दाङ,२५ जेठ ।लुम्बिनी प्रदेश प्रहरीले शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी र राजस्व छली नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको जनाएको छ। खुला सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्न रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम), बाँके, बर्दिया र दाङलगायत जिल्लामा निगरानी कडा पारिएको छ।
सोही अभियानअन्तर्गत सोमबार बर्दियाबाट ४३ लाख ६१ हजार ८४० रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ।
मधुवन नगरपालिका–८ सानोश्री क्षेत्रमा भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ।
बहराइच जिल्लाका २२ वर्षीय रिजवान अन्सारी र २० वर्षीय कलिम खानबाट दुई बोलेरो गाडी, एक पल्सर मोटरसाइकल र ३ हजार ७९० दर्जन केरा बरामद गरिएको छ। ती सामानको मूल्य करिब २५ लाख ५९ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी मधुवन–६ मा गोदाममा लुकाएर राखिएको मटर, सुपारी, सुर्ती, चुरोट, बिँडी, माउथ फ्रेसनर र प्लास्टिकलगायतका सामग्री पनि बरामद गरिएको छ। ती सामानको मूल्य १८ लाख २ हजार ८४० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद सामान र सवारीसाधनबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले शान्तिसुरक्षा, सुशासन र अपराध नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताए। सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले सीमा क्षेत्रमा तस्करी र राजस्व छली नियन्त्रणका लागि निगरानी र संयुक्त अभियान निरन्तर जारी रहने जानकारी दिए।
प्रहरीको सक्रियताप्रति स्थानीय समुदायले सकारात्मक प्रतिक्रिया दिएका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेतृत्व आचार्यले शान्तिसुरक्षा कायम र व्यवसायमैत्री वातावरण बनाउन प्रहरीले प्रभावकारी भूमिका खेलेको बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ जेठ ।आज पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९०० रुपैयाँले घटेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो पनि सुनको भाउ तोलामा ८ हजार २०० रुपैयाँले घटेको थियो। गएको जेठ २१ गतेदेखि सुनको मूल्य निरन्तर घट्दै आएको छ।
चाँदीको भाउ भने आज सामान्य बढेको छ। हिजो तोलामा ३३५ रुपैयाँले घटेको चाँदी आज १० रुपैयाँले बढेर तोलाको ४ हजार ९०५ रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ जेठ ।विपक्षी दलहरूको निरन्तर विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी सांसदहरूले बैठक सुरु हुनासाथ विरोध जनाएका थिए।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अवस्था नियन्त्रणमा नआएपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ जेठ ।लुम्बिनी प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई शपथ गराएका हुन्।
यसअघि नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री नियुक्त भएका थिए।
पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेका रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, अर्घाखाँचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा गुल्मीका डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री चेतनाथ आचार्यले २० गते मन्त्रीहरूको सिफारिस गरे पनि प्रदेश प्रमुख बाहिर रहेकाले आज मात्र शपथ कार्यक्रम सम्पन्न भएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ जेठ । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँमा शुक्रबारदेखि हराएका एक बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ करिब ५ बजे आफ्नै घर नजिक खेलिरहेका स्थानीय रोहित यादवका तीन वर्षीय छोरा मनिकेश यादव अचानक हराएका थिए। खोजीका क्रममा आज उनको शव सोही गाउँ नजिकैको पोखरीमा भेटिएको हो।
प्रहरीका अनुसार शव बोराभित्र राखिएको अवस्थामा फेला परेको र बाहिरबाट खुट्टा देखिएपछि स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। बालक मृत अवस्थामा फेला परेकाले घटनामा शङ्कास्पद अवस्था देखिएको भन्दै प्रहरीले हत्या हुनसक्ने आशङ्कासहित सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच जलेश्वर नगरपालिका–१२ का १२ वर्षीय गौतम यादव र वडा नं. ६ का १५ वर्षीय अभय मण्डल पनि क्रमशः जेठ ७ र जेठ १४ गतेदेखि हराइरहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ२४ जेठ । दूषित खानाका कारण विश्वभर हरेक वर्ष करिब ८६ करोड ६० लाख मानिस बिरामी पर्ने र १५ लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ।
डब्लुएचओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिका दूषित खानाबाट हुने रोगको उच्च जोखिममा रहेका छन्। विश्वको कुल जनसंख्यामा पाँच वर्षमुनिका बालबालिकाको हिस्सा करिब ९ प्रतिशत मात्र भए पनि खाद्यजन्य रोगको झन्डै एक तिहाइ समस्या यही समूहमा देखिएको प्रतिवेदनमा उल्लेख छ।
संस्थाका अनुसार पाँच वर्षमुनिका बालबालिका अन्य उमेर समूहका मानिसको तुलनामा दूषित खानाबाट बिरामी पर्ने सम्भावना झन्डै तीन गुणा बढी रहेको छ। डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले खाद्य सुरक्षा कुनै अमूर्त विषय नभई हरेक परिवार र दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएका छन्।
प्रतिवेदनमा ब्याक्टेरिया, भाइरस र परजीवीजस्ता जैविक कारकहरूले अधिकांश खाद्यजन्य रोग निम्त्याउने उल्लेख गरिएको छ।
तर रासायनिक प्रदूषणका कारण हुने मृत्युको अनुपात अत्यधिक रहेको पाइएको छ। सन् २०२१ मा खाद्यसम्बन्धी कुल मृत्युको ७३ प्रतिशत रासायनिक जोखिमसँग सम्बन्धित रहेको डब्लुएचओले जनाएको छ।
विशेष गरी अकार्बनिक आर्सेनिक र सिसा (लेड)का कारण हृदय रोग तथा क्यान्सरको जोखिम बढेर १० लाखभन्दा बढी मृत्यु भएको अनुमान गरिएको छ।
प्रतिवेदनले असुरक्षित खानाको आर्थिक असर पनि गम्भीर रहेको जनाएको छ। सन् २०२१ मा खाद्यजन्य रोगका कारण विश्वभर करिब ३१० अर्ब अमेरिकी डलर बराबरको उत्पादनशीलता नोक्सान भएको अनुमान गरिएको छ। जीवनयापन लागतअनुसार समायोजन गर्दा यो रकम ६४७ अर्ब डलरसम्म पुग्ने बताइएको छ।
क्षेत्रीय रूपमा अफ्रिका र दक्षिणपूर्वी एसियामा खाद्यजन्य रोगको भार सबैभन्दा बढी रहेको छ। यी दुई क्षेत्रमा विश्वका करिब तीन चौथाइ बिरामी र ६० प्रतिशत मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
जलवायु परिवर्तन, एन्टिमाइक्रोबियल रेसिस्टेन्स तथा खाद्य प्रणालीमा रहेको असमानताले जोखिम झन् बढाइरहेको डब्लुएचओले जनाएको छ।
संस्थाले खाद्य सुरक्षा नियम, निगरानी प्रणाली तथा रोकथामका उपायहरूलाई अझ प्रभावकारी बनाउन सरकारहरूलाई आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ जेठ । संघीय संरचनाअन्तर्गत संघ र प्रदेशबीच समन्वय सुदृढ बनाउन सातै प्रदेश सभामा संघ–प्रदेश समन्वय शाखा स्थापना गर्ने नीति तय गरिएको छ।
सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले उक्त निर्णयसहित सन्देश पत्र जारी गरेको हो। सन्देश पत्रको बुँदा नम्बर २ मा तहगत संसद् तथा सभाबीच प्रभावकारी सहकार्य र अन्तरसम्बन्ध विस्तार गर्ने विषय उल्लेख गरिएको छ। निर्णयअनुसार संघीय संसद्सँग समन्वय गर्न सबै प्रदेश सभामा संघ र प्रदेश समन्वय शाखा वा इकाइ स्थापना गरिनेछ।
साथै, अन्तर व्यवस्थापिका मञ्चको सचिवालय सञ्चालनको जिम्मेवारी संघीय संसद् सचिवालयअन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले वहन गर्ने व्यवस्था गरिएको छ।
सम्मेलनले तीनै तहका कानुन निर्माण तथा व्यवस्थापकीय कार्यलाई अनुसन्धान, विकास र नवप्रवर्तनसँग जोडेर अघि बढाउने नीति पनि लिएको छ।
यसैगरी, संघीय संसद्, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्न व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्ने पहल गर्ने सहमति गरिएको छ।
त्यसैगरी नीति तथा कार्यक्रम, पूर्व–बजेट छलफल र संसदीय बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्षभित्र आवश्यक कानुनी व्यवस्था गरी संसदीय बजेट कार्यालय स्थापना गर्ने दिशामा अघि बढ्ने निर्णय गरिएको छ।
संसदीय कामलाई प्रभावकारी बनाउन संघीय संसद् तथा प्रदेश सभाका सदस्यहरूलाई आवश्यक सहयोगी कर्मचारी व्यवस्था गर्ने विषय पनि सन्देश पत्रमा समावेश गरिएको छ।
यसका साथै संघ, प्रदेश र स्थानीय तहबीच विधायिकी अभ्यास तथा व्यवस्थापकीय अनुभव आदान–प्रदानका लागि पदाधिकारी तथा कर्मचारीबीच अन्तरक्रिया, छलफल र समीक्षा कार्यक्रम सञ्चालन गर्ने नीति पनि सम्मेलनले अंगीकार गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेका मन्त्री खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतबीचका सीमासम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताएका हुन् ।
एक प्रश्नको जवाफमा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउँदै यस विषयमा नेपालले भारत र चीनसमक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिए।
“नेपाल–भारतको वर्तमान सीमा सन् १८१६ को सन्धिबाट निर्धारित भएको हो। यी विषयहरू द्विपक्षीय वार्ता र कूटनीतिक संयन्त्रमार्फत समाधान गरिनेछन्। हामी सीमा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहन्छौँ,” उनले भने ।
उनले नेपाल र भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन सम्बन्धित देशका प्रधानमन्त्रीहरूलाई बुझाउनुपर्ने बताए।
अर्को प्रश्नको जवाफमा मन्त्री खनालले नेपालले आफ्ना दुवै छिमेकीसँग सहकार्यलाई प्राथमिकता दिएको बताए। उनले परराष्ट्र नीतिका प्राथमिकता, नेपाल र भारत सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे पनि स्पष्ट पारे।
यसैबीच, दूतावासले पत्रकारहरूको सहभागिताप्रति आभार व्यक्त गर्दै नेपाल र भारतबीच आपसी समझदारी र सहकार्यलाई अझ सुदृढ बनाउन निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ जेठ । देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा गर्मी बढ्ने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहेको छ भने तराईमा आंशिक बदली रहेको छ।
आज कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा आगामी केही दिन मध्यम वर्षा हुने अनुमान गरिएको छ।
साप्ताहिक पूर्वानुमानअनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तातो हावा चल्ने र गर्मी बढ्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्लाको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।
अधिवेशनबाट किरण खनाल सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल तथा सहसचिवमा प्रमिला रोका मगर निर्वाचित भएका छन्।
नवगठित कार्यसमितिका सदस्यहरूमा होताराम आचार्य, रविन्द्र केसी, प्रकाश चौधरी, पवित्रा बिक, प्रताप विक्रम पुन, अनन्ता चौधरी, मोहन आचार्य, गोमा शर्मा र चुमान चौधरी निर्वाचित भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस