काठमाडौँ,१६ पुस । अत्यधिक शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोका कारण एक वृद्धको मृत्यु भएको छ। चिसोका कारण सिरहाको गोलबजार नगरपालिका–८ मुसहरी टोलमा एक वृद्धकोमृत्यु भएको हो।
स्थानीय ५५ वर्षीय शिवदयाल सदायको गए राति चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चिसो क्रमशः बढिरहेका बेला न्यानो कपडाको अभावमा राति सुतेका सदाय बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए।
अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण परिवारले शव अन्त्येष्टिका लागि आवश्यक दाउरा समेत जोहो गर्न नसकेको सामाजिक अभियन्ता अर्जुन थपलियाले जानकारी दिए। उनका अनुसार दाउरा नपाएकै कारण शव हाल घरमै राखिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ पुस । यतिबेला दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव २०८२ जारी रहेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास तथा औद्योगिक वातावरणको सुधार गर्दै दिगो अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको महोत्सवमा प्रत्येक दिन सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन्। दैनिक जसो राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । सोही अन्तर्गत आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोट प्रस्तुति रहने मूल आयोजक समितिले जनाएको छ।
आयोजकका अनुसार आजको कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायिका ज्योति मगर र सम्झना रणपालको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यस्तै, गायक कमल बि.सी. (माल्दाइ) ले आफ्ना लोकप्रिय लोक तथा आधुनिक गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाउनेछन्।
कार्यक्रममा कलाकार आरूषी मगर, चाहना झाँक्री र चिरञ्जीवी डाँगीको आकर्षक प्रस्तुति रहनेछ।
नृत्यतर्फ सोनी डान्स ग्रुप सहित प्राकृतिक कला केन्द्र, दोभान कला केन्द्र, The Dance Hub, Kaizan Dance Academy र RN Dance Studioका नृत्य समूहहरूले सामूहिक नृत्य प्रस्तुत गर्दै महोत्सवको मञ्चलाई थप रंगीन बनाउने आयोजकले जनाएको छ साथै कार्यक्रमको उद्घोषण सान्तराम सेन्चुरीले गर्नेछन्।
महोत्सवमा लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता तथा स्थानीय कलाकारहरूको निरन्तर प्रस्तुति भइरहेको छ। साथै बालबालिकाका लागि मनोरञ्जनात्मक खेलहरू, लण्डन गेट, जलपरी, चर्खे पिङ, ढुंगा पिङ लगायतका थुप्रै संरचनाले पनि दर्शकको ध्यान तानेका छन्।
महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले भने- “महोत्सवले स्थानीय उद्यम, घरेलु तथा साना उद्योगको प्रवर्द्धनसँगै कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। दर्शकको उल्लेख्य सहभागिताले हामी थप उत्साहित भएका छौँ।”
त्यसैगरी, महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले कलाकारहरूको प्रस्तुतिका कारण चिसो मौसमका बाबजुद दर्शकको उपस्थिति उल्लेख्य रहेको बताए।उनले भने- “दर्शकको उत्साह र व्यापारीको सक्रियताले महोत्सवले तुलसीपुरको आर्थिक गतिविधिलाई थप चलायमान बनाएको छ।”
महोत्सव अवलोकन गर्न पुगेका दर्शक मेघराज आचार्य ले मेलाको आफ्नो अनुभव यसरी व्यक्त गरे,
“एकै ठाउँमा राम्रा कलाकारको प्रस्तुति, मनोरञ्जनात्मक खेल र स्थानीय उत्पादन हेर्न पाउँदा निकै रमाइलो लागेको छ। परिवारसहित घुम्न आउन लायक महोत्सव रहेछ। आज सहित म ५ औँ दिन मेलामा आईसके”
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर, दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सव पुस ४ गतेदेखि पुस १९ गतेसम्म तुलसीपुर–६ घोराही रोडस्थित शान्ति सिनेमा हलको पूर्वतर्फको खुल्ला मैदानमा सञ्चालन भइरहेको छ।
आयोजकले बाँकी दिनहरूमा पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाउँदै महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई आग्रह गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ पुस । तुलसीपुर नगर जेसीजको वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। कमल प्रकाश शर्माको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवगठित कार्यसमितिमा शिव न्यौपाने र सागर न्यौपाने कार्यकारिणी उपाध्यक्ष चयन भएका छन्।
त्यसैगरी उपाध्यक्षमा पारस न्यौपाने, छबिन रावत, नितेश सोनी र सागर चौधरी चयन भएका छन्।
यस्तै, सह–सचिवमा सजित रावत चयन भएका छन्।
नयाँ नेतृत्वले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै संस्थालाई अझ सशक्त, प्रभावकारी र उदाहरणीय संस्थाका रूपमा अघि बढाउने अपेक्षा जेसीजका पुर्व पदाधिकारीहरुको रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ पुस । काठमाडौंबाट चोरी भई दाङ ल्याइएको ६४ लाख ८१ हजार रुपैयाँ नगद प्रहरीले तुलसीपुर उपमहानगरपालिका–६ गोलौराबाट बरामद गरेको छ। उक्त रकमसहित २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चोरी भएको स्थानमा जडान गरिएको सिसिटिभी फुटेज र प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। फुटेजबाट पहिचान भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली नेतृत्वको टोलीले केसीको घर यकिन गर्दै निगरानी सुरु गरेको जनाएको छ।
प्रहरीले रातभर घरभन्दा केही टाढाबाट गोप्य निगरानी गरेपछि मंगलबार बिहान घरमा खानतलासी गरेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको नगद फेला परेको हो। विद्युत भोल्टेजको समस्याका कारण मेसिनले गन्न नसकेपछि हातैले गणना गर्दा रकम ६४ लाख ८१ हजार रुपैयाँ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पेशाले प्लम्बर रहेका केसी सोमबार साँझ मात्र काठमाडौंबाट घर फर्किएको खुलेको छ। प्रारम्भिक अनुसन्धानमा उनले काठमाडौंको विशालनगरस्थित एक निजी घरबाट नगद चोरी गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरास्थित एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँभन्दा बढी नगद रकम बरामद गरिएको छ।
लक्ष्मी टोलमा रहेको दुर्गा केसीको घरबाट उक्त रकम बरामद गरिएको हो। बरामद गरिएको रकम हाल मेसिनमार्फत गणना गर्ने कार्य भइरहेको वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार बिहान करिब १० बजे दुर्गा केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो। प्रारम्भिक अनुसन्धानमा काठमाडौंबाट आएका आफन्तले उक्त रकम घरमा ल्याएर राखेको बुझिएको छ।
प्रहरीले बरामद रकम चोरीको हुन सक्ने आशंका गरेको छ। स्रोतका अनुसार केसीले प्रारम्भिक बयानमा उक्त रकम काठमाडौंस्थित एक संस्थाबाट ल्याएको बताएका छन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीअन्तर्गत बन्दसूची बुझाउने कार्यतालिका पुस १३ र १४ गतेका लागि तय गरिएको थियो।
सोहीअनुसार सोमबार राति अबेरदेखि आज बिहानसम्म गरी ६४ राजनीतिक दलले बन्दसूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
समानुपातिक प्रणालीतर्फ ११० सिटका लागि ६४ दलबाट तीन हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा समावेश गरिएको छ।
बन्दसूची बुझाउने दलमध्ये ५४ दलले आफ्नै निर्वाचन चिह्नमा र १० दलले साझा निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्।
कतिपय राजनीतिक दलबीच एकता र सहकार्यको सहमति भएकाले बन्दसूची बुझाउने क्रम राति अबेरसम्म जारी रहेको आयोगले जनाएको छ। यस प्रणालीअन्तर्गत उम्मेदवारी दिन ९३ राजनीतिक दलले आवेदन दिएका थिए।
आयोगले प्राप्त बन्दसूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका बनाएको छ। छानबिनका क्रममा सच्याउनुपर्ने विवरण वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म दललाई समय दिइनेछ।
त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म सच्याइएको बन्दसूची पुनः जाँच गरिने आयोगले जनाएको छ। समानुपातिक प्रणालीतर्फको अन्तिम सूची माघ २० गते प्रकाशन हुने बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना बलियो बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।
गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले ‘विविधतामा एकता’ भन्ने नेपाली समाजको साझा मूल्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले लुम्बिनी प्रदेश भूगोल मात्र नभई भाषा, संस्कृति, कला र सभ्यताका दृष्टिले पनि विविधतायुक्त रहेको उल्लेख गरेका छन्। बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा मनाइने तमु ल्होसारजस्ता पर्वहरूले सहिष्णुता, आपसी सम्मान र सामाजिक एकतालाई बलियो बनाउने उनको भनाइ छ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भाषा, संस्कृति, सभ्यता र लिपिहरूको संरक्षण तथा प्रबर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिएका छन्। प्रदेशभित्र रहेका सबै भाषा र सांस्कृतिक पहिचानको संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न भाषा ऐन निर्माणसम्बन्धी छलफल अगाडि बढाइएको पनि उनले स्पष्ट पारे।
सबै धर्म, संस्कृति, परम्परा र सांस्कृतिक अभ्यासलाई समान दृष्टिकोणका साथ सम्मान गर्ने नीति प्रदेश सरकारको स्पष्ट प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले मौलिक संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक तथा सामाजिक रूपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
प्रदेश सरकारले अघि सारेको ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य हासिल गर्न तमु ल्होसार पर्वले सबैमा नयाँ उत्साह, ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै मुख्यमन्त्री आचार्यले तमु समुदायसहित सम्पूर्ण प्रदेशवासीको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ पुस । दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव २०८२ सञ्चालन भइरहेको छ। पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास तथा औद्योगिक वातावरण सुदृढ गर्दै दिगो अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रम हुनेछ ।
आयोजकका अनुसार आजको कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित लोकगायक बद्री पंगेनी, गायिका टीका सानु, गायक एम.टी. महर तथा नृत्यतर्फ सन्ध्या मगरको विशेष प्रस्तुति रहनेछ। साथै हास्य कलाकार कमल गाउँलेले व्यङ्ग्यात्मक प्रस्तुति प्रस्तुत गर्नेछन् भने सोनी डान्स ग्रुपसहित विभिन्न नृत्य समूहले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछन्। कार्यक्रमको उद्घोषण माधव जोन खत्रीले गर्नेछन्।
महोत्सवमा लोकदोहोरी, सामूहिक लोकनृत्य तथा आकर्षक नृत्य प्रस्तुतिसँगै सोनी डान्स ग्रुप, प्राकृतिक कला केन्द्र, दोभान कला केन्द्र, द डान्स हब, काइजन डान्स एकेडेमी, आरएन डान्स स्टुडियो तथा स्थानीय कलाकारहरूको निरन्तर प्रस्तुति भइरहेको छ।
साथै बालबालिकाका लागि मनोरञ्जनात्मक खेलहरू, लण्डन गेट, जलपरी, चर्खे पिङ, ढुंगा पिङलगायतका संरचनाले महोत्सवलाई थप आकर्षक बनाएको छ।
महोत्सव अवलोकन गर्न पुगेका दर्शक सौरभ गौतमले भने, “एकै ठाउँमा लोकगीत, हास्य, नृत्य र स्थानीय उत्पादन हेर्न पाउँदा निकै खुशी लागेको छ। परिवारसहित घुम्न आउनका लागि महोत्सव उत्कृष्ट बनेको छ।”
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर, दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सव पुस ४ गतेदेखि पुस १९ गतेसम्म तुलसीपुर–६ घोराही रोडस्थित शान्ति सिनेमा हलको पूर्वतर्फको खुल्ला मैदानमा सञ्चालन हुनेछ।
आयोजकले महोत्सवले स्थानीय उद्यम, घरेलु उद्योग, कला–संस्कृति तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै आजको कार्यक्रममा उपस्थित भई कलाकारहरूको प्रस्तुति अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै राजनीतिक सहमतिमा पुगेका छन्।
तीनै नेताबीचको समझदारीअनुसार कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ।
यसअघि नै रास्वपामा आवद्ध भइसकेका मेयर बालेन्द्र शाहको उपस्थितिमा भएको सहमतिमा कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा राखिएको हो। यसले बालेन, रवि र कुलमानबीच राजनीतिक सहकार्य र एउटै दिशामा अघि बढ्ने स्पष्ट सन्देश दिएको छ।

सहमति सार्वजनिक भएपछि मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने सन्देश लेख्दै तीन नेताबीचको साझा उद्देश्य र दृष्टिकोण संकेत गरेका छन्।
सहमतिको चौथो बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने तथा उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४पुस । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच सोमबार पार्टी एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी नै रहनेछ भने चुनाव चिह्न पनि तारा नै कायम रहनेछ । साथै, दुवै पार्टीबाट संघ, प्रदेश तथा स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुने सहमति भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस