भोलि घोराहीमा माघी बिदा

   पुष २, २०८२       admin

घोराही,२९ पुस । घोराही उपमहानगरपालिकाले माघी पर्वको अवसरमा भोलि पुस ३० गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सामान्य प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यको हस्ताक्षर रहेको सूचनाअनुसार नगर कार्यपालिकाको १८५ औँ बैठकले उक्त निर्णय गरेको हो ।


माघी पर्वको अवसरमा घोराही उपमहानगरपालिकाअन्तर्गतका सबै कार्यालय तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पोल सार्दा करेन्ट लागेर दाङमा दुई जना गम्भीर घाइते

   पुष २, २०८२       admin

दाङ,२९ पुस । दाङमा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लाग्दा दुई जना गम्भीर घाइते भएका छन् । निर्माणाधीन घोराही–तुलसीपुर सडक खण्डमा मंगलबार बिहान विद्युतीय पोल स्थानान्तरण गर्ने क्रममा दुर्घटना भएको हो ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित घोराही–तुलसीपुर फोरलेन सडक खण्डमा काम गरिरहेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी २० वर्षीय राज साहु र २७ वर्षीय असिम खानलाई करेन्ट लागेको जिल्ला प्रहरीले जनाएको छ ।

करेन्ट लागेर साहुको पेट जलेको छ भने खानको अनुहार, घाँटी, हात र खुट्टामा गम्भीर जलन भएको छ । घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको थियो ।
सडक विस्तारको क्रममा विद्युतीय पोल स्थानान्तरण गर्दा आवश्यक सावधानी नअपनाउँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नदीजन्य पदार्थ दोहन गर्ने १० सवारी साधन नियन्त्रणमा

   पुष २, २०८२       admin


दाङ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ दोहन गर्ने १० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अवैध रूपमा ढुंगा तथा बालुवा दोहन गरिरहेका ९ वटा ट्याक्टर र १ वटा जेसीबी पुस २० गतेदेखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले अवैध दोहन भइरहेको अवस्थामा सवारी साधनहरू नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको जानकारी दिए ।

उनका अनुसार उक्त सवारी साधनबाट जम्मा ५ लाख ५२ हजार ४ सय २७ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
जरिवाना तिराएपछि ती सवारी साधनहरू सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाएर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पैयाँखोरे–राम्री सडक दैनिक ६ घण्टा बन्द

   पुष २, २०८२       admin

दाङ,२९ पुस । राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यान जोड्ने पैयाँखोरे–राम्री सडक खण्ड स्तरोन्नति गर्न दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार पैयाँखोरे हुँदै हर्नेटीदेखि राम्रीसम्मको सडक खण्ड आगामी माघ ८ गतेदेखि माघ २५ गतेसम्म दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रूपमा बन्द रहनेछ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर विष्टले यस सडक खण्डमा सडक चौडा गर्ने काम तीव्र गतिमा भइरहेको बताए । गत वर्ष राम्री–कपुरकोट सडक खण्डमा दिउँसो सवारी आवागमन बन्द गरेर काम गर्दा सहज भएको अनुभवका आधारमा यस वर्ष पनि सोही मोडालिटी अपनाइएको उनले जानकारी दिए ।

निर्माण अवधिभर साना तथा अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको जनाइएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार यात्रुहरूले पैयाँखोरिया–सातावास–किमुचौर–कपुरकोट सडक तथा तुलसीपुर–कालिमाटी–लुहाम सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देउवा–कोइराला भेट : महाधिवेशनको स्वामित्व लिन कोइरालाको आग्रह

   पुष २८, २०८२       admin

पार्टी नफुटाउने सुनिश्चिततामा देउवाको जोड

काठमाडौं,२८ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनस्थलमा उपस्थित भएर त्यसको स्वामित्व लिएर प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

सभापति देउवासँग भएको भेटमा डा. कोइरालाले पार्टीको एकता कायम राख्दै महाधिवेशनलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन सभापतिको सक्रिय भूमिकाको आवश्यकता रहेको बताएका थिए ।

जवाफमा सभापति देउवाले भने पार्टी नफुट्ने सुनिश्चितता गर्न नेता कोइरालालाई आग्रह गरेका छन् । पार्टीभित्रको विवादले विभाजनको अवस्था नआओस् भन्नेमा आफू गम्भीर रहेको देउवाको भनाइ रहेको बताइएको छ ।

देउवा–कोइरालाबीचको भेटलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमका हिसाबले महत्वपूर्ण रूपमा हेरिएको छ । भेटपछि नेता डा. शेखर कोइराला महामन्त्रीद्वयसँग वार्ता गर्न निस्किएको स्रोतले जनाएको छ ।

विशेष महाधिवेशनको बन्दसत्र चलिरहेकै बेला भएको यो भेटलाई कांग्रेसभित्र सहमतिको प्रयासका रूपमा बुझिएको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उत्कृष्ट महिला खेलाडीलाई नगद पुरस्कार घोषणा

   पुष २८, २०८२       admin

काठमाडौँ, २८ पुस । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ र सर्वाधिक विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

महिला क्रिकेटलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठले बताए । उनले भने, “महिला क्रिकेट आज विश्वस्तरमा तीव्र रूपमा अगाडि बढिरहेको छ । यस्तो अवस्थामा हाम्रा खेलाडीलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो ।”

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट माघ ४ गतेदेखि १८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने छ ।

ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने तालिका रहेको छ । समूह ‘बी’ मा नेपालसहित स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेका छन् ।

यस छनोटमा १० देशको सहभागिता रहनेछ । समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेका छन् ।

छनोट खेलका शीर्ष चार टोली सन् २०२६ जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

   पुष २८, २०८२       admin

काठमाडौं,२८ पुस । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् । बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था गरिएको छ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । अन्तिम ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।

बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ । आह्वान गरिएको रकम बाँडफाँट गर्दा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी समितिले तोकेको रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ ।

राष्ट्र बैंकका अनुसार सो एकल ब्याजदरमा वा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीहरूलाई ऋणपत्र बिक्री गरिनेछ । यो कदम वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्दै मौद्रिक व्यवस्थापनलाई सन्तुलित राख्ने उद्देश्यले लिइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महाधिवेशनमा कार्यविधि पारित : कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस

   पुष २८, २०८२       admin

काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ । बन्द सत्रको हलले ध्वनि मतमार्फत कार्यविधि अनुमोदन गरेको पार्टी सचिवालयले जानकारी दिएको छ ।

पारित कार्यविधिअनुसार अब बन्द सत्रसहित महाधिवेशनका अन्य कार्यक्रम अघि बढाइने सचिवालयले जनाएको छ ।

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित अधिकार प्रयोग गरी ‘कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ लागू गरिएको हो ।

महाधिवेशनको बन्द सत्र काठमाडौँ–५ का महाधिवेशन प्रतिनिधि श्यामबहादुर खड्काको अध्यक्षतामा सुरु भएको थियो ।

यसैबीच बन्द सत्रमा हालको देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पनि पेस गरिएको छ । उक्त प्रस्तावमाथि छलफल र निर्णय प्रक्रिया कार्यविधिअनुसार अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च

   पुष २८, २०८२       admin

काठमाडौँ, २८ पुस । आज सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ रहेको थियो । यसैगरी आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ ।

आज चाँदी तोलामा २ सय ५ रुपैयाँले बढेर तोलाको ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ९० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

   पुष २८, २०८२       admin

काठमाडौ,२८ पुस । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले दुर्घटनामा ज्यान गुमाउने तीनै जना पुरुष रहेको जानकारी दिए ।

उनका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ र सनाखत गर्ने प्रयास भइरहेको छ । “दुर्घटना निकै भयानक छ, घटनास्थलमै तीन जनाको मृत्यु भएको पुष्टि भएको छ,” उनले बताए ।

जिपमा सवार यात्रुको संख्या यकिन हुन नसकेको भए पनि बाँकी सबै जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट निकै तल खसेकाले उद्धार कार्यमा केही कठिनाइ भए पनि प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको हो । दुर्घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology