प्युठानमा भाइसंग मिलेर श्रीमतीको हत्या

   माघ २०, २०८२       admin

प्यूठान ,१९ माघ । प्यूठानमा एक युवकले आफ्नै भाइसँग मिलेर योजनाबद्ध रूपमा श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। गौमुखी गाउँपालिका–६ लिबाङका १९ वर्षीय अनिल घर्तीले १९ वर्षीया श्रीमती शर्मिला घर्तीलाई भीरबाट धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार अनिलले १७ वर्षीय भाइको सहयोगमा हत्या योजना बनाएका थिए। प्रेम सम्बन्धपछि कानुनविपरीत दुई वर्षअघि बालविवाह गरेका अनिल पछिल्लो समय श्रीमतीमाथि शंका गर्न थालेका थिए।

प्रहरीका अनुसार उनले शर्मिलामाथि परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउँदै बारम्बार विवाद गर्दै आएका थिए। यही विषयमा भाइसँग छलफल गरेपछि दुवैले मिलेर हत्या गर्ने योजना बनाएका थिए।

माघ १६ गते राति साढे ८ बजेतिर अनिलले शर्मिलालाई ‘इभनिङ वाक’ जाने बहानामा घरबाट बाहिर लगेका थिए। घर नजिकैको चौरसँगै रहेको भीरमा पुगेपछि उनले शर्मिलामाथि दुर्व्यवहार गर्दै स्टिलको रेलिङमा टाउको ठोक्काइ घाइते बनाएका थिए। कराउन खोजेपछि उनलाई भीरबाट तल धकेलिएको प्रहरीले जनाएको छ।
शर्मिला पहिलो पटक करिब २५–३० मिटर तल अड्किएकी थिइन्।

त्यसपछि अनिल र उनका भाइ भीरमुनि झरेर अचेत अवस्थामा रहेकी शर्मिलालाई पुनः तलतिर धकेलेका थिए। दोस्रो पटक धकेलिँदा उनी झन्डै १५० मिटर तल खसेकी थिइन्।


घटनास्थलको अवस्था शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। “शव पुगेको स्थान सामान्य दुर्घटनाबाट सम्भव नदेखिएपछि शंका उत्पन्न भयो,” प्रहरी निरीक्षक भट्टराईले बताए।

सोधपुछका क्रममा अनिलले दाजुभाइ मिलेर हत्या गरेको योजना र घटनाको विवरण स्वीकार गरेको प्रहरीले जनाएको छ। परपुरुषसँग सम्बन्धको शंकाकै कारण हत्या गरिएको उनीहरूले बताएका छन्।

हाल अनिल र उनका भाइ प्रहरी हिरासतमा छन्। जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ

   माघ २०, २०८२       admin

काठमाडौँ ,१९ माघ। आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ।

निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको आयोगले जनाएको छ। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ।

त्यसैगरी, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ। निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरेको छ।

आयोगका अनुसार ती सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत प्रसारण गरिएको छ। यस्ता सामग्रीले निर्वाचनको स्वच्छता अभिवृद्धि गर्नुका साथै नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना उपलब्ध गराई मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख एवं प्रतिनिधिलाई ब्रिफिङ गरेको छ।

कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा निर्वाचनको वातावरण, आयोगले गरेका तयारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षणलगायत विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनको मुल्यमा गिरावट

   माघ २०, २०८२       admin

काठमाडौं ,१९ माघ । पछिल्ला तीन दिनयता लगातार सुनको मूल्य घट्दै आएको छ। हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य सोमबार पनि घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारयता सुनको मूल्यमा प्रतितोला ५२ हजार ७ सय रुपैयाँको गिरावट आइसकेको छ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुसको ड्रोन आक्रमणबाट १२ जना मजदुरले मृत्यु

   माघ २०, २०८२       admin

काठमाडौं,१९ माघ । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको आक्रमणमा अन्य सात जना घाइते भएका छन्। आक्रमणपछि बसमा लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले उक्त बस आफ्नो भएको पुष्टि गर्दै निप्रोपेत्रोभ्स्क क्षेत्रमा रहेका आफ्ना खानीहरूमा रुसले ‘ठूलो परिमाणमा आतंकवादी हमला’ गरेको आरोप लगाएको छ। निप्रो उक्त क्षेत्रको राजधानी हो।

डीटीईकेले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा भनिएको छ, “आक्रमणको मुख्य निशाना कम्पनीको त्यो बस थियो, जसले निप्रोपेत्रोभ्स्क क्षेत्रमा आफ्नो सिफ्ट पूरा गरी खानी मजदुरहरूलाई कार्यस्थलबाट घर फर्काउँदै थियो।”

आगामी बुधबार र बिहीबार रुस–युक्रेनबीच युद्धविरामका लागि अर्को चरणको वार्ता हुन लागेको समयमा भएको यो आक्रमणलाई युक्रेनमाथि दबाब बढाउने रुसी रणनीतिका रूपमा हेरिएको छ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी ४ र ५ (बुधबार र बिहीबार) अबु धाबीमा रुस र युक्रेनका प्रतिनिधिबीच त्रिपक्षीय वार्ता हुने पुष्टि गरेका छन्। टेलिग्राममा सन्देश जारी गर्दै उनले भने, “हाम्रो वार्ता टोलीबाट रिपोर्ट प्राप्त भएको छ।

अबु धाबीमा अर्को बैठकको मिति तय गरिएको छ। युक्रेन ठोस वार्ताका लागि तयार छ र युद्धलाई सम्मानजनक तरिकाले अन्त्य गर्ने परिणाम चाहन्छ।”
उक्त वार्तामा अमेरिकाको पनि सहभागिता रहने अपेक्षा गरिएको छ। तर, यसबारे अमेरिकी वा रुसी अधिकारीहरूबाट तत्काल औपचारिक प्रतिक्रिया आएको छैन।

रुसका शीर्ष प्रतिनिधि किरिल दिमित्रिएभले शनिबार फ्लोरिडामा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको भेट ‘सकारात्मक’ रहेको बताएका छन्। अबु धाबीमा हुने वार्तालाई युद्ध अन्त्य गर्ने प्रयासको निरन्तरताका रूपमा हेरिएको छ। यद्यपि, पूर्वी औद्योगिक क्षेत्र डोनबाससहित रुसले कब्जा गरेका भूभागबाट सेना फिर्ता गर्ने विषयमा दुवै पक्षबीच अझै गम्भीर मतभेद कायमै छन्।


यो आक्रमण त्यस्तो समयमा भएको हो, जब हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस एक साताका लागि आक्रमण रोक्न तयार भएको दाबी गरेका थिए। उनले चिसो मौसमका कारण आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गरेको र त्यसमा सहमति आएको बताएका थिए।

तर, आइतबार बिहान रुसले दक्षिणी युक्रेनको एउटा अस्पतालमा पनि ड्रोन आक्रमण गरेको छ। उक्त आक्रमणमा अस्पतालको स्त्री रोग विभागमा आगलागी हुनुका साथै तीन महिला घाइते भएको युक्रेनी आपत्कालीन सेवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा ट्रकको ठक्करबाट छोराको मृत्यु, बुवा घाइते

   माघ १, २०८२       admin

दाङ । दाङमा नम्बर नखुलेको ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरको पछाडी सवार लमही नगरपालिका–६ का २२ वर्षिय अंकित चौधरीलाई ट्रकले ठक्कर दिएको हो ।
लमहीतर्फ गइरहेको स्कुटरलाई सोहि दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले घोराही–१५ भिंग्रेली होटेल नजिकै ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको दाङ प्रहरीले बतएको छ । प्रहरीका अनुसार अंकितका बुवा ५३ वर्षिय झपेन्द्र बहादुर चौधरी घाइते भएका छन । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ घटनामा संलग्न रहेको आशंकमा एक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

डिभाईन फाउन्डेसनमा व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि प्रशिक्षण

   माघ १, २०८२       admin

दाङ, १८ माघ । डिभाइन फाउन्डेसन तुल्सीपुर दाङले आज तुल्सीपुरमा एक कार्यक्रम आयोजना गरी डिभाइन मन्टेश्वरी तथा डिभाइन पाठशालाका अभिभावकहरूका लागि व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। डिभाइन मन्टेश्वरीकी प्रिन्सिपल कोर्डिनेटर बिन्दु न्यौपानेको सभापतित्व तथा Inspirer Foundation सिईयो इन्द्र कुमार प्रसाईंको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
प्रशिक्षण कार्यक्रममा डिभाइन फाउन्डेसनका सीइओ भोजराज न्यौपाने, सञ्चालक कोर्डिनेटर ओमप्रकाश न्यौपाने, रिना रेग्मी, सिमा महरा, सारदा अधिकारी, जनसम्पर्क अधिकारीका फल्कुनन्द अधिकारी लगायत शिक्षक शिक्षिकाका साथै सयौं अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
डिभाइन फाउन्डेसनका सिईयो भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डिभाइन मन्टेश्वरी विद्यालयकी शिक्षिका सुजता डाँगीले गरेकी थिइन्।
प्रमुख अतिथि तथा प्रशिक्षक इन्द्रकुमार प्रसाईंले अभिभावकत्व केवल सन्तान जन्माउने कार्यमा सीमित नरही १८ वर्षसम्मको जिम्मेवारीपूर्ण यात्राजस्तै भएको उल्लेख गरे। उनले भने, “छोराछोरी जन्माउने बित्तिकै १८ वर्षे जिम्मेवारी अर्थात जागिर सुरु हुन्छ। त्यो अवधिमा जसरी सन्तानलाई हुर्काइन्छ, १८ वर्षपछि त्यही व्यवहार छोराछोरीबाट अभिभावकतर्फ फर्केर आउँछ।”
उनले मनोविज्ञानको दृष्टिकोण प्रस्तुत गर्दै उद्देश्यसहितको आनन्द नै सन्तान हुर्काउने आधार भएको बताए। “शरीरभन्दा शक्तिशाली दिमाग हुन्छ र दिमागभन्दा शक्तिशाली मन हुन्छ,” भन्दै उनले अभिभावकहरूले डिजिटल फास्टिङको अभ्यास गर्नुपर्नेमा जोड दिए। संस्कारमा लगानी गरे सम्पत्तिमा लगानी गर्न नपर्ने धारणा पनि उनले व्यक्त गरे।
कार्यक्रममा आयोजक पक्षले तुलसिपुर क्षेत्रमा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरू निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै सामाजिक तथा आर्थिक व्यस्तताका कारण कतै आफ्ना बालबालिकामाथि अन्याय त भइरहेको छैन भन्ने विषयमा अभिभावकले आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको समापन गर्दै डिभाइन मन्टेश्वरीकी प्रिन्सिपल बिन्दु खनाल न्यौपानेले यस्ता अभिभावक केन्द्रित कार्यक्रमहरू विगतदेखि सञ्चालन गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। साथै उनले उपस्थित सम्पूर्ण अभिभावकहरू तथा प्रशिक्षक इन्द्रकुमार प्रसाईंप्रति धन्यवाद व्यक्त  गरिन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ ३ का मतदातासंग उम्मेदवार, न एजेन्डा न घोषणापत्र

   माघ १, २०८२       admin

दाङ ।  प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू अहिले घरदैलो अभियानमा व्यस्त छन्। स्पष्ट एजेन्डा, ठोस योजना र दीर्घकालीन भिजन बिना उम्मेदवारहरु चुनावी रणभूमीमा देखिन्छन्  । एजेन्डाको अभावका कारण चुनावी बहस सतहमा सीमित बन्दै गएको छ भने । घरदैलोमा लागेका उम्मेदवार नागरिकले खोजेको उत्तर भने  दिन नसक्ने अवस्थामा देखिन्छन्।

घर–घरमा पुगेर मत मागिरहेका उम्मेदवारहरूसँग न त दलगत घोषणापत्र छ, न त एजेन्डा नै छ । स्थानीय समस्या समाधानका लागि ठोस कार्ययोजना समेत छैन । जनता झुक्याएर पुराना एजेन्डालाई नै दोहोर्‍याउँदै नयाँ–पुराना सबै दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यसले मतदाता थप अन्योलमा परेका छन्। नागरिकका आधारभूत प्रश्नमा उम्मेदवारहरू अलमलिने, जवाफ टार्ने वा सामान्य भाषणमै सीमित हुने अवस्था देखिन्छ। उम्मेदवारहरू स्वयं स्पष्ट रणनीति नहुँदा नागरिकका प्रश्नहरूमा बेढंगका जवाफ दिने स्थिति सिर्जना भइरहेको छ। चुनावी अभियान र भेटघाटमा फोटो, भिडियो  खिचाउनेमा मात्रै सीमित बन्दै गएको छ। एजेन्डा प्रस्तुत हुन नसक्दा  चुनावी रणनीति पनि स्पष्ट देखिँदैन। यस्तो अवस्थामा कसको पल्ला भारी हुने हो भन्ने अनुमान गर्न कठिन बन्दै गएको छ।

पुरानै उम्मेदवारहरूले आफूले विगतमा गरेको कामको सूची मात्र मतदातामा प्रस्तुत गरिरहेका छन्। तर अब को योजना के भन्दा कुनै उम्मेदवारसंग उत्तर छैन । नयाँ उम्मेदवारहरू ‘पुरानाले गर्न सकेनन्, हामी गर्छौं’ भन्ने नारामा सीमित छन्। तर के गर्ने, कसरी गर्ने र कति समयमा गर्ने भन्ने प्रश्नमा उनीहरू नजवाफ देखिन्छन ।
दाङसहित देशभर उम्मेदवारी दिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूमा यो समस्या समान रूपमा देखिएको छ। दलहरूबीच प्रतिस्पर्धा त छ, तर विचार, नीति र समाधानको प्रतिस्पर्धा भने कमजोर देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, एजेन्डाविहीन चुनावले लोकतन्त्रलाई कमजोर बनाउँछ। मतदाता विवेकपूर्ण निर्णय गर्न नपाउँदा चुनाव केवल व्यक्तिको लोकप्रियता र दलको प्रभावमा सीमित हुने छ। चुनाव भनेको केवल जित–हार होइन, यो भावी पाँच वर्षको दिशा तय गर्ने प्रक्रिया हो, डा नहकुल केसी भन्छन् , तर अहिलेको अभियानमा त्यो गम्भीरता देखिँदैन।

नागरिकहरू अब केवल हात जोडेर मत माग्ने उम्मेदवार होइन, स्पष्ट योजना, जवाफदेहिता र भविष्यको रोडम्याप खोजिरहेका छन्। चुनाव नजिकिँदै गर्दा दल र उम्मेदवारहरूले एजेन्डामुखी बहस नगरे लोकतन्त्रप्रति जनविश्वास थप कमजोर हुने बरिस्ठ अधिवक्ता डिल्लीराज धितालले बताए । उनले अहिले यो अवस्थाको संकेत देखिन थालेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दाङ क्षेत्र नं ३ का  उम्मेदवार कमल सुवेदी आफू नयाँ राजनीतिक संस्कृतिको दाबी गर्छन्। घरदैलो क्रममा उनले अरु दलहरूले केहि नगरेको बाहेक अरु एजेन्डा दिन सकेका छैनन । उनी मतदातासंग पुरानो दलप्रति  असन्तुष्टि पोख्छन, तर  ठोस कार्ययोजना सोध्दा उनी प्रष्ट छैनन ।  निर्वाचनका लागि उनी संग अहिले नत प्रष्ट एजेन्डा छ नत, पार्टीको घोषणापत्र नै उनीसँग छैन।

नेपाली कांग्रेसका  दाङ क्षेत्र नं ३ का उम्मेदवार दीपक गिरी भने आफ्नो विगतको भूमिकालाई मुख्य एजेन्डा बनाइरहेका छन्। उनले घरदैलोमा आफूले दाङका लागि धेरै काम गरेको र अझै बाँकी रहेको बताइ रहेका छन । उनले दाङमा सिँचाइ पुलपुलेसा र सडकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर पहिले काम गरेको र अब अधुरा काम गर्ने दोहोर्याइरहेका छन् । तर यो प्रतिनिधि सभाको निर्वाचनका लागि प्रष्ट एजेन्डा र पार्टीको घोषणापत्र भने उनीसँग छैन। गिरी निवर्तमान सांसद हुन भने पूर्व सिचाई मन्त्री समेत हुन ।
नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डे नगर प्रमुख हुदाका विकासको कुरा गरिरहेका छन । भने त्यहि योजना र कार्यक्रम मतदाता माझ पुर्याइ रहेका छन । नयाँ  योजना बिनाका  आश्वासनमा भने छदै छन । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर मास्की प्रदेश सभा सदस्य राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनले प्रदेश सभा सदस्य हुँदाका बखत गरेका कामलाई अगाडि सारेर मतदाता समक्ष मत मागिरहेका छन्। यद्यपि उनीसँग पनि आफ्ना छुट्टै एजेन्डा र पार्टीको घोषणापत्र साथमा छैन ।
दाङमा भएका अधिकांश राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको अहिलेको हविगत यस्तै रहेको छ। दाङमा ६१ जना उम्मेदवार रहेका छन । भने ४लाख ३१ हजार ६ सय ८६ मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्थापना दिवसमा सहाराको रक्तदान कार्यक्रम

   माघ १८, २०८२       admin

दाङ,१७ माघ । सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम सस्थाका अध्यक्ष वासुदेव आचार्यको सभापतित्वमा र सामाजिक अभियन्ता तथा बालअधिकारकर्मी नवराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा २ महिला र ९ पुरुष गरी कुल ११ जनाले रक्तदान गरेका थिए।

उक्त अवसरमा सस्थाका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्मा, सल्लाहकार केसवराज सापकोटा र सदस्य किरण विकले पनि उपस्थित भएर रक्तदानमा सहयोग गरे। कार्यक्रमको सहजिकरण सचिव भिम मरासिनिले गरेका थिए।

सहारा बचत तथा ऋण सहकारी संस्थाले यस प्रकारका सामाजिक कार्यक्रमहरु मार्फत समुदायमा स्वास्थ्य सचेतना र सहयोगको महत्त्व पु¥याउने उद्देश्य राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

किवानिज क्लब अफ तुलसीपुर मेट्रोको अध्यक्षमा केसी

   माघ १८, २०८२       admin

दाङ, १७ माघ । किवानिज क्लब अफ तुलसीपुर मेट्रोको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। एक औपचारिक कार्यक्रमका बीच क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराई पदभार हस्तान्तरण गरिएको हो।

क्लबको अध्यक्षमा आशिष केसी निर्वाचित भएका छन् । त्यसैगरी आगामी अध्यक्षमा चुडामणि जैसी, उपाध्यक्षमा सन्ध्या सुवेदी, सचिवमा सुशील खनाल र कोषाध्यक्षमा सुदीप शर्मा चयन भएका छन् ।

यस्तै, कार्यक्रम संयोजकमा स्यानी चौधरी चयन हुनुभएको छ भने सदस्यहरूमा गिमानन्द डाँगी, संगीता चौधरी, हेमन्त अधिकारी र पूर्णबहादुर चौधरी चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूलाई किवानिज इन्टरनेसनलका ट्रस्टी मोहन लम्साल, डिस्ट्रिक्ट गभर्नर डा. रामहरी थपलिया, गभर्नर इलेक्ट रामहरी सुवेदी, पूर्व डिस्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंह, डिभिजन–५ का एलटी गभर्नर अमनमान श्रेष्ठ, भाइस गभर्नर बिमल पौडेल तथा किवानिज क्लबका निवर्तमान अध्यक्ष हेमराज डाँगीलगायतले शपथ ग्रहण गराएका थिए।

किवानिज क्लब अफ तुलसीपुर मेट्रोको स्थापना सन् २०२१ मा भएको हो। क्लबका संस्थापक अध्यक्ष मनुराज शर्मा हुनुहुन्छ। संस्थापक सचिवका रूपमा काम गरेका आशिष केसी विभिन्न जिम्मेवारी सम्हाल्दै हाल अध्यक्षमा निर्वाचित भएका हुन् ।


उक्त अवसरमा दाङ जिल्लाका विभिन्न किवानिज क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि शपथ ग्रहण गराइएको थियो। कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।


डिस्ट्रिक्ट गभर्नर रामशरण थपलियाको अध्यक्षता तथा किवानिज इन्टरनेसनलका ट्रस्टी मोहन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण गभर्नर इलेक्ट भरत ढुंगेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लम्सालले किवानिजले बालबालिकाको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

अन्य वक्ताहरूले पनि किवानिजमार्फत बालबालिकाको स्वास्थ्य, शिक्षा र सचेतनाका क्षेत्रमा उल्लेखनीय कार्य भइरहेको उल्लेख गर्दै यसको थप विस्तार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमसँगै क्लबका सम्पूर्ण सदस्यहरूका लागि नेतृत्व विकास तालिमसमेत सञ्चालन गरिएको थियो। तालिममा डिभिजन–५ र ६ अन्तर्गतका करिब ४ सय जना सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

किवानिज इन्टरनेसनलको स्थापना सन् १९१५ मा अमेरिकामा भएको हो। नेपालमा भने सन् २०१५ देखि सक्रिय रहँदै आएको किवानिज इन्टरनेसनलका हाल देशभर ८० भन्दा बढी शाखा रहेका छन्। क्लबले विशेषगरी बालबालिकाको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा विभिन्न सामाजिक सेवा गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक

   माघ १८, २०८२       admin

काठमाडौं,१७ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ।

आयोगले सातवटै प्रदेशका निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्रको नमूना सार्वजनिक गरेको हो। एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक प्रकारको मतपत्रको नमूना तयार गरिएको आयोगले जनाएको छ। ती नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग गरिनेछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार फरक–फरक बनाइएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा तुलनात्मक रूपमा ठूलो आकारको र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो आकारको मतपत्र छापिएको छ।

कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एक–एक निर्वाचन क्षेत्र रहेका छन् भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र छन्। ती जिल्लाका मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एक–एक निर्वाचन क्षेत्र रहेका छन्।

अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र कायम रहेका छन्। ती सबै निर्वाचन क्षेत्रका मतपत्रको नमूना पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भने भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology