काठमाडौं ,२३ माघ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलिएका खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचार–प्रसारका लागि खोलिएका खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको उल्लेख गर्दै दुरुपयोग भएको पाइएमा कानुन अनुसार कारबाही हुने जनाएको हो।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलिने खातासम्बन्धी विषयमा आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको जानकारी दिए।
उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भए पनि स्वेच्छाले प्रदान गरिने सहयोगलाई कानुनले गैरकानुनी नमान्ने उनले बताए। चुनावका नाममा नियतवश आर्थिक दुरुपयोग भएको देखिए कानुन बमोजिम त्यसको समाधान गरिने उनको भनाइ थियो।
प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामग्रीहरू जिल्ला सदरमुकामसम्म पुगिसकेको जानकारी दिँदै फागुन ४ गतेदेखि निर्वाचन प्रचार–प्रसार सुरु हुने बताए। सो अवधिमा मतदातामाथि कुनै किसिमको दबाब परेको छ कि छैन भन्ने विषयमा आयोगले निगरानी गर्ने उनले स्पष्ट पारे।
सरकारका सुरक्षा निकायहरूले आवश्यक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकाले सुरक्षामा कुनै समस्या आउने अनुभूति आयोगलाई नभएको पनि उनले बताए।
यस्तै, निर्वाचनका लागि समानुपातिकतर्फका मतपत्र प्याकिङ भई मौज्दात अवस्थामा रहेको जानकारी दिँदै प्रत्यक्षतर्फका मतपत्र छपाइको काम तीव्र रूपमा भइरहेको बताए। हालसम्म करिब ८४ लाख ४० हजारभन्दा बढी मतपत्र छपाइ भइसकेको प्रवक्ता भट्टराईले जानकारी दिए
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२३ माघ । रुसको राजधानी मस्कोमा रुसी सेनाका एक उच्च अधिकारीमाथि गोली प्रहार भएको छ। लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभलाई गोली हानी घाइते बनाइएको बीबीसीले जनाएको छ।
शुक्रबार बिहान मस्कोको उत्तरपश्चिमी बाहिरी क्षेत्रमा रहेको भोलोकोलाम्स्कोय राजमार्ग नजिकैको एक आवासीय भवनमा उनीमाथि आक्रमण भएको हो। आक्रमणपछि गम्भीर घाइते भएका अलेक्सेयेभलाई तत्काल अस्पतालमा भर्ना गरिएको भए पनि उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
लेफ्टिनेन्ट जनरल अलेक्सेयेभ रुसको सेनाको मुख्य निर्देशनालय (जनरल स्टाफ) अन्तर्गतको गुप्तचर निकाय जीआरयू (GRU) का वरिष्ठ अधिकारी हुन्। युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको झन्डै चार वर्षपछि मस्कोमा शीर्ष सैन्य अधिकारीहरूलाई लक्षित गर्दै यस्ता आक्रमणहरू बढ्दै गएका छन्।
अलेक्सेयेभले युक्रेन युद्धका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सन् २०२२ मा मारिउपोलको घेराबन्दीका बेला युक्रेनसँग भएको वार्तामा उनी सहभागी थिए। साथै, सन् २०२३ को जुनमा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोहको नेतृत्व गरेका वाग्नर भाडा समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग वार्ता गर्न पनि उनलाई पठाइएको थियो।
सन् २०१८ मा बेलायतको सालिसबरीमा भएको नर्भ एजेन्ट आक्रमणमा जीआरयूको संलग्नता रहेको आरोपपछि अलेक्सेयेभमाथि युरोपेली सङ्घ (EU) ले प्रतिबन्ध लगाएको थियो।
आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान हालसम्म खुलेको छैन। युक्रेनले यसअघि रुसी सैन्य अधिकारीहरूमाथि भएका केही आक्रमणहरूको जिम्मेवारी लिँदै आएको छ। रुसी अधिकारीहरूले भने गत महिनाको अन्त्यतिर सेन्ट पिटर्सबर्गमा एक सैनिकमाथि हुन लागेको आक्रमण विफल पारेको दाबी गरेका छन्।
यसअघि सन् २०२४ मा पनि अर्का रुसी जनरल इगोर किरिलोभको मस्कोमै हत्या गरिएको थियो। उक्त आक्रमण युक्रेनको गुप्तचर निकाय एसबीयूको योजनामा भएको दाबी गर्दै एक उज्बेक नागरिकलाई जेल सजाय सुनाइएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ माघ। जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइहरूले मिति २०८२ माघ १० गतेदेखि १७ गतेसम्म विशेष खोजतलास अभियान सञ्चालन गरेका थिए। सोही अभियानका क्रममा विभिन्न मुद्दामा फरार रहेका १७ जना प्रतिवादी पक्राउ परेका हुन्।
पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत, घोराहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ३१ लाख ७९ हजार २७६ रुपैयाँ राजस्व संकलन भएको छ। साथै उनीहरूलाई विभिन्न मुद्दामा १७ दिनदेखि ५ वर्ष ७ महिना १ दिनसम्म कैद सजाय फैसला भएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षकले उक्त जानकारी दिएका ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२३ माघ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको छ। बिहीबार सुन २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज एक तोला चाँदीको मूल्य ४ हजार ७१० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ कायम थियो। मंगलबार सुन २ लाख ९० हजार ३०० रुपैयाँ र चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८२८ अमेरिकी डलर र चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बैतडी,२३ माघ । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन्। त्यस्तै, बझाङको केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि उपचारकै क्रममा मृत्यु भएको हो।
मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन्।
यसैगरी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक कुमार रायका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थलमै र अन्य ७ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनाग्रस्त बस सडकबाट करिब १ सय मिटर तल खसेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।बसमा ४५ जना सवार रहेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ माघ । दाङको अमिलियामा प्रहरीले भन्सार छली ल्याइएका लाखौँ रुपैयाँ बराबरका जिम सामग्री बरामद गरेको छ। लमही नगरपालिका–९ स्थित अमिलिया चोकमा गएराति गरिएको विशेष चेकजाँचका क्रममा ती सामग्री नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट धनगढीतर्फ जाँदै गरेको युके ०६ सिबी ४६३३ नम्बरको भारतीय ट्रकलाई रोकेर जाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकमा लोड गरिएका जिमका सामग्रीहरूको कुनै पनि बिल–भर्पाइ नपाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको जिम सामग्रीको जम्मा मूल्य २६ लाख ८१ हजार ६ सय ५८ रुपैयाँ बराबर आँकलन गरिएको छ। ट्रकसहित सबै सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिए।
तस्बिरःएआई
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ माघ । देशभर यस वर्ष सम्पन्न एसियन वाटरबर्ड सेन्सस–२०२६ को नतिजाले नेपालमा जलपन्छीको प्रजाति र कुल सङ्ख्या दुवैमा कमी आएको देखाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङ्घको संयुक्त प्रयासमा गरिएको गणनाअनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेख गरिएका छन्।
गत वर्ष सन् २०२५ मा गरिएको गणनामा ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी भेटिएका थिए। यससँग तुलना गर्दा यस वर्ष प्रजातिमा पाँच र सङ्ख्यामा पाँच हजार ८७७ ले कमी आएको हो।
विभागका वरिष्ठ पारिस्थितिकविद् तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार सन् १९८७ देखि ‘वेटल्याण्ड्स इन्टरनेशनल’को विश्वव्यापी समन्वयमा नेपालमा निरन्तर जलपन्छी गणना हुँदै आएको छ। यस वर्षको गणना जनवरी ३ देखि १८ ९पुस १९ देखि माघ ५० सम्म सञ्चालन गरिएको थियो। यसको नतिजा विश्व सिमसार दिवस ९फेब्रुअरी २० को अवसरमा सार्वजनिक गरिएको हो।
यस वर्ष देशभरका १८ प्रमुख सिमसार क्षेत्र र तिनअन्तर्गतका ७८ उप–क्षेत्र मा ४११ स्वयंसेवक गणक, पन्छीविद् र कर्मचारी परिचालन गरिएको थियो।
तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र वरपर सबैभन्दा धेरै २५ हजार ३५८ जलपन्छी फेला परेका छन्। यद्यपि यो सङ्ख्या गत वर्षको २७ हजार ५६४ भन्दा कम हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दोस्रो स्थानमा रहँदै यस वर्ष २२ हजार ८१७ जलपन्छी अभिलेख भएको छ, जुन गत वर्षको २० हजार ४८६ भन्दा बढी हो।
जगदीशपुर जलाशय मा यस वर्ष १० हजार २८२ जलपन्छी फेला परेका छन् भने गत वर्ष १२ हजार ८३२ देखिएका थिए।
कोशीटप्पु वन्यजन्तु आरक्ष मा चराको सङ्ख्यामा ठूलो गिरावट आएको छ। गत वर्ष १० हजार १८५ चरा भेटिएको क्षेत्रमा यस वर्ष पाँच हजार ८९० मात्र अभिलेख गरिएको छ।
त्यसैगरी रारा ताल ९रारा राष्ट्रिय निकुञ्ज० मा जलपन्छीको सङ्ख्या ५०२ बाट घटेर २५३ मा झरेको छ। बाँके राष्ट्रिय निकुञ्ज मा पनि सङ्ख्या एक हजार ६७८ बाट ५३६ मा सीमित भएको छ। बर्जुताल मा यस वर्ष चार हजार ५२ जलपन्छी देखिएका छन् भने गत वर्ष छ हजार २३८ थिए।
अर्कोतर्फ केही क्षेत्रमा सुधार पनि देखिएको छ। धनुषाधाम र कमला नदी क्षेत्र मा दुई हजार ५१, लुम्बिनी क्षेत्र मा चार हजार २०९, राप्ती नदी (दाङ) मा एक हजार १९४, घोडाघोडी ताल (कैलाली) मा एक हजार १५०, पोखरा उपत्यकाका सिमसार मा तीन हजार ७६४ जलपन्छी फेला परेका छन्।
नेपाल पन्छीविद् सङ्घका वरिष्ठ चरा तथा वन्यजन्तुविद् लक्ष्मण पौड्यालका अनुसार पुरैनी र बन्धा ताल ९बेलौरी, कञ्चनपुर० मा यस वर्ष दुई हजार ३५२ जलपन्छी भेटिएका छन्, जुन गत वर्षको एक हजार ३४९ भन्दा उल्लेख्य वृद्धि हो।
काठमाडौँ उपत्यकामा मनहराफाँट मा ३७९ चरा फेला परेका छन् भने टौदह र बागमती नदी क्षेत्र मा सङ्ख्या घटेर १६४ मा झरेको छ। सो क्षेत्रमा गत वर्ष २०४ जलपन्छी अभिलेख गरिएको थियो।
“सिमसारमा आश्रित चराहरूको अवस्था बुझ्न, संरक्षणप्रति जनचेतना बढाउन र नीति निर्माणमा सहयोग पुर्याउन यो गणना गरिएको हो,” वरिष्ठ चरा तथा वन्यजन्तुविद् पौड्यालले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ। आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई अनुमोदन गर्ने निर्णय गरेको हो।
त्यसैगरी बैठकले वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। यसबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले निर्णय सार्वजनिक गरे
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेस गरेको अस्थायी संगठन संरचना पनि स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।
यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रस्तावित ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८२ पनि स्वीकृत गरिएको सरकारका प्रवक्ता पन्थीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २२माघ । दाङमा एचपिभी खोपका बारेमा अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले एचपिभी खोप अभियानको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
स्वास्थ कार्यालयले नियमित खोप कार्यक्रममा विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियान सञ्चालनका विषयमा बिहिवार जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाहरूबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो।
स्वास्थ्य कार्यालय दाङको आयोजनामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यकममा दाङका प्रमुख जिल्ला अधिकारी अर्यालले विद्यालयभित्रका साथै विद्यालयबाहिर रहेका यस उमेर समूहका किशोरीलाई समेत खोपको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै खोपको भण्डारण, व्यवस्थापन तथा खोप खेर जाने चुनौतीप्रति सम्बन्धित निकायलाई गम्भीर हुन निर्देशन दिए।
क्षयरोग/कुष्ठरोग/सु.निरीक्षक ओलीले HPV खोपका सम्भावित साइड इफेक्टबारे स्पष्ट जानकारी गराउँदै खोप सुरक्षित रहेको बताए। सामान्य साइड इफेक्ट देखिएमा खोप केन्द्रमै स्वास्थ्य हेल्पडेस्क तथा प्रत्येक पालिकाका अस्पतालमा स्थानीय चिकित्सक उपलब्ध रहेको जानकारी उनले गराए।
जिल्ला खोप समन्वय समितिका प्रमुखसमेत रहेका जिल्ला समन्वय समितिका संयोजक शर्माले अभिभावक र विद्यालयको सहकार्यबिनाको खोप कार्यक्रम सफल नहुने उल्लेख गर्दै अभियानको पूर्ण सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुवेदीले लक्षित उमेर समूहका सबै किशोरीलाई खोपको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए। कुनै पनि किशोरी खोपबाट वञ्चित नहुने गरी योजना बनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङ, क्षयरोग/कुष्ठरोग/सु.निरीक्षक भानुज्योति ओली, सुवेदी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विकास गौचनलगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सो अवसरमा , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गौतनले HPV खोपलाई छोरीका लागि उत्कृष्ट उपहारको संज्ञा दिँदै खोप सुरक्षित र प्रभावकारी रहेको बताए। उनले सबै अभिभावकलाई ढुक्क भएर आफ्ना छोरीलाई खोप लगाउन आग्रह गरे।
साथै तुलसीपुर क्षेत्रमा प्रादेशिक अस्पताल र घोराही–लमही क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा उपलब्ध रहेको बताए।
स्वास्थ्य कार्यालयका अनुसार माघ २५ देखि फागुन १५ सम्म नियमित HPV खोप कार्यक्रम सञ्चालन हुनेछ। यसअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ।
कार्यक्रममा HPV खोप निःशुल्क, सुरक्षित तथा जीवनरक्षक रहेको जानकारी गराउँदै गर्भाशयमुखको क्यान्सर रोकथाममा यो खोप अत्यन्त प्रभावकारी हुने बताइएको छ। विद्यालय केन्द्रित खोप अभियानलाई थप प्रभावकारी बनाउन स्वास्थ्य संस्था, विद्यालय र समुदाय अझ जिम्मेवार हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२२ माघ। तत्काल १४ अर्ब रुपैयाँ बजेटको व्यवस्था नभए स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने जोखिममा पुगेको छ।
स्वास्थ्यमन्त्री डा. सुधा शर्माले बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव घनश्याम उपाध्यायसँग उक्त रकमको व्यवस्था गर्न आग्रह गरेकी थिइन्। रकम निकासा नभए बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने मन्त्री शर्माको भनाइ थियो।
तर अर्थ मन्त्रालयले भने तत्काल थप बजेट दिन नसकिने स्पष्ट पारेको छ। अर्थ सचिव उपाध्यायले यसअघि नै चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ निकासा गरिसकेको उल्लेख गर्दै थप बजेट सम्भव नभएको बताए।
‘बीमा कार्यक्रम सञ्चालनमा सुधार आवश्यक छ, कार्यक्रम बीमा जस्तो प्रभावकारी देखिएको छैन,’ उनले भने।
हाल स्वास्थ्य बीमा बोर्डले देशभरका ५१० अस्पताललाई बीमाअन्तर्गतको उपचार वापत करिब १४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
बोर्डको वार्षिक बजेट २६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। गएको आर्थिक वर्ष बोर्डले २३ अर्ब रुपैयाँ बराबरको दायित्व बोकेको थियो भने बीमा प्रिमियमबाट पौने ४ अर्ब रुपैयाँ मात्रै संकलन भएको थियो।
सरकारले २०८०/०८१ सम्म वार्षिक ७ देखि १० अर्ब रुपैयाँसम्म अनुदान दिँदै आएको थियो। चालु आर्थिक वर्षका लागि छुट्याइएको १० अर्ब रुपैयाँ सकिएर बोर्डले थप १ अर्ब रुपैयाँसमेत खर्च गरिसकेको छ।
बजेट अभावका कारण बीमा कार्यक्रम बन्द हुने अवस्था आएपछि प्रधानमन्त्री कार्कीले ऋण गरेर भए पनि कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएकी छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस