काठमाडौ,२५ मंसिर। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेल आज दिउँसो ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुने भएको छ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएकाले विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। लुम्बिनी भने इलिमिनेटर चरणमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै अगाडि बढेको हो।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो, त्यसैले आजको खेल दुवै टिमका लागि चुनौतीपूर्ण रहेको छ। आज जित्ने टिम फाइनलमा प्रवेश गर्नेछ र फाइनल खेल २७ मंसिरमा सुदूरपश्चिम रोयल्ससँग हुनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ मंसिर । नवलपुरको चोरमारामा आज बिहान विवाहका लागि घरबाट निस्किएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार कावासोती–५ का मूल घर भई हाल कावासोती–३ थारु टोलमा बस्दै आएका जितबहादुर उपाध्याय चोरमाराको उकालोमा मृत भेटिएका हुन् ।
अत्यधिक जाडोका कारण कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। शरीरमा कुनै चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरी जनाएको छ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ मंसिर । काठमाडौँ जाँदै गरेको बस दाङको लमहिमा दुर्घटना भएको छ। दाङको लमही नगरपालिका–१ कौडियापुलमा आज बिहान डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको हो । बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
विहीबार बिहान करिब ३ बजेतिर ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए।
बसमा ३८ जना सवार रहेको र घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले अन्तिम चरणमा स्थान पक्का गरेको हो।
काठमाडौँले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १४ बल बाँकी छँदै पूरा गर्यो। उक्त हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३४ बलमा २ छक्कासहित ३३ रन बनाए। सन्दीप जोराले २३ बलमा १ चौका र १ छक्कासहित २३ रन जोडे। कप्तान रोहित कुमार पौडेलले २५ बलमा १८ रन (१ चौका, १ छक्का) जोडे।
निरोशन डिकवेलाले १४ बलमा २ चौकासहित १४ रन बनाए।
काठमाडौँका सन्तोष यादवले २ विकेट लिए भने कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले एक–एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ थालेको काठमाडौँ १९.१ ओभरमै १११ रनमा अलआउट भयो। यो एनपीएलको दोस्रो संस्करणमा पहिले ब्याटिङ गर्दै बनेको सबैभन्दा कम स्कोर हो।
इन्किङ्सभर काठमाडौँका ब्याट्सम्यानहरू लुम्बिनीका बलरसामू संघर्षरत देखिए। टोलीले १४ रन पुग्नुअघि नै चार विकेट गुमाइसकेको थियो।
काठमाडौँका लागि आठौँ नम्बरका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। उनले १७ बलमा १ छक्का प्रहार गरे। नवौँ नम्बरका मोहम्मद आदिल आलमले ११ बलमा २ छक्का र १ चौकासहित १८ रन जोडे।
जोन सिम्पसनले १८ रन, भीम सार्कीले १४ रन बटुले। ओपनर आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ क्रमशः १ र ४ रनमै आउट भए।
सनी पटेल ७, मिलिन्द कुमार २ र रसिद खान २ रनमा गिरे। कप्तान करण केसीले १४ बलमा १ छक्कासहित ९ रन बनाए। साहब आलम ४ रनमा अविजित रहे। काठमाडौँले अतिरिक्त ९ रन पायो।
लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले ३–३ विकेट लिए। शेरले ४ ओभरमा २२ रन खर्चिए भने कप्तान पौडेलले ४ ओभरमा २५ रन दिए।
रुवेन ट्रम्पलम्यानले २ विकेट र अभिशेष गौतमले १ विकेट लिए।
अब फाइनल प्रवेशका लागि लुम्बिनीले बिहीबार विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२४ मंसिर । सर्वोच्च अदालतको परमादेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः पदबहाली भएका छन्।
अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएपछि कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय खारेज गरेपछि शाक्य आज बिहान प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पदभार सम्हालेका हुन्।
यसअघि उनी कार्यकारी निर्देशक पदबाट हटाइएका थिए, तर सर्वोच्चको फैसलासँगै शाक्य पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले पूर्वमन्त्री बालकृष्ण खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीलाई प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस गरेको छ।
साथै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) को नाम सिफारिस गरिएको छ।
त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि सोमनाथ शर्मा (खस आर्य), मिननाथ शर्मा (अपाङ्ग), भिमप्रसाद न्यौपाने (खस आर्य) र मोहन सरदार (अल्पसंख्यक) लाई सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए। उनका अनुसार सबै पदका लागि सिफारिस सर्वसम्मत रूपमा गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २४ मंसिर। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घ सहित देशभरका नागरिक समाज, संघसंस्था र मानवअधिकार अभियन्ताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई समसामयिक विषयसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका छन्।
महासङ्घका अध्यक्ष अर्जुन भट्टराईका अनुसार पत्रमा लोकतन्त्र, संविधान र मानवअधिकारको संरक्षण, दण्डहीनताको अन्त्य, नागरिक स्वतन्त्रताको सुनिश्चितता, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा स्वच्छ र भयरहित निर्वाचनको माग राखिएको छ।
भाद्र २३–२४ मा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना पनि पत्रमा उल्लेख गरिएको छ।
नागरिक समाजले सरकारले निजी क्षेत्र र समुदायसँग सहकार्य नगरी देशको समग्र विकास सम्भव नहुने बताउँदै, सामाजिक रूपान्तरण, मानवअधिकार प्रवर्द्धन, लैङ्गिक समानता, विपद् व्यवस्थापन र सामुदायिक सशक्तिकरणमा गैरसरकारी क्षेत्रको भूमिका सुनिश्चित गर्न आग्रह गरेको छ।
पत्रमा पछिल्ला दिनमा देखिएका संघ–संस्था कमजोर पार्ने प्रयास, अभियन्तालाई अपराधीझैँ व्यवहार गर्ने गतिविधि र नागरिक समाजलाई निरुत्साहित गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै, भयरहित कार्य वातावरण बनाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको उल्लेख छ।
यस्तै, राजनीतिक दल, निजी क्षेत्र, सहकारी तथा वित्तीय क्षेत्रसँग परामर्श गरी विश्वसनीय र समयमै निर्वाचन गराउनुपर्ने र जेन–जी आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र भ्रष्टाचार सम्बन्धी मुद्दामा सरकारले गम्भीर हुनुपर्ने माग पनि राखिएको महासङ्घले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२४ मंसिर । भन्सार एजेन्टको आन्दोलनका कारण रोकिएको भन्सार जाँचपासको काम फेरि शुरू भएको छ। आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्ता सकारात्मक भएपछि आन्दोलन रोकिएको हो।
महासङ्घका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्ति जारी गर्दै, भन्सार विभागले माग सम्बोधनका विषयमा सकारात्मक प्रतिक्रिया दिएकोले ‘पेनडाउन’ कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन्। भन्सार विभागले पनि विज्ञप्ति निकाल्दै वार्ता सफलतापूर्वक टुंगिएको जनाएकाे छ।
भन्सार ऐन २०८२ का केही प्रावधानले एजेन्टहरूको पेशागत हकहित, कार्यसहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पारेको भन्दै एजेन्ट महासङ्घले देशभर पेनडाउन आन्दोलन सुरू गरेको थियो।
आइतबार वीरगञ्जबाट प्रारम्भ भएको आन्दोलन दोस्रो दिन भैरहवा भन्सार पूर्ण रूपमा बन्द रहेको थियो। तेस्रो दिन हिजो देशभरका सबै भन्सार कार्यालयका सेवा ठप्प भएका थिए। वार्ता सफल भएपछि आजदेखि सेवा पुनः सञ्चालनमा आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ मंसिर । बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। नेपाल हाल नवलपरासी पूर्वमा कार्यरत थिए।
प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपालकी पहिलो श्रीमतीको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध प्रक्रिया अघि बढाएको हो।
‘बहुविवाहको मुद्दा दर्ता भएपछि उहाँ आफैं हिजो साँझ कार्यालयमा आउनुभएको थियो।पछि उनलाई औपचारिक रूपमा पक्राउ गरी म्याद थप गरिएको हो,’ एसपी क्षेत्रीले बताए।
नेपालमाथि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बहुविवाहसम्बन्धी थप प्रमाण संकलनको काम भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए।
यसअघि प्रहरी निरीक्षकको पदमा रहेर बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्ज हुँदा नेपाल गाँजाको आर्थिक कारोबारमा संलग्न देखिएपछि विभागीय कारबाहीमा परेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडकखाना महोत्सव सुरु भएको छ । नेवार समुदायको संस्कार र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले उक्त खाना महोत्सव सुरु भएको हो। मङ्गलबार एक औपचारिक कार्यक्रमका बीच खाना महोत्सवको उद्घाटन समेत गरिएको छ। महोत्सवमा नेवारी परिकार, कला तथा सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित उपमहानगरपालिकाको गेट नजिकै महोत्सव सञ्चालन भएको छ। ‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ’ नारासहित सुरु गरिएको महोत्सव मंसिर २९ गतेसम्म चल्ने छ। महोत्सवमा विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्रीका लागी राखिएको छ।
नेवा देय दवु तुलसीपुर नगरका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको।उद्घाटन गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाको मुख्य आयोजना तथा ‘नेवा: देय दवु (नेवा: राष्ट्रिय मञ्च)’ र ‘नेवा: मिसा दवु’ को सहआयोजनामा उक्त महोत्सव सन्चालन भएको हो।
कार्यक्रममा उपप्रमुख चौधरीले तुलसीपुरमा नेवार समुदायको बसोबास कम भए पनि कला, संस्कार र संस्कृतिको संरक्षणमा समुदाय निरन्तर सक्रिय रहेको बताइन्। उनले यस महोत्सवले बहुसांस्कृतिक समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष नरेशराज भण्डारी, स्थानीय नेताहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
गत वर्ष पनि महोत्सव आयोजना गरिएको थियो, जसमा ३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष भने करिब ८ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ। गत वर्ष तीन दिन सञ्चालन भएको महोत्सव यस वर्ष एक सातासम्म हुनेछ। महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवको स्वागत नगर महिला उपाध्यक्ष सुदृष्टी श्रेष्ठले गरेकी थिइन् । सहजीकरण तुफानबाबु श्रेष्ठले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस