दाङ,१८ जेठ । दाङको तुलसीपुर–५ गुल्मचोकमा सोमबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ।
दुर्घटनामा लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली घाइते भएका थिए। दुवैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा मनोजकी ३४ वर्षीया श्रीमती अनुषा नेपाली भने सामान्य घाइते भएकी छन्। प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ जेठ। झापाको दमकमा हराएकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। जेठ १३ गते राति करिब ९:३० बजे घरबाट बेपत्ता भएकी २१ वर्षीया रमा (रोमा) तिवारीको शव तीन दिनपछि रतुवा खोलाको किनारमा भेटिएको हो।
दमक नगरपालिका–८ बसन्त टोलकी उनी सेतो प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा भेटिएकी थिइन्। परिवारले पुलमुनि पुगेर उनको शव पहिचान गरेका हुन्।
प्रहरीका अनुसार यो घटना सामान्य मृत्यु नभई हत्या भएको हुनसक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या अन्यत्रै गरेर शव खोलामा फालेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पत्ता लगाउन विभिन्न टोली परिचालन गरिएको बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ जेठ । दाङको तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । दुर्घटना हुँदा बुबा र छोरा गम्भीर घाइते भएका छन्। आमाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटना हुँदा लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली घाइते भएका हुन्।
सोमबार बिहान करिब ५:३० बजे तुलसीपुरको गुल्मचोक नजिक रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते बुबा र छोरालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१७ फागुन । दाङ प्रहरीले एक हप्तामा १६ जना फरार अभियुक्त पक्राउ गरेको छ। जेठ ८ गतेदेखि १५ गतेसम्म विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिएका छन्।
पक्राउ परेकाबाट २५ हजार ३०० रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै उनीहरूलाई ३ वर्ष २ दिन कैद सजाय भुक्तान गराइने प्रहरीले जनाएको छ।
यसै अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १ वटा टिप्पर र ५ वटा ट्याक्टर पनि नियन्त्रणमा लिएको छ। ती सवारी साधन नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) को अवैध उत्खननमा प्रयोग भएको पाइएपछि कारबाही गरिएको हो।
उक्त कारबाहीबाट १ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ जेठ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई वटा विधेयक पारित भएका छन्। आजको बैठकमा प्रतिनिधिसभाबाट आएको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो।
यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गर्न प्रस्ताव राखेकी थिइन्। राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १:१५ बजे बस्नेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१७ जेठ । सरकारले सुनको भन्सार दर बढाएपछि सुनको मूल्य एकैदिन ह्वात्तै बढेको छ।
आइतबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य २ लाख ९० हजार ६०० रुपैयाँ थियो।
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ। यही कारण सुनको मूल्य बढेको हो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ५ हजार ३४५ रुपैयाँ पुगेको छ। शुक्रबार भने चाँदी ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पश्चिम ,१७ जेठ । रुकुम पश्चिममा तीन जिल्लाबीच अन्तरजिल्ला समन्वय बैठक बसेर आपसी सहकार्य र समन्वय बढाउने सहमति गरिएको छ।
शनिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा भएको बैठकमा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका प्रतिनिधि सहभागी थिए।
बैठकमा सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र नागरिक सेवाका विषयमा सहकार्य गर्ने निर्णय गरिएको हो। बैठकमा भेरी करिडोरअन्तर्गत दामाचौर र मुलातार क्षेत्रमा वर्षायाममा खोलामा पानी बढ्दा हुने समस्याबारे पनि छलफल भएको थियो। यस समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ।
त्यस्तै, जाजरकोटमा रहेको भेरी करिडोर कार्यालय डोल्पाको दुनैमा सार्न पहल गर्ने सहमति भएको छ।
तीन जिल्लाबीच सडक, सुरक्षा, यातायात, विपद् जोखिम न्यूनीकरण र नागरिक सेवाका विषयमा निरन्तर सहकार्य गर्ने पनि निर्णय गरिएको छ।
बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ जेठ । टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) पक्राउ परेकी छन्। इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएपछि उनलाई थाइल्यान्डमा पक्राउ गरिएको हो।
उनीमाथि ‘तुलसा कलेक्सन’ नाममा ठगी गरेको आरोप छ। पक्राउपछि उनलाई शनिबार काठमाडौँ ल्याइएको छ।
हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध जिल्ला अदालत ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी सम्बन्धी मुद्दा चलिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ जेठ । घरायसी विवादका क्रममा नवलपुरको गैंडाकोटमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्।
गैंडाकोट नगरपालिका–१५ चिन्तामणी टोलका ६३ वर्षीय डम्मर गिरीले ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुर्पा प्रहार गरेका हुन्।
शनिबार राति करिब १० बजे बुबा–छोराबीच सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किँदा डम्मर गिरीले छोराको टाउकोमा खुर्पाले प्रहार गरेका थिए। गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो।
उपचारका क्रममा राति १०:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।प्रहरीले घटनामा प्रयोग भएको खुर्पा बरामद गरेको छ। आरोपी बुबालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौ,१७ जेठ । मुस्ताङमा लेक (उचाइको असर) लागेर चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जना विदेशी र ४ जना नेपाली पर्यटक रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उच्च उचाइका कारण अक्सिजन कम हुँदा यस्तो समस्या देखिने गर्छ। मृत्यु हुनेमा नेपालीतर्फ ३ पुरुष र १ महिला तथा विदेशीमा ७ पुरुष र २ महिला रहेका छन्।
मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकहरू वारागुङ मुक्ति क्षेत्र र घरपझोङ गाउँपालिकामा बिरामी भई जोमसोम अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन्।
मुस्ताङमा विशेष गरी भारतीय पर्यटकहरूमा लेक लाग्ने समस्या बढी देखिएको छ। समथर ठाउँबाट सिधै उच्च हिमाली क्षेत्रमा पुग्दा शरीरले अनुकूलन गर्न नसक्दा यस्तो हुन्छ।
लेक लाग्ने समस्या कम गर्न विभिन्न निकायले सचेतनामूलक कार्यक्रम, साइनबोर्ड र जानकारी दिने काम गर्दै आएका छन्। होटलहरूमा अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था पनि गरिएको छ।
स्वास्थ्यकर्मीका अनुसार उच्च स्थानमा जाँदा बिस्तारै यात्रा गर्नु, बीचमा विश्राम लिनु र शरीरलाई अनुकूल बनाउनु आवश्यक हुन्छ। विशेषगरी वृद्ध, बिरामी र शारीरिक रूपमा कमजोर व्यक्तिलाई बढी जोखिम हुन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस