काठमाडौ,२१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले छुवाछूत र जातीय भेदभाव अन्त्य गर्न सबैलाई आग्रह गरेका छन् ।
आज परेको छुवाछूत उन्मूलन दिवसका अवसरमा उनले सबै नेपालीलाई सुख, शान्ति र सद्भावको कामना गरेका छन् ।
उनले भने-“सबै मानिस बराबर हुन्, सबैलाई सम्मान गर्नुपर्छ। राम्रो समाज बनाउन हामी सबै मिलेर लाग्नुपर्छ।”
विसं २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त देश घोषणा गरिएको थियो। त्यसैको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ।
राष्ट्रपतिले छुवाछूत हटाउन कानुन मात्र नपुग्ने र यसका लागि सोच पनि बदलिनुपर्छ बताए।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा,२१ जेठ । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृतकमध्ये दुई पुरुष र एक महिला रहेका छन्। जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० जेठ । सरकारले भूमि आयोग खारेज गरेपछि भूमिसम्बन्धी समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘भूमि समस्या समाधान समिति’ गठन गर्दै त्यसको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको हो।
समितिका सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मनिधि सोती र काठमाडौंकी डा. रोहणा श्रेष्ठलाई नियुक्त गरिएको छ।
यसअघि सरकारले अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन, २०२१ संशोधन गर्दै पुरानो भूमि आयोग खारेज गरेको थियो। नयाँ कानुनी व्यवस्थाअनुसार भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन केन्द्र र जिल्ला तहमा समिति गठन गर्न सकिने व्यवस्था गरिएको छ।
सोही व्यवस्थाअन्तर्गत यो नयाँ समिति गठन गरिएको सम्बन्धित मन्त्रालयले जनाएको छ। समितिलाई विगतमा विभिन्न आयोग वा कार्यदलमार्फत वितरण गरिएका जग्गासम्बन्धी स्वामित्व, दर्ता, नक्सा प्रमाणीकरणलगायतका समस्याहरू समाधान गर्ने जिम्मेवारी समेत दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० जेठ । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
दक्षिणी दिल्लीको भीडभाड भएको क्षेत्रमा रहेको ‘फ्लोरिस स्टे’ होटलमा बुधबार बिहान आगलागी भएको हो। आगो छिटो फैलिँदा भित्र रहेका पाहुना र कर्मचारी फसेका थिए।
प्रहरीका अनुसार ४० भन्दा बढी घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। आठ वटा दमकलको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो। अधिकारीहरूले २१ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। घटनास्थलमा अझै पनि खोज तथा उद्धार कार्य जारी रहेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये धेरै अफ्रिकी देशका नागरिक हुनसक्ने अनुमान गरिएको छ। तर यसको आधिकारिक पुष्टि भएको छैन।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना जनाएका छन् ।
आगलागीको कारण खुलेको छैन। तर भारतमा यस्ता घटनाहरू प्रायः विद्युत् सर्ट सर्किट, पुरानो तार र सुरक्षा कमजोरीका कारण हुने गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० जेठ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।
पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने कार्यशालामा बोल्दै उनले समय र परिस्थिति सधैँ एकैनास नरहने भएकाले जिम्मेवार पदमा रहेका व्यक्तिहरू संयमित हुनुपर्ने बताए।
उनले नेपालमा राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रजस्ता शक्तिशाली प्रणालीहरू समेत ढलेको उदाहरण दिँदै अहिलेको अवस्था पनि लामो समय नटिक्ने दाबी गरे।
अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएका आगजनी र तोडफोडका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै त्यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने बताए।
उनले राज्यका जिम्मेवार निकाय र व्यक्तिहरूलाई ‘उत्ताउलिएर अघि नबढ्न’ चेतावनी दिँदै संयम अपनाउन आग्रह गरे
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० जेठ । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने १३८ जना घाइते भएका छन्।
समाचार संस्था एपीका अनुसार सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो क्षति पुर्याएको हो।
युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जना र राजधानी किएभमा ६ जनाको मृत्यु भएको छ। विस्फोटका कारण अपार्टमेन्ट भवनहरू क्षतिग्रस्त भएका छन् भने धेरै स्थानमा खोज तथा उद्धार कार्य जारी छ।
युक्रेनी वायु सेनाका अनुसार रुसले ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको थियो। तीमध्ये ४० वटा क्षेप्यास्त्र र ६०२ वटा ड्रोन नष्ट वा निष्क्रिय पारिएको दाबी युक्रेनले गरेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपिल गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२०जेठ । राष्ट्रपति कार्यालय शीतल निवासमा सजाइएका हात्तीका दुई दाह्रा चोरी भएको खुलेको छ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड र आगजनी भएको थियो। त्यही क्रममा भित्तामा सजाइएका दुई थान हात्तीका दाह्रा चोरी भएको प्रहरीले जनाएको छ।
करिब ९ महिनापछि उक्त चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति नयाँ बसपार्क र मनमैजु क्षेत्रमा अपरेशन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले दाह्रा काटेर भाग लगाई आ आफ्नो घरमा लुकाएर राखेको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० जेठ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (एमाले) का चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालका अनुसार उनीहरूले बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्रीसहित एमालेका पाँच जना मन्त्री सरकारमा रहेका थिए। तीमध्ये चार जनाले पदबाट राजीनामा दिएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइ मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्य मन्त्री खेम सारु रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ जेठ । भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशबीचको समस्या आपसी रूपमा नै समाधान गर्नुपर्ने बताएका हुन्।
नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले सीमा सम्बन्धी विषय दुवै देश मिलेर टुंग्याउने प्रयास भइरहेको जानकारी दिए।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमा विवादबारे चीन र बेलायतसँग पनि संवाद भइरहेको बताएका थिए। सोही अभिव्यक्तिपछि भारतले यस्तो प्रतिक्रिया दिएको हो।
तर भारतीय पक्षले भने सीमा विवादमा तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,१९ जेठ । तुलसीपुरबाट प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
सोमबार राति करिब ९:४५ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले वडा नं. ६ झुमरे क्षेत्रमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा घरबाट लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा तुलसीपुर–६ का २५ वर्षीय पवित्र डाँगी, २६ वर्षीय गोविन्द बुढा मगर, तुलसीपुर–७ का ३० वर्षीय कमल केसी र २७ वर्षीय रिगल महतरा क्षेत्री रहेका छन्।
उनीहरूको साथबाट १० ग्राम १९० मिलिग्राम ब्राउन सुगर, ८ थान मोबाइल र ३ हजार ८४५ रुपैयाँ नगद बरामद भएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस