँचलाई सहज बनाउने उदेश्यले धारा निर्माण गरिएको तुलसीपुर नगर जेसीजले बताएको छ।
धारा निर्माण भएसंगै पैदल यात्री तथा मन्दिरमा आउने भक्तजनहरूको लागि पानीको व्यवस्थापन सुनिश्चित हुने संस्थाको लक्ष्य रहेको छ।
उद्घाटन कार्यक्रमका सहभागीहरुले धारा निर्माणले खानेपानीको समस्यालाई कम गर्न सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरे।
कार्यक्रममा जेसीज अध्यक्ष सल्लाहकार बुद्धिराज सापकोटाले जेसीज आस्था पाठ प्रस्तुत गरेका थिए भने महासचिव कमलप्रकाश शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।
लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष स्वामी केशव आचार्य सूर्यपाकी, तथा जेसिजका पूर्व अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ मंसिर। शान्ति पुनर्स्थापना गृह कोईलाबासको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम गढवामा सम्पन्न भएको छ।
शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्दार संयोजक भूमीराज भट्टराईको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
शान्ति पुनर्स्थापना गृहको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले शान्ति पुनर्स्थापना गृह कोईलाबासले महिला, किशोरी तथा बालबालिकाहरुको क्षेत्रमा गरिरहेको आम उदाहरणीय काम भएको बताइन् ।
उनले स्थानीय सरकारको साझेदारी समन्वय सहकार्य आवश्यक ठान्दै गढवा गाउँपालिकाले कर्मचारी ब्यवस्थापन गरेको बताइन् ।
पछिल्लो समयमा महिला किशोरी र बालबालिकाहरुको बेचबिखन, बिभिन्न प्रलोभन देखाई खुल्ला नाका हुदै भारतका बिभिन्न स्थानहरु लगेर बिभिन्न गलत कार्यमा लगाउने जस्ता कार्यको अन्त्यका लागि शान्ति पुनर्स्थापना गृह कोईलाबासको साथ सदैव गाउँपालिका रहने प्रतिवद्धता व्यक्त गरिन्।
गढवामा राजपुरगरी ३२ वटा खुल्ला नाकाका कारण मानव बेचबिखन जस्ता कार्य रोक्न चुनौती रहेको बताउदै कोईलाबासनाकामा शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तह र शान्ति पुनर्स्थापना गृह कोईलाबासले संयुक रुपमा अघि बढ्नु पर्ने बताइन् ।
कार्यक्रममा बोल्दै शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्दार संयोजक भूमीराज भट्टराईले २००७ सालदेखि दाङको कोइलाबासमा शान्ति पुनर्स्थापना गृह कोईलाबासले मानव बेचबिखन विरुद्धको अभियान चलाउदै आएको बताए।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कार्यक्रम गर्न सोचे जस्तो सहज नभएको उल्लेख गरे। पुनर्स्थापना गृहले सिमानाबाट हुने मानव बेचबिखन तथा ओसारपसारको बढ्दो समस्या लाई नियन्त्रण गर्न नेपाल तथा भारत तर्फ रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, भारतीय सिमा सुरक्षा बल, भारतीय मानव बेचबिखन नियन्त्रण ईकाई आदीसंग निरन्तर छलफल, बिचार बिमर्श र अन्तक्रिया गर्दै आएको बताए ।
साथै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवशहरुमा मानव बेचबिखन तथा ओसारपसारको बढ्दो समस्या लाई नियन्त्रण गर्ने बारे सचेतना मुलक कार्यक्रम समेत गर्दै आएको संयोजक भट्टराईले जानकारी गराए।
शान्ति पुनर्स्थापना गृहलाई कार्य गर्दा बिभिन्न कठिनाइहरु समेत आउने गरेको शान्ति पुनर्स्थापना गृह प्रमुख सिमा जिसिले बताइन् ।
स्थानीय बासिन्दालाई निवार्द चेकजाँच गर्न नपाउनु, राजनीतिक हस्तक्षेप, सिमापार गराउन आफ्नै अभिभावकको प्रयोग, मोटरसाइकल चेकजाँच गर्न नपाउनु, बुर्का लगाएर बोर्डर पार गर्दा समेत चेकजाँच गर्न नपाउनु, थोरै कर्मचारी भएका कारण नेपालका विभिन्न शहरहरू बाट सिधै दिल्ली, सिम्ला लगाएतको अन्य भारतको शहरमा जाने सवारी साधनको कठिनाइ हुनु, पितृसत्तात्मक सोचकमा परिवर्तन नआउनु लगायतका थुप्रै कठिनाइहरु रहेको उनले बताइन् ।
शान्ति पुनर्स्थापना गृह कोईलाबासकी परामर्शदाता सम्झना चदाराले शान्ति पुनर्स्थापना गृह कोईलाबासको आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
चदाराले मानव बेचबिखन तथा ओसारपसारको जोखिम पुर्ण यात्रामा रहेका २८ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई उद्दार गरी परिवारको जिम्मा लगाएको बताइन् ।
त्यसैगरी ७ सय ३१ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सूचना तथा परामर्श सेवा प्रदान गरेको प्रतिबेदनमा प्रस्तुत गरिएको थियो ।
एकजना लाई भारतबाट उद्दार गरी स्वदेश फिर्ता गरेको र एक जना लाई पारिवारिक पुनरमिलनका लागि अन्य निकायमा पठाएको प्रतिबेदनमा प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, शसस्त्र प्रहरी बल प्रस्तावित गुल्म कोइलाबासका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द केसी, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की,इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी नायव निरीक्षक हुमलाल बुढाथोकी, ८ नम्बर वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी, कार्यापालिका सदस्य मिना पुन, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी,कोइलाबास भन्सार कार्यालयका प्रमुख डम्बर महतरा, गैर सरकारी संस्था महासंघका उमाकान्त पन्त, गढवा खानेपानीका लिलाधर आचार्य लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण शान्ति पुनर्स्थापना गृह कोईलाबासकी प्रमुख सिमा जिसिले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
अर्घाखाँची, २९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार अन्त्यकालागि सुशासन र जवाफदेहिता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
व्यवसायीक पत्रकारीता अहिलेको आवश्यकता रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले पत्रकारीता क्षेत्रमा देखा परेका विकृती र विसंगती अन्त्यकालागि पनि ध्यान दिन आग्रह गरे ।
‘स्वच्छ, स्वस्थ र व्यवसायिक पत्रकारीता अहिलेको आवश्यकता हो । यही मर्मलाई जोड दिएर समाजमा रहेका परिघटनाहरुलाई बाहिर ल्याउन यहाँहरुको महत्वपूर्ण योगदान छ’मुख्यमन्त्री आचार्यले भने ,‘सरकारका कमिकमजोरी छन् भने पनि त्यसलाई बाहिर ल्याएर सरकारलाई समेत सजग र सतर्क बनाउन यहाँहरुले भूमिका खेल्नुहुने छ ।’
भ्रष्टाचार अन्त्यकालागि पारदर्शीता गर्न र गराउन पत्रकारीता जगतको महत्वपूर्ण भूमिका रहने र त्यो भूमिकालाई अझ सशक्त रुपमा निर्वाह गर्न आग्रह गरे ।
पत्रकार महासंघ अर्घाखाँचीमा गणेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य, राष्ट्रिय परिषद सदस्य, प्रदेश परिषद सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
सिमकोट, २७ मंसिर।हुम्लाको सिमकोट गाउँपालिका(७ स्थित डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयका विद्यार्थीहरू हिउँमै बसेर अध्ययन गरिरहेका छन्। हिउँले जाडो थपेकाले विद्यार्थीहरू कक्षाकोठा बाहिर घाम ताप्दै हिउँ जमेको चौरमा पठनपाठन गरिरहेका छन्।
विद्यालयका शिक्षक यज्ञबहादुर शाहीका अनुसार, हिमपात भएपछि कक्षाकोठामा अत्यधिक जाडो भएको कारण, विद्यालयले बाहिर हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ। “मंसिर महिनाको अन्तिममा जाडो बढिरहेको र हिमपातका कारण चिसो निकै बढेको हुँदा चौरमा राखेर पढाउनुको विकल्प छैन,” शिक्षक शाहीले बताए।
यस विद्यालयले बाल विकासदेखि कक्षा दशसम्मका झण्डै ३०० विद्यार्थीलाई चौरमा राखेर पढाइरहेको छ। हुम्ला जिल्लाका सबै विद्यालयहरूले यो शैक्षिक सत्रको अन्तिममा पढाइ सञ्चालन गर्दैछन्। पुस महिनाको पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुने योजना रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ मंसिर। दाङको तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा तीन दिनसम्म संयुक्त राष्ट्रसंघको नमुना अभ्यास सञ्चालन भयो। जहाँ संयुक्त राष्ट्र संघसँग आबद्ध विश्वका थुप्रै देशहरूको प्रतिनिधित्व रह्यो।
विद्यार्थीहरूले फरक फरक मुलुकको प्रतिनिधित्व गरी कुटनीतिकको भूमिकामा उपस्थिति जनाए।
तीन दिनसम्म सञ्चालन भएको उक्त संयुक्त संघको नमुना संसद अभ्यासमा उनीहरूले मुलुकको राजनैतिक आर्थिक सामाजिक र सांस्कृतिक विषयलाई उठान मात्र गरेनन्। उनीहरुले मुलुकको शान्ति सुरक्षा र मानव अधिकारको विषयमा वकालत र बहस समेत गरे। तीन दिने उक्त अभ्यासले आफूहरूलाई विश्वसामु प्रत्यक्ष घुलमिल गराएको विद्यार्थीहरू बताउँछन्।
हिमालयकाडेमी कक्षा १० मा अध्ययनरत एलन ओलीले पाठ्यक्रममा रहेका विषयमा अध्ययन गरिएको भन्दा तीन दिने बसाई निकै अर्थपूर्ण र सार्थक रहेको बताए। तीन दिनको बसाइले विद्यार्थीहरूलाई आगामी तीन वर्षको सिकाई हासिल गराएको उनले जानकारी दिए।
यस अभ्यासमा रुस र युक्रेनको युद्ध समाधानका लागि आफुले विभिन्न पुस्तकालय,वेबसाईटका माध्यमबाट युद्धको कारण र यसको समाधाका बारेका सिक्ने,बुझ्ने र वकालत गर्ने अवसर प्राप्त गरेको बताए।
युएन वुमनको प्रतिनिधित्व गरेकी अर्पिता गुप्ताले यस अभ्यासमा बोल्ने क्षमताको विकास भएको बताइन्। कुनै विषयमा रहेर कसरी बहस गर्ने कुन कुन मुद्दालाई कसरी उठान गर्ने र ती मुद्दालाई कहाँ कुन निकाय समक्ष पेश गर्ने भन्ने विषयमा जानकारी प्राप्त भएको उनको भनाइ थियो।
राप्ती इन्जिनियरिङ कलेज घोराहीमा अध्ययनरत सुमन रोकाले मानव अधिकारको विषय कस्तो खालको हो? मानव अधिकारको विषयलाई संयुक्त राष्ट्रसङ्घले कसरी सम्बोधन गर्छ? संयुक्त राष्ट्रसङ्घ भनेको के हो? मानव अधिकारको विषयलाई कसरी उठान गर्ने ? भन्नेबारे आफूले सिक्ने अवसर प्राप्त गरेको बताए।
उनले मुलुकको कूटनैतिक, रणनीतिक र सञ्चारसम्बन्ध अन्य मुलुकहरूको बीचमा कसरी स्थापित गर्ने भन्ने विषयमा ज्ञान प्राप्त गरेको भन्दै खुसी व्यक्त गरे।
तीन दिनसम्म सञ्चालन भएको उक्त अभ्यासमा सहभागी विद्यार्थीहरूले यूएन भनेको के हो? विश्वमा यूएनको महत्त्व र यूएनमा मुलुकहरूले आफ्ना विषयलाई कसरी उठान गर्न सक्छन्? भन्ने विषयमा जानकारी मिलेको बताएका थिए।
मुलुक कूटनीतिक सम्बन्ध कसरी स्थापित गर्ने भन्ने विषयमा समेत सिक्ने अवसर प्राप्त गरेको उनीहरूको भनाइ थियो यस्ता खाले कार्यक्रमहरू हरेक विद्यालयमा सञ्चालन हुनुपर्ने बताए। मुलुकले राजनीतिज्ञ मात्र होइन कुटनीतिज्ञ पनि उत्पादन गर्न यस्ता खाले कार्यक्रमहरु सहयोगी हुने उनीहरुले बताएका थिए।
हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा भएको कार्यक्रममा ४८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
तीन दिनसम्म सञ्चालन भएको उक्त संयुक्त राष्ट्रसङ्घको नमुना संसदीय अभ्यासको बुधबार एक कार्यक्रमका बीच समापन गरिएको छ।
मूल आयोजक समितिकी महासचिव प्रशंसा केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम समापनका अवसरमा प्रमुख अतिथि पाण्डेले यस अभ्यासले कूटनीतिज्ञ निर्माण गर्ने बलियो जग बनाएको भन्दै प्रशंसा समेत व्यक्त गरेका थिए। बालबालिकाहरूको शारीरिक मानसिक विकाससँगै मुलुकको परिवेश बुझ्न सक्ने क्षमताको विकास यस्ताखाले कार्यक्रमले गर्ने उनको भनाइ थियो।
लुम्बिनी प्रदेशमै पहिलोपटक यस अभ्यासको आयोजना विद्यालयले गरेको प्रती प्रशंसा व्यक्त गरे। यसको सिको अन्य विद्यालयले पनि गर्नुपर्ने र यस खाले सिकाइहरूले बालबालिकाको बौद्धिक विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत मनबहादुर खड्काले शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्ने जग बसेको बताएका छन्। अहिले जुन परिकल्पना गरिएको छ उसले देश बन्ने भन्दै गौरवलायक कार्यक्रम विद्यालयले सञ्चालन गरेको उनले बताए।
राज्यले गरेको लगानीलाई सुरक्षित गर्दै राज्यको सेवा गर्ने नेतृत्व यही कार्यक्रमबाट जन्मने भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए।
कार्यक्रममा भाइस चेयर पर्सन विवस अधिकारीले विद्यालयमा राजनीतिज्ञ मात्र नभई कूटनीतिज्ञ निर्माण गर्नसक्ने जग बसेको बताएका छन्।
पश्चिम नेपालमै पहिलोपटक यस खाले कार्यक्रम यस विद्यालयले गरेको भन्दै उनले यसको सिको गर्दै अन्य विद्यालयले पनि यस्ता अभ्यास सञ्चालन गर्नुपर्ने बताएका थिए। कार्यक्रमको सहजीकरण तृष्णा परियारले गरेकी थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,२६ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ। नेपाल प्रेस युनियन ,प्रेस चौतारी र प्रेस सेन्टर लगायतका सञ्चार संस्थाहरूको सर्वसहमतिमा नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा ओपेन्द्र बस्नेत, उपाध्यक्ष (महिला) मा नारायणी रजौरे चयन गरिएको छ । त्यस्तै सचिवमा जेएन सागर, सहसचिवमा प्रकाश चौधरी, सहसचिव (समावेशी) मा वसन्त परियार, कोषाध्यक्षमा अमरराज भण्डारी चयन भएका छ्न।
त्यसैगरी सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, छविलाल पुरी, जंगबहादुर रेउले, टेकबहादुर पुन, नारायणप्रसाद नेपाल, रमा नेपाली, सन्तोष खनाल, सरिता चौधरी, सुमन केसी, सुरक्षा चौधरी र हेमराज नेपालीलाई चयन गरिएको हो।
त्यस्तै, केन्द्रीय परिषद सदस्यमा दिप्तीशिखा चौधरी, सुलोचना गौतम, शरद अधिकारी र सुशिलकुमार बस्नेत चयन भएका छन् ।
प्रदेश परिषद् सदस्यमा अमरराज आचार्य, उदय विसी, उमा भण्डारी, कुलदिप न्यौपाने, गिरिराज नेपाली, चन्द्रप्रकाश नेपाली, दशरथ घिमिरे, निमुसंगम घर्ती, यमकला भुसाल र शिवराज पन्थी सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत सुदिप गौतमले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस