बजारमा लेबल टांस नगरिएका र म्याद गुज्रिएका खाद्य वस्तु बिक्री वितरण

   असोज १०, २०८१       admin

दाङ, १० असोज । दाङको तुलसीपुरमा लेवल टांस नगरिएका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भेटिएको छ। सस्तोमा सामग्री खरिद गर्ने र आफ्नो तरिकाले प्याकिङ गरेर दाल चामल बेसार जस्ता खाद्य सामग्री बेच्ने गरेको भेटिएको हो। त्यति मात्र होइन बिक्री वितरणका लागि राखिएका खाद्य सामग्रीहरू कहाँबाट कहिले र कति मूल्यमा खरिद गरिएको हो त्यसको सूची समेत नराखी मनपर्दी ढङ्गले बेच्ने गरेको भेटिएको छ।

बिहिबार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो। बजार अनुगमनका क्रममा म्याद गुज्रिएका , लेबल टास नगरिएका र कम्पनीको नामै उल्लेख नभएका खाद्य सामग्रीहरू बिक्री वितरण गर्ने गरेको भेटिएको हो।

चाडपर्व नजिकिँदै गर्दा म्याद गुज्रिएका सामानहरू समेत बिक्री वितरण हुन सक्ने भएकाले बजार अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख रेखा शर्माले बताइन्।

अन्य समयमा प्रत्येक दुई महिनाको अन्तरमा बजार अनुगमन हुने गरेको भए पनि चाडपर्व नजिकिँदै जाँदा बजार अनुगमनलाई तीव्र बनाउँदै लगिएको उनले जानकारी दिइन्। अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु बिक्री वितरण गर्ने गरेको पाइएको उनले बताइन्।

उनका अनुसार अनुगमनका क्रममा दाल चामल जस्ता खाद्यवस्तुहरूमा लेबल टास्ने गरिएको छैन। जसले गर्दा कुन खाद्यवस्तु कति समयका लागि खान योग्य छ? कुन कम्पनीबाट उत्पादन गरिएको सामग्री कस्तो छ भन्ने बारे थाहा पाउन मुस्किल हुने उनले बताइन् ।

उनी भन्छिन् -“हामीले महिनामा २ पटक बजार अनुगमन गरि नै रहन्छौ तर चाडपर्वको समयमा बेच्न योग्य नभएका सामानहरू पनि हुलमुलमा बेच्ने प्रवृत्ती रहेकाले त्यसलाई सजग बनाउनका लागि हामीले बजार अनुगमन गरेका हौँ। अहिले म्याद गुज्रिएका लेबल टाँस नगरिएका खाद्य सामग्रीहरू धेरै भेटिएका छन्। यसपटक सचेत बनायौं। अर्को पटक कारबाही स्वरूप जरिवाना असुल गरिनेछ।”

खाद्य तथा गुण नियन्त्रक कार्यालयका प्राविधिक सहायक राजेश चौधरीले लेबल टास नगरिएका खाद्य सामग्री बिक्री वितरण गर्न नपाइने बताएका छन् । अनुगमनका क्रममा मनपर्दी तरिकाले खाद्यवस्तुहरू प्याकिङ गर्ने र बेच्ने गरेको पाइएको उनले जानकारी दिए।

विगतका वर्षहरूको तुलनामा पछिल्लो समय खाद्यवस्तुहरूको उपभोग र बिक्री वितरणमा केही सुधार भए पनि यो पर्याप्त नभएको उनको भनाइ छ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव केशवराज केसीले व्यापारीहरुलाई मापदण्डमा रहेर व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने बताएका छन्।
अनुगमनका क्रममा लेबल टास नगरिएको १५ बोरा मसुरोको दाल, १७ बोरा सोना मनसुली चामल र ८ बोरा अरहरको दाल भेटिएको छ।

खाद्य तथा गुण नियन्त्रक कार्यालयको अनुमति पत्रका आधारमा खाद्य सामग्री प्याकिङ र लेबल टास गर्न मिल्ने भएपनि व्यापारीहरूले मनप्रति ढंगले खाद्य सामग्रीहरू प्याकिङ गर्ने र त्यसलाई बेच्ने गरेको भेटिएको हो।

चाडपर्व लक्षित बजार अनुगमनको पहिलो चरणमा सबै व्यवसायी एवं व्यापारीहरूलाई सचेत गराइने र दोस्रो चरणको अनुगमनमा पुनः लापरवाही गरेको पाइएमा जरिवाना शुल्क असुल गरिने उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाले जनाएको छ।
उपभोक्ताले स्वच्छ र सफा खाद्यवस्तु उपभोग गर्न पाउनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर बजार अनुगमन गरिएको शाखाको भनाइ छ।
यसैगरी अनुगमनका क्रममा पसल नवीकरण नै नगरेर व्यापार व्यवसाय गर्ने गरेको भेटिएको छ। नवीकरण नगरेका व्यवसायीहरूलाई तीन दिनभित्र उपमहानगरमा पुगी नवीकरण गर्न समेत आग्रह गरेको छ।

अनुगमनका क्रममा उपभोक्ता हित संरक्षण शाखा खाद्य तथा गुण नियन्त्रण कार्यालय तुलसीपुर, तुलसीपुर उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासंघको प्रतिनिधित्व रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण

   असोज ०८, २०८१       admin

दाङ ८ असोज । लुम्बिनी विकास कोषका पदाधिकारीहरूमाथि आक्रमण भएको छ। आन्दोलनरत निर्माण व्यवसायीले आक्रमण गरेपछि विकास कोषका सदस्य- सचिव सानु राजा शाक्य र कोषाध्यक्ष ढुण्डिराज भट्टराई सामान्य घाइते भएका छन्।

मंगलबार राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका पदाधिकारीसँग कोषका पदाधिकारीको महिलवार नजिक फाइभ इलेमेन्ट होटलमा छलफलपछि बाहिरिने क्रममा निर्माण व्यवसायीको एक समूहले कोषका पदाधिकारीमाथि आक्रमण गरेको हो ।

लुम्बिनी विकास कोषका पदाधिकारी बैठकस्थलबाट बाहिरिँदै गर्दा उनीहरूमाथि ढोकामा हुल हुज्जल गरिएको र कोषका सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईमाथि आक्रमण गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

२० जनाको समूहमा रहेका आन्दोलनकारीले आक्रमण गर्दा त्यहाँ उपस्थित सांसद र कोषका कर्मचारीले उनीहरूलाई जोगाएका थिए । सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईलाई सामान्य चोटपटक लागेको छ ।

आन्दोलनरत निर्माण व्यवसायीको माग सम्बोधन गरी समस्या समाधान गर्न लागिपरेका बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गर्नु दुःखद भएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफूमाथि भएको आक्रमणपछि सुरक्षाको माग पनि गरेका छन् ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाका अगाडि आफूहरुमाथि आक्रमण भएको सदस्य–सचिव शाक्यले बताए । बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा र राष्ट्रियसभाका सदस्यहरू सहभागी थिए ।

लुम्बिनीमा निर्माणसम्बन्धी काम गरिरहेका चार वटा जेभी आफूहरूले काम गरेबापत रनिङ बिलको करिब ४९ करोड भुक्तानी पाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि आन्दोलित छन् ।

बैठक स्थलमा मजदूरहरू आक्रोशित भई धकेलाधकेलको स्थित आएको लामा अपेक्स कमलजित जेभीका साइट इन्चार्ज अनिल शर्मा चिलवालले बताए । दोषीमाथि कडा कारबाहीको माग गर्दै कोषका पदाधिकारीको टोली अहिले जिल्ला प्रशासन कार्यालय पुगेको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

   असोज ०७, २०८१       admin

दाङ,७ असोज। तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक पक्षको आधारमा नेपाल सरकारले विद्यालयलाई देशभरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत समेत गरिसकेको छ । सरकारले उत्कृष्ट विद्यालय घोषणा गरेसंंगै विद्यालयले बिजयी उत्सव मनाएको छ ।

सोमबार विद्यालयले र्‍याली निकालेर बजार परिक्रमा गरेको हो ।  सरकारले प्रदान गरेको मेडलसिल्ड, प्रमाणपत्र र ध्वजासहित र्‍यालि निकालेर खुसी मनाएको  हो ।

लगातार तीन वर्षदेखिको एसईई र कक्षा १२ को नतिजा र शैक्षिक गतिविधिको आधारमा मुल्यांकन गरी नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयलाई २०८१ को शिक्षा दिवसको अवसरमा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए ।

कुनै समयमा शैक्षिक र भौतीक रुपमा जीर्ण रहेको विद्यालयले अहिले सर्वोत्कृटता प्राप्त गर्दा जिल्लाको गौरव बढेको उनले बताए। वि.सं  २०६६ अघि  विद्यालय जस्तो नभएको अवस्थामा रहेको विद्यालयले १५ वर्षपछि इतिहास बनाउन सफल भएको उनको भनाई थियो ।


‘ न यहाँ विद्यार्थीको सँख्या थियो, न विद्यालयको भवन नै राम्रो थियो, कुनै प्रकारको शैक्षिक उपलव्धी थिएन, अझ भनौ अरु वातावरणीय हिसावले यो विद्यालय भन्न लायक थिएन उनले भने-‘   वि.सं. २०६६ पछि हामीले सबै निकायहरूसँग समन्वय गरेर यो विद्यालयको हितमा काम गर्यौँ,  सबैको साथ सहयोगले अहिले  विद्यालयले शैक्षिक, भौतिक, आर्थिक, जनशक्ति र पूर्वाधारको हिसाबले उत्कृष्ट बन्न सफल भएको छ । आज देशले चिन्न सफल भएको छ । यो जिल्लाको लागि एउटा इतिहास र सम्पत्ति बनेको छ । ’

प्रधानाध्यापक पौडेलका अनुसार अहिले विद्यालयमा तीनहजार बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालयले विभिन्न परियोजनामा निःशुल्क पढाउँदै आएको छ । विद्यालयले शिक्षक र विद्यार्थीहरुको मात्र नभई समुदायको सम्पत्ती भएको र यसको हितमा सबैले काम गर्नुपर्ने उनले बताए ।
 विद्यालयले अध्ययनअध्यापन गराउने काम मात्र नभई उनीहरुलाई प्राविधिक शिक्षा समेत प्रदान गर्दै आएको छ । यसका साथै अभिभावकलाई पनि तालिम दिने र उनीहरुलाई रोजगारमा संलग्न गराउने काम पनि विद्यालयले गर्दै आएको उनले जानकारी दिए । २ वर्षमा ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्नेगरी सिप सिकाउने र रोजगारीको अवसर प्रदान गर्दै आएको उनले बताए

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले राष्ट्रिय स्तरमा विद्यालयले आफुलाई चिनाउन सफल भएको भन्दै प्रशंसा गरिन् । उनले अन्र्तराष्ट्रिय स्तरमा पनि विद्यालयलाई चिनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताइन् । विद्यालयको व्यवस्थापकीय पक्षलाई मात्र नभई बालबालिकाको भविष्यका विषयमा पनि छलफल, सल्लाह सुझाव दिन अभिभावकलाई आग्रह गरिन् ।

विद्यालयको प्रयासले मात्र सबैकुरा सम्भव नहुने बताउँदै उनले स्थानीय सरकार, नागरिक समाज र सिंगो समुदायको साथ जरुरी रहेको उल्लेख गरिन् । स्थानीय सरकारले विद्यालयको थप प्रगतिका लागि आवश्यक नीति र बजेटको व्यवस्था गर्ने आवश्वासन समेत दिइन् ।


वडा नं. ६ का वडाअध्यक्ष दुजमान भण्डारीले नेतृत्व कुशल भयो भने अगाडी बढ्न सकिन्छ भन्ने कुरालाई विद्यालयको नतिजाले प्रमाणित गरेको बताए । सरकारी विद्यालय भन्दा नाक खुम्चाउने अवस्थालाई पार लगाउँदै विद्यालय यस्तो हुनुपर्छ भन्ने उदाहरण यस विद्यालय बन्न सफल भएको उनले बताए ।

यो उपलव्धी र नतिजालाई जोगाइराख्नका लागि थप शसक्त भएर लाग्नुपर्ने उनको भनाई थियो । उपमहानगरभित्र ८२ वटा सामुदायिक विद्यालय सञ्चालन भइरहँदा श्रोतसाधन सम्पन्न विद्यालयहरुको अवस्था र यस विद्यालयको अवस्थामा ठुलो अन्तर रहेको भन्दै प्रसंशा व्यक्त गरे।


विद्यालयका पूर्व विद्यार्थी डा. किशोर खत्रीले दुःख पछिको सुखले आनन्द र खुशी दिन्छ भन्ने कुराको प्रमाणित विद्यालयले गरेको बताए । विद्यालयले रहेक कुरामा सफलताको शिखर चुमेको भन्दै प्रसंशा गरे ।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउदा बिद्यार्थी र अभिभावक पनि निकै खुसी देखिन्छन् । बालबालिकाको भविष्यमा गरिएको लगानी र त्यसको प्रतिफल बिद्यालयले प्राप्त गर्ने पुरस्कार र समानमा देख्न पाउँद
आफुहरु प्रफुल्ल भएको अभिभावकहरुको भनाइ छ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक भोला पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तटबन्धले फर्काएको खुसी…

   असोज ०६, २०८१       admin
कचिलाबाट देखिने बबई नदीपारीको बखरीया गाउँको दृश्य

उमा भण्डारी, दाङ। वर्षौंपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का डिल्ली चौधरीको अनुहारमा खुसी ढकमक्क फक्रिएको छ । नफर्कियोस् पनि किन ! वर्षौंवर्षदेखि बाबुबाजेले रगत—पसिना सिञ्चेर आयस्ता भित्र्याएको जमिन बबई नदीले आहारा बनाउँदै आएको थियो । बर्सेनि बबई नदीले बाटो बिराउँदा डिल्लीको जमिन बगर बनेको थियो । ढुङ्ग्यान जमिन, त्यसमाथि काँस उम्रिँदा उनको मन चरचरी चिरा पथ्र्यो ।

त्यही उराठ र बञ्जर जमिनले लय समात्दा र खेतमा धानले बयली खेल्दा उनको मुहारमा घाम उदाउनु स्वाभाविकै भइहाल्यो । बबई नदी तटबन्ध कार्यक्रमले उनको पीडामा मल्हमपट्टी गरेको हो।

कचिला गाउँका महटवा हुन् उनी । र त, तटबन्धले गाउँलेको जीवन गुजाराको माध्यम जोगाइदिएपछि दोब्बर खुसी छन् उनी । बर्खा लागेपिच्छे बबई नदी उर्लंदै आउने र ढुंगा बालुवा उरूङ लगाएर बगरतुल्य बनाइदिएको जमिनमा बाली लहलहाउन थालेपछि नदीमा बगेको खुसी फर्किएको उनले अनुभूति सुनाए ।


‘मलाई कति खुसी लागेको छ, त्यो म बताउन सक्दिनँ । मेरा टोलबासी खुसी भए मात्रै पनी मेरो मन हाँस्दो रहेछ !
त्यसमाथि यत्रो जग्गा जमिन खोलाले खानबाट जोगिएको छ,’ उनले भने, ‘गाउँलेको गरिखाने माध्यम नै जोगिएको छ, तपाईं आफै महसुस गर्नुस् म कति खुसी भएको हुँला ।’

बखरीया टोलकी लक्ष्मी केसीले नदीमा तटबन्ध निर्माण भएपछि राहतको स्वास फेरेको अनुभव सुनाइन् । नदीले कटान नगरोस् भनेर दर्बिलो तटबन्ध गरेपछि जीविकोपार्जनमा ठूलो सघाउ पुगेको उनले बताइन् ।
बर्सेनिनदी उर्लंदै आएर खेत—खेत पस्ने । खेतीयोग्य जमिन कटान गरेर आफ्नो धारमा मिसाउने, अन्नबाली बगाएपछि उनले उब्जाउयोग्य जमिन पनि बाँझै छाडेकी थिइन् ।

तर खेतमा खोला नपसोस् भनेर बलियो छेकबार (तटबन्ध) लगाएपछि उनले खुुुसी फर्किएर खेतखेतै हिँड्न थालेको अनुभूति गरेकी छिन् । बाँझिएको जमिन खनजोत गरेर उनले गत वर्षदेखि नगदे तथा खाद्यान्न बाली लगाउन थालेकी छन् ।
उनको खेतमा अहिले आलु, प्याजले गट्टा हाल्न थालेका छन् । साग लहलहाउँछन् । मनग्गे काउली फल्छ । तिनलाई बजारमा लगेर बेचबिखन गर्दै उनले गर्जो टार्न पाएकी छन्। यो वर्ष त उनले धानबाली समेत लगाएकी छन् ।

‘भएको ४ कट्ठा खेतपनि बगर बनेपछि तरकारी, चामल सबै बेसाउनु (किनेर खानुपर्ने)पर्ने अवस्था थियो,’ उनले भनिन्, ‘पोहोर बाढी आउँछ कि भनेर धान लगाइनँ । हिउँदमा भने तरकारी रोपेँ । अहिले आलु, प्याज किन्न परेको छैन । उब्रिएको तरकारी बजारमा पु¥याएर बेचबिखन पनि गरेँ ।
गोपाल र लक्ष्मी जस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कचिला, फल्कापुर,रामजानकी टोलकास्थानीयहरू यस वर्ष निकै पुलकित देखिन्छन् ।

खेतबालीमा लहलहाइरहेको बालीनालीसँगै उनीहरूको अनुहारमा खुसी धपक्कै बलेको छ ।
एक दशकअघि बेहोर्नुपरेको घाउचोटले इलाज पाएजस्तो मन शीतल छ ।
२०७२ सालमा बबई नदीमा उर्लिएको बाढीले कचिलाको सिंगो वस्तीलाई निशाना बनायो ।
वस्ती त डुबानमा प¥यो नै, खेतीयोग्य जमिनमा पनि बाढी पस्यो । नदीको भेलले कटान गर्दाचार सयबढी परिवार विस्थापित भए ।
त्यसपछि बर्सेनि बबई नदीले कचिलालाई दुःख दिने गरेको थियो ।
नदीको भेलमा मिसिँदै बगर बन्ने गरेका खेतहेरेर भक्कानिनुबाहेक उनीहरूसँग कुनै विकल्प थिएन ।
तर गत वर्षदेखि यो नियतिमा फेरबदल आएको छ । यस भेगमा स्थानीयलाई नदी कटानर डुबानको पीडा धेरै हदसम्म मत्थर भएको छ ।
कचिला,बबई, बखरिया, शितलपुर । यी गाउँकोबीच भएर बग्छ बबई नदी । बबई नदीमा तटबन्ध नहुँदा वर्षौंदेखि भेल—बाढीको सामना गर्दै आएका यसक्षेत्रका एक हजार १ सय ३७घरधुरी परिवारलेगत वर्षदेखि त्राण पाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका र विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनमा पालिकासँग सहकार्य गर्दैआएको युएसएआईडीको तयार नेपाल परियोजनाले उनीहरूको खुसी फर्काउन भरथेग गरेको हो ।

पालिका र तयार नेपाल परियोजनाले बबईमा व्यवस्थित तटबन्ध बनाएको छ । यसले बबई नदीलाई आफ्नै लयमा बग्न मद्दत त गरेको छ नै, कृषकहरूले आफ्नो खेतमा निर्बाध कमाइ लगाउन पाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र सम्भावित विपद्जोखिम न्युनीकरण गर्नका लागि युएसएआईडी तयार नेपाल परियोजनाको सहयोगमा बबई नदीमा तटबन्धन निर्माण गरिएको हो ।

दुई वर्ष अघि २०७९ असोज महिनामा तीनदिनसम्म परेको अविरल झरीका कारण कचिला प्रताडित बन्यो । बाढी खेतमा पसेपछि ६० बिगाहमध्ये करिब४० बिगाह जमिनको धानबालीमा क्षति पुग्यो ।
बर्सेनि खेतीयोग्य जमिन बाढीले कटान गर्न थालेपछि उपमहानगरपालिकाले तयार नेपालसँग मिलेर त्यसक्षेत्रमा व्यवस्थित तटबन्ध बनाउने योजना अघि सारियो । योजनाले मूर्तरूप पनि पायो ।

पहिलो र दोश्रो चरणमा गरी तयार नेपालले २ करोड १५ लाख ६९ हजार ६ सय १४ रुपैयाँ र उपमहानगरपालिकाले ४ लाख रुपैयाँ विनियोजन गर्यो । नदी कटान क्षेत्रको अवलोकन र अध्ययनलगत्तै सोही वर्षको फागुनको दोश्रो सातादेखि तटबन्ध निर्माण सुरू भएको हो ।

पहिले चरणमा तयार नेपालको ५६ लाख १७ हजार ६ सय ३० रुपैयाँ र तुलसीपुर उपमहानगरपालिकाको ४ लाख रुपैयाँ गरी कुल ६० लाख १७ हजार ६ सय ३० रुपैयाँ लागतमा पहिलो वर्ष १ सय २१ मिटरलम्बाइको तटबन्ध निर्माण भयो ।तटबन्धप्रति स्थानीयलाई उतिसाह्रो भरोसा थिएन । बर्सेनि नदीले कटान गरिराखेले तटबन्ध नाघ्ला भन्ने भय पनि थियो ।

कचिलाबाट देखिने बबई नदीपारीको बखरीया गाउँको दृश्य
कचिलाबाट देखिने बबई नदीपारीको बखरीया गाउँको दृश्य

‘वर्षौंदेखि बाढीले अन्नबाली, घरबास बगाएको देख्दादेख्दै फेरि किन खेती गर्नु भन्ने लागेर केही बाली लगाइनँ, तर पोहोर साल बाढी खेतमा पसेन ।यसवर्षदेखि मैले मल छरेर धानबाली लगाएको छु,’ स्थानीय जनक खत्रीले भने, ‘५÷६ वर्षपछि धान रोप्न पाउँदा खुसीले आँसु नै झ¥यो ।’क्षतिग्रस्त जमिनलाई थप जोखिमबाट मुक्त गर्न पालिका र तयार नेपाल दोस्रो चरणको तटबन्ध निर्माणमा जुट्यो । उपमहानगरपालिकासँगको समन्वमा २०८० माघ १० गतेदेखि २०८१ असार ३ गतेसम्म २ सय मिटर गरी कुल ३ सय २१ मिटर लम्बाइको तटबन्ध निर्माण भयो ।
दोश्रो चरणमा १ करोड ५९ लाख ५१ हजार ९ सय ८४ रुपैयाँको लागतमा तटबन्ध निर्माण भएको थियो ।
नदीमा तटबन्ध निर्माण भएपछि गत वर्षदेखि स्थानीयहरू बर्खायाममा पनि ढुक्कले रात कटाउन पाएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष खुसीराम थारूले बताए ।

‘२०७२ सालपछिका बर्खायाममा स्थानीयहरू कुनै पनि रात आनन्दले निदाएका थिएनन् । जाग्राम नै बस्थे । वर्षालाग्नासाथ उनीहरूको छाती सुर्ताले भतभती पोल्न थाल्थ्यो । तर गतवर्षदेखि त्यो चिन्ता हटेर गएको छ,’ उनले भने, ‘वर्षौंदेखि सहश्रधारा रोएर रात काटेका वडावासीले तयार नेपाललाई भगवान जस्तै मानेका छन्। हाम्रा निम्ति ढुंगा खोज्दा देउता मिलेजस्तै भएको छ।’
‘नदी तटबन्ध गरिएको क्षेत्रमा जमिन सुरक्षित भएपनि थप जग्गा सुरक्षित गर्न बाँकी रहेको वडाध्यक्ष थारूले बताए । खानेपानी योजनाको काम भइरहेको ठाउँमा जमिन काटिएको छ । त्यहाँबाट फेरि नदीले बाटो बिराउने हो कि भन्ने डर छ । त्यहाँ पनि तटबन्ध गर्न पाए नागरिकले सुखको स्वास फेर्ने थिए,’ उनले भने, ‘यसका लागि प्रदेश सरकारसँग पनि आग्रह त गरिएको छ । उहाँहरूले के गर्नुहुन्छ ?’

उनका अनुसार तटबन्ध नभएको ठाउँबाट खेतबारीमा बाढीपस्दा त्यसको निकासका लागि पूर्वाधार बनाइएको छ । पानी निकासका लागि तटबन्धसँग जोडेर ढोकासहितको नाला निर्माण गरिएको छ । जसबाट जलमय भएको अवस्थामा ढोका खोलिदिएमा पानी सहजै नदीमा मिसिन पुग्ने उनले बताए ।यसले जमिन कटान हुन र डुबान पर्नबाट जोगाउने उनी बताउँछन् ।

परियोजना अन्र्तगत निर्माण भएको तटबन्धनमा बस्तुभाउ चराउँदै कचिलाका एक बृद्ध
परियोजना अन्र्तगत निर्माण भएको तटबन्धनमा बस्तुभाउ चराउँदै कचिलाका एक बृद्ध


नदी तटीय क्षेत्रलाई थप सुरक्षित बनाउनका लागिबायोइन्जिनियरीङ तटबन्ध अर्थात जैविक तटबन्ध पनि गरिएको छ ।
बाढीका कारण हुने भू—स्खलन र भू—क्षय रोक्नका लागि स्थानीयवासीको सक्रियतामा बाँस, अजमरीजस्ता बोट बिरूवा रोपिएको गल्छी थारूले बताइन् ।‘ती बिरुवाका जराले जमिनलाइ बलियो बनाउने र माटो समातेर जमिनलाई भत्किनबाट जोगाउने भएकाले सबै मिलेर बाँध बाँधेको ठाउँमा बिरूवा रोपेको हौं,’ उनले भनिन् ।

यसै गरी फल्कापुर, कचिला, रामजानकी टोलका नागरिकको दिनचर्या पनि फेरिएको छ । पानी परे पनि ढुक्क घरबाट बाहिर निस्कन सक्ने वातावारण छ । खेतबारीको काम सकेर बस्तुभाउ चराउँछन् । खोला किनारमा गएर माछा मार्छन् । बजारमा पु¥याएर बेचबिखन गर्दै घरको गर्जो टार्छन् ।

बितेका वर्षहरूमा जमिन जोगाउनका लागि गारो लगाउने, माटो थुपार्ने, ढुंगा उरूङ लगाउँदैमा बर्खायाम बित्नेगथ्र्यो । तर अहिले दिउँसोको समयमा नदीको बहाव बढेपछि टापी र हेल्का(माछा मार्ने काठ र जाली बनाइएको सामग्री)बोकेर माछा मार्न जाने गरेको स्थानीय निमनारायणले सुनाए । धेरै माछा हात लागेको दिन बेच्नका लागि बजारसम्म पुग्ने गरेको उनले बताए । त्यसबाट छाक पनि टर्ने र आम्दानी पनि हुने भएकाले दोहोरो फाइदा हुने उनले बताए ।

बबई नदी किनारमा निर्माण गरिएको तटबन्धन छेउमा टापीको सहायताले माछा मार्दै स्थानीय महिला
बबई नदी किनारमा निर्माण गरिएको तटबन्धन छेउमा टापीको सहायताले माछा मार्दै स्थानीय महिला


यसैगरी वडा नम्बर १४ लोहाडबरा र डबकपुर गाउँको जोखिम न्यूनीकरणका लागि पनि तयार नेपालले १ सय ६५ मिटर लम्बाइको तटबन्ध निर्माण गरेको छ ।तयार नेपालको १ करोड १३ लाख ८९ हजार ७ सय ८५ रुपैयाँ र तुलसीपुर उपमहानगरपालिकाको ५ लाख रुपैयाँ गरी कुल १ करोड १८ लाख ८९ हजार ७ सय ८५ रुपैयाँ लागतमा उक्त तटबन्ध निर्माण गरिएको हो । यसबाट ५ सय घरधुरी लाभान्वित बनेको विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिए ।
जोखिम संवेदनशील भू—उपयोग योजनामा समावेश गरिएको तथा तुलसीपुर उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमको प्राथमिकताका आधारमा तयार नेपालसँग सहकार्य गरी ती क्षेत्रमा तटबन्ध निर्माण गरिएको उनले बताए । तटबन्ध निर्माण भएसँगै त्यसक्षेत्रका नागरिकले पुनर्जीवन नै प्राप्त गरेको उनले अनुभूति सुनाए ।

यसका अतिरिक्त डुबानको जोखिममा रहेका अन्य स्थानहरूलाई लक्षित गरी खोज तथा उद्धारका सामग्रीहरूलाई वडास्तरमा विन्यास गरिएको उनले जानकारी दिए । तालिम प्राप्त जनशक्ति उत्पादन गर्नुका साथै निजी क्षेत्रको संलग्नता गराइ जोखिम वित्त पोषणका कामहरू समेत भइरहेको उनले बताए ।

परियोजनाले विपद् जोखिम न्यूनीकरणमा अपनत्व जगाएको छः नगरप्रमुख खड्का
तुलसीपुर उपमहानगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तयार नेपाल परियोजनाले महत्त्वपूर्णयोगदान पु¥याएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बताए । यस परियोजनाले उपमहानगरको संरचना,संस्थागत क्षमता सुधार, नीति, नियम, वातावरण संरक्षण मात्र नभइ विपद् जोखिम संवेदनशील भू—उपयोग योजना, वित्त पोषण एवम् आपतकाली कार्य सञ्चालन र विपद्को सामना गर्न दिशानिर्देश गरेको उनले बताए । यस परियोजना अन्र्तगतका हरेक गतिविधिले उपमहानगरलाई जोखिम न्यूनीकरणमा अपनत्वको भाव सिर्जना गरेको प्रमुख खडका बताउँछन् ।

‘विपद्सँग मात्र नभइ पर्यावरण र जलवायु अनुकूलनसँग सम्बन्धित रहेर पनि यस परियोजनाले थुप्रै कामहरू हाम्रो पालिकामा गरेको छ, यसले हामीलाई सिकाइ मात्र भएको छैन, विपद्लाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने अपनत्वको भाव पनि जगाएको छ, त्यो नै सबैभन्दा ठूलो उपलब्धी हो ।’


उपमहानगरको वार्षिक बजेट तर्जुमा गर्दा विपद्लाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनले बताए । विपद् व्यवस्थापन कोष सञ्चालन गर्नका लागि आर्थिक वर्ष २०८१÷८२ मा उपमहानगरले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । यसका साथै विपद् जोखिम क्षेत्रको पहिचान र नक्साङ्कनका साथै रणनीतिक कार्ययोजनाअनुसार बाढी पहिरो तथा नदी कटान भू–क्षय नियन्त्रण र तारजालीका लागि पनि बजेट उपलब्ध गराइने उनले बताए।

नीति तथा कानुन, योजना निर्माण
तुलसीपुर उपमहानगरपालिकाले तयार नेपालको सहयोगमा नगरस्तरीय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि विभिन्न नीति तथा कानून एवम योजनाहरू निर्माण गरेको छ । उपमहनगरले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, नियमावली, विपद् व्यवस्थापन कोष कार्य सञ्चालन कार्यविधि, आपतकालीन कार्यसञ्चालन कार्यविधि, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यविधि, मनसुन पूर्वतयारी योजना, जोखिम समंवेदनशील भूउपयोग योजना तयारी, भौतिक पूर्वाधार तथा भवन निर्माण मापदण्ड निर्देशिका निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख खड्काले बताए ।

यस्तै, भवन प्रवलीकरण अनुमति निर्देशिका तथा मापदण्ड, अग्नि जोखिम न्यूनीकरण तथा व्यवस्थापन निर्देशिका लगायतका कानूनहरु निर्माण गरिएको उनले जानकारी दिए । प्रमुख खडकाका अनुसार उपमहानगरपालिकामा परियोजना सुरू हुनुपूर्व विपद् जोखिम व्यवस्थापनका लागि विभिन्न कानूनी तथा वित्तीय समस्या विद्यमान थियो । तर परियोजना सुरू भएपश्चात यसको सहयोगमा ११ वटा नीति तथा कानून र ४ वटा योजनाहरु निर्माण भएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई स्थानीयकरण गर्न, लैंगिकतामा आधारित हिंसा रोकथाम गर्न, कर्मचारीको नेतृत्व तथा संवेदनशीलता, सक्रियता र जिम्मेवारीमा पनि गहन वृद्धि भएको उनले अनुभव सुुनाए ।
बाढी, पहिरो,महामारी, आगलागी, सडक दुर्घटना, हावाहुरी जस्ता विपद्जन्य घटनाबाट उत्पन्न हुने विपद्को जोखिम उपमहानगरको प्रमुख चुनौती रहेको बेलामा तयार नेपाल परियोजनाले २०७७ असार २० गते उपमहानरगसँग द्विपक्षीय सम्झौता गरी विपद् जोखिम न्यूनीकरणकोे क्षेत्रमा विभिन्न क्रियाकलापहरू सञ्चालन गरी विपद् उत्थानशीलतामा अहम् भूमिका खेलको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

थारु संग्रहालयमा मुख्यमन्त्रीको अवलोकन (फाेटाे फिचर)

   असोज ०६, २०८१       admin

दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका-३ चखाैरा स्थित थारु सांस्कृतिक संग्राहलयकाे अवलाेकन गरेका छ्न ।

पश्चिम नेपालका थारु समुदायकाे कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयाेग हुदै आएका तर, हाल लाेप हुने अवस्थामा पुगेका बस्तुहरु संरक्षण गरेर राखिएको छ । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी संरक्षक रहेकाे याे संग्राहलयमा थारु समुदायकाे जन्म, मृत्यु, विवाह लगायतका संस्कार संग जाेडिएका परम्पराहरुलाइ चित्र, मुर्ति, गरगहना, भेषभुषाबाट चित्रण गरिएको छ ।

पछिल्ला दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिकाे साेधकर्ताहरुकाे आकर्षणकाे थलाे बन्दै गएकाे छ । विद्यार्थीहरु थारु समुदायकाे संस्कार अध्ययन गर्न आउने गरेकाे थारु सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चाैधरीले जानकारी दिइन । संग्रहालय अवलाेकन गर्न भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सराेज थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

झुलेनी सेवा समाजको अधिवेशन सम्पन्न

   असोज ०५, २०८१       admin

दाङ,५ असोज । झुलेनी सेवा समाज नेपाल दाङको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। सेवा समाज दाङका अध्यक्ष गोविन्दराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले संस्थाले स्थापनादेखि गर्दै आएको सामाजिक कामप्रति प्रशंसा व्यक्त गरेका थिए।

सो अवसरमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष एवं समाजका सदस्य ऋषिराज भण्डारीले संस्थालाई चलायमान बनाउनका लागि संस्थामा आबद्ध पदाधिकारी एवं सदस्यहरू सक्रिय बन्नुपर्ने बताएका थिए।

सामाजिक सेवाका लागि स्थापित भएको यस संस्थाले भातृत्व जगाउँदै समाजमा सद्भाव कायम गर्न प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।

समाजका शिक्षा उपसमिति संयोजक विष्णु भण्डारीले बालबालिकाहरूलाई शिक्षाबाट वञ्चित नगराउने उद्देश्यले विभिन्न काम हरु भइरहेको बताए ।

सबैले पढ्न पाउनुपर्छ भन्ने संस्थाको मुख्य उद्देश्य रहेको भन्दै पढ्नबाट वञ्चित भएका बालबालिकाहरुलाई विभिन्न छात्रवृत्ति अन्तर्गत अध्ययन अध्यापन गराउन सहजीकरणको भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

उनले विभिन्न विद्यालयहरुमा आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिकाहरुलाई पढाउने काम पनि भइरहेको जानकारी दिएका थिए। उनले समाजलाई प्रतिनिधित्व गर्ने मियोको रूपमा यस संस्था स्थापित हुनुपर्ने बताएका हुन्।

संस्थाकी सदस्य सावित्रा भण्डारीले सामाजिक कार्यमा जुलिनी समाज सक्रिय रहँदै आएको बताएकी थिइन्। यसैगरी केन्द्रीय समितिका सल्लाहकार भीमप्रसाद भण्डारीले झुलेनीको मर्यादा र मर्मअनुसार सबैले काम गर्न आग्रह गरेका थिए।

संस्थाका उपाध्यक्ष सुरज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव दुर्गा भण्डारी र सहसचिव नारायण भण्डारीले गरेका थिए।

नयाँ नेतृत्व चयन, अध्यक्षमा दुर्गाप्रसाद भण्डारी
झुलेनी सेवा नेपाल दाङले जिल्लाको नयाँ नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न साधारण सभा तथा अधिवेशनले दुर्गाप्रसाद भण्डारी नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको हो।

जसको उपाध्यक्षमा सुरज भण्डारी, सचिवमा विष्णु भण्डारी सहसचिवमा ऋषिराज भण्डारी कोषाध्यक्षमा झविलाल भण्डारी सर्वसम्मत निर्वाचित भएका हुन्।

यसैगरी सदस्यहरूमा परशुराम भण्डारी ठगु भण्डारी दिपेन्द्र भण्डारी विनोद भण्डारी कृष्ण भण्डारी मिनराज भण्डारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक जनक भण्डारीले जानकारी दिए।

यसैबीच नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई निर्वाचन समिति संयोजक भण्डारीले शपथ ग्रहण समेत गराएका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

साओमीले गर्यो तुलसीपुरमै पहिलोपटक रिटेलर मिट

   असोज ०५, २०८१       admin

दाङ,५ असोज । दाङको तुलसीपुरमा साओमी कम्पनीका रिलिटेलरहरूको बेला भएको छ। साओमि कम्पनीको एमआईका तुलसीपुर डिलर संचालक शैलेन्द्र कुमार ओलीको अध्यक्ष तथा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स एसोसिएसनका अध्यक्ष खुमन विश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त भेला भएको हो।

मां मोबाइल प्रालीको आयोजनामा भएको कार्यक्रममा कम्पनीका प्रतिनिधि विवेक गुप्ताले सन् २०१० देखि कम्पनीले सेवा दिदै आएको जानकारी गराएका थिए ।।विश्वबजारमा कम्पनीले उत्पादन गरेका सामग्रीहरुले उत्कृष्टता हांसील गरेको बताए ।

साओमी मोबाइल तथा इलेक्ट्रोनिक्स कम्पनीहरुको सेवाप्रदायकमा विश्वमा तेस्रो नम्बर रहेको जानकारी गराएका थिए। कम्पनीले वस्तु उत्पादन बिक्री वितरण मात्र नभई सेवामूलक क्षेत्रमा समेत काम गरिरहेको उनले जानकारी दिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न संस्थाहरूको सहकार्यमा शिक्षा स्वास्थ्य एवं सचेतनाका कार्यक्रममा सहकार्य एवं समन्वय गर्दै आएको जानकारी गराएका थिए।
कार्यक्रममा मोबाइल तथा इलेक्ट्रोनिक्स सञ्चालकहरूले विश्व बजारमा बिक्ने खालका उत्पादन कम्पनीले सुरु गर्नुपर्ने बताए।
उनीहरूले व्यवसायीलाई अप्ठ्यारो परिस्थितिमा पनि विचलित नहुन आग्रह गरेका छन्। युवा विदेशिने क्रम बढ्दै जाँदा मोबाइल बिक्री वितरणमा समस्या हुँदै गइरहेको भन्दै कम्पनीले अब आकर्षक फिचर्ससहितका मोबाइलहरू उत्पादन गर्नुपर्ने उनीहरूको भनाइ थियो। मोबाइल उत्पादन बिक्री वितरणलाई सहज र सर्वसुलभ बनाउनका लागि सबैको सहकार्य अनिवार्य रहेको उनीहरुको भनाइ थियो।

कार्यक्रममा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स एसोसिएसनका महासचिव नवीन ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सन्दिप भुसालले गरेका थिए।

सो अवसरमा सहभागीहरूलाई विभिन्न खालका गिफ्टह्याम्पर समेत उपलब्ध गराइएको थियो। कार्यक्रममा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स एसोसिएसनका अध्यक्ष खुमन विश्वकर्मा , कालिका अडियो सेन्टरका सञ्चालक दुर्गाप्रसाद भुसाल लगायतले आआफ्नो धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा झन्डै दाङ ,सल्यान र रुकुमका गरी ७० जना भन्दा बढी रिटेलर हरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लमही घाेराही सडक खण्ड अवरुद्ध

   असोज ०५, २०८१       admin


दाङ, ५ असोज । लमही-घाेराही सडक खण्ड अवरुद्ध भएको छ ।

घाेराही उपमहानगरपालिका-३ मुसाेट खाेला उकालाेमा सिमेन्ट उद्योगकाे खरानी बाेकेकाे ट्रक र टिप्पर एक आपसमा ठक्कर खाँदा सडक अवरुद्ध भएको हाे । रा १ क १३४८ नम्बरकाे ट्रक र बा ७ त ५६७७ नम्बरकाे टिप्पर ठाेक्किदा बाटाे अवरुद्ध भएको छ ।

लमहीबाट घाेराही जाने सवारीसाधन र घाेराहीबाट लमही आउने सवारीसाधन विचमा अलपत्र परेका छन । अवरुद्ध सडक खुलाउने बिषयमा घटनास्थलमा प्रहरी परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पत्रकार महासंघका काबा अध्यक्षले दिए राजीनामा

   असोज ०४, २०८१       admin

दाङ,४ असोज । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् ।

आफ्नो राजीनामा उनले भनेका छन्( ‘विधान अनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशिल पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । संगठनहरुको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर झुल भएको स्वीकार गर्नु पर्दछ ।’

विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदैं कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरी निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासंघमा विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा संविधान दिवस : संबिधान कार्यान्वन गर्न र संघीयता बलियो बनाउन जोड

   असोज ०३, २०८१       admin

दाङ , ३ असोज । संबिधान दिवसको अबसरमा लुम्बिनीमा विशेष कार्यक्रम गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान पूर्ण कार्यान्वयन आबस्य रहेको बताए ।। उनले संबिधान  कार्यन्वन र नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताए  ।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार वाल निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताए । मुख्यमन्त्री आचार्यले  योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताए ।

दिर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले दावी गरे । नेपालको संविधान, १६ औँ आवधिक योजना, दिगो विकासका लक्ष एवम् अन्तरराष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणा पत्र, दश वर्षे दिर्घकालिन रणनीतिक योजना, मध्यमकालिक खर्च संरचना, प्रत्येक वर्ष सालवसाली रुपमा प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रति केन्द्रित रही बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेको अवस्था उनले भने ।

शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरुमा समेत नागरिकको पहुँचहरु वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पु¥याउने गरी हाम्रा कार्यक्रमहरु लक्षित छन् ।’

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश सभाबाट ८० वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ भने केही कानूनहरु निर्माणको चरणमा रहेको मुख्यमन्त्री आचार्यले बताए । तर, साझा अधिकार सूचीका कानूनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताए । कानूनहरु संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।
न्युन जनशक्ति, नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागी आवश्यक कानून तर्जमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको जान्कारी गराए ।

मुख्यमन्त्री तथा मुल समारोह समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयन गर्न तीन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्वकाे मुल मर्मलाइ आत्मसात् गरेर अघि बढ्न जरुरी रहेकाे बताए ।`जनमुखी कानुन निर्माण गरेका छाैं । हिजाे बनाएका कानुनलाई समय सापेक्ष बनाउनेगरी अघि बढ्ने छाैं´उनले भने-`संविधानलाई इमानदारी पूर्वक संविधान कार्यान्वयनमा जुटाैं । सबै दलकाे विचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नुपर्ने छ ।´

निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता जाेखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हाँसिल गर्ने आकांक्षा बाेकेकाे संविधानकाे पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनु पर्ने बताए ।`मुख्य सवाल संविधानकाे पूर्ण कार्यान्वयनकाे हाे´उनले भने `सवाल कार्यान्वयनकाे हाे तर, अहिले संशोधनकाे बजार हल्ला चलाइदैछ ।
पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका दल नेता डिल्लीबहादुर चाैधरीले संविधानकाे मुल मर्म संघियता र एकता भएको बताए भएको छ ।´प्रदेशलाइ बलियाे बनाउनेगरी भूमिका बढाउनुपर्ने छ । समावेशीकाे अधिकार दिएकाे छ । संविधानकाे भरपुर उपभाेग गर्नुपर्ने छ । तर, याे अवधिमा संविधान कार्यान्वयनले गति लिन सकेकाे छैन´उनले भने -`विना प्रहरीकाे प्रदेश सरकार हुन सक्दैन । संविधान दिवस मनाउदै गर्ने तर, संविधान लागू  गर्न नसक्ने अवस्थामा पुगेका हाैं त ? हामी सबै एक ठाउँमा उभिनुपर्छ । अधिकार लिन दवाव दिनुस । संविधान दिवस मनाउने मात्रै हाेइन, कार्यान्वयनमा जाेड गराैं ।´
शहरी विकास तथा खानेपानी मन्त्री सराेज थापाले  प्रदेशले कानुनी आधार निर्माण गरिसकेकाले अव विकास र प्रतिफल नागरिक तहमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेकाे बताए । संविधानकाे पूर्ण कार्यान्वयनकाे लागि राजनितीक इमानदारीताकाे खाँचाे पर्ने बताए ।

उत्सवमा झाँकी र प्रभातफेरी
संविधान दिवसलाई भब्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृती झल्किने झाँकी प्रदर्शनी गरिएको छ । मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ–आफ्नो समुदायको कला संस्कृती सहितको झाँकी प्रदर्शन गरेका हुन । संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकीहरु प्रदर्शन गरिएको थियो । राप्ती नेवारी समाजले परम्परागत राेपाइ जात्रा, थारु समुदायकाे झाकी, राप्ती स्काउट समुहले स्काउट झाकी, राप्तीकाे नाैमती बाजा सहितकाे झाकि प्रस्तुत गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology