प्यूठान,२३ जेठ । चार वर्षअघि सासुको हत्या गरेको आरोपमा एक बुहारीलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत प्यूठानले आदेश दिएको छ।
जिल्ला अदालत प्यूठानका न्यायाधीश हिरन्ने भण्डारीको इजलासले ३२ वर्षीया चेती सुनारलाई जेठ १९ गते पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि सोही दिन उनलाई जिल्ला कारागार पठाइएको जिल्ला अदालत प्यूठानले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार २०७९ मंसिर १ गते स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनारको हत्या भएको थियो।
प्यारालाइसिसबाट ग्रसित धनीकुमारी टाउकोमा गम्भीर चोट लागेको अवस्थामा स्थानीय भुपाल घर्तीको बारीमा मृत फेला परेकी थिइन्। उनी नजिकै छुट्टै कटेरोमा एक्लै बस्दै आएकी थिइन्।
अनुसन्धानका क्रममा सासुको रेखदेख तथा औषधि उपचार गर्दै आएकी बुहारीले नै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेकी चेती सुनारलाई प्रहरीले गत वैशाख २३ गते पक्राउ गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ जेठ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०)ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा दुई साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
आउँदो असार १ देखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन हुने भएको छ। एसइई–२०८२ को परीक्षाफल यसअघि एक महिनामा प्रकाशित गरिएको थियो।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पूरक परीक्षाको नतिजा असार २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।
एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका थिए। उनीहरू मध्ये पूरक परीक्षामा सहभागी हुने विद्यार्थीको यकिन संख्या भने अझै प्राप्त भइनसकेको कार्यालयले जनाएको छ।
‘ग्रेड सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा हाल ३५५ जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ।
क्षयरोगमुक्त पालिका निर्माण गर्ने लक्ष्यसहित तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालासँग अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश न्यौपानेले गत आर्थिक वर्ष ३९९ जनामा संक्रमण पुष्टि भएकोमा चालु आर्थिक वर्षमा हालसम्म ३५५ जनामा क्षयरोग देखिएको जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये १५ वर्षमाथिका ३२१ जना र १५ वर्षमुनिका ३४ जना रहेका छन्।
न्यौपानेले क्षयरोगका लक्षण, सर्ने तरिका, बच्ने उपाय तथा उपचार प्रक्रियाबारे जानकारी दिँदै समयमै परीक्षण र चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्नेमा जोड दिए। उपचार बीचमै छाडे रोग पुनः बल्झिन सक्ने र थप जटिलता आउन सक्ने उनले बताए ।
कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले क्षयरोग स्वास्थ्य क्षेत्र मात्र नभई सामाजिक सरोकारसँग जोडिएको विषय भएको उल्लेख गरे। उनले तुलसीपुरलाई छिट्टै क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा काम भइरहेको बताए ।
मेयर खड्काले सचेतनामूलक कार्यक्रम, समयमै परीक्षण र नियमित उपचारमार्फत क्षयरोग नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे। साथै यस अभियानमा नागरिक, संघसंस्था, सञ्चारमाध्यम र युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा क्षयरोगका बिरामीप्रति विभेद नगरी माया, सहयोग र स्याहार गर्नुपर्नेमा जोड दिइएको थियो। साथै बिरामीहरूले आत्मविश्वासका साथ उपचारलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिइएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौ ,२३ जेठ । श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ परेका छन्।
काठमाडौको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने ईश्वरी भुजेल र उनका श्रीमान् ४२ वर्षीय थापाबीच घरायसी विवादका क्रममा झगडा भएको थियो। झगडाका क्रममा थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनलाई हाल प्रहरी वृत्त बालाजुमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थापा बडीबिल्डर तथा सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित व्यक्ति हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ जेठ । दाङमा अन्तर्राष्ट्रिय लुम्बिनी कप कराते प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ। नेपालमै पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म तुलसीपुरमा सञ्चालन गरिने भएको हो। शनिबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराइएको हो।
नेपाल कराते महासङ्घ लुम्बिनी प्रदेशको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटानका खेलाडीहरूको सहभागिता रहनेछ। हालसम्म करिब ६०० खेलाडीको विवरण आइसकेको र कुल १००० देखि १२०० जनासम्म सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। भारतबाट ७०, बंगलादेशबाट ३५ र भुटानबाट १२ खेलाडी सहभागी हुने निश्चित भएको छ।
प्रतियोगितामा विद्यालय तथा जिल्ला स्तरबाट छनोट भएका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउने आयोजक टिमले जानकारी दिएको छ। दाङमै सन्चालन हुन लागेको यस प्रतियोगिताले आर्थिक रूपमा कमजोर खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर दिने आयोजकको विश्वास रहेको छ।
महासङ्घको नियमानुसार प्रतिखेलाडी १५०० रुपैयाँका दरले टिम दर्ता शुल्क लिइने नेपाल कराते महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष पदमबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको खर्च प्रदेश सरकारको सहयोग, संघको कोष तथा दर्ता शुल्कबाट व्यवस्थापन गरिने छ।
उनले कराते आत्मरक्षाका साथै स्वास्थ्य र अनुशासनका लागि पनि महत्वपूर्ण रहेको बताए। प्रतियोगिताको उद्देश्य विद्यालय स्तरका खेलाडीको पहिचान, खेलको विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बढाउनु रहेको उनले बताए। साथै अन्तर्राष्ट्रिय भाइचाराको सम्बन्ध विस्तार र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैयाँ, द्वितीयले ७५ हजार र तृतीयले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ४४ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ जेठ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ मा नेल आर्ट तथा कटाइ सिलाइ तालिम सञ्चालन गरिएको छ।
वडा नं. ६ को आर्थिक सहयोग तथा तुलसीपुर मिडिया प्रालिको आयोजनामा १५ दिने नेल आर्ट तालिम सञ्चालन भएको हो।
यसैगरी वडा कार्यालयकै आर्थिक सहयोग र थर्ड आई नेपालको आयोजनामा एक महिने कटाइ सिलाइ तालिम सञ्चालन गरिएको छ।
महिलाहरूलाई आयआर्जनसँग जोड्ने र व्यवसायिक बनाउने उद्देश्यले महिला लक्षित सीप विकास कार्यक्रमअन्तर्गत यी तालिमहरू सञ्चालन गरिएको हो।
शुक्रबार वडा नं. ६ का कार्यवाहक वडा अध्यक्ष समसेर बहादुर रावतको अध्यक्षतामा तालिम उद्घाटन गरिएको हो। कावा अध्यक्ष रावतले तालिममा सहभागी भएर मात्र नबसि सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे।
कार्यक्रममा वडा सचिव कुमारी खड्का भण्डारीले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित हरेक वर्ष यस्ता तालिम सञ्चालन हुँदै आएको जानकारी दिइन।
उनले तालिमबाट सिकेको सीपलाई आयआर्जनमा प्रयोग गर्न पनि आग्रह गरे। कटाइ सिलाइ तालिमका मुख्य प्रशिक्षक तारा प्रसाद परियार र नेल आर्ट तालिमकी प्रशिक्षक आरती शर्मा रहेकी छन् ।
कार्यक्रममा तुलसीपुर मिडिया प्रालिका प्रतिनिधि दर्शन आचार्यले तालिम आयोजनाबारे जानकारी गराएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ जेठ ।दाङमा भरुवा बन्दुक फेला परेको छ। घोराही उपमहानगरपालिका–९ स्थित रुपा सामुदायिक वनबाट एक थान अवैध भरुवा बन्दुक फेला परेको हो । प्रहरी चौकी गोग्ली र प्रहरी चौकी रामपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले बताए ।
वन क्षेत्रमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अवैध हतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीको निगरानी र खोजतलास अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२२ जेठ । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको आपूर्ति र खपतसम्बन्धी विवरण दिन आयातकर्तालाई निर्देशन दिएको छ।
विभागले सूचना जारी गर्दै प्लाटिनम समूहका क्यान्सर औषधिको मूल्य, पछिल्ला तीन आर्थिक वर्षको खपत विवरण र आगामी वर्षको आवश्यकताको अनुमान पेश गर्न भनेको हो।
यससँगै अत्यावश्यक औषधिको सूचीमा रहेका सलाइनको आयात हुने देश र मूल्यसमेत स्पष्ट रूपमा उल्लेख गर्न भनिएको छ।
यसअघि पनि विभागले तीन दिनभित्र विवरण बुझाउन भनेको थियो। तर केही आयातकर्ताले विवरण नदिएकाले फेरि ताकेता गरिएको हो।

दर्ता भएर पनि आयात नभएका औषधिको कारणसमेत खुलाएर दुई दिनभित्र विवरण दिन विभागले निर्देशन दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२२ जेठ । देशका विभिन्न ठाउँमा बदली र वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ। अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ। तराईका धेरै ठाउँमा भने मौसम खुला रहेको छ। केही प्रदेशका ठाउँमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पहाड र हिमालमा बदली रहने र केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। तराईमा आंशिक बदली रहनेछ र केही ठाउँमा पानी पर्न सक्छ।
आज राति पनि पहाडी र हिमाली क्षेत्रमा बदली रहनेछ। केही ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
यसैबीच, तराईका केही जिल्लामा तातो हावा (लु) चल्ने र गर्मी अझै बढ्ने सम्भावना छ। मौसम विभागले विशेष गरी बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा तीन दिनसम्म सतर्क रहन आग्रह गरेको छ।
गर्मीबाट बच्न दिउँसो बाहिर ननिस्कन, हल्का कपडा लगाउन, छाता वा टोपी प्रयोग गर्न र प्रशस्त पानी पिउन सुझाव दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ जेठ । योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल दाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ।
प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वाइसीएलले प्रधानमन्त्रीले नेपालले पनि भारतको जमिन मिचेको भनेको भन्दै विरोध गरेको हो।
वाइसीएल दाङका इन्चार्ज नेवबहादुर जीसी (मार्शल) को हस्ताक्षरमा तयार गरिएको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेमार्फत प्रधानमन्त्री कार्यालय, सिंहदरबार पठाइएको छ।
पत्रमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत र गैरजिम्मेवार भएको आरोप लगाइएको छ। साथै, सरकार जनताभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको दाबी गरिएको छ।
वाइसीएलले प्रधानमन्त्रीले तत्काल माफी मागेर पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ।
ज्ञापनपत्र बुझाउन केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश सहइन्चार्ज अमर चन्द (माइकल), जिल्ला अध्यक्ष इराक घर्ती र सचिव विप्लव वलीलगायतको टोली सहभागी थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस