काठमाडौँ,९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न मानव अधिकारसम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अध्यक्ष विजयराज गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा निर्वाचनमा संलग्न सबै सरोकारवाला,राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा मतदातालाई आचारसंहिता अक्षरशः पालना गर्न आग्रह गरिएको छ ।
“स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार हो,” विज्ञप्तिमा भनिएको छ, “निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी, सहकार्य तथा नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ।”
सुरक्षा निकायलाई निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न आग्रह गरिएको छ भने सञ्चारमाध्यमलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ । त्यस्तै, मतदातालाई कुनै पनि किसिमको प्रलोभन, दबाब वा गलत सूचनाबाट प्रभावित नहुन र आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न अपिल गरिएको छ ।
“निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो,” विज्ञप्तिमा भनिएको छ, “निर्वाचन प्रक्रियामा हुने हिंसा, डरत्रास, मतदाता प्रलोभन, सरकारी स्रोतसाधनको दुरुपयोग, घृणात्मक अभिव्यक्ति, गलत सूचना तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँछ।” यस्ता गतिविधि रोक्न निर्वाचन आयोगद्वारा जारी आचारसंहिता सबैका लागि बाध्यकारी हुनुपर्नेमा जोड दिइएको छ ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले राजनीतिक दल र उम्मेदवारलाई शान्तिपूर्ण, मर्यादित र मुद्दा–केन्द्रित चुनावी प्रतिस्पर्धा गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा अझ प्रभावकारी भूमिका खेल्न तथा उल्लङ्घनका घटनामा निष्पक्ष र कडाइका साथ कारबाही गर्न अनुरोध गरेको छ ।
मनोनयन प्रक्रियामा देखिएको उत्साह र जनसहभागिता प्रशंसनीय भए पनि केही स्थानमा देखिएको तडकभडक र उत्तेजक गतिविधि आचारसंहिताविपरीत रहेको उल्लेख गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । उम्मेदवारी फिर्ता लिने निर्णयबारे उनले निर्वाचन अधिकृतको कार्यालयमा इमेल तथा फोनमार्फत जानकारी गराएकी हुन् ।
उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गर्न तामाङ स्वयं निर्वाचन अधिकृतको कार्यालय जाने तयारीमा समेत रहेको जनाइएको छ ।
हालै सामाजिक सञ्जालमा तामाङको जर्मनीको स्थायी आवास अनुमति पत्र (पीआर) को फोटो सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् । सोही विवादलाई ध्यानमा राख्दै उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनी निकट स्रोतले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,९ माघ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ९ हजार २०० रुपैयाँले बढ्दै तीन लाख नाघेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँले बढी हो। यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ र चाँदी ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार सुन २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९६० अमेरिकी डलर आसपास कारोबार भएको बताइएको छ, जसको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ९ माघ । पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी पश्चिमी नेपालमा मौसम बदली भई मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। विभागका मौसमविद् डेभिट ढकालले शुक्रवार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु हुने जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा सुरु हुने सम्भावना छ।
शुक्रबार रातिदेखि देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमसम्म हिमपात हुन सक्ने विभागले जनाएको छ। पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने मौसमविद् ढकालले बताए।
यसका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित असिना पर्ने सम्भावना पनि रहेको छ। शनिबार मौसममा केही सुधार देखिए पनि बदलीको असर देशभर महसुस हुने र चिसो बढ्ने विभागको अनुमान छ।
मौसम बदलीका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ माघ । आज बसन्त पञ्चमी मनाइँदैछ। यस अवसरमा विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ। आजकै दिन विद्यालय नपठाइएका बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा पनि रहेको छ।
बसन्त पञ्चमीका अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको देख्न सकिन्छ। विशेषगरी बालबालिकालाई लेखपढमा प्रवृत्त गराउने उद्देश्यले आज पहिलोपटक अक्षर चिनाउने चलन प्रचलित छ।
चन्द्रमाजस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा तथा भुवनेश्वरीजस्ता विभिन्न नामले पुकार्ने गर्छन्।
विद्या र सिर्जनाकी देवीका रूपमा सरस्वतीको पूजा विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले गर्ने गर्दछन्। यस दिन उनीहरूले आफ्ना कला–साधनाका सामग्री—कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानी पूजा–आराधना गर्ने परम्परा छ। तान्त्रिक साधकहरूले भने तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्ने विश्वास गरिन्छ।
सूर्य उत्तरायणतर्फ लाग्दै दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई ‘बसन्त पञ्चमी’ भनिएको हो। आजका दिन लेखपढ सुरु गराएमा राम्रो विद्या प्राप्त हुने जनविश्वास रहिआएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,८ माघ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आवश्यक प्रक्रिया नपुगेकाले चौधरीको उम्मेदवारी खारेज गरिएको हो। यससम्बन्धी निर्णय आज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८ माघ । गोपाल ओली ‘प्रबिन’ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ओलीले नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हका आधिकारिक उम्मेदवार धनबहादुर मास्कीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने सहमति गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मला आचार्य, सल्लाहकार शेसुराम भण्डारी, केन्द्रीय सदस्य जोगबहादुर राणा तथा वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीलगायतको उपस्थितिमा भएको छलफलपछि पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित प्रबिनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
गोपाल ओली प्रबिन माओवादीका पूर्व लडाकु हुन्। यसअघि उनले पार्टीभित्र असहमति जनाउँदै बागी उम्मेदवारी दर्ता गराएका थिए। तर पार्टी एकता, अनुशासन र जनताको हितलाई प्राथमिकतामा राख्दै अन्ततः आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको सहभागी नेताहरूले बताएका छन्।
पार्टी नेतृत्वले यो निर्णयले दाङ–३ मा वामपन्थी शक्ति एकताबद्ध भई निर्वाचनमा सशक्त रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ८ माघ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी बैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री घिमिरेले फागुन २१ गते हुने निर्वाचन तथा त्यसपछि विकसित हुने राजनीतिक गतिविधिका कारण बैशाखमा नियमित महाधिवेशन आयोजना गर्न सम्भव नभएको बताए।
उनका अनुसार २०८३ साल पौष मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी पार्टीले तयारी अघि बढाउनेछ। विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दाबी गर्दै उनले दीर्घकालीन सोचका साथ चुनावी घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।
महामन्त्री घिमिरेले आगामी संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता चयन गरिने र उनी भावी प्रधानमन्त्री बन्ने दाबी पनि गरे।
यसैगरी, राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै गठबन्धन भइसकेको उल्लेख गर्दै त्यसले निरन्तरता पाउने बताए। उनले फागुन २१ गते हुने निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नगरिने स्पष्ट पार्दै निर्वाचनपछिको परिणामका आधारमा भने गठबन्धन हुन सक्ने सम्भावना रहेको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,८ माघ । बाँकेको सरकारी जग्गा मिलेमतोमा व्यक्तिका नाममा कायम गरिएको प्रकरणमा जिल्ला मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रमुख मालपोत अधिकृत केसी, मालपोत अधिकृत अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल र कर्णबहादुर पुन, साविक बेतहनी गाविसका तत्कालीन सचिव मानबहादुर बोगटी, डुडुवा गाउँपालिकाकी लिलावती कैराती तथा वीरेन्द्रकुमार कुर्मीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन प्रमुख मालपोत अधिकृत केसी, नासु खनाल र तत्कालीन गाविस सचिव बोगटीविरुद्ध समान २२ लाख ४२ हजार ७ सय २० रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ। मालपोत अधिकृत भट्टराई र नासु पुनविरुद्ध समान २० लाख ८७ हजार २ सय ५९ रुपैयाँ, लिलावती कैरातीविरुद्ध २४ लाख ६७ हजार ७ सय २० रुपैयाँ र वीरेन्द्रकुमार कुर्मीविरुद्ध १८ लाख ६२ हजार २ सय ५९ रुपैयाँ बिगो मागदाबी लिइएको छ।
साविक बेतहनी गाविस–४ स्थित विभिन्न कित्ता जग्गासम्बन्धी मुद्दामा २०६७ सालमै अपुताली हक कायम नहुने भनी जिल्ला अदालतले फैसला गरेको थियो, जुन फैसला पुनरावेदन अदालत नेपालगन्ज र सर्वोच्च अदालतबाट समेत सदर भइसकेको थियो।
नजिकका हकवाला नदेखिएको अवस्थामा नेपाल सरकारका नाममा आउनुपर्ने जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको अनुसन्धानबाट खुलेपछि अख्तियारले संलग्न सबैविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
गृहमन्त्री अर्याल सरकारका प्रवक्ता नियुक्त
काठमाडौँ, ८ माघ । सरकारले २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) बाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको जानकारी दिए ।
गृहमन्त्री अर्याल सरकारका प्रवक्ता नियुक्त: यसैगरी, मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले आफूलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको पुष्टि गरेका हुन्।
यसअघि सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने उद्देश्यले राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस