दाङ, ११ माघ । राजनीतिक वैकल्पिको रूपमा चर्चामा रहेको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको छ।
उज्यालो नेपाल पार्टी (उनेपा) का १५ जना संस्थापक नेताहरूले सामूहिक विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको बताएका हुन्। डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. अभिषेकराज सिंह, सञ्जीव भट्टराईलगायत नेताहरूले पार्टीसँगको सम्बन्ध अन्त्य भएको स्पष्ट पारेका छन्।
विज्ञप्तिमा उनीहरूले विचार, मूल्य र नागरिक सरोकारका आधारमा स्वतन्त्र रूपमा सक्रिय रहने जनाएका छन्। ‘हामी उज्यालो नेपाल पार्टीबाट अलग भएको घोषणा गर्दछौं। यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
पार्टीबाट अलग भएको बताउने अन्य नेताहरूमा सुजन श्रेष्ठ, कुशुम घिमिरे, डा. घनश्याम पाण्डे, क्षितिज भण्डारी, डा. सागर ढकाल, नेत्र कार्की, विशाल गैरे, सरला लामिछाने, मीनराज आचार्य, रजिया बानु र देवेन्द्र श्रेष्ठ रहेका छन्।
अलग हुनेमध्ये केही नेताहरू विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट आएका हुन्। सामूहिक रूपमा जारी गरिएको विज्ञप्तिमा उनीहरूले वैकल्पिक राजनीति र नागरिक सरोकारलाई निरन्तर प्राथमिकतामा राख्ने संकेत गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ गठबन्धनबाट नेकपा (एमाले) की उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गता समूहबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरतर्फ कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ झाक्रीले ६ हजार ३३० मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ मत र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत प्राप्त गरेका छन् ।
अपाङ्गता समूहमा कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ले ५ हजार ३२२ मत ल्याउँदै विजयी भए । यस समूहमा नेकपाका सर्जन विकले १ हजार ६०१ मत प्राप्त गरे।
यस्तै अन्य क्लस्टरतर्फ कांग्रेसका चन्द्रबहादुर केसीले ५ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत र राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ माघ।आसन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ को सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ।
सहमति अनुसार पश्चिम रुकुमका उम्मेद्वार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेद्वार संदीप पुनको पक्षमा आँखा चिन्हमा नेकपा (एमाले) ले मतदान गर्ने भएको छ।
त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले) का उम्मेद्वारहरूको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको छ।
दुवै पार्टीहरूले सहमति कार्यान्वयनका लागि आ–आफ्ना पार्टी पंक्तिलाई अविलम्ब निर्देशन दिने जनाएका छन्।

सहमति–पत्रमा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवको हस्ताक्षर रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ माघ ।दाङ जिल्लामा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घोराही उपमहानगरपालिका–२, रामपुर निवासी प्रहरी जवान हरी जिसी मृत फेला परेका हुन्।
प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर बाहिर निस्किएका थिए।
त्यसपछि उनी तीन दिनसम्म सम्पर्कविहीन बनेका थिए। खोजीका क्रममा उनको स्कुटी बाटोमा फेला परेको थियो। थप खोजतलास गर्दा घोराही उपमहानगरपालिका–१८ घोरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ।
स्रोतका अनुसार मृतक जिसीका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा उपचाररत थिए। बुबाको उपचारका लागि बिदा माग्दा स्वीकृत नभएपछि उनी मानसिक तनावमा रहेको बताइएको छ। तर यसबारे प्रहरीले आधिकारिक पुष्टि गरेको छैन।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठले पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिँदै मृतकको मोबाइल फोनको लक खुलेपछि घटनाको वास्तविक कारण खुल्ने बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ माघ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भएको मतदान सम्पन्न भएको छ।
घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २८६ जनाले मतदानमा सहभागिता जनाएका छन्।
प्रदेश सभा सदस्यतर्फ महिला ३० जना र पुरुष ४८ जना गरी कुल ७८ जनाले मतदान गरेका छन्। यस्तै, स्थानीय तहतर्फ महिला ८५ जना र पुरुष १२३ जना गरी कुल २०८ जनाले मतदान गरेका छन्।
निर्वाचनका लागि मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्यले तथा मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको थियो।
मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। मतगणना तोकिएको समयअनुसार सुरु गरिने जानकारी दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
प्युठान,११ माघ । प्युठानको मल्लरानी गाउँपालिका–२ मधुगैराबाट एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
शनिबार राति प्रहरीले सोही ठाउँ निवासी ५८ वर्षीय डानकबहादुर सार्कीलाई भरुवा बन्दुक एक थानसहित नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरी टोलीले उनको घर नजिकै रहेको तोरीको कुनिउँमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला पारेको र त्यसपछि सार्कीलाई पक्राउ गरेको जनाएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ माघ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशको घोराहीमा मतदान सुरु भएको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो।
प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरका अनुसार निर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था गरिएको छ भने मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।
उनक अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८३ जना र २०९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २९९ जना मतदाता रहेका छन्। मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ११माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को सहजीकरणमा तुलसीपुर सिटी हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सन्दीपन रिजालको अध्यक्षता तथा वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेल प्रमुख आतिथ्यतामा उक्त शिविर सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै तुलसीपुर सिटी हस्पिटलका प्रबन्ध निर्देशक हेमराज बस्नेतले प्रत्येक वर्ष दुर्गम क्षेत्रमा पुगेर रोग पहिचान गर्नुपर्ने आवश्यकता औँल्याउँदै रोग दबाएर होइन, खुला रूपमा पहिचान गरेर उपचार गर्नु जरुरी रहेको बताए।
तुलसीपुर सिटी हस्पिटलका पूर्व अध्यक्ष विमल रिजालले नागरिकलाई सेवा लिन र स्वास्थ्यप्रति सचेत हुन आग्रह गरे। रेडक्रस सोसाइटी दाङका उपाध्यक्ष हरिहर पौडेलले संस्थाले लामो समयदेखि मानवीय सेवा गर्दै आएको उल्लेख गरे।
रोटरी डिस्ट्रिक्ट ३२९२ का एजी वीरबहादुर रावतले खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी पहुँच नपुगेका स्थानमा संस्थाहरूले भूमिका खेल्दै आएको बताए। कतिपय रोगहरू घरमै बस्दा लुकेर रहने भएकाले यस्ता शिविरले रोग पहिचानका लागि टाढा जानुपर्ने बाध्यता हटाएको उनको भनाइ थियो।
प्रमुख अतिथि मोहनलाल पौडेलले आर्थिक अवस्था कमजोर भएका तथा लामो समयदेखि उपचार नपाएका नागरिकका लागि सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए। उनले रगतको व्यवस्थापन, दमका बिरामीलाई घरमै अक्सिजन पुर्याउनेलगायतका काम भइरहेको जानकारी पनि दिए।
शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा. हेमराज शर्मा, बालरोग विशेषज्ञ डा. नबचन्द्र ओली, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. संजय महर्जन तथा स्त्रीरोग विशेषज्ञ डा. मेलिना हमालले सेवा प्रदान गरेका थिए।
स्वास्थ्य शिविरबाट ४०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। वडाध्यक्ष पौडेलका अनुसार हाडजोर्नी सेवाबाट १५० जना, स्त्रीरोग सेवाबाट १०० जना, जनरल स्वास्थ्य सेवाबाट १०० जना, नाक–कान–घाँटी सेवाबाट २५ जना र बालरोग सेवाबाट २५ जनाले उपचार सेवा लिएका छन्।
वक्ताहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरले स्थानीय नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । राष्ट्रिय सभा सदस्यका लागि आज मतदान हुँदै छ। आगामी फागुन २० गते पदावधि समाप्त हुने सदस्यहरूको स्थान पूर्तिका लागि माघ ११ गते मतदान हुन लागेको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार १७ सिटका लागि निर्वाचन हुँदैछ। सात वटै प्रदेशका राजधानी रहेका जिल्लामा मतदान केन्द्र तोकिएको छ। आयोगका अनुसार मतदान बिहान ८ बजेदेखि सुरु हुनेछ।
कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा, मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरमा र बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा मतदान केन्द्र तोकिएको छ।
त्यसैगरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका छन्।
आयोगका अनुसार सात वटै प्रदेशमा गरी कुल २ हजार ३८ मतदाता रहेका छन्। तर, केही स्थानीय तहका पदाधिकारीले राजीनामा दिई आमनिर्वाचनमा सहभागी हुन लाग्दा रिक्त भएका पदाधिकारीहरूको नामसमेत मतदाता नामावलीमा समेटिएको छ।
राष्ट्रिय सभाका सदस्यहरूमध्ये प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुने व्यवस्था छ। सभाका सदस्यको कार्यकाल छ वर्षको हुने व्यवस्था अनुसार २०७६ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको पद रिक्त हुन लागेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा त्यस्ता उम्मेदवारलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा आज जारी विज्ञप्तिमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका तथा उनीहरूका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गरिएको छ।
निष्कासनमा पर्नेहरूमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस