तुलसीपुरमा क्युएफएक्स हलको शिलान्यास

   मङि्सर २४, २०८२       admin

दाङ,२३ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका-६ बरुवागाउँस्थित गोरखा बोर्डिङ स्कुलको छेउमा क्युएफएक्स सिनेमा हल संचालनमा आउने भएको छ। मंगलबार शिलान्याससँगै निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो।

संयुक्त लगानीकर्ता अनिल बुढाथोकी र वसन्त लम्सालको साझेदारीमा झण्डै २२ करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण हुन लागेको जानकारी संचालक बुढाथोकीले दिएका छन्। उनका अनुसार सिनेमा हल आगामी दशैंसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

‘कर्मा’ फिल्मका निर्माता समेत रहेका बुढाथोकी हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। उनले तुलसीपुरवासीलाई लक्षित गर्दै अत्याधुनिक प्रविधियुक्त हल निर्माण गर्न लागिएको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पत्रकार रजक सहिद घोषित

   मङि्सर २४, २०८२       admin

काठमाडौं,२३ मंसिर ।सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

चैत १५ गते तीनकुनेमा समाचार संकलन गर्ने क्रममा निधन भएका रजकलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शहीद घोषित गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को यस निर्णयबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्रपा इलाम अध्यक्षसहित १५ जना पक्राउ

   मङि्सर २४, २०८२       admin

काठमाडौ,२३ मंसिर । इलाममा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारी तथा राजनीतिक कार्यालयमा तोडफोड र आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्रपाका इलाम जिल्ला अध्यक्ष टीकाराम चौहानसहित इलाम, झापा र ताप्लेजुङका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अदालतको म्याद थपेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

आन्दोलनका बेला इलाम नगरपालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रहरी पोस्ट, विद्यालय, सहकारी, विभिन्न पार्टी कार्यालयलगायत ठाउँमा ठूलो क्षति पुगेको थियो।

केवल इलाम नगरपालिका कार्यालयमै करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अन्य निकायमा समेत कागजात, फर्निचर, सवारीसाधन र उपकरण जलाइएका वा तोडफोड गरिएको थियो।

आन्दोलनपछि जेनजी समूहले विज्ञप्ति जारी गर्दै आफूहरूले शान्तिपूर्ण आन्दोलन घोषणा गरे पनि विध्वंश मच्चाउने व्यक्तिहरूको छानबिन गरी कारबाही गर्न माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टरिगाउँ विमानस्थलबाट असहाय,अशक्तलाई छुट

   मङि्सर २४, २०८२       admin

दाङ ,२३ मंसिर । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट काठमाडौं यात्राका लागि असहाय, अपाङ्ग, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष भाडा छुट दिने व्यवस्था गरेको छ।

एयरलाइन्सका प्रमुख बलबहादुर सुनारका अनुसार दाङ–काठमाडौं उडानको सामान्य भाडा रु ८,७७५ रहेकामा छुट पाउने वर्गका यात्रुले रु ७,६४५ मात्र तिर्नुपर्छ।

हाल टरिगाउँबाट हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार उडान हुँदै आएको छ। तर, यात्रुको संख्या अत्यन्त न्यून भएको सुनारले बताए।

उनका अनुसार धेरैजसो दिन चार,पाँच भन्दा बढी यात्रु हुँदैनन्। कात्तिक महिनासम्म यात्रु धेरै भए पनि अहिले संख्यामा गिरावट आएको छ।

सुनारका अनुसार विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असहाय नागरिकका लागि छुटको व्यवस्था निरन्तर लागू छ।

टरिगाउँ विमानस्थलमा हाल ७५० मिटर धावनमार्ग रहेको छ। धावनमार्ग सानो भएकै कारण ठूला विमान अवतरण गर्न सक्दैनन्। १९ सिटे विमान बस्दा पनि उडान अनियमित हुने समस्या आएपछि धेरै यात्रु नेपालगञ्ज वा भैरहवा हुँदै यात्रामा निर्भर हुनुपरेको छ।

धावनमार्ग विस्तारको माग वर्षौंदेखि उठ्दै आएको टरिगाउँ विमानस्थलको स्थापना वर्ष वि.सं. २०११ मा भएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लोकतन्त्र कमजोर भए मानवअधिकार संकटमा पर्छ: गृहमन्त्री अर्याल

   मङि्सर २३, २०८२       admin

काठमाडौं,२२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार सुनिश्चिततामा गम्भीर चुनौती उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्।

ललितपुरमा सोमबार आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले लोकतन्त्र र मानवअधिकार एक अर्काका परिपूरक भएकाले लोकतन्त्र सुदृढ भए मात्र मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ। यसका लागि सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारीका स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

गृहमन्त्री अर्यालले नेपालले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा गरेको प्रतिबद्धता पूरा गर्दै मानवअधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व रहेको उल्लेख गरे।

संक्रमणकालीन न्याय प्रक्रिया (टीआरसी) लाई निष्कर्षमा पुर्‍याएर सबै नागरिकका अधिकार सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको पनि उनले बताए।

“मानवअधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड हो,” उनले भने, “यो दायित्व राज्यको मात्रै होइन, नागरिक समाज, मानवअधिकारकर्मी तथा आम नागरिकको साझा प्रयासबाट पूरा हुन्छ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

   मङि्सर २३, २०८२       admin

रसुवा,२२ मंसिर । दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज बिहान जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्।

उनीहरूलाई निजी जमिनमा घाँस काटिरहेका बेला लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट आएको भालुले आक्रमण गरेको स्थानीयले बताए।

स्थानीयस्तरमा प्राथमिक उपचार गरिएको दुवै जनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन्।

?

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यानमाबस दुर्घटना हुँदा चालक घाइते

   मङि्सर २३, २०८२       admin

सल्यान,२२ मंसिर । सल्यानमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन्। सल्यानको बागचौर नगरपालिका–७, कोटबारा क्षेत्रमा एक यात्रुबाहक बस दुर्घटना हुँदा चालक घाइते भएका छन्।

व्याक गर्ने क्रममा ना ४ ख ६२३२ नम्बरको बस करिब ४५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

दुर्घटना भएको बेला बसमा यात्रु नहुँदा मानवीय क्षति हुन पाएन। तर बस चालक लालसिं बिक घाइते भएको र उनलाई उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लमहीमा होटल संचालक मृत्त फेला

   मङि्सर २३, २०८२       admin

दाङ ,२२ मंसिर । दाङको लमहीमा एक होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन्।

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणतर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफ्नो कोठामा मृत भेटिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेको छ र हाल अनुसन्धान जारी छ। प्रारम्भिक अनुमान अनुसार खनालले आत्महत्या गरेको हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल र ट्रक ठोक्किदा एकजनाको मृत्यु

   मङि्सर २२, २०८२       admin

दाङ,२१ मंसिर । पश्चिम दाङको श्रीगाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटना बारे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालीमाटी गाउँपालिका ३ निवासी २३ वर्षीय भिषण पुन रहेको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बबई गाउँपालिका ३ निवासी गणेश वलीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको लखनउस्थित अस्पतालमा लगिएको छ।

प्रहरीका सूचना अधिकारी विनोदराज खत्रीका अनुसार तुलसीपुरबाट हंसपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकललाई जाजरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख २६३५ नम्बरको ट्रकले शनिबार राति करिब ८ बजे श्रीगाउँमा ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ मा विश्वासको मत लिने

   मङि्सर २२, २०८२       admin

सर्लाही,२१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आउने मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सत्तारुढ सातदलीय गठबन्धनको आज बसेको बैठकले सो निर्णय गरेको जसपा नेपालका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए।

मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। शपथपछि उनले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने योजना रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology