सुमो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

   पुष २१, २०८२       admin

काठमाडौ,२१ पुस। सुमो गाडी दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ। मकवानपुर स्थित कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी हिजो बेलुकी दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूको नाम र ठेगाना हालसम्म खुल्न सकेको छैन। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो।

हाल ३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओलीको स्थानहद फुकुवा

   पुष २१, २०८२       admin

काठमाडौं,२१ पुस। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा गरिएको छ। जाँचबुझ आयोगका पदाधिकारीहरूको बैठकले ओलीमाथि लगाइएको स्थानहद हटाउने निर्णय गरेको हो।

आयोगका एक अधिकारीका अनुसार आइतबार ओलीले दिएको लिखित ‘स्टेटमेन्ट’ पछि स्थानहद फुकुवा गर्ने निर्णय गरिएको हो। आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।
यससँगै ओलीमाथि लगाइएको स्थानहद औपचारिक रूपमा हटेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

   पुष २१, २०८२       admin


दाङ,२१ पुस । दाङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–२ केराघारी निवासी २१ वर्षीय सुमन आले मगर रहेका छन्।

तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार राति आलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

उनका अनुसार सुमन आलेले पुस १२ गते बिहान तुलसीपुर–५ न्युरोडस्थित रुकमेली गेष्ट हाउसमा सामान्य विवादका क्रममा आफ्नी १७ वर्षीया श्रीमती खीमा परियारमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी परियारलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा उपचारकै क्रममा पुस १८ गते उनको मृत्यु भएको थियो।

हत्या आरोपमा पक्राउ परेका आलेलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त

   पुष २०, २०८२       admin


काठमाडौं,२० पुस। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी ७७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेदेखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य सञ्चालन गर्नेछन्।

सूची हेर्न तलको लिंक क्लिक गर्नुहोस्।

https://drive.google.com/file/d/1d9yMFkKjZvXbMAgGFwpRmzCGbUCFgAuU/view?usp=sharing

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्युत प्राधिकरणले बुटवल-लमही ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने

   पुष २०, २०८२       admin

दाङ,२० पुस । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ। पूर्वी नेपालबाट उत्पादित विद्युत् पश्चिम नेपालमा प्रवाह गर्न तथा गण्डकी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण गर्न लागिएको हो।

कुल १६१ किलोमिटर लामो उक्त प्रसारण लाइन लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा फैलिनेछ।

आयोजना कार्यान्वयनका लागि प्राधिकरणले प्रभावित क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गर्न सार्वजनिक सूचना जारी गर्दै स्थानीय तह तथा सरोकारवालासँग सुझाव र सल्लाह मागेको छ।

४०० केभी क्षमताको यस प्रसारण लाइनका लागि ४६ मिटर क्षेत्राधिकार तोकिएको छ। प्रसारण लाइनको केन्द्रबाट दायाँ–बायाँ २३–२३ मिटर क्षेत्राधिकार रहनेछ। यस लाइनमा जम्मा ४०५ वटा टावर निर्माण गरिनेछन्।

यसैगरी, दाङको लमही नगरपालिका–९ रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेशन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ।

वातावरणीय अध्ययनका क्रममा सो क्षेत्रमा प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा पर्ने सम्भावित प्रभावहरूको पहिचान र मूल्यांकन गरिने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देउवाले बोलाए पदाधिकारी बैठक

   पुष २०, २०८२       admin

काठमाडौँ,२०पुस।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। आइतबार दिउँसो २ बजे आफ्नै निवास चुनदेवीमा बैठक बस्ने गरी देउवाले बोलाएका हुन्।

देउवाका स्वकीय सचिव भानु देउवाले निवासमा बैठक बोलाएको जानकारी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले दिइन्। आगामी २८ देखि ३१ वैशाखसम्म १५औँ महाधिवेशन गर्ने कार्यसम्पादन समिति बैठकको निर्णयपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

यसअघि २६ देखि २८ पुससम्म तय गरिएको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार काम अघि नबढेपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले बहुमतका आधारमा महाधिवेशनको मिति सार्दै २८ देखि ३१ वैशाखसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो।

तर उक्त निर्णयप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन्। यसैबीच, महामन्त्री थापाले पुस मसान्तभित्रै विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकी सैन्य कारवाहीमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु

   पुष २०, २०८२       admin

काठमाडौँ,२०पुस। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने उद्देश्यले सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको द न्युयोर्क टाइम्सले जनाएको छ। एक वरिष्ठ भेनेजुएलाली अधिकारीका अनुसार शनिबार सबेरै भएको अमेरिकी आक्रमणमा सैन्य कर्मचारी र सर्वसाधारण नागरिकसहित कम्तीमा ४० जनाको ज्यान गएको हो।

यसैबीच, शनिबार फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कारवाहीमा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको दाबी गरे। यद्यपि, केही सैनिक घाइते भएको संकेत भने गरेका थिए।

अमेरिकी सेनाका सर्वोच्च अधिकृत, जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले मार–ए–लागोमा राष्ट्रपति ट्रम्पसँग आयोजित पत्रकार सम्मेलनमा निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गर्न गएका अमेरिकी हेलिकप्टरहरूमाथि गोली प्रहार भएको जानकारी दिए। उनका अनुसार एउटा हेलिकप्टरमा क्षति पुगे पनि उडानयोग्य नै रहेको र सबै अमेरिकी विमानहरू सुरक्षित रूपमा फर्किएका छन्।

अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकासस्थित विमानस्थलको पश्चिमतर्फ रहेको न्यून आय भएको तटीय क्षेत्र काटिया ला मारमा एक नागरिकको मृत्यु भएको विवरण बाहिर आएको थियो। शनिबार सबेरै गरिएको हवाई आक्रमणका क्रममा तीनतल्ले नागरिक अपार्टमेन्ट परिसरको बाहिरी पर्खाल भत्किएको थियो।

उक्त आक्रमणमा ८० वर्षीया रोजा गोन्जालेजको मृत्यु भएको र अर्का एक व्यक्ति गम्भीर घाइते भएको बताइएको छ। शनिबार दिउँसो सरकारी अनुसन्धानकर्मीहरू घटनास्थलमा पुगेर साक्षीहरूसँग बयान लिने तथा विस्फोटकका अवशेषहरू संकलन गर्ने कार्यमा संलग्न थिए।

गोन्जालेजका भतिजा विल्म्यान गोन्जालेजले बिहान करिब २ बजे आक्रमणको आवाज सुनेपछि आफूले टाउको निहुराएको तर त्यस क्रममा एउटा आँखा गम्भीर रूपमा घाइते भएको बताए। उनको अनुहारको एक भागमा तीनवटा टाँका लगाइएको थियो।

केही घण्टापछि स्तब्ध अवस्थामा रहेका गोन्जालेजले पत्रकारहरूलाई अमेरिकी हतियारले प्रहार गरेको स्थान देखाउँदै आफ्नो घर पूर्ण रूपमा ध्वस्त भएको बताए। अब कहाँ जाने भन्ने प्रश्नमा उनले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए।

आक्रमणले अपार्टमेन्टको भित्री भाग पूर्ण रूपमा नष्ट भएको थियो। भग्नावशेषबीच भेनेजुएलाका स्वतन्त्रता संग्रामका नायक सिमोन बोलिभरको तस्बिर छर्राले क्षतविक्षत अवस्थामा देखिएको थियो।

आफ्नो थर बताउन अस्वीकार गरेका ७० वर्षीय छिमेकी जर्जले हवाई आक्रमणमा आफ्नो सबै थोक गुमाएको बताए। शनिबार दिउँसो धेरै बासिन्दा बाहिर भेला भएका थिए भने केहीले अपार्टमेन्टभित्र बाँकी रहेका सामान खोजिरहेका थिए। अधिकांश मानिसहरू त्रसित र मौन देखिन्थे।

कतिपय बासिन्दा प्रार्थनामा जुटेका थिए भने केही आक्रोशित देखिन्थे। हाभियर नाम बताउने एक स्थानीयले भेनेजुएलामाथिको आक्रमणलाई लोभको परिणाम भन्दै अमेरिकी कम्पनीहरूलाई तेल क्षेत्र नियन्त्रणमा दिन ट्रम्प प्रशासनले देखाएको इच्छाको आलोचना गरे। उनले आफूहरूजस्ता सर्वसाधारणको जीवनको कुनै मूल्य नरहेको टिप्पणी गरे।

स्थानीय बासिन्दाका अनुसार हवाई आक्रमणपछि चार जना पुरुषले रोजा गोन्जालेजलाई उद्धार गरी मोटरसाइकलमार्फत अस्पताल पुर्‍याएका थिए। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। आक्रमणमा घाइते भएकी अर्की एक महिलाको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरीलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

   पुष २०, २०८२       admin


काठमाडौँ ,२० पुस। हेटौँडामा ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका कार चालक पक्राउ परेका छन् । प्रहरीले हेटौँडा उपमहानगरपालिका–५, गर्दैई निवासी ४६ वर्षीय बासुदेव आचार्यलाई पक्राउ गरेको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडामा गत बिहीबार ट्राफिक प्रहरीले मादक पदार्थ सेवन ९मापसे० जाँच गरिरहेका बेला बा ६ च ८४०९ नम्बरको कार चालक आचार्यले जाँचबाट बच्न अचानक गाडीको सिसा बन्द गरी तीव्र गतिमा फरार हुने प्रयास गरेका थिए। सो क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरी विजय प्रताप शाहलाई ठक्कर दिँदा उनी करिब १० मिटर घिसारिएर घाइते भएका थिए। घटनास्थलबाट चालकले मापसे परीक्षणमा प्रयोग भइरहेको ब्रेथलाइजरसमेत लिएर फरार भएका थिए।

घटनापछि फरार रहेका चालक आचार्यलाई खोजतलासका क्रममा शुक्रबार चितवनको भरतपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
पक्राउ परेका चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका ट्राफिक प्रहरी शाहको टाउकोमा १२ टाँका लगाइएको छ भने उनको अवस्था हाल सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना: दुईको मृत्यु, ९ घाइते

   पुष २०, २०८२       admin

दाङ,२० पुस । रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका–१ गामखोला क्षेत्रमा गएराति करिब १० बजे विद्यार्थी बोकेको बोलेरो जीप दुर्घटनामा परेको हो। सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेको उक्त जीप दुर्घटनामा गम्भीर घाइते भएका सुनछहरी गाउँपालिका–४ निवासी १२ वर्षीय सुनिल बिक र १२ वर्षीया दीपा पुनको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।

दुर्घटनामा सुनछहरी गाउँपालिका–४ सिउरीका १५ वर्षीय हिमाल बिक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना बिक, २४ वर्षीया अस्मिता बिक, १५ वर्षीया पवित्रा पुन, १६ वर्षीय शनि बिक, १२ वर्षीया बिपना घर्तीमगर, १५ वर्षीय किसन घर्तीमगर र १५ वर्षीया हस्तिरा बिक घाइते भएका छन्।

घाइते सबैलाई गएराति उपचारका लागि लुम्बिनी सिटी अस्पताल, बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले जीप चालक लुङ्ग्री गाउँपालिका–७ हर्जाङ छोपे निवासी २५ वर्षीय मनसुर घर्तीलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युवाले देखेको उद्यमशील भविष्यः नवप्रवद्र्धन आइडिया प्रतियोगितामा ‘प्रलबी किवी’ प्रथम

   पुष १, २०८२       admin

दाङ, १९ पुस। ‘विद्यार्थीका रूपमा हामी केही गर्न सक्छौँ भन्ने विश्वास यस्ता प्लेटफर्मले जगाइदिन्छन्। जित–हारभन्दा पनि आफ्नो आइडिया बाहिर ल्याउन पाउनु नै हाम्रो लागि ठूलो उपलब्धि हो,’ – नवप्रवद्र्धन व्यवसायिक आइडिया प्रतियोगिताकी सहभागी प्रासना बस्नेत ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना तथा ग्रीन फाउण्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा सहभागी बस्नेतले यस्ता प्लेटफर्मले युवालाई व्यवसायतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले यस कार्यक्रममार्फत कक्षाकोठामा सिकेका सिद्धान्तलाई व्यवहारमा उतार्ने अवसर प्राप्त भएको अनुभव सुनाइन्।
‘हामीले किवीको अचारसम्बन्धी आफ्नो योजना टेस्ट मार्केटिङ गर्दै प्रस्तुत ग¥यौँ। आफ्नै उत्पादन चखाउन पायौँ, प्रतिक्रिया लिन पायौँ,’ उनी भन्छिन्,– ‘अब कसरी अगाडि बढ्ने भन्ने स्पष्ट मार्गदर्शन पनि यहीँबाट पायौँ।’

उनका अनुसार यस्ता प्लेटफर्महरू निश्चित समयमै, विशेषगरी युवालाई लक्षित गरेर आयोजना गरिनु आवश्यक छ। ‘रिसर्च गर्दै जाँदा धेरै सम्भावनाहरू भेटिन्छन्, तर देखाउने ठाउँ नपाउँदा धेरै आइडिया हराएर जान्छन्,’ उनले बताइन्।

प्रासना बस्नेत सहभागी रहेको समूहले ‘प्रलबी किवी अचार’ शीर्षकमा प्रस्तुत गरेको व्यवसायिक योजना प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी टिम ज्यालेजन न्युकेयर दोस्रो र इको ट्याक समूह तेस्रो स्थानमा रहेका छन्। निर्णायक समितिले आइडियाको नविनता, व्यवहारिकता, बजार सम्भावना र दीगो विकासलाई मूल्याङ्कनको आधार बनाएको थियो।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सञ्चालन भएको प्रथम तुलसीपुर महोत्सव अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो। युवालाई व्यवसायतर्फ आकर्षित गर्दै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन गरिएको आयोजकले जनाएको छ।

यस किसिमका प्रतियोगिताले युवामा आत्मविश्वास बढाउनुका साथै उद्यमशील सोच, नेतृत्व क्षमता र नवप्रवर्तनशील दृष्टिकोण विकास गर्न सहयोग पुग्ने महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताए। उनले स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोग गर्दै स्वदेशमै सम्भावना खोज्ने संस्कार बसाल्न यस्ता कार्यक्रम प्रभावकारी हुने सरोकारवालाहरूको धारणा रहेको बताए।

प्रतियोगितामा सहभागीहरूले स्वदेशी स्रोत, सीप र प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने अवधारणाहरू प्रस्तुत गरेका थिए। उनीहरूले दिगो विकासको अवधारणा, आधुनिक कृषि प्रणाली, हरितगृह (ग्रीन हाउस), खाद्य प्रशोधन, वातावरणमैत्री उत्पादन तथा व्यक्तिगत माग र आवश्यकतालाई सम्बोधन गर्ने किसिमका व्यवसायिक आइडियाहरू प्रस्तुत गरेका थिए।
प्रतियोगितामा १८ देखि ४० वर्ष उमेर समूहका १७ वटा युवा समूहले आफ्ना व्यवसायिक योजना तथा नवप्रवद्र्धन आइडिया प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology