काठमाडौ,२५ कार्तिक । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।
मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको हो ।
उनीमाथि क्यानडा पठाइदिन्छु भन्दै एक पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोप लागेको छ। पीडितको उजुरीका आधारमा प्रहरीले अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकी अधिकारीलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा पुनः सुरु भएको छ। कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन स्थगित गरिएको बैठक आजबाट पुनः बसेको हो।
गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको भूमिका र आगामी रणनीति तय गर्नका लागि यो बैठक आह्वान गरिएको हो।
गत असोज २८ गते सुरू भएको बैठक अझै सकिएको छैन। बैठकमा पार्टीको १५औं महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा पनि आन्तरिक बहस जारी रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ कार्तिक । सरकारले १४ उपसचिव र २४ शाखा अधिकृत गरी कुल ३८ जना कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबारका निर्णय अनुसार यो सरुवा गरेको हो।
मन्त्रालयका अनुसार सरुवामा परेका मध्ये १७ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। यसरी गरिएको सरुवामार्फत प्रशासनिक संरचनामा कार्यक्षमता र प्रभावशीलता बढाउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ।
हेर्नुहोस् सूचीः
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
कानुनविपरीत मुख्यमन्त्री नियुक्त गरेको आरोप लागेपछि सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो।

२२ सय व्यक्ति फरार सूचिमा
पर्वत,२५ कार्तिक । पर्वतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक पुरुषले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्।
५१ वर्षीय जीतबहादुर विकले सोमबार राति ५२ वर्षीया श्रीमती सीता विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। कुटपिटबाट बेहोस भएकी सीतालाई प्रहरीले उद्धार गरी प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतक सीताको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गरी सोमबार नै श्रीमतीले धरौटी तिरेपछि छुटेका थिए।
घर पुगेकै दिन साँझ खाना खाइसकेपछि उनले श्रीमतीमाथि आक्रमण गरेका थिए।
घटनापछि बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन्। त्यसपछि देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर स्थानीयले नियन्त्रणमा लिएर थुनेका जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए।
मृतकका तीन छोरा रोजगारीका लागि विदेशमा रहेका छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ कार्तिक । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाएको छ। एआईजी दानबहादुर कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा भएपछि २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका छन्। त्यसअघि नै सरकारले कार्कीलाई नयाँ आईजीपीको जिम्मेवारी दिएको हो।
२४ भदौमा जेन–जी आन्दोलनका बेला कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि उनले प्रहरी प्रधान कार्यालयमा मानव स्रोत साधन विभागको प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
डीआईजी हुँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड गरेका थिए भने एसएसपीका रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरमा रहँदा चर्चित भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो।
ईमानदार र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित कार्की आर्थिक विवादमा नपरेका अधिकारी हुन्। उनी विदेशमा विभिन्न तालिम लिइसकेका छन् र नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ कार्तिक । दाङले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर नियन्त्रणमा लिएको छ। दाङको गढवा गाउँपालिका–४ पर्सिया स्थित राप्ती खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (मिस्कट) उत्खनन गरी ल्याउँदै गरेका दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गढवाले रा १ त ३२०१ र रा १ त २७९७ नम्बरका ट्याक्टरहरू नियन्त्रणमा लिएर कारबाहीका लागि गढवा गाउँपालिकामा पठाएको थियो । गाउँपालिकाले प्रति ट्याक्टर ३० हजार रुपैयाँका दरले जम्मा ६० हजार रुपैयाँ जरिवाना गरी उक्त ट्याक्टरहरू सम्बन्धित व्यक्तिहरूको जिम्मामा छोडेको जनाएको छ ।
प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न निरन्तर अनुगमन जारी राखेको बताएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आइतबार हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन् ।
प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केही भित्रै जङ्गलमा हात्तीले आक्रमण गरेको थियो ।
घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरू हात्ती प्रभावित क्षेत्र पुगेका छन् ।
हात्ती जङ्गल पस्ने र पुनः राजमार्गमा निस्कने गरेका कारण दिनभर उक्त क्षेत्रमा यातायात सेवा प्रभावित बनेको छ । हात्तीलाई धपाउन प्रयास गरे पनि सफल हुन नसकिएको प्रहरीले जनाएको छ ।
हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा उपद्रो मच्चाइरहेको छ । राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना र नेपाल प्रहरीको टोलीले भगाउने प्रयास गरेको थियो ।
डिभिजन वन कार्यालयका प्रमुख राजिव झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली आउँदै गरेको जानकारी दिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहका अनुसार हात्तीका कारण राजमार्गमा यातायात सेवा अझै प्रभावित भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र अहिले विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताएका छन् ।
सोमबार शोभाभगवतीमा गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले जनतासामु जान निर्वाचन नै सही बाटो हुने बताए ।
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ । देशको यो संकट कांग्रेसले पार लगाउनेछ,’ उनले भने ।
पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे बोल्दै सिंहले भने, ‘नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन । अहिलेको प्राथमिकता देशलाई संकटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।’
उनले जेन-जीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्दै नयाँ पुस्ताको विचार, ऊर्जा र आकाङ्क्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ कार्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई (कृत्रिम बुद्धिमत्ता) केन्द्र स्थापना गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रको औपचारिक उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालका लागि एआई क्षेत्रको ठूलो फड्को सावित हुने बताए । उनका अनुसार, एआई काउन्सिल गठन भइसकेको र एआई नीति पनि लागू भइसकेकाले अब नेपाल डिजिटल युगतर्फ अघि बढिसकेको छ ।
मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा उठाइएका सुशासन, भ्रष्टाचारमुक्त देश र रोजगारीजस्ता विषयहरूलाई एआई प्रणालीले सम्बोधन गर्न सक्ने उल्लेख गरे । उनले सरकारको सारथी र जनताको उद्देश्य पूरा गर्नका लागि एआईलाई महत्वपूर्ण उपकरणका रूपमा प्रयोग गरिने बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस