काठमाडौँ,१० पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ।
पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ र ‘शून्य समय’ कार्यक्रममार्फत उम्मेद्वारका आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाएको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार दुई दिनपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान(प्राइमरी भोटिङ) हुने छ।
यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी रहेको झाले जानकारी दिए। तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ।
उम्मेद्वार छनोट तथा प्रतिस्पर्धासम्बन्धी सबै कार्यक्रम काठमाडौँको गोंगबुस्थित बिजी ब्याङ्क्वेटमा सञ्चालन भइरहेको छ।
प्रवक्ता झाले यही पुस ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका समानुपातिक उम्मेद्वारका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताए।
प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ। आवश्यकताअनुसार पार्टी उपसभापति डा। स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रक्रियाको अनुगमन गर्ने जनाइएको छ।
प्रवासमा रहेका उम्मेद्वारका आकांक्षीहरूको मूल्यांकन भर्चुअल माध्यमबाट गरिने छ। उम्मेद्वार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापति डोलप्रसाद अर्याल तथा डा। स्वर्णीम वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यहरूलाई पनि सहभागी गराइने रास्वपाले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१० पुस। अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताए।
बिहीबार एक कार्यक्रममा बोल्दै उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको भने। उनले अफवाह र हल्लाको पछि नलाग्न आम नागरिकलाई आग्रह गरे। “सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, भ्रममा नपर्न म सबैलाई आग्रह गर्छु,” उनले भने।
खनालले अहिलेको सरकार जेनजी आन्दोलनपछि बनेको बताए। उनले सरकारको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गरे। निर्वाचनपछि देशको अर्थतन्त्र बिस्तारै सुधार हुँदै जाने विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रममा ४७ वर्षदेखि रोकिएको अस्पतालको जग्गा दर्ता प्रक्रिया हालै पूरा भएको जानकारी दिइयो। खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको बताए।
दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलले ४७ वर्षदेखि अड्किएको काम पूरा भएको भन्दै सरकारलाई धन्यवाद दिए।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी र अस्पताल व्यवस्थापनका पदाधिकारीको उपस्थिति थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१० पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा देखिएका राजनीतिक, प्रशासनिक तथा कानुनी जटिलता समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने जनाएको छ ।
नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव नेत्रविक्रम चन्दले समस्या यथावत् राखेर गरिने निर्वाचनले देशलाई निकास नदिने स्पष्ट पारे ।
महासचिव चन्दले समाजवादी सङ्घीयताअनुरूप राज्य संरचना निर्माण गर्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय व्यवस्था लागू गर्नुपर्ने र राज्यका सबै अङ्गलाई जनताले अपनत्व महसुस गर्ने गरी पुनःसंरचना गर्नुपर्ने पार्टीको दृष्टिकोण रहेको बताए ।
अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनता सहित सबै राजनीतिक शक्तिलाई स्वीकार्य हुने गरी निकास खोजिने उनको भनाइ थियो । यदि त्यो सम्भव नभए राजनीतिक शक्तिहरूबीच सहमतिका आधारमा उपयुक्त समाधान निकाल्नुपर्ने उनले जोड दिए ।
जेन–जी विद्रोहपछि पनि जनताले उठाएका मुद्दाहरू सम्बोधन हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै उनले सरकारलाई निर्वाचनमा मात्र केन्द्रित नहुन आग्रह गरे ।
भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र सुशासन प्रवर्द्धनमा गम्भीर रूपमा लाग्नुपर्ने उनको सुझाव थियो ।
महासचिव चन्दले भ्रष्टाचारको अन्त्य, संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जेन–जी आन्दोलनको मुख्य म्यान्डेट भएको स्मरण गराउँदै पछिल्लो अन्तरिम सरकारले चुनावलाई मात्रै प्राथमिकता दिँदा ती एजेन्डा ओझेलमा परेको टिप्पणी गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १० पुस। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।
आज आयोजित समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्की सहित शैक्षिक क्षेत्रका व्यक्तिहरूले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन् ।
विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहसमेत गरी कुल ८९ हजार एक सय एक जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन भइरहेको समारोहमा त्रिविको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ ।
कार्यक्रममा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत विभिन्न प्राज्ञ र विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १० पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव–२०८२ मा आज चर्चित गायक खुमन अधिकारीको विशेष प्रस्तुति रहने भएको छ । महोत्सवको सातौँ दिन आज गायक अधिकारी आउने भएपछि दर्शकको उपस्थिति पनि उल्लेख्य हुने अनुमान गरिएको छ ।
महोत्सवमा आज गायका अधिकारीसंगै गायक मदन मुस्कान, सुदन थापा, गायिका मिना बुढाथोकी लगायतको प्रस्तुति रहने भएको हो । महोत्सवमा दिनप्रतिदिन दर्शकको सहभागीता उल्लेख्य हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताए ।
महोत्सवमा सांगीतिक कार्यक्रमका साथै लण्डन ब्रिज, जलपरी आकर्षणको केन्द्रबिन्दु बनेका छन् । स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि प्रथम तुलसीपुर महोत्सव संचालन भइरहेको छ ।
महोत्सवमा हरेक दिन दर्शकको सहभागीता बढ्दै गएपछि कारोबार पनि बढ्दै गएको छ । महोत्सवले तुलसीपुरको आर्थिक गतिविधिलाई थप चलायमान बनाएको भन्दै व्यवसायी पनि उत्साहित भएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताए ।
महोत्सवमा रुकुम पश्चिमको सिस्नोदेखि जुम्लाको मार्सी चामल बिक्रि भइरहेको छ । यस्तै सल्यानी खुकुरीदेखि स्थानीय हस्तकलाका सामग्रीको पनि बजारीकरण भइरहेको महोत्सव आयोजकले जनाएको छ ।
‘औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ पुस ४ गतेदेखि सुरु भएको महोत्सव १९ गतेसम्म संचालन हुनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
लक्ष्मण बस्नेत,९ पुस। ज्ञान ज्योति इन्ट्रा कलेज टि-२० क्रीकेट प्रतियोगिता-२०८२ को उपाधि ज्ञान ज्योति स्नातक दोस्रो वर्षले जितेको छ ।
ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा आज सम्पन्न फाईनल खेलमा ज्ञान ज्योति बिज्ञान संकाय ए टिम लाई २८ रनले पराजित गर्दै स्नातक दोस्रो वर्ष टिमले उपाधि जितेको हो ।
उपाधि संगै उसले नगद १५ हजार र ट्रफि हात पार्यो । फाईनलमा पराजित बिज्ञान संकाय ए टिम उपबिजेतामा सिमित रहदै नगद १० हजार र ट्रफीमा चित्त बिझाउन बाध्य भयो ।
टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको स्नातक दोस्रो वर्ष टिमले १५ ओभरको समाप्तिमा १०४ रन बनाउन सफल भयो । जसमा बिजय डागिले सर्वाधिक ३१ रनको योगदान दिए भने निराजले १५ रन जोड्न सफल भए । बलिङ तर्फ बिज्ञान संकाय ए का सागर रिजालले ४ विकेट लिए ।
प्रतिउत्तरमा १०५ रनको लक्ष्य पछ्याएको बिज्ञान संकाय ए १३ दशमलव ४ ओभरमा अलआउट हुँदै ७६ रनमा सिमित भयो । जसमा समीर नेपालीले ब्याक टु ब्याक ४ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यान खासै चल्न सकेन् ।
प्रतियोगिताको म्याच द फाईनल स्नातक दोस्रो वर्षका सागर रिजाल भए । प्रतियोगिता अवधिभर अम्पायरको भुमिकामा सुदिप नेपाली, गोपाल केसी,बिपिन बस्नेत र निश्चल लामिछाने रहेका थिए।
यसैबिच प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह ज्ञानज्योती कलेजका भाईस प्रीन्सिपल मनोज केसीको अध्यक्षता तथा युवा संजाल दाङका अध्यक्ष ऋषिराज लहरे अरुणको प्रमुख आतिथ्य एवं दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रममा ज्ञानज्योती कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतम, आदर्श एकेडेमिका प्रीन्सिपल वसन्त टन्डन लगाएतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा प्रतियोगिताका बिजेता, उपविजेता टिम तथा खेलाडी, ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लेयर अफ द टुर्नामेट बिजय डागी, वेष्ट ब्याट्म्यान गोपाल केसी,वेस्ट बलर सागर रिजाल लाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुस ३ गते देखि सुरु भएको प्रतियोगितामा फाउन्डेसनका ९ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ज्ञान ज्योति कलेजका शिक्षक सन्तोष केसीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ पुस । बबई नदीमा १० वटा घडियाल गोही छाडिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीमा १० वटा घडियाल गोही छाडेको हो ।
संघीय वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले पूर्व पश्चिम राजमार्ग नजिकको परेवा ओडारस्थित बबई बाँध क्षेत्रमा गोही छाडेका हुन् ।
बर्दिया निकुञ्जको ठाकुरद्वारास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका ४ वर्ष उमेरका ५ वटा पोथी र ५ वटा भाले गरी १० वटा घडियाललाई नदीको प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जका सूचना अधिकारी तथा वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक बेदकुमार ढकाललगायतको उपस्थिति रहेको थियो ।
हाल प्रजनन केन्द्रमा ठूला १ सय ५० र साना ७० वटा घडियाल रहेका छन् ।
वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार घडियाललाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । नेपालको पश्चिम क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा गोही संरक्षणका लागि विशेष रूपमा प्रजनन केन्द्र स्थापना गरिएको हो ।
कर्णाली र बबई नदीमा घाइते अवस्थामा फेला परेका घडियाल तथा नदी किनारमा भेटिने बेवारिसे अन्डालाई प्रजनन केन्द्रमा ल्याएर स्याहार सम्भार गरिँदै आएको निकुञ्जले जनाएको छ । यसले घडियाल संरक्षणमा उल्लेखनीय सहयोग पुगेको बताइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,९ पुस। कालीकोटको कर्णाली करिडोर सडक खण्डमा यात्रुवाहक गाडी दुर्घटना भएको छ । दुर्घटनामा परे तीनजना गम्भीर घाइते भएका छन्। बाजुरादेखि नेपालगन्ज जाँदै गरेको ०१-००१ ख ०९२४ नम्बरको एसएमएल गाडी राष्कोट नगरपालिकाको भात्तडी भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते छन्। तीन सामान्य घाइते छन्।
गाडीमा सवार अन्य यात्रुहरूलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए। घाइतेको उपचारका लागि सुर्खेत लगिएको उनले बताए।
बसमा २१ जना सवार थिए। घाइते हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिकाका ७१ वर्षीया पम्पा अधिकारी, बाजुरा जगन्नाथ गाउँपालिकाका ६६ वर्षीया रत्न कला बिष्ट, ४० वर्षीया जना बिष्ट, स्वामिकार्तिक गाउँपालिकाका ५० वर्षीया मिरा शाही, ६५ वर्षीया गंगा शाही, माझगाउँ बस्ने वर्ष ४० वर्षीया तिउली भण्डारी, जेरा निवासी २० वर्षीय मानवीर कामी, जगन्नाथ गाउँपालिका ५ निवासी ४४ वर्षीया शान्ति शाही, २५ वर्षीय पदम सार्की, ६५ वर्षीय विकेश डोली, बुढीनन्दा गाउपालिकाका १९ वर्षीय खेमराज कार्की छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ पुस। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयले उपकुलपति प्रा।डा। धनेश्वर नेपालमाथि लगाइएका आरोपहरू कपोलकल्पित, प्रमाणहीन र भ्रामक भएको स्पष्ट पारेको छ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले जारी गरेको विज्ञप्तिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को नाममा पुस ६ गते प्रकाशित विज्ञप्तिमार्फत् उपकुलपति प्रा.डा. नेपाल र कुलसचिव माधवप्रसाद अधिकारीमाथि लगाइएका आरोपहरू निराधार रहेको उल्लेख गरिएको छ।
पुस ६ गते बिहान उपकुलपति नेपालको निवासमै पुगेर मोसो दल्ने तथा कुटपिट गर्ने जस्ता दुर्व्यवहारका घटना भएका थिए। घटनापछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत् घटनाको जिम्मेवारी लिँदै उपकुलपति नेपालमाथि आठ बुँदे आरोप लगाएका थिए।
ती आरोपमध्ये विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीमाथि भ्रष्टाचारको अभियोग लागेको अवस्थामा उपकुलपति नेपालले रकम असुली पुनः रजिष्ट्रारमा सिफारिस गरेको भन्ने आरोपलाई शिक्षाध्यक्ष जोशीले पूर्ण रूपमा खण्डन गरेका छन्। उनले यस्ता दाबीहरू मिथ्या र कपोलकल्पित भएको बताएका छन्।
विज्ञप्तिमा शिक्षाध्यक्ष जोशीले पूर्वाग्रह, गलत सूचना र स्वार्थी तत्वबाट फैलाइएका अप्रमाणित स्रोतमा भरोसा नगरी सत्य र सही सूचनाका आधारमा धारणा बनाउन सबै पक्षलाई आग्रह गरेका छन्। साथै, प्राज्ञिक संस्थाको मूल्य, मर्यादा र गरिमा जोगाउन सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।
शिक्षाध्यक्ष जोशीले उपकुलपतिको निवासमा अनधिकृत प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी ९(बहुमत) तथा सोसँग सम्बद्ध विद्यार्थी संगठनका नाममा उपकुलपति प्रा.डा. नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित रूपमा गरिएको दुर्व्यवहार र आक्रमणको कडा निन्दा गरेका छन्।
घटनाले विश्वविद्यालयको शान्त, मर्यादित र शैक्षिक वातावरणमा प्रत्यक्ष असर पारेको जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरिएको छ। साथै, विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विभिन्न पेसागत संगठनका प्रतिनिधिहरूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन्।
नेपाल संस्कृत विश्वविद्यालय संस्कृत, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा अध्ययन–अनुसन्धानमा निरन्तर सक्रिय ऐतिहासिक शैक्षिक संस्था भएको उल्लेख गर्दै यस्ता हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ।
विश्वविद्यालयले सबै समस्या वार्ता, संवाद र सहमतिमार्फत समाधान सम्भव हुने विश्वास व्यक्त गर्दै शैक्षिक संस्थाको गरिमा, मूल्य र मर्यादा कायम राख्न सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ पुस । काठमाडौँको ठमेलमा एक युवकको हत्या गरेर फरार भएका एक कैदी रोल्पाबाट पक्राउ परेका छन्। मकवानपुर घर भएका २५ वर्षीय सुरज तामाङको हत्या आरोपमा फरार रहेका आकाश मगरलाई रोल्पा नगरपालिका–१० धाङ्सीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरी निरीक्षक सुनिल थापाका अनुसार मगरलाई सोमबार दिउँसो करिब २ बजे पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौँ पठाइएको छ। मकवानपुर घर भई हाल मनमैजु बस्दै आएका तामाङलाई गत असोज १३ गते मगरले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
उपचारका लागि वीर अस्पताल पुर्याइएका तामाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मगर लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका व्यक्ति हुन्। उनी २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागारमा भएको तोडफोडपछि फरार भएका थिए।
पक्राउ परेका मगरले आफ्नो ठेगाना स्पष्ट रूपमा नबताए पनि उनी रोल्पाकै बासिन्दा भएको प्रहरीको भनाइ छ। यसअघि पनि नख्खु कारागारबाट फरार भएका काभ्रे निवासी सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेको घटना सार्वजनिक भएको थियो
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस