काठमाडौं,१४पुस । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच सोमबार पार्टी एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी नै रहनेछ भने चुनाव चिह्न पनि तारा नै कायम रहनेछ । साथै, दुवै पार्टीबाट संघ, प्रदेश तथा स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुने सहमति भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१४ पुस । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ।
सोमबार समानुपातिकतर्फको सांसदहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका पार्टी संरक्षक रेशमलाल चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीले अन्य दलहरूसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पारे।
संरक्षक चौधरीका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा पनि देशका सबै भूगोललाई समेटेर उम्मेदवार समावेश गरिएको छ। उनले कास्की, पर्वत, लमजुङ, रूकुम, रोल्पा, कालिकोट, दैलेख र डोल्पालगायत विभिन्न जिल्लाबाट उम्मेदवार समेटिएको बताए।
उनले नाउपा नेपालसँग गठबन्धन रहेकाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइने उल्लेख गरे। निर्वाचनको परिणाम भने अन्ततः मतदाताको छनोटमा निर्भर रहने उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन राजनीतिक दलहरू निर्वाचन आयोग पुग्न थालेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज बन्दसूची बुझाउने अन्तिम दिन हो।
यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका छन्।
अधिकांश राजनीतिक दलहरू उम्मेदवारहरूको सूची अन्तिम रूप दिन व्यस्त रहेका छन्। यसबीच नेपाली कांग्रेसका नेताहरू पनि बन्दसूची बुझाउन आयोग परिसरमा पुगेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म पाँच राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्। बन्दसूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) रहेका छन्।
आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले जनही १ सय १० जनाको सूची बुझाएका छन्। त्यसैगरी नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले १२–१२ जना तथा नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जना उम्मेदवारको बन्दसूची पेस गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १४ पुस । थारू समुदायको मौलिक पहिचान झल्काउने माघ सांस्कृतिक महोत्सव–२०८२ यस वर्ष एकदिने रूपमा दाङमा आयोजना हुने भएको छ। थारू समुदायको छाता संस्था थारू कल्याणकारिणी सभा दाङको आयोजनामा पुस १९ गते महोत्सव सञ्चालन हुने भएको हो।
यसअघि हरेक वर्ष दुई दिनसम्म आयोजना हुँदै आएको महोत्सव यस वर्ष विभिन्न कारणले एकदिने मात्र आयोजना गर्न लागिएको सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिए। छोटो समयमै थारू कला, संस्कृति र परम्पराको समृद्ध प्रस्तुति दिने तयारी गरिएको उनले बताए ।
थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा जीवनशैलीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा हुनेछ।
महोत्सवमा थारू समुदायको चर्चित मघौटा नाचसहित विभिन्न सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू देख्न सकिने आयोजकले जनाएको छ। साथै थारू परम्परागत परिकारहरू महोत्सवको मुख्य आकर्षण रहनेछन्।
घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, आलुको अचारलगायत परम्परागत खानाका परिकारहरूको बिक्री तथा स्वाद लिन सकिने व्यवस्था गरिएको छ। यसका साथै थारू भाषामा प्रकाशित पुस्तकहरू तथा हस्तकलाका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री पनि गरिनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ पुस। नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूलाई माफी दिए पनि उनीहरूले पार्टीभित्र पाउँदै आएको बहाल पद भने कायम नरहने स्पष्ट गरेको छ।
पार्टीले आइतबार मातहतका सबै कार्यसमितिलाई पठाएको परिपत्रमार्फत कारबाही माफीरमिनाहा भए पनि सम्बन्धित व्यक्तिहरूको पार्टीको बहाल पद समाप्त हुने उल्लेख गरेको हो। परिपत्रमा क्रियाशील सदस्यताको निरन्तरता भने कायम राखिने र सदस्यता नवीकरण गर्न सकिने निर्णय गरिएको छ।
यसअघि शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनविपरीतका गतिविधिमा संलग्न भएकाहरूको निलम्बन, निष्कासन तथा विधानअनुसार स्वतः लागेका कारबाहीको बाँकी अवधि माफ गर्ने निर्णय गरेको थियो। तर, त्यस बैठकपछि जारी विज्ञप्तिमा कारबाही अवधिमा गुमेको पदबारे कुनै स्पष्ट उल्लेख गरिएको थिएन।
शनिबारको निर्णयले विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा समर्थन प्राप्त उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, तिनका प्रस्तावक समर्थक तथा असहयोग गर्नेहरूलाई राहत दिएको थियो। यही निर्णयपछि पार्टीभित्र पद पनि पुनःस्थापना हुने अपेक्षा बढेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ पुस। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार राति मोेरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा हवाई फायर गर्दै एम्बुलेन्समार्फत तस्करी भइरहेको ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आइतबार राति करिब साढे ११ बजे धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई शंका लागेपछि रोक्न खोजिएको थियो। तर प्रहरी देख्नासाथ एम्बुलेन्स चालक र सवार व्यक्ति फरार हुन खोजेपछि प्रहरीले बाध्य भएर १ राउण्ड हवाई फायर गरेको जनाएको छ।
घटनापछि एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए। एम्बुलेन्सभित्र लुकाएर राखिएको करिब ४८० किलो गाँजा पनि बरामद गरिएको छ।
यसअघि शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा प्रहरीले हवाई फायर गर्दै गाँजा तस्करीमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो। सो क्रममा ३३० किलो गाँजासहित २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुई दिनको अवधिमै ८ सय किलोभन्दा बढी गाँजा बरामद भएपछि मोरङ क्षेत्र गाँजा तस्करीको मुख्य ट्रान्जिट बन्दै गएको आशंका गरिएको छ। प्रहरीले एम्बुलेन्स, निजी सवारी र अन्य साधन प्रयोग गरेर हुने अवैध कारोबारमाथि कडाइका साथ निगरानी बढाइएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ पुस। दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’ को ११औँ दिन आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ। सांस्कृतिक संयोजक टिका जंग वलीका अनुसार आजको कार्यक्रममा चर्चित गायक पुस्कल शर्मा, लोकप्रिय गायिका प्रिति आले र हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ लगायतको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।
महोत्सवमा आज पनि लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता तथा स्थानीय कलाकारहरूको विविध प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ। पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दिनप्रतिदिन दर्शकको चहलपहल बढ्दै गएको छ।
दर्शकहरूको उल्लेख्य उपस्थितिले आयोजकहरू उत्साहित भएका छन्। महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसी ले दैनिकजसो बढ्दो दर्शक सहभागिताले कार्यक्रमलाई थप ऊर्जा मिलेको बताए। उनले आज पनि दर्शकको सहभागिता अझै बढ्ने विश्वास व्यक्त गरे।
स्थानीय उत्पादनको बजारीकरण, औद्योगिक वातावरणको विकास तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर को आयोजनामा सञ्चालन भइरहेको महोत्सव पुस १९ गतेसम्म चल्नेछ। महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वली ले महोत्सवमा दैनिक कारोबारसमेत उत्साहजनक रहेको जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १३ पुस । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को दशौँ दिन पनि उल्लेख्य संख्यामा दर्शकको सहभागिता देखिएको छ। विशेषगरी चर्चित गायक प्रकाश दुतराजको सांगीतिक प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो। उनको प्रस्तुति हेर्नकै लागि महोत्सवस्थलमा विशेष चहलपहल देखिएको थियो।
गायक दुतराजले सालैजो, रेलिमै, घर कता हो बैनीको, छैन र माया, बैनी झ्यालैमा, जाम भो माइलीलगायत दर्जनौँ लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए। उनको सशक्त गायनसँगै दर्शकले हुटिङ गर्दै नाचगान गरेर भरपूर साथ दिएका थिए। प्रकाशको प्रस्तुति हेर्न छिमेकी जिल्ला सल्यानका विभिन्न स्थानबाटसमेत दर्शकहरू महोत्सवस्थलमा पुगेका थिए।
कार्यक्रममा प्रकाश दुतराजसँगै गायक कलावती केसी, थम्मन भण्डारीलगायत अन्य कलाकारहरूको पनि प्रस्तुति रहेको थियो।
पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक रूपमा दर्शक संख्या बढ्दै गएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीका अनुसार दर्शकको उल्लेख्य सहभागितासँगै व्यापारिक कारोबारसमेत वृद्धि भएको छ।
‘स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार गरौँ, दिगो अर्थतन्त्रको आधार बनाऔँ’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको महोत्सव पुस १९ गतेसम्म चल्नेछ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा भइरहेको महोत्सव तुलसीपुर–घोराही सडकखण्डस्थित ओम शान्ति सिनेमा हलको पूर्वतर्फको खुला मैदानमा सञ्चालन भइरहेको छ।
महोत्सवस्थलमा बाल उद्यान, जलपरी, लण्डन ब्रिजलगायत संरचनाहरू दर्शकका प्रमुख आकर्षण बनेका छन्। दर्शक संख्या बढेसँगै महोत्सवमा सहभागी व्यवसायीहरू पनि उत्साहित देखिएका छन्। महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्रबहादुर वलीका अनुसार रुकुम पश्चिमको सिस्नोदेखि दाङको ढिग्रीसम्मका स्थानीय उत्पादनहरूको माग अत्यधिक रहेको छ। पछिल्ला दिनहरूमा दर्शकको सहभागिता अझै बढ्दै गएको र त्यसले व्यवसायिक गतिविधिलाई थप गति दिएको उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १३ पुस । दाङको घोराही उपमहानगरपालिका–५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आइतबार एक कार्यक्रमका बीच आफ्नो ४५औँ वार्षिकोत्सव मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख डिसीले घोक्ने र गृहकार्य सार्ने विद्यार्थीभन्दा युगसापेक्ष सिर्जनात्मक सोच भएका विद्यार्थी आजको समाज र देशले खोजिरहेको बताइन्। उनले शिक्षकहरूलाई विद्यार्थीलाई सिर्जनात्मक बनाउने शिक्षण विधिमा जोड दिन आग्रह गरिन्। अरू सबै गलत र आफू मात्रै सही भन्ने प्रवृत्ति समाजमा बढ्दै गएको उल्लेख गर्दै उनले विचारशील र नवीन सोच भएका नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिइन्।
विद्यालय बजारको केन्द्रमा रहे पनि अपेक्षाअनुसारको विकास हुन नसकेको बताउँदै उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा विद्यालयको समग्र अवस्था, विद्यमान समस्या, समाधानका उपाय तथा आगामी रणनीतिहरू समेटिएको थियो। सबैको साझा प्रयासबाट विद्यालयलाई गुणस्तरीय शिक्षा र समग्र विकासको दिशामा अघि बढाइने प्रतिबद्धता उनले बताए।
सहायक प्रधानाध्यापक प्रकाश डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चन्दादाता तथा समाजसेवी शंकर गौतम, अक्षयकोषदाता हरिप्रसाद सुवेदी जरा, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, बाल विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्री, विद्यालयका निवर्तमान प्रधानाध्यापक बसन्ता पौडेल, सूचना अधिकारी कुलशेखर शर्मा, प्लस–टु संयोजक शम्शेर नेपाली, आईटी संयोजक लक्ष्मण गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
वक्ताहरूले अभिभावक, शिक्षक र विद्यार्थीको साझा प्रयासबाट मात्र शिक्षाको गुणस्तर वृद्धि गर्न सकिने बताए। घोराही बजारको केन्द्रमा रहेको विद्यालयको चौतर्फी विकासका लागि सबै एकजुट हुनुपर्नेमा उनीहरूको जोड थियो।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हेमराज शर्माले गरेका थिए।
वार्षिकोत्सवका अवसरमा गत शैक्षिक सत्रमा विभिन्न कक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै विभिन्न चन्दादाताद्वारा स्थापना गरिएका अक्षयकोषबाट विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। वार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ पुस। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तोकेको समानुपातिक निर्वाचनतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग बैठक गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले यस माग राखेका हुन्। यसअघि गत सोमबार प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सहमहामन्त्री महेंद्र यादवले पनि समानुपातिक बन्दसूची बुझाउने म्याद परिमार्जन गर्न आग्रह गरेका थिए।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यतालिकासहित दलहरूले बन्दसूची बुझाउने मिति पुस १३–१४ गते तोकेको छ। कांग्रेसले संसदीय समिति नबन्ने अवस्था र गुटगत सूची एकीकृत गर्ने समयको कमीका कारण परिमार्जनको माग गरेको बताइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले औपचारिक रूपमा आयोगसँग कुनै आग्रह आएको छैन र म्याद परिमार्जन गर्न सुरु गरिए निर्वाचन निर्धारित मितिमा सम्भव नहुने स्पष्ट पारेका छन्। आयोगका अनुसार कार्यतालिका टाइट भएकाले परिमार्जन गर्न सकिँदैन।
शासनमा एक मन्त्रीका अनुसार दलहरूले आयोगलाई तालिका हेरफेर गर्न दबाब दिइरहेको भए पनि आयोगले “म्याद थप्न सम्भव छैन” भनेर स्पष्ट जानकारी गराएको छ।
कांग्रेसले औपचारिक वा अनौपचारिक रूपमा परिमार्जनका लागि आग्रह जारी राखेको छ, तर हालसम्म सरकार वा आयोगको स्पष्ट प्रतिक्रिया आएको छैन। कांग्रेस
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस