काठमाडौं,१३ माघ। संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजना हुनेछ।
नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएपछि स्थगित राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो।
आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आर्थिक वर्ष २०८१र०८२ को ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वार्षिक प्रतिवेदन’ पनि सभा समक्ष पेस गर्नेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ माघ । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ। चितवनको माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।
सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक्रमण गरेको थियो। गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक खनालले बताए।
चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार दुवै जनाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
विवेक देवकोटा। चुनाव नजिकिँदै जाँदा गाउँगाउँमा अचानक देखिने उम्मेदवारहरूको भीड, सहयोगका कार्यक्रम र आत्मीय मुस्कान अब अस्वाभाविक होइन, बरु पूर्वानुमान गर्न सकिने दृश्य बनेको छ। वर्षौंसम्म जनताको अवस्था नदेख्ने, समस्या नसुन्ने र पीडामा चासो नदिने नेताहरू चुनावको मुखमा भने सेवाभावको खोल ओढेर जनताको ढोका ढकढक्याउन थाल्छन्। यसले स्वाभाविक रूपमा प्रश्न उठाउँछ,के यो साँच्चिकै जनसेवा हो, कि जनताको विवेकमाथि खेलिएको लोकप्रियताको राजनीति ?
चुनावी समयमा देखाइने सहयोग प्रायः क्षणिक, सतही र स्वार्थकेन्द्रित हुन्छ। खाद्यान्न वितरण, राहतको नाटक, स्वास्थ्य शिविरको फोटोसेसन, विद्यार्थीलाई कापीकलम बाँड्ने कार्यक्रम।यी सबै कार्यहरू मानवीय संवेदनाभन्दा बढी मत सङ्कलनको रणनीति जस्ता देखिन्छन्। जनताको दीर्घकालीन समस्या समाधानभन्दा पनि सामाजिक सञ्जाल, प्रचार सामग्री र समाचारका शीर्षकमा ‘सेवक’ देखिने होड चलिरहेको छ। सेवा यहाँ कर्तव्य होइन, प्रचारको साधन बनेको छ।
यदि यी उम्मेदवारहरू साँच्चिकै जनसेवामा विश्वास गर्ने हुन् भने, गम्भीर प्रश्न गर्नुपर्ने हुन्छ।चुनाव बाहेकका वर्षहरूमा उनीहरू कहाँ थिए ? किन गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्याहरू सधैं उस्तै छन् ? किन सेवा केवल चुनावी पात्रोमा मात्र सीमित हुन्छ ? यिनै प्रश्नहरूले चुनावी सहयोगको नियतमाथि गहिरो शङ्का जन्माउँछन् र जनताको विश्वास कमजोर बनाउँछन्।
अझ चिन्ताजनक कुरा के छ भने, यस प्रकारको चुनावी ‘उदारता’ ले जनतालाई अधिकारको दाबेदार होइन,कृपाको आश्रित बनाउने प्रवृत्ति बढाउँछ। राज्यले नीति, कानुन र संस्थागत संरचनामार्फत दिनुपर्ने सेवा व्यक्तिको दयाजस्तो प्रस्तुत गरिन्छ। यसले लोकतान्त्रिक शासन प्रणालीलाई कमजोर पार्छ र व्यक्तिवादी राजनीतिलाई प्रश्रय दिन्छ। लोकतन्त्र व्यक्तिको उदारताबाट होइन, प्रणालीको सुदृढताबाट बलियो हुन्छ भन्ने सत्य यहाँ बिर्सिइएको देखिन्छ।
चुनावी समयमा गरिने यस्तो देखावटी सेवा वास्तवमा जनताको पीडामाथि गरिएको राजनीतिक व्यापार हो। गरिबीलाई भोटको हतियार बनाइन्छ,अशिक्षालाई अवसरको सिँढी बनाइन्छ र जनताको विवेकलाई क्षणिक राहतको लोभमा किन्न खोजिन्छ। यसले समस्याको समाधान गर्दैन, बरु समस्या जीवित राखेर राजनीतिक लाभ लिने संस्कारलाई संस्थागत गर्छ। परिणामतः लोकतन्त्र सुदृढ होइन, क्रमशः खोक्रो बन्दै जान्छ।
अब समय आएको छ,जनताले सहयोगको झिल्काभन्दा दृष्टिकोणको उज्यालो खोज्नुपर्छ। केही दिनको राहत होइन, दीर्घकालीन नीति आवश्यक छ। चुनावी भीडमा देखिने मुस्कान होइन, कार्यकालभरि देखिने जवाफदेहिता चाहिएको छ।
यस सन्दर्भमा उम्मेदवारहरूले पनि स्पष्ट रूपमा बुझ्नुपर्छ कि जनता दानको आशामा होइन, जिम्मेवार शासनको अपेक्षामा छन्। चुनावअघि मात्र देखिने सक्रियता होइन, चुनावपछि पनि निरन्तर संवाद, पारदर्शी कार्यशैली र नीतिमा आधारित स्पष्ट कार्ययोजनामार्फत जनविश्वास जित्न सकिन्छ।
व्यक्तिगत उदारताभन्दा संस्थागत विकास, भाषण र वाचाभन्दा परिणाम र लोकप्रियताभन्दा कर्तव्यलाई प्राथमिकता दिने राजनीतिक संस्कार विकसित नगरेसम्म लोकतन्त्रको वास्तविक मर्म स्थापित हुन सक्दैन। लोकप्रियता क्षणिक हुन सक्छ तर कर्तव्यबाट भागे लोकतन्त्रले कहिल्यै क्षमा गर्दैन।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ माघ। नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको मर्यादित र सम्मानजनक प्रयोग गर्न सबैमा आग्रह गरेको छ। राष्ट्रिय झण्डाको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने चेतावनी पनि गृह मन्त्रालयले दिएको छ।
गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” कार्यान्वयनमा रहेको स्मरण गराउँदै राष्ट्रिय झण्डाको आकार, प्रयोग विधि, फहराउने तरिका तथा निषेधित कार्यहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ। सो कार्यविधि बमोजिम प्रमुख जिल्ला अधिकारीलाई आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डाको प्रयोगबारे नियमित अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ।
विज्ञप्तिमा राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न वा गराउन नपाइने स्पष्ट गरिएको छ। झण्डा उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, पोको पार्ने, व्यापारिक वा विज्ञापन प्रयोजनमा प्रयोग गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।
त्यस्तै, राष्ट्रिय झण्डाको प्रतीक शरीरमा प्रयोग गर्दा कम्मरभन्दा माथिल्लो भाग बाहेक अन्यत्र प्रयोग गर्न, चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न तथा छातीभन्दा तल लगाइने भित्री वा बाहिरी कपडामा झण्डाको चित्र राख्नसमेत निषेध गरिएको छ।
गृह मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने व्यवस्था रहेको पनि स्पष्ट गरेको छ। दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो वा र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने भए पनि त्यसबाहेक अन्य अवस्थामा प्रयोग गर्न नहुने व्यवस्था रहेको जनाइएको छ।

त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ अनुसार राष्ट्रिय झण्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार र सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने स्थान वा अवस्थामा प्रयोग गरेमा सजायको व्यवस्था रहेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले राष्ट्रको पहिचान र गौरवसँग जोडिएको राष्ट्रिय झण्डाको प्रयोग गर्दा उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्न सबै नागरिक, संघसंस्था र राजनीतिक दललाई अनुरोध गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १२ माघ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोराहीमा आइतबार सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएका छन्। प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गरेकोमा ६ मत बदर भएको थियो।
त्यसैगरी, नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मतदातामध्ये २०८ जनाले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए। तीमध्ये १० मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख पदाधिकारी मतदाता रहेको उक्त निर्वाचनमा १६ मत बदर भएपछि राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी सुरु भएको छ। यस सन्दर्भमा प्रमुख राजनीतिक दलका प्रदेश तथा स्थानीय तहका नेताहरूले बदर मतको घटनालाई सामान्य रूपमा लिन नहुने बताउँदै निर्वाचनको मत परिणामलाई सूक्ष्म रूपमा विश्लेषण गरी निष्कर्षमा पुगेर त्यसैअनुसार धारणा बनाउनुपर्ने बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ माघ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहका अनुसार प्रहरीले विशेष सुचनाको आधारमा तीनजनालाई गत शुक्रवार दिउँसो सवा चार बजेतिर पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा तुलसीपुर -१७ बस्ने २७ बर्षिय दामोदर केसी र २३ बषिय पुजन बुढाथोकी रहेका छन् । पक्राउ परेका उनीहरुको साथबाट दुईसय ३० मिलिग्राम लागु औषध ब्राउन सुगर० बरामद गरेको डिएसपी शाहले जानकारी दिए।
उनीहरु विरुद्ध जिल्ला अदालतमा लागु औषध मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।
यस्तैगरी गत शनिवार तुलसीपुर- ९ बेलुवाबाट पनि एक जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा सोहि ठाउँ निवासी ३१ बर्षिय लाली वली योगी रहेका छन् । प्रहरीले उनको साथबाट एक सय साठी मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरी लागु औषध मुद्धामा सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १२ माघ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ।
निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक तथा मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।
उजुरीमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा बालेन शाहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरिएको छ।
निवेदनअनुसार बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’, ‘देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको फैसलाबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप हुन्।
यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने जोखिम रहेको उजुरीमा उल्लेख गरिएको छ।

‘यस्ता गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउनुका साथै लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट हिंसात्मक आरोप र अफवाहको तहमा झार्ने कार्य गर्दछ,’ उजुरीमा भनिएको छ।
नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोपमार्फत मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भएमा आवश्यक कारबाही गर्न माग गरिएको छ।
यसैगरी, उजुरीमा महोत्तरीलगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको पनि उल्लेख छ।
उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ माघ । भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिएको आरोपमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकामध्ये इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख शाखा अधिकृत खवास, राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, सोही वडाका तत्कालीन वडा सचिव राजेश कुमार कहार र कार्यालय सहायक मिना चौधरी रहेका छन्।
त्यसैगरी भारतीय नागरिक आलम जोल्हा र आएसा जोल्हालाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार मिलेमतोमा बदनियत राखी नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली व्यक्ति आलम जोल्हालाई राजपुर गाउँपालिका–४ स्थायी ठेगाना भएका दिवंगत सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानुनी रूपमा नागरिकता दिलाइएको हो।
सनाउल्ला जोल्हाको १५ वैशाख ०३८ मै मृत्यु भइसकेको भए पनि १५ वैशाख ०४१ मा मृत्यु भएको भनी झुट्टा विवरण उल्लेख गरी मृत्युदर्ता प्रमाणपत्र तयार गरिएको अख्तियारको आरोप छ। साथै आलम जोल्हाको जन्म २५ फागुन ०३९ मा तत्कालीन राजपुर गाविस–३ दुलैयामा भएको भनी झुट्टा जन्मदर्ता प्रमाणपत्र बनाइएको पनि आरोपपत्रमा उल्लेख छ।
नागरिकता तथा जन्मदर्ताका लागि सिफारिस गरिएका व्यक्ति स्थानीय हुन् वा होइनन् भन्ने यकिन गर्नुपर्ने कानुनी दायित्व हुँदाहुँदै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले गैरकानुनी लाभ लिने उद्देश्यले सरकारी कागजातमा अनाधिकृत रूपमा केरमेट, सच्याउने तथा हेरफेर गरेको अख्तियारको दाबी छ।
प्रतिवादी आएसा जोल्हाले आलम जोल्हा आफ्नो सहोदर भाई भएको भनी झुट्टा सनाखत गरेको र सोही आधारमा वडाध्यक्ष रामेश्वर अहिरले सिफारिस गरेको पनि उल्लेख गरिएको छ।
त्यही सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवासले स्थानीय प्रहरीमार्फत् आवश्यक यकिन नगरी, पेस गरिएका कागजातको चेकजाँचसमेत नगरी, झुट्टा कागजातहरू जानीबुझी स्वीकार गरी २८ मंसिर ०७५ मा आलम जोल्हालाई बंशजको आधारमा नागरिकता दिएको अख्तियारको दाबी छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ माघ ।नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार २०० रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २९० रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ माघ । राष्ट्रिय सभाका १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस ९ सिटमा विजयी भएको छ भने नेकपा (एमाले) ले ८ सिट जितेको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ सिट हात पारेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा तय गरिएको चुनावी तालमेल नीतिअनुसार कांग्रेसले नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गरी उम्मेदवारी दिएको थियो। निर्वाचन सातै प्रदेशको सदरमुकाममा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्पन्न भएको थियो।
प्रदेशगत नतिजा अनुसार लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ (अपाङ्ग) र चन्द्रबहादुर केसी (खुला), तथा नेकपा (एमाले) की रामकुमारी झाँक्री (महिला) निर्वाचित भएका छन्।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। त्यस्तै नेकपा (एमाले) की रोशनी मेचे (महिला) र सोमनाथ पोर्तेल (दलित) निर्वाचित भएका छन्।
मधेस प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अल्पसंख्यक), लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर (अन्य) तथा नेकपा (एमाले) की रेखाकुमारी झा (महिला) निर्वाचित भएका छन्।
वागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा (महिला) र नेकपा (एमाले) का प्रेमप्रसाद दंगाल (अन्य) निर्वाचित भएका छन्। गण्डकी प्रदेशमा नेकपा (एमाले) की सम्झना देवकोटा (महिला) र नेपाली कांग्रेसका जगत तिमिल्सिना (अन्य) विजयी भएका छन्।
कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजंग शाही (अन्य) र नेकपा (एमाले) का मीनासिंह रखाल (खुला) निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) की लीलाकुमारी भण्डारी (महिला) र नेपाली कांग्रेसका खम्मबहादुर खाती (अन्य) निर्वाचित भएका छन्।
स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता रहने सो निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता अनुपस्थित रहेका थिए भने अन्य दलका केही सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा सहभागी भएनन्।
राष्ट्रिय सभामा कुल १९ पद रिक्त हुनेमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस