दाङ क्षेत्र नं ३ बाट १६ जनाको मनोनयन दर्ता

   माघ ०७, २०८२       admin

दाङ ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोग, नेपालका अनुसार दर्ता भएका उम्मेदवारहरूमध्ये अधिकांश पुरुष रहेका छन् भने एक जना महिला उम्मेदवार पनि समावेश छिन्।

राजनीतिक दलतर्फ नेपाली काँग्रेसबाट दिपक गिरी , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)बाट घनश्याम पाण्डे, मंगोल नेशनल अर्गनाइजेसनबाट घनश्याम चौधरी, राष्ट्रिय जनमोर्चाबाट कमला जीसी, नेशनल रिपब्लिक नेपालबाट प्रितम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दामोदर भण्डारी , राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुबेदी, नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट बलबहादुर ओलीले मनोनयन दर्ता गराएका छन्।

यसैगरी ,स्वतन्त्र उम्मेदवारका रूपमा गोपाल वली, सुरेश नेपाली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार र इन्द्रबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारहरूको उमेर ३१ वर्षदेखि ६३ वर्षसम्म रहेको छ। अब उम्मेदवारहरू आ–आफ्ना चुनावी एजेन्डा लिएर मतदातामाझ पुग्ने तयारीमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ–१ मा प्रतिनिधिसभा सदस्यका लागि ६ जनाको मनोनयन दर्ता

   माघ ०७, २०८२       admin

दाङ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म ६ जनाले आ–आफ्नो दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।

उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेशनल रिपब्लिक नेपालबाट मिनबहादुर ठेडी मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट खुमबहादुर गाहा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट प्रकाश शाह रहेका छन्।

मनोनयन दर्ता गराउने सबै उम्मेदवार पुरुष रहेका छन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको उमेर ३२ वर्षदेखि ५१ वर्षसम्म रहेको छ।

आगामी निर्वाचनका लागि उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित मतदातामाझ जाने तयारीमा जुटिसकेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रचण्ड रुकुम पुर्वबाट दिए उम्मेदवारी

   माघ ०७, २०८२       admin

रुकुम पूर्व,६ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर उनले आज मंगलबार उम्मेदवारी दर्ता गर्नुभएको हो। प्रचण्ड सोमबार नै रुकुम पूर्व आइपुगेका हुन् ।

यसअघि प्रचण्डले २०६४ सालमा काठमाडौं–१० र रोल्पा, २०७० मा काठमाडौं -१० र सिरहा- ५, २०७४ मा चितवन-३ तथा २०७९ मा गोरखा–२ बाट निर्वाचन जितेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप

   माघ ०७, २०८२       admin

काठमाडौं,६ माघ झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि स्थिति तनावग्रस्त बनेको हो।

झापा–५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेको बेला रास्वपाका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए।

त्यसपछि दुवै पक्षबीच धकेलाधकेल हुँदै झडप भएको बताइएको छ। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा कांग्रेसले  चौधरी , घिमिरे र गिरीलाई दियो टिकट

   माघ ०७, २०८२       admin

दाङ,६ माघ । कांग्रेसले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि दाङमा  तीन वटै  निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।  कांग्रेसको निर्णयले एकातिर अनुभवी र पुराना अनुहारलाई फर्काएको छ भने अर्कोतिर स्थानीय नेतामाथि भरोसा गर्दै शक्तिशाली प्रतिस्पर्धी संग भिडाएको छ ।

कांग्रेसले क्षेत्र नम्बर १ बाट योगेन्द्र चौधरी लाई टिकट दिएको छ। चौधरी  संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका  नेता हुन् ।

त्यसयता उनी कुनै पनि निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका थिएनन्। लामो समयपछि पुनः संसदीय राजनीतिमा फर्काइएका चौधरीको उम्मेदवारीलाई कांग्रेसले ‘अनुभवको पुनरागमन’का रूपमा हेरेको छ।
क्षेत्र नम्बर २ बाट कांग्रेसले किरण किशोर घिमिरे लाई अघि सारेको छ।

स्थानीय राजनीतिमा सक्रिय घिमिरे पहिलो पटक संघीय सांसदको प्रतिस्पर्धामा होमिँदै छन्। उनको प्रतिस्पर्धा एमाले महासचिव शंकर पोखरेल सँग हुने भएपछि यो क्षेत्रलाई दाङकै सबैभन्दा चासोको केन्द्र मानिएको छ।  एमालेविरुद्ध स्थानीय पकड भएका घिमिरेलाई अघि सार्नु कांग्रेसको साहसी निर्णयका रूपमा हेरिएको छ।

त्यसैगरी क्षेत्र नम्बर ३ बाट कांग्रेसले दिपक गिरी लाई निरन्तरता दिएको छ। गिरी  निवर्तमान सांसद हुन्।  अघिल्लो कार्यकालमा संसदमा देखाएको सक्रियता र क्षेत्र विकासमा गरेको भूमिकाकै आधारमा कांग्रेसले उनलाई पुनः विश्वास गरेको जनाएको छ।

अनुभवी, स्थानीय र निवर्तमान तीनै किसिमका उम्मेदवारलाई मैदानमा उतारेर कांग्रेसले  कडा प्रतिस्पर्धाको तयारी गरेको स्पष्ट संकेत दिएको छ।
अब दाङको चुनाव  उम्मेदवारको मात्रै नभई रणनीति, संगठन र राजनीतिक साखको परीक्षा बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा दलका उमेद्वारहरुको टुंगोः कहाँबाट कुन उम्मेद्वार ?

   माघ ०७, २०८२       admin

दाङ,६ माघ। प्रतिनिधि सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै गर्दा दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवार अन्तिम चरणमा पुर्‍याएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल थप तातिएको छ।

दाङका तीनै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलहरूले उम्मेदवार तय गरेका छन्।

नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद दीपक गिरीलाई चुनावी मैदानमा उतारेको छ।

नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा, क्षेत्र नम्बर २ मा पार्टी महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ मा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डे उम्मेदवार रहेका छन्।

नेकपा ९माओवादी केन्द्र०ले क्षेत्र नम्बर १ बाट मेटमणि चौधरी, क्षेत्र नम्बर २ बाट निर्मल आचार्य र क्षेत्र नम्बर ३ बाट धनबहादुर मास्कीलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ मा देवराज पाठक, क्षेत्र नम्बर २ मा पार्टी सहमहामन्त्री विपिन आचार्य र क्षेत्र नम्बर ३ मा कमल सुवेदीलाई उम्मेदवारको रूपमा अघि सारेको छ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाले पनि तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। जनमोर्चाका अनुसार क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष गणेश आचार्य, क्षेत्र नम्बर २ बाट मणिराम खनाल र क्षेत्र नम्बर ३ बाट कमला जिसी उम्मेदवार रहेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने छ। मनोनयनपछि दाङमा चुनावी गतिविधि झनै सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज उम्मेदवारको मनोनयन दर्ता

   माघ ०७, २०८२       admin

काठमाडौँ,६ माघ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन्। फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।

उम्मेदवारी दर्ताका लागि दाङका तीनवटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

उम्मेदवारी दर्तालाई सहज र सुरक्षित बनाउन निर्वाचन कार्यालयहरूले सुरक्षा तथा प्रशासनिक तयारी पनि पूरा गरेका छन्। आजको मनोनयन दर्तासँगै जिल्लाजिल्लामा चुनावी गतिविधि झनै बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देउवा समूहको रिटमा आज सर्वोच्चमा पेसी

   माघ ०७, २०८२       admin

काठमाडौँ,६ माघ । नेपाली कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

गगन थापा समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णय चुनौती दिँदै आइतबार रिट दर्ता गरिएको थियो। रिट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका हुन्। प्रारम्भमा आइतबारकै लागि पेसी तोक्न आग्रह गरिएको भए पनि सर्वोच्च प्रशासनले समय अभावका कारण सम्भव नहुने जानकारी दिएको थियो।

कांग्रेसभित्रको आधिकारिकताको विवाद गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गर्दै नयाँ कार्यसमिति चयन गरेपछि चर्किएको हो। सोही महाधिवेशन र त्यसबाट बनेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयपछि देउवा समूह अदालत पुगेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिमेन्ट उद्योगमा काम गर्ने क्रममा पुरिएर लमहीका एक युवकको मृत्यु

   माघ ०६, २०८२       admin

दाङ,५ माघ । दाङमा सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिकको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको कामका क्रममा माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

सोही घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । घाइते चौधरीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्योगको पावर प्लान्ट निर्माणसम्बन्धी काम भइरहेको बेला ठूलो खाडल खनिएको थियो । सो क्रममा अचानक माटोको ढिस्को खस्दा दुई जना श्रमिक पुरिएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्पेनमा रेल दुर्घटनाः ३९ जनाको मृत्यु

   माघ ०६, २०८२       admin

काठमाडौँ,५ माघ । स्पेनमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको सख्ँया ३९ पुगेको छ । तीव्र गतिकोा कारण भएको रेल दुर्घटना हुँदा ७३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर प्वेन्टेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार ३ सय जना यात्रुसहित मालागाबाट मड्रिडतर्फ गुडिरहेको उच्च गतिको रेल आफ्नो लिकबाट उछिट्टिएर अर्को ट्र्याकमा पुगेको थियो । त्यसरी उछिट्टिएको रेल मड्रिडबाट झन्डै १ सय जना यात्रु लिएर वेल्भातर्फ गुडिरहेको अर्को रेलसँग ठोक्किएको छ ।

दुर्घटनाको कारणबारे अहिलेसम्म आधिकारिक रूपमा केही सार्वजनिक भएको छैन । अनुसन्धान गर्न कम्तीमा एक महिना लाग्न सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology