कोशी र कर्णालीमा आज सार्वजनिक बिदा

   श्रावण २५, २०८१       admin

दाङ,२५ साउन। कोशी र कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ।

आज नागपञ्चमी परेको र खस क्षेत्रमा यो विशेष तरिकाले मनाइने भएकाले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद खरेलले जानकारी दिए।

त्यस्तै कोशी प्रदेशमा आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।

३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रूपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको लुइँटेलले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शुक्रबार सार्वजनिक बिदा

   श्रावण २४, २०८१       admin

सुर्खेत, २४ साउन । कर्णाली प्रदेश सरकारले शुक्रबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेको छ । नागपञ्चमीका अवसरमा शुक्रवार बिदा दिने निर्णय गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

‘साउन २५ गते शुक्रवार नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको छ,’ मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२३ दिनमा आधा खर्ब राजस्व संकलन

   श्रावण २४, २०८१       admin

काठमाडौँ ,२४ साउन । संघीय सरकारले आर्थिक वर्षको पहिलो महिनाको २३ दिनमा करिब आधा खर्ब राजस्व संकलन गरेको छ । गत आर्थिकवर्षको यस अवधिमा सरकारले ४१ खर्ब राजस्व संकलन गरेको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा ४६ अर्ब ६१ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ । गत वर्षको तुलनामा चालु वर्ष राजस्व संकलन बढी भएको छ ।

आर्थिक बर्षको शुरुवातबाटै राजस्व संकलनमा सुधार देखिएको छ । यद्यपि सरकारले चालुवर्ष निकै महत्वाकांक्षी राजस्व संकलनको लक्ष्य राखेको छ । १४ खर्ब २२ अर्ब बढी राजस्व संकलनको लक्ष्य लिएको सरकारले यसका लागि कडा मेहनत गर्नुपर्ने बताएको छ ।

राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

साउनको २३ दिनमा ४ अर्ब ५९ करोड रुपैयाँ चालु खर्च भएको छ । यसका लागि सरकारले चालू वर्ष ११ खर्ब ४१ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

५४ दिन एनआइसियु राखेर शिशुको सफल उपचार

   श्रावण २४, २०८१       admin

दाङ,२४ साउन। दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक शिशुलाई ५४ दिनभन्दा बढी एनआइसियुमा राखेर उपचार गरेको छ। प्रतिष्ठानले नवजात शिशुलाई पिआइसी हुँदै एनआइसी बेडमा राखे उपचार गरी बचाउन सफल भएको छ।

जन्मदा नै स्वास्थ्य अवस्था एकदमै जटिल उक्त शिशुलाई चिकित्सकहरुले बचाउन सफल भएका हुन्। प्युठान मल्लरानी गाउँपालिका घर भएका एक दम्पतिबाट जन्मिएका उक्त शिशुजन्मदा उनको तौल एक किलो रहेको थियो अहिले ५४ दिनपछि उनको तौल बढेर १ केजि २ सय ग्राम पुगेको उपचारमा संलग्न चिकित्सक एवं बालरोग विशेषज्ञ डाक्टर दीपकराज पौडेलले बताए

जन्मे लगत्तै शिशुको पेटमा, फोक्सोमा रगत बग्ने ,जण्डिस, स्वासप्रश्वासमा धेरै समस्या देखिएको र अहिले उपचार एवं रेखदेख पछि स्वास्थ्यमा सुधार आइरहेको डाक्टर पौडेलले जानकारी दिए।

त्यस्तै रोल्पा निवासि ३४ हप्ताको वच्चाको पनि लामो समयको उपचारपछि बचाउन सफल भएको उनले बताए। नर्सिङको स्याहार, सुसार, चिकित्सकको मेहनतपुर्वकको उपचारका कारण नवजात शिशुको उपचारका लागि प्रतिष्ठान भरपर्दो र विश्वासिलो बन्दै गएको छ । हाल प्रतिष्ठानमा एनआइसियु र पिआईसियु गरेर १६ वेड सञ्चालनमा छन ।

बिरामीका आफन्तहरुले एनआईसियु र पिआईसियुको वेड थप बढाउन प्रतिष्ठानलाई आग्रह गरेका छन् । एनआइसियु इञ्चार्ज प्रतिभा भण्डारीले पछिल्लो पटक एनआइसियु र पिआइसियुमा नवजात शिशुको उपचार अत्यन्तै राम्रो हुँदै गएको बताइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुदूरपश्चिम सरकारले ल्यायो राजस्व सङ्कलन अध्यादेश

   श्रावण २४, २०८१       admin

धनगढी २४ साउन। राजस्व सङ्कलनका लागि सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेश ल्याएको छ। आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ बिहीबार बसेको बैठकले स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेको छ । प्रदेश प्रमुख मियाँले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरेपछि रोकिएको राजश्व संकलनको बाटो खुल्नेछ ।

सुदूरपश्चिम प्रदेशमा तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि साउन १ गतेदेखि बजेट शून्यताको अवस्था ठप्प रहेको छ । सरकारले ल्याएको अध्यादेश लागु भएपछि भने रोकिएको राजश्व संकलनको अवस्था अन्त्य हुनेछ ।

राजनीतिक समीकरण फेरिएपछि अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यादेशमार्फत बजेट ल्याउन खोजेपछि कांग्रेस र एमालेका एक चौथाइ प्रदेश सभा सदस्यको मागका आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका थिए ।

सोडारी नेतृत्वको सरकारले चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम बजेट शून्यतामा गएको थियो । सोमबार कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा गठित सरकारले बजेट शून्यताको अवस्थालाई अन्त्य गर्न अध्यादेश ल्याएपनि चालु वर्षको बजेट भने ल्याइएको छैन ।

अहिले आय संकलन सम्बन्धी अध्यादेश ल्याएको सरकारले केही दिनभित्र अध्यादेशमार्फत नै बजेट ल्याइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकैदिन छवटा संसदीय समितिको बैठक बस्दै

   श्रावण २४, २०८१       admin

काठमाडौँ २४ साउन सङ्घीय संसद्अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् ।

आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

अर्थसमितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यक्रम छ ।

यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।

यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षा याममा डेंगु, हैजा लगायतका सरुवा रोग सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विपदजन्य घटनामा ज्यान गुमाएका परिवारका लागि ३ करोड ४० लाख रुपैयाँ प्रदान

   श्रावण २३, २०८१       admin

सुर्खेत,२३ साउन। विपदजन्य घटनामा परि ज्यान गुमाएका परिवारका लागि कर्णाली प्रदेश सरकारले बिमा रकम उपलब्ध गराएको छ। राष्ट्रिय बिमा कम्पनीमार्फत ३ करोड ४० लाख रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराएको हो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी(पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्‌बाट मृत्यु भएका परिवारका एक सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो।

विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई दुई लाख रूपैयाँका दरले तीन करोड रूपैयाँ रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए।

यसैगरी, भूकम्पबाहेक अन्य विपद्‌मा परी मृत्यु भएका २० जनाको परिवारलाई ४० लाख रूपैयाँ रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ। कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उनले जानकारी दिए।

अहिलेसम्म जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ जनामध्ये तीनजनाको प्रक्रियामा छ, बाँकी सबैको बीमामार्फत रकम भुक्तानी भइसकेको छु, उनले भने, ुअन्य विपद्‌मा परी मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ, भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ।”

राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको जनाएको छ। आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा विपद्‌बाट जाजरकोटमा सबैभन्दा बढी एक सय ५१ जनाको भूकम्पमा परि मृत्यु भएको छ। अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो ।

प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्‌बाट मृत्यु भएका परिवारका लागि दुई लाख रूपैयाँ र आवास बीमाअन्तर्गत पाँच लाख रूपैयाँ उपलब्ध गराउने उल्लेख छ। र

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खोलाले स्कुल बस बगायो,११ विद्यार्थी घाइते

   श्रावण २३, २०८१       admin

सुर्खेत,२३ साउन। खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकास्थित इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् ।

देउती विद्या सदन (डिभी निकेतन)को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेमध्ये पाँच बालिका र छ बालक छन् । विद्यार्थीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बाँकीको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काभा लिग: भारतविरुद्ध पहिलो सेट नेपालको पक्षमा

   श्रावण २३, २०८१       admin

काठमाडौं,२३ साउन । काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट आयोजक नेपालले आफ्नो पक्षमा पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले २५-२३ ले पहिलो सेट आफ्नो पक्षमा पारेको हो ।

उपाधि भिडन्तको सुरुवातमा नेपालले भारतलाई पहिलो सेटमा पछि पारेको हो । यद्यपि भारतले अंकमा अग्रता बनाए पनि रोक्दै नेपालले पहिलो सेट आफ्नो पक्षमा पारेको हो।

नेपालले मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो ।

मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो।

लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो।

समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा छ । उता भारत समूह चरणमा भोगेको हारको बदलासहित उपाधि लैजाने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

   श्रावण २३, २०८१       admin

काठमाडौँ,२३ साउन। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ,’ उनको सचिवालयले भनेको छ। हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन्।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर सुनेका थिए। लगत्तै उनले भेटघाट संक्षिप्त बनाए।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology