काठमाडौँ,२८ माघ । अर्थमन्त्री रामेश्वर खनालले दलित समुदायको हकअधिकार तथा विकाससम्बन्धी विधेयक आगामी संघीय संसद् अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्न–उत्तर कार्यक्रममा उनले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१’ का आधारमा विधेयक तर्जुमा प्रक्रिया अघि बढाइएको जानकारी दिए।
मन्त्री खनालका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८२ पुस २८ गते उक्त विधेयकको सिद्धान्त स्वीकृत भइसकेको छ। सोही अवधारणापत्रका आधारमा विधेयकको मस्यौदा तयार गर्न नेपाल कानून आयोगसँग परामर्श प्रक्रिया सुरु गरिएको उनले बताए।
लिखित अनुरोध गर्नुअघि कानून आयोगसँग मौखिक परामर्श गर्ने सहमति भएको उल्लेख गर्दै उनले मौखिक परामर्श सम्पन्न भएपछि लिखित रूपमा आग्रह गरिने जानकारी दिए। आयोगले लिखित अनुरोध प्राप्त भएपछि विधेयक तर्जुमा गर्ने जनाएको मन्त्री खनालको भनाइ छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल कानून आयोगलाई विधेयक मस्यौदा तयार गर्न लिखित अनुरोध पठाइने तयारी गरिएको उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ माघ । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा एक डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ५२ पुगेको छ भने २७ जना अझै बेपत्ता रहेका छन्। फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) ले बुधबार उक्त जानकारी दिएको हो।
पीसीजीका अनुसार विभिन्न निकायसँगको प्रमाणिकरणपछि एमभी त्रिशा केर्स्टिन–३ नामक डुङ्गामा ३७२ जना सवार रहेको पुष्टि भएको छ। डुङ्गा दुर्घटनापछि करिब दुई सातासम्म गरिएको अनुसन्धानपछि अद्यावधिक तथ्याङ्क सार्वजनिक गरिएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ माघ। नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि सहकार्य गर्ने समझदारी भएको छ। दुवै पक्षबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै अध्ययन तथा तथ्याङ्क विश्लेषणमा सहकार्य गर्ने सहमति गरिएको हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ मा निजी क्षेत्रका आशंका हटाउँदै तथ्याङ्क ऐन, २०७९ अनुसार संकलित विवरणको पूर्ण गोपनीयता कायम गरिने स्पष्ट पारे। उनले उद्योगी–व्यवसायीको विवरण सुरक्षाप्रति कार्यालय संवेदनशील रहेको उल्लेख गर्दै यो गणना करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचक तयार गरी अनुसन्धान र नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले गरिएको बताए।
उनले भने, “निजी क्षेत्रको सहभागिता बिना यो अभियान सफल हुन सक्दैन। त्यसैले परिसंघजस्ता संगठित संस्थासँग घनिष्ठ सहकार्य आवश्यक छ।”
कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणना २०८२ को मूल नारा ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ रहेको छ। कार्यालयका निर्देशक डा। वेदप्रसाद ढकालले प्रस्तुतिकरण गर्दै आर्थिक गणनाले अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनुका साथै समग्र अर्थतन्त्रको यथार्थ चित्र प्रस्तुत गर्ने बताए।
परिसंघका महानिर्देशक डा। घनश्याम ओझाले निजी क्षेत्रको आर्थिक गतिविधिसम्बन्धी तथ्याङ्क संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए। सही तथ्याङ्क उपलब्ध भए मात्र उद्योगी र सरकार दुवैलाई प्रभावकारी योजना बनाउन सहज हुने भएकाले निजी क्षेत्र यस प्रक्रियामा सक्रिय रूपमा जोडिनुपर्ने उनको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ माघ । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
बुधबार रास्वपामा प्रवेश गर्दै उनले सोही क्षेत्रका रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गरेका हुन्। राजेन्द्र महतो नेतृत्वको रामुपाबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले अब ‘घण्टी’ चुनाव चिह्नका उम्मेदवार मनिष झालाई समर्थन गर्ने बताएका छन्।
यसअघि केही दिनअघि रामुपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य सञ्जय सिंह, केन्द्रीय सचिव सञ्जय चौधरीसहित धनुषाका अधिकांश नेताहरू पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२८ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ। मङ्गलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएकोमा आज थप छ जिल्लाको मतपत्र छपाइ सकिएको हो।
ती जिल्लाका मतपत्र प्याकिङसमेत सम्पन्न भइसकेको आयोगले जनाएको छ। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ गरिएको छ। दैनिक रूपमा करिब एक हजार बाकस मतपत्र प्याकिङ तथा १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको जनाइएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पुस २६ गतेदेखि सुरु भई माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भएको छ। ती मतपत्र प्याकिङ तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको योजना रहेको छ। माघ १६ गते बिहानदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ माघ । बर्दियाबाट भारततर्फ लैजान लागिएका दाङका एक बालकसहित तीन जना नेपाली बालबालिकाको प्रहरीले उद्धार गरेको छ। मङ्गलबार राति गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको हो।
उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, रोल्पा उपरकोटकी १५ वर्षीया बालिका र रोल्पा खाराकी १३ वर्षीया बालिका रहेका छन्। उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेको जनाइएको छ।
घटनासम्बन्धी भारत, उत्तर प्रदेशका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बहराइच जिल्लाका ७४ वर्षीय लेडी महत, उनका ३४ वर्षीय छोरा हिरालाल महत, २६ वर्षीया ज्ञानकुमारी महत, अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराइचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महत रहेका छन्। उनीहरूसँग एक काखे बालकसमेत रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरू दाङको घोराही बजारमा गमलाको काम गर्दै आएको खुलेको छ। बालबालिकालाई भारत कुन प्रयोजनका लागि लैजान खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिएका छन्।
सम्बन्धित जिल्लामा बालबालिकाका आफन्तसँग समन्वय गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ माघ। डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पूर्वी रुकुमबाट दाङको तुलसीपुरतर्फ जादै गरेको ग १ ज ५६६१ नम्बरको डबल क्याप बोलेरो जिप बुधबार बिहान तुलसीपुर–कपुरकोट सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटनामा परेको हो।
दुर्घटनामा परी जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय विजय बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा चालकसहित चार जना सवार रहेका थिए। दुर्घटनामा एक बालकसहित दुई महिला घाइते भएका छन्। कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार घाइते तीन जनाको उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ माघ । यस क्षेत्रको प्रमुख सडक हो राप्ती राजमार्गको अमिलिया तुलसीपुर सडकखण्ड । राप्ती राजमार्ग दाङको मात्रै हैन साबिकको पश्चिम राप्ती कै सडक विकासको मेरुदण्ड हो । तर यही राजमार्गसँग जोडिएको अमिलिया–तुलसीपुर खण्डको तुलसीपुर क्षेत्र तीन दशकदेखि एउटा नीतिमा अलमल छ । त्यो हो सडक सीमाना । वि.सं. २०५८ सालमा मध्यपश्चिम सडक डिभिजन कार्यालय र दाङ डिभिजन कार्यालय घोराहीले सीमा तोकेर काटेको पत्र र सूचनाले घरधनीहरु अहिलेसम्म अन्यौलमा छन् ।
झण्डै तीन दशकसम्म पनि स्थानीयहरूले न सडक विभागको त्यो निर्णयलाई कार्यान्वयन गर्न सकेका छन् न त आफ्नो निर्णय त्यहाँसम्म पुर्याएर उल्टाउन सकेका छन् । दुवै काम गर्न नसक्दा स्थानीयहरूको भने सम्पत्ति नै अहिले के हो भन्ने अवस्थामा पुगेको छ । स्थानीयहरू भने अहिले संघर्ष समिति बनाएर आफ्नो जग्गा जोगाउने अभियानमा जुटेका छन्। आफ्ना कुराहरू सबैलाई सुनाउन पनि थालेका छन्।
कहिले सहायक मार्गको नियमानुसार १५÷१५ मिटर छोड्ने, कहिले २५÷२५ मिटर छोड्नुपर्ने सरकारी नियमका कारण आफूहरु अन्यौलतामा रहँदै आएको संघर्ष समितिका संयोजक नवराज लामिछाने बताउँछन् । सडक मापदण्ड र विस्तारको अन्योलले बजार क्षेत्रको सडक विस्तार नै अहिले रोकिएको छ।

पटक–पटक विभिन्न निकायलाई ध्यानाकर्षण गराउँदा, डेलिगेशन गर्दापनि आफ्ना समस्याहरुको सुनुवाइ नभएपछि स्थानीय राजमार्ग पीडितहरूले मंगलबार ध्यानाकर्षण तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चले प्रतिनिधिसभा निर्वाचन दाङ क्षेत्र नं। ३ उम्मेदवारहरूसँग अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ध्यानाकर्षण पत्र अध्ययन गर्दा देशका धेरै राजमार्गहरू राज्य व्यवस्थामै अल्झिएको अनुभूति भएको बताए। विकास नागरिकमुखी हुनुपर्ने जोड दिँदै उनले जायज मागहरूलाई संघीय संसदमा निरन्तर उठाउने प्रतिबद्धता व्यक्त गरे। ढिलासुस्ती किन हुन्छ भन्ने विषयमा आफू पहिलेदेखि नै आवाज उठाउँदै आएको र अब पनि चुप नबस्ने बताए ।
नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले ध्यानाकर्षण पत्रप्रति पूर्ण समर्थन जनाउँदै यस विषयलाई फेरि–फेरि उठाउन नपर्ने गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। संघीय संसदमा पुगेपछि ‘दाङ बनाउने अभियान’ अघि बढाउने बताए। जनपक्षीय कानुन निर्माण, कानुनी झन्झट अन्त्य र छिटो सेवा तथा तीव्र विकासका लागि पहल गर्ने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ध्यानाकर्षण पत्रमा ध्यान नलगाएरै आफ्नो चुनाव प्रचार गरेका थिए। वर्षौँदेखि थाँती रहेका समस्याको समाधानका लागि आफूले चुनाव जित्नुपर्ने उल्लेख गरेका थिए। कर्णाली प्रवेशद्वारका रूपमा रहेको तुलसीपुरलाई सुन्दर र व्यवस्थित सहर बनाउने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले राप्ती राजमार्गकै कारण आफू पनि प्रत्यक्ष पीडित बनेको उल्लेख गरे। बजार व्यवस्थापनका लागि सडक फराकिलो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै यही समस्या समाधान नहुँदा तुलसीपुर नमुना बजारका रूपमा विकास हुन नसकेको बताए।
राष्ट्रिय जनमोर्चाकी उम्मेदवार कमला जिसीले दिनानुदिन बढ्दो दुर्घटनाको जोखिमप्रति चिन्ता व्यक्त गरिन्। सरोकारवाला निकाय मौन बसेकोप्रति आपत्ति जनाउँदै वर्षौँदेखिको जायज माग तत्काल सम्बोधन हुनुपर्ने बताइन् ।
उम्मेदवारहरुले आफ्ना धारणा व्यक्त गरे। मत मागे। आफ्नो चुनाव चिन्ह् पनि बताए। तर मञ्चमा रहेका राजमार्ग पिडितका आवाज सुन्न उनीहरुलाई फूसर्द नै भएन। एमाले नेता पाण्डे र रास्वपाका नेता सुवेदीले मतदाता भेटघाटको व्यवस्ता देखाँउँदै आफ्ना धारणा प्रस्तुत गरे लगत्तै हलबाट बाहिरिए।
उम्मेदवारहरू मञ्चबाट आफ्ना कुरा राख्दै बाहिरिँदै गर्दा हलभित्रबाट पिडितहरुले भने– “हामी त तपाईँहरूलाई समस्या सुनाउन आएका हौँ, तपाईँहरूले नसुनेर निस्किएपछि हामी आउनुको के अर्थ?”
कार्यक्रममा खेमबहादुर खड्काले सडक सिमानाको अन्यौलताका कारण आफू जग्गा भएरपनि सुकुम्वासी जस्तै बनेको बताए। साढे दुईकट्ठा जग्गा बाटो पर्छ भनेर उपभोग गर्न पाएको छैन, उनले भने–‘बाटोले खाएको जग्गाको कर तिर्दै आएको छु , तर मेरो हो भनेर उपभोग भएको छैन। जग्गा भएरपनि म सुकुम्बासी बनेको छु।’
कार्यक्रममा राजमार्ग पिडितहरुले सडक सिमाबाट जनतालाई त्रसित बनाउने र कर असुलीको काम मात्रै भएको भन्दै आक्रोश व्यक्त गरे।
अर्का पिडित डिल्लीबहादुर बस्नेतले हुनुपर्ने बाटोको रुप रेखा पनि नभएको र जग्गाको लगतकट्ठी नहुँदा व्यवसाय सञ्चालन, घर निर्माण, कर्जा निकासीका कुनैपनि काम नहुँदा जग्गा तथा घरधनी मारमा पर्दै आएको बताए।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले राजमार्गको समस्या समाधान समयमै हुन नसके यस क्षेत्रको आर्थिक चलायमान कमजोर बन्दै जाने बताए । व्यवसायीक वातावरण सहज बनाउनका लागि पनि यो समस्याको संवोधन गरिनुपर्ने उनको भनाइ थियो। निजि क्षेत्रबाट हुनुपर्ने पहल कदमी निरन्तर भइरहेको र आगामी दिनमा पनि भइरहने बताएका थिए।
कार्यक्रममा अन्य सहभागी सरोकारवालाहरूले आफ्नै निजी सम्पत्ति बाटोले खाइसकेको अवस्थामा पनि बस्ती क्षेत्रमा सडक फराकिलो हुन नसकेकोप्रति असन्तुष्टि जनाए। २०३१ सालको ऐनअनुसार कानुनी संरचना बने पनि समस्या ज्यूँका त्यूँ रहेको उनीहरूको गुनासो थियो।
३० मिटरभित्र परेका घर बैंकले धितो मान्दैनन्। कर्जा लिन पाइँदैन। घर नक्सा पास नहुँदा भाडामा दिन सकिँदैन। विगतको ऐनअनुसार बनेका घरहरू आज किनबेच गर्न गाह्रो भएका छन्। निजी सम्पत्तिमाथि अनिश्चितताको बादल मडारिएको छ।
आफुहरु दशकौँ देखि पीडा झेल्दै आएको कुरा सुनाउन नपाउँदै नेताहरू चुनाव चिन्ह् बताउँदै मत मागेर निस्किएको भन्दै पीडितहरुको गुनासो थियो। सुन्नेभन्दा सुनाउने प्रवृत्तिकै कारण आजसम्म यो समस्या ज्यूँका त्यूँ रहेको उनीहरूको भनाइ छ।
कार्यक्रममा राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चका संयोजक नवराज लामिछानेले समग्र अवस्थाको बारेमा जानकारी गराए। उनले स्थानीय सरकार, सडक डिभिजन कार्यालय, विद्युत प्राधिकरणदेखि तत्कालीन प्रतिनिधिसभा सदस्यसम्मलाई पटक–पटक ध्यानाकर्षण गराइसकिएको बताए। सडकले वाचा गरेको, विद्युतले पहल गर्छु भनेको र नेताले अगाडि बढाउँछु भने पनि व्यवहारमा केही नभएको उनको भनाइ थियो।
संसद नभएकै कारण पीडित पक्षले उम्मेदवारहरुसंग आफ्ना समस्या राख्न बाध्य भएको बताउँदै उनले यो मुद्दा संसदमा पुगेर कानुनकै रूपमा समाधान हुनुपर्ने बताए। अमिलियादेखि रुकुमसम्मको १६५ किलोमिटर राजमार्गभित्र पर्ने क्षेत्रलाई राज्यले नामाकरण गरी सूचीकृत गरेको भएपनि यस समस्यालाई साधान गर्न आफूहरु जाग्नै पर्ने अवस्था आएको बताए । कार्यक्रमको सहजीकरण सचिव चेतन रेग्मीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ माघ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आदिवासी थारु समुदायको संस्कृति जगेर्ना गर्न अब नयाँ पुस्ताले सांस्कृतिक आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका छन्।
मंगलबार दाङको चखौरामा आयोजित थारु सांस्कृतिक संरक्षण केन्द्रको सातौँ साधारणसभा तथा दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले थारु समुदायका शक्तिशाली इतिहास, पहिचान र संस्कृतिमाथि विभिन्न तवरबाट आक्रमण भइरहेकाले त्यसलाई रोक्न नवपुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताए।
उनले आदिवासीको इतिहास जोगाउन संस्कृतिको संरक्षण र संवर्द्धनसँगै स्थानीय उत्पादनको व्यावसायिकीकरण गर्दै त्यसबाटै आर्थिक जीविकोपार्जन गर्नुपर्नेमा जोड दिए।
‘अहिले सामाजिक र राजनीतिक सबै क्षेत्रमा थारु परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘थारु समुदायको इतिहास, पहिचान र संस्कृतिमा विचलन ल्याउने प्रयास भइरहेको छ। अब त्यो रोक्न नवपुस्ताले व्यापक र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ।’
थारुका संस्कार, संस्कृति र पहिचान जोगाउन अब सांस्कृतिक आन्दोलनतर्फ अघि बढ्नुपर्ने बेला आएको भन्दै त्यसको जिम्मेवारी नयाँ पुस्ताको काँधमा आइपुगेको उनले स्पष्ट पारे।
चौधरीले आदिवासी जनजातिले संस्कृतिको संरक्षण मात्र नभई त्यसलाई व्यावसायिक रूपमा उपयोग गर्दै जीविकोपार्जनका रैथाने उपायहरू खोज्नुपर्ने आवश्यकता औँल्याए।
२०७५ सालमा स्थापना भएको थारु सांस्कृतिक संरक्षण केन्द्रले दाङको चखौरामा थारु संग्राहलय सञ्चालन गर्दै आएको छ। थारु समुदायको इतिहास, संस्कृति र परम्परा झल्काउने सामग्रीहरू समेटिएको यो संग्राहलय नेपालकै पहिलो जीवन्त (लाइभ म्युजियम) का रूपमा परिचित छ।
केन्द्रअन्तर्गत थारु समुदायको रैथाने खानपान, रहनसहनको संरक्षण, संवर्द्धन तथा अध्ययन–अनुसन्धानका लागि थारु खाना घर र थारु विश्राम घरजस्ता पारम्परिक व्यवसायहरू पनि सञ्चालनमा छन्।
केन्द्रका अध्यक्ष राजेश चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा महाधिवेशन उद्घाटन सत्रको सहजीकरण सक्रिय सदस्य श्रमलाल चौधरीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२७ माघ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटना भएको छ ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जादैं गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस केहीबेर अगाडि लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो ।
दुर्घटना अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले गाडी साहुसहित पाँच जनाको शव निकालिएको पुष्टि गरेका थिए ।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।
तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस