काठमाडौ,२४ कार्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ। असन्तुष्ट दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै त्यहाँका कर्मचारीलाई समेत कुटपिट गरेका छन्।
मुख्यमन्त्रीको कार्यकक्षमा रहेका एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोज्दा भीडले उनलाई कुटेको भिडियो सार्वजनिक भएको छ। भिडले उनको टाउकोमा मुक्का प्रहार गरेको देखिन्छ। फाइल भुइँमा खसाएपछि अन्य कर्मचारीले उनलाई कोठाबाट बाहिर निकालेर ज्यान जोगाएका थिए।
मुख्यमन्त्री नियुक्तिको विवादपछि प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको र मधेश भवन अगाडि टायर बालेर प्रदर्शन समेत गरिएको छ।
आज बिहानै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका सांसदहरू मुख्यमन्त्रीको कार्यकक्षमा पुगेर तोडफोड गरेका थिए। यस क्रममा एक सांसदले नेपालको राष्ट्रिय झन्डा समेत फालिदिएका छन्।
यी दलका सांसद र कार्यकर्ताहरू एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका हुन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान ४ बजे बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन्। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर बिदाइ पनि गरेका थिए। तर पछि उनी महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटल पानसमा पुगेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी थिइन्।
यस घटनापछि मधेशको राजनीति तनावग्रस्त बनेको छ। निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखले “मधेशको अस्मिता लुटेको” आरोप लगाएका छन्।
यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशलाई स्वायत्त प्रदेश घोषणा गर्ने यही मौका भएको भन्दै सडकमै प्रदेशसभाको बैठक डाकेर स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
विराटनगर,२४ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेबाट सहभागी भएका मन्त्रीहरूलाई परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन्।
एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईका अनुसार पार्टीले मुख्यमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न निर्देशन दिइसकेको छ।
‘हामीले मुख्यमन्त्रीलाई लामो समयअघि नै मन्त्रिपरिषद् पुनः गठन गर्न भनेका थियौं,’ राईले बताए, ‘अब छिट्टै पुनर्गठन हुने सम्भावना छ।’
उनका अनुसार एमालेको निर्णयअनुसार पार्टीका सबै मन्त्रीहरूलाई परिवर्तन गर्ने तयारी भएको छ।
‘कांग्रेसले गरेन भने पनि एमालेका मात्रै भए पनि सबै मन्त्री परिवर्तन हुन्छन्,’ राईले स्पष्ट पारे।
यस्तै, एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले पनि छिट्टै मन्त्रीमण्डल परिवर्तन हुने बताए।
‘मुख्यमन्त्रीको तयारी भइसकेको छ,’ उनले भने, ‘कांग्रेसले नमाने पनि एमालेका मन्त्रीहरू फेर्ने योजना छ।’
हाल एमालेबाट प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र राज्यमन्त्री सिर्जना राई रहेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी २०८१ मंसिर १७ गते मात्र नियुक्त भएका हुन्। यसअघि सो पदमा रहेका लिलाबल्लभ अधिकारीले अवैध रूपमा जापान पुगेको घटना सार्वजनिक भएपछि राजीनामा दिएका थिए।
हाल प्रदेश सरकार कांग्रेस–एमाले गठबन्धनमा आधारित छ। कांग्रेसको तर्फबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुक व्यक्तिहरूलाई ५० हजार रुपैयाँ आवेदन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ।
रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको हो। निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने मिति पुस १८ र १९ तय गरिएको छ।
समानुपातिक उम्मेदवार छनोटका मापदण्ड तयार गर्ने जिम्मेवारी सहमहामन्त्री विपिन आचार्यलाई तोकिएको थियो। आचार्यका अनुसार उम्मेदवारका लागि कानुनी प्रावधानका साथ पार्टीले आन्तरिक मापदण्डहरू तयार गरेको छ।
‘उम्मेदवार हुनका लागि शुल्क ५० हजार रुपैयाँ कायम गरिएको छ,’ आचार्यले जानकारी दिए।
उनका अनुसार समानुपातिकको बन्द सूचीमा नाम परे पनि दलले प्राप्त गरेको मतका आधारमा उम्मेदवार छनोट हुन नसकेमा बुझाइएको शुल्क फिर्ता नहुनेछ।
यसअघि रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार बन्न चाहनेहरूबाट २५ हजार रुपैयाँ शुल्क लिएको पार्टीले अघिल्लो चुनावमा समानुपातिक तर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक पुनः उम्मेदवार नबनाउने निर्णय पनि गरेको छ।
आचार्यले उम्मेदवारका लागि सार्वजनिक पदको दुरुपयोग नगरेको, वैध आयस्रोत भएको, र द्वेषपूर्ण गतिविधि नगर्ने स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको बताए।
उम्मेदवार छनोट प्रक्रिया ‘लिडरसिप एकेडेमी’ र ‘पोलिटिकल प्रोक्सिमिटी’ लगायतका विधिबाट हुनेछ। सातै प्रदेशबाट प्रतिनिधित्व हुने उम्मेदवार मूल्यांकन समिति गठन गरी अंकका आधारमा अन्तिम सूची तयार गरिने पनि उनले जानकारी दिए।
आवेदन पेस गर्ने अन्तिम मिति पार्टीको आगामी बैठकले तय गर्ने रास्वपाले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
मनाङ,२३ कार्तिक । कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
फेला पर्नेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेल रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार उनीहरू मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका थिए। कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जाँदै हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।
सम्पर्क टुटेपछि ग्याल्सेन होटलले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो। प्रारम्भिक खोजीमा उनीहरू नभेटिएपछि कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हिरा बहादुर जिसीको कमाण्डमा खटिएको पर्वतीय उद्धार टोलीले उनीहरूको शव फेला पारेको हो।
टोलीले मलेरिपा गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा उनीहरूको शव भेटेको जनाएको छ। शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बद्ध युवाहरुलाई प्रशासनले अनुमति नदिए पनि सडकमा उत्रिन निर्देशन दिएका छन्।
राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै उनले आन्दोलन र प्रदर्शन गर्न प्रशासनको अनुमति आवश्यक नपर्ने बताएका हुन्।
ओलिले भने, “प्रशासनलाई जानकारी दिनुस्, लुकेर गर्नुपर्ने छैन। हामी यसरी गर्दैछौं, स्वीकृति दिनुहोस् भन्नुहोस्। स्वीकृति नदिए पनि सडकमा उत्रनुस्। संविधानभन्दा सीडीओको आदेश माथि हुँदैन।”
उनले युवाहरुलाई देश र जनताको पक्षमा दृढतापूर्वक आवाज उठाउन आग्रह गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दिपायल, २३ कार्तिक । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्माका ५२ वर्षीय ओमप्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनासम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान, २३ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण तीव्र गतिमा फैलिएको छ। गाउँपालिकाका ४९८ जनाको स्वास्थ्य परीक्षण गर्दा १२८ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको हो।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार असोजदेखि कात्तिक पहिलो सातासम्म उच्च ज्वरोका कारण चार महिलाको मृत्यु भइसकेको छ। पछिल्लो समय पनि गाउँभर ज्वरोका बिरामी बढिरहेका छन्।
दुई दिन शिविर र पाँच दिन घरघरमै स्वास्थ्य परीक्षण गर्दा १२८ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये करिब ७० प्रतिशत महिला रहेका बस्नेतले बताए।
उनका अनुसार स्वास्थ्य सेवा कार्यालयसँग समन्वय गरेर सञ्चालन गरिएको शिविरमा ५१ जना, प्रदेश सरकारसँगको सहकार्यमा घरघरमा परीक्षण गर्दा ७३ जना र गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गर्दा ४ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ।
‘असोज र कात्तिक पहिलो साता चार महिलाको मृत्यु भए पनि अहिले पोजिटिभ देखिएका बिरामीलाई गाउँमै उपचार गर्न थालेपछि मृत्यु हुन रोकिएको छ,’ बस्नेतले बताए।
हाल पनि गाउँघरमा ज्वरोका बिरामी छन्। प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी आइतबार फर्किएका छन्। बस्नेतका अनुसार स्क्रबटाइफस परीक्षणका किटको अभावका कारण थप परीक्षणमा समस्या भइरहेको छ।
‘केही स्वास्थ्य संस्थामा किट उपलब्ध गराइएका छन्,’ उनले भने, ‘तर ती समाप्त भएपछि बिरामी भएका ठाउँमा पुगेर परीक्षण गर्न कठिनाइ हुने अवस्था आएको छ।’
गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले स्क्रबटाइफसले स्थानीयस्तरमा गम्भीर समस्या उत्पन्न गरेको बताए। उनका अनुसार अहिले संक्रमण केही घट्दै गए पनि जोखिम भने कायम छ।
अध्यक्ष केसीले संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिन, जंगल वा घर नजिक बारीमा काम गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्। साथै, परीक्षण किटका लागि सम्बन्धित निकायसँग माग गरिएको उनले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४३ रनले पराजित भएको छ ।
यूएईले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका लागि मोहमद आदिल आलमले ३२ र सन्दीप जोराले अविजित ३१ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको थियो । उसका लागि निलाश केसवानीले सर्वाधिक ७३ रन र जाहिद अलीले ३० रन जोडे ।
नेपालका लागि राशिद खानले दुई विकेट लिए भने रुपेश सिंहले एक विकेट लिए । यो हारसँगै जारी प्रतियोगितमा नेपालको यात्रा समाप्त भएको छ ।
विभिन्न १२ टोली सहभागी यस प्रतियोगितामा नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो । त्यसबाहेक सबै खेलमा नेपाल पराजित भयो । नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका र श्रीलंकासँग पराजित भएको थियो
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २३ कार्तिक ।नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका एक व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति अछाम मल्लेक गाउँपालिका–७ घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका २२ वर्षीय अमृत साउँद हुन्। उनलाई आइतबार बिहान ७ बजे प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो।
साउँद भदौ २४ गते प्रहरी प्रभाग कपनमा भएको लुटपाट घटनामा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ। प्रहरीले उनलाई ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा फेला पारेपछि उनको डेरामा तलासी लिएको थियो।
तलासीका क्रममा कपन प्रहरी प्रभागबाट लुटिएका कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २२ कार्तिक । दाङको गढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव रहेकी छन्, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए।
प्रहरीका अनुसार स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले औषधि खुवाउने क्रममा औषधि घाँटीमा अड्किएपछि बालिकाको श्वासप्रश्वास रोकिएको थियो। सोही कारण दुई मिनेटमै उनको मृत्यु भएको बताइएको छ।
घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो। मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको र पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस