मेयर बालेन शाहले पदबाट राजीनामा दिए

   माघ ०५, २०८२       admin

काठमाडौँ,४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिएका छन्। उनले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने तयारीका कारण शाहले मेयर पदबाट राजीनामा दिएका हुन्।

नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम आजैदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ।
राजीनामा दिएपछि बालेन शाह आजै रास्वपाको केन्द्रीय कार्यालय वनस्थली पुगेका थिए।

कार्यालय प्रवेशका क्रममा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। बालेन शाह आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन प्रहरी भर्नाका लागि शारीरिक परीक्षण तालिका सार्वजनिक

   माघ ०५, २०८२       admin

दाङ,४ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि दाङमा निर्वाचन प्रहरी भर्ना प्रक्रियाअन्तर्गत शारीरिक तन्दुरुस्ती तथा शारीरिक सहनशीलता परीक्षणको तालिका सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१७ गुलरीयामा रहेको नेपाल प्रहरी स्कूलको खेलकुद मैदानमा माघ ५, ६ र ७ गते शारीरिक परीक्षण सञ्चालन हुनेछ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। बिहान ९ बजेदेखि १२ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म दोस्रो सिफ्ट तोकिएको छ।

उम्मेदवारहरूले प्रवेशपत्र र नागरिकता अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि परीक्षण स्थलमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। तोकिएको मिति र समयमा उपस्थित नहुने उम्मेदवारको दरखास्त स्वतः रद्द हुने डिएसपी शाहले जानकारी दिए।

परीक्षामा सहभागी हुने पुरुष उम्मेदवारले गेम ड्रेस र पी.टी. जुत्ता तथा महिला उम्मेदवारले ट्रयाकसुट र पी.टी. जुत्तामा उपस्थित हुनुपर्नेछ।

सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय तुलसीपुर तथा वडा प्रहरी कार्यालय लमहीबाट निर्वाचन प्रहरीका लागि आवेदन दर्ता भएका उम्मेदवारहरूको भर्ना छनोट प्रक्रिया माघ ५ गते बिहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ।

यस्तै सशस्त्र प्रहरी बल, नेपालका कार्यालयहरूमा निर्वाचन प्रहरीका लागि आवेदन दिएका उम्मेदवारहरूको भर्ना छनोट प्रक्रिया माघ ७ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ।

शारीरिक सहनशीलता परीक्षणअन्तर्गत १८ देखि ३० वर्ष उमेर समूहका उम्मेदवारहरूका लागि १ हजार ६ सय मिटर दौड, सिटअप र पुशअप समावेश गरिएको छ। पुरुष उम्मेदवारले १ हजार ६ सय मिटर दौड १० मिनेटमा र महिला उम्मेदवारले १२ मिनेटमा पूरा गर्नुपर्नेछ। सिटअप र पुशअप पुरुषका लागि १० पटक र महिलाका लागि ५ पटक तोकिएको छ।

३० वर्षभन्दा माथि उमेर समूहका उम्मेदवारको हकमा प्रत्येक पाँच वर्ष उमेर बढेअनुसार २.२ मिनेट समय थप गरिने व्यवस्था गरिएको छ। शारीरिक परीक्षा उत्तीर्ण गर्ने उम्मेदवार मात्र लिखित परीक्षामा सहभागी हुन पाउने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मेयर बालेन साहले तत्काल राजीनामा नदिने

   माघ ०५, २०८२       admin

काठमाडौँ ,४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हाललाई मेयर पदबाट राजीनामा नदिने भएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिन ६ गते मनोनयन दर्ता गरेपछि मेयर पद स्वतः निष्क्रिय हुने कानुनी व्यवस्थाका कारण तत्काल राजीनामा नदिने मनस्थितिमा पुगेको बुझिएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारीमा रहेका बालेनले आज राजीनामा दिने चर्चा भए पनि उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी मात्रै गरेका थिए।

तर, नेपाली कांग्रेसको विभाजनपछि उत्पन्न राजनीतिक परिस्थितिले निर्वाचन तालिका नै प्रभावित हुन सक्ने आशंकाका कारण हाललाई राजीनामा नगर्ने रणनीति बनाइएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभाका तीन सदस्यको राजीनामा

   माघ ०५, २०८२       admin

काठमाडौं,४ माघ । राष्ट्रिय सभाका तीन जना सदस्यहरूले पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

उनीहरूले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष लिखित रूपमा राजीनामा बुझाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

श्रीमानद्वारा श्रीमतीको हत्या

   माघ ०४, २०८२       admin

रुकुम पश्चिम,३ माघ । रुकुम पश्चिममा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्। त्रिवेणी गाउँपालिका–१ निवासी ७४ वर्षीय गणेशबहादुर कामिले ६५ वर्षीया श्रीमती पम्फा कामीको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गणेशले श्रीमती पम्फाको टाउको र हातमा सनासो प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घाइते पम्फालाई शुक्रबार अपराह्न साढे ४ बजे बुहारी सिर्जना विकले उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याएकी थिइन्।

जिल्ला अस्पतालबाट थप उपचारका लागि शुक्रबार साँझ साढे ७ बजे नेपालगञ्ज रिफर गरिएकोमा साँझ साढे ८ बजे उपचारका क्रममा बाटोमै उनको मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार गणेशले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा श्रीमतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

घटनापछि गणेशबहादुर कामिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

   माघ ०४, २०८२       admin

काठमाडौं,३ माघ । आगामी टी–२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गरेका हुन्।

सो अवसरमा नेता डा. शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरे। साथै आगामी विश्वकपमा नेपाली टोली सुपर आठमा प्रवेश गरे थप २० लाख रुपैयाँ दिने घोषणा पनि उनले गरे।

डा. शर्माले नेपाली राष्ट्रिय महिला तथा पुरुष टोलीका खेलाडी र उनीहरूको परिवारलाई निःशुल्क उपचार गराउँदै आएको उल्लेख गर्दै सम्झौताको अवधि सकिए पनि यो सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले नेपाल सरकारसमक्ष खेलाडी जीवनबाट अवकाशपछि खेलाडीहरूलाई पेन्सनको व्यवस्था गर्न माग समेत राखे।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग धेरै खेल्न नपाए पनि लगातारको व्यस्ततालाई नेपाली टोलीको राम्रो तयारीका रूपमा व्याख्या गरे। टोली सन्तुलित रहेको उल्लेख गर्दै उनले नेपाली टोली विश्वकपको सुपर आठमा पुग्ने आशा व्यक्त गरे। यसपटक नेपाली टोलीले देशलाई गर्व गर्ने परिणाम ल्याउने विश्वास पनि उनले व्यक्त गरे।

क्यानका सचिव तथा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीप्रति देशको ठूलो अपेक्षा रहेको र विश्व क्रिकेटले पनि नेपाली टोलीलाई नजिकबाट नियाली रहेको बताए। नेपाली खेलाडीहरू सबैका आदर्श पात्र भएकाले मैदानभित्र र बाहिर दुवै स्थानमा अनुशासित रहनुपर्ने सुझाव उनले दिए।

पारस खड्काले विश्वकपपछि पनि कम्तीमा एउटा टेस्ट राष्ट्रसँग खेल्ने प्रक्रियामा रहेको जानकारी दिए। वेस्ट इन्डिजसँगको जितपछि टोलीको उत्साह बढेकाले टेस्ट राष्ट्रसँग शृङ्खला आयोजना गर्ने तयारी भइरहेको उनले बताए। परिणाम जे आए पनि यो विश्वकप नेपाली टोलीका लागि ठूलो अवसर रहेको उनको भनाइ छ।

पारस खड्काकै कप्तानीमा नेपालले सन् २०१४ मा बङ्गलादेशमा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। दोस्रो पटक विश्वकप खेल्न नेपाललाई १० वर्ष लागेको भए पनि यसपटक भने तेस्रो पटक लगातार विश्वकप खेल्न लागेको हो। यस विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। सो समूहमा इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बङ्गलादेश रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने

   माघ ०४, २०८२       admin

काठमाडौं,३ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएको छ।

शुक्रबार साँझ निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि देउवा पक्ष असन्तुष्ट बनेको हो।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए।

“आयोगको निर्णयविरुद्ध आइतबार अदालत जाने निर्णय गरेका छौँ,” महतले भने।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आयोगले भन्यो:-गगन थापा आधिकारिक पार्टी सभापति

   माघ ०३, २०८२       admin

काठमाडौं,२ माघ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधारले उक्त निर्णयको पक्षमा मत दिएका छन्। आयोगका उच्च स्रोतका अनुसार आयुक्त सगुनशमशेर राणाले भने फरक मत राखेका थिए।

पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए। सोही विशेष महाधिवेशनबाट भएको निर्णयअनुसार सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार निर्वाचन आयोगमा विवरण अद्यावधिकका लागि निवेदन दिएका थिए।

उता, पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए। दुवै पक्षबाट दाबी आएपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई छलफलका लागि आयोगमा बोलाएको थियो।

कांग्रेसका दुवै पक्षको दाबीमाथि अध्ययन तथा छलफलपछि निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएको हो। यससँगै अब नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रुख’ र चारतारे झण्डा पनि थापा पक्षकै रहने भएको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गगन थापा समूह निर्वाचन आयोगको गेटमै रोकियो

   माघ ०३, २०८२       admin

काठमाडौं,२ माघ । नेपाली कांग्रेसका गगन थापा सभापति रहेको समूहलाई शुक्रबार निर्वाचन आयोगको गेटमै रोकिएको छ। उक्त समूह अपराह्न निर्वाचन आयोग पुगे पनि आयोगको गेटमै रोकिएको हो।

थापा समूहकी केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार सो समयमा शेरबहादुर देउवा समूह पहिले नै निर्वाचन आयोगभित्र रहेकाले आफूहरू भित्र प्रवेश नगरेको जानकारी दिइन्।

देउवा समूह विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता गरिएको प्रमाण बुझाउन निर्वाचन आयोग पुगेको थियो।

उता, थापा समूहले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता गरिएको भन्ने दाबीलाई राजनीतिक प्रोपोगाण्डा मात्र भएको भन्दै निर्वाचन आयोग कार्यालय घेराउ गर्न पुगेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गोठमा आगलागी हुँदा ४५ भेडा मरे: भेडाधनी घाइते

   माघ ०३, २०८२       admin

काठमाडौं,२ माघ । भेडीगोठमा बिहीबार राति भएको आगलागी हुदा ४५ वटा भेडा मरेका छन्। आगलागीमा परी भेडाधनी घाइते भएका छन्।

राति करिब ८ बजे कालिकोटको पलाता गाउँपालिका–३ निवासी ४९ वर्षीय कृष्णलाल रोकायाको भेडीगोठमा आगलागी भएको हो। रोकायाले गत मंसिरदेखि वनमा चराउन लगिएका भेडा स्थानीय कुम्भ बुढाको खरले छाएको गोठमा राख्दै आएका थिए।

माघे संक्रान्तिको राति खाना पकाउने क्रममा गोठमा आगलागी भएको र आगो निभाउने प्रयास गर्दा भेडाधनी रोकाया जलेर घाइते भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिए। उनका ५५ वटा भेडामध्ये ४५ वटा जलेर मरेका छन् भने १० वटा भेडा सामान्य घाइते भएका छन्।

डिएसपी खत्रीका अनुसार रोकायाका दुवै खुट्टा र ढाड जलेको भए पनि अवस्था खतरामुक्त छ। गाउँमै प्राथमिक उपचारपछि उनलाई धौलागोह स्वास्थ्य चौकी लगिएको छ। आगलागीका बेला साथमा रहेका उनका १९ वर्षीय छोरा धीरेन्द्र भने बाहिर निस्कन सफल भएकाले सकुशल छन्।

घटनाको जानकारी पाएपछि गोठबाट करिब तीन घण्टा टाढा रहेको कहरदेव अस्थायी प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीय घटनास्थल पुगेका थिए। आगलागीमा लत्ताकपडा र खाद्यान्नसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट कहरदेवबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाइरहेको डिएसपी खत्रीले बताए। घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट करिब २१ कोश टाढा पर्छ।

पलाता गाउँपालिका मुगुसँग सिमाना जोडिएको क्षेत्र हो। मान्मबाट घाटपारि चौरसम्म गाडीमा करिब ७ घण्टा यात्रा गर्नुपर्छ भने त्यसपछि थिर्पू, धौलागोह हुँदै खीन पुग्न थप करिब ६ घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology