काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो।
नेपालले श्रीलंकालाई २५–१८, २६–२४, १९–२५ र २५–२० ले पराजित गर्यो भने माल्दिभ्समाथि सोझो सेटमा ३–० को जित हात पार्यो।
यसअघिको खेलमा भने नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो। नेपालले २–१ सेटको अग्रता लिए पनि अन्तिम दुई सेटमा हार बेहोर्नु परेको थियो।
च्याम्पियनसिपमा कुल चार टोली सहभागी छन्। राउन्ड रोबिन चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ। कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि खेल आयोजना हुने तालिका छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ कार्तिक । नेकपा कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।
हात्तीवनस्थित प्रचण्डको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति र कम्युनिष्ट एकताको सम्भावनाबारे विस्तृत छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक । सरकारले २१ जना सहसचिवहरूको सरुवा गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ती सहसचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा भएकामध्ये १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका अधिकारी रहेका छन्।


२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता र कार्यकर्तासँग बोल्दै उनले असंवैधानिक सरकारले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै त्यसको पुनःस्थापनाका लागि संघर्ष अघि बढाउने बताएका हुन्।
ओलीले भने, “यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भङ्ग गरेको हो? देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो। सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेका छन्, र राष्ट्रपतिज्यूले संविधान विपरीत भङ्ग गर्नु भयो, जुन गर्नु हुँदैनथ्यो।”
उनका अनुसार, प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक भएकाले एमालेले पुनःस्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।
त्यससँगै उनले मुलुकमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन एमालेले ‘युथ भोलेन्टियर्स फोर्स’ गठन गर्ने निर्णय गरेको जानकारी पनि दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ ,२० कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध राष्ट्रिय युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।
संघका उपाध्यक्ष महाराज गुरुङले बिहीबार साइबर ब्युरोमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा बालेनले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत नेकपा एमालेसहितका राजनीतिक दलहरूलाई गाली गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने प्रयास गरेको आरोप लगाइएको छ।
त्यस्तै, उनले फेसबुक खाता र पेजमार्फत विदेश मित्रराष्ट्रहरूलाई समेत अपमानजनक शब्द प्रयोग गरी वैदेशिक सम्बन्धमा असर पुर्याउने कार्य गरेको दाबी गरिएको छ।
संघले उजुरीमार्फत शाहलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न तथा उनको राहदानी रोक्का गर्न माग गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक । सरकारले ११ देशका नेपाली राजदूतलाई परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएलगत्तै युनाइटेड किंगडम (यूके) का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले पदबाट राजीनामा दिएका छन्।
राजदूत घिमिरेले आफ्नो फेसबुकमार्फत यूकेलाई बिदा गरेको जानकारी दिँदै कार्यकालका क्रममा प्राप्त सम्मान र सहयोगका लागि आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्, “यूकेमा रहँदा पाएको सम्मान, सद्भाव र सहयोगप्रति धन्यवाद व्यक्त गर्छु।”
सरकारले हालै परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएका राजदूतहरूमा घिमिरे पनि परेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्ने अवस्था नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवीहरू अझैसम्म राज्यसत्ताबाट टाढा रहेको उल्लेख गरे। ‘नेपालका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवी संसद्मा पुग्न सकेका छैनन्,’ उनले भने, ‘त्यसैले यो राज्य संरचना परिवर्तन गरेर मात्र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको चुनाव गर्न सकिन्छ।’
विप्लवले प्रत्यक्ष जनताद्वारा निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने आवश्यकता रहेको बताए तर अहिलेको अवस्थामा त्यो सम्भव नभएको स्पष्ट पारे।
‘अहिले प्रत्यक्ष कार्यकारी भनियो भने पैसाको बलमा एनजिओ डाँकाहरू, विदेशी डलर ल्याएर जनतालाई भ्रष्टीकरण गर्नेहरूले देशविरुद्ध गतिविधि बढाउने खतरा रहन्छ,’ उनले भने, ‘त्यसैले त्यस्ता एनजिओहरूमा नियन्त्रण र प्रतिबन्ध लगाइएपछि मात्र निष्पक्ष चुनाव सम्भव हुनेछ।’
उनले थपे, ‘विदेशीको दाना खानेले निष्पक्ष चुनाव दिन सक्दैन, विदेशीको इशारामा चल्ने शासकले पनि नेपालमा निष्पक्ष चुनाव गराउन सक्दैन।’
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई दुई दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन्।
गुरुङले बिहीबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्याललाई उद्देशित गर्दै, दुई दिनभित्र राजीनामा नदिए उनको भविष्य प्रेस कन्फ्रेन्समार्फत निर्धारण हुने बताएका छन्।
‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ,’ गुरुङले भनेका छन्, ‘प्रधानमन्त्रीको प्रिय पात्र भएर कुर्सी बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।’
उनले देशभरबाट ‘हत्यारालाई कारबाही गर’ र ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि गृहमन्त्री मौन बस्नु राष्ट्रप्रति अपमान भएको आरोप लगाएका छन्।
गुरुङले लेखेका छन्, “सहिदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्। अब दुई महिना हुन लागिसक्यो , न कुनै भ्रष्टाचारमा कारबाही भयो, न कुनै हत्यारामाथि।”

त्यस्तै, उनले ८४ को चुनाव ८२ मा सार्नलाई मात्रै जेनजी आन्दोलन नभएको भन्दै, नेपाली जनता र जेनजीका माग सम्बोधन नभए यसपालिको चुनाव हुन नदिने चेतावनी पनि दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक । अब स्थायी लेखा नम्बर (प्यान) कार्ड स्थानीय तहबाट नै वितरण गरिने भएको छ।
आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ। यसअघि प्यान कार्ड करदाता सेवा कार्यालयमार्फत मात्र प्रदान हुँदै आएको थियो। तर हाल ती कार्यालयहरू खारेज भइसकेका छन्।
विभागका अनुसार, स्थानीय तहबाट सेवा सञ्चालन गर्न केही समय लाग्न सक्ने भएकाले तत्कालका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट नै सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्रजस्ता सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले स्पष्ट पारेको छ। विभागले करदातालाई नजिक र प्रविधिमैत्री सेवा उपलब्ध गराउँदै लैजाने नीति अवलम्बन गरिएको पनि जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक। पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूमध्ये संयुक्त छलफल सम्पन्न भएको छ।
छलफलमा पूर्वमन्त्री जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, नेसपा ९नयाँ शक्ति० नेतृ दुर्गा सोवलगायत सहभागी थिए।
जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै समग्र राजनीतिक पुनर्गठन र वैकल्पिक राजनीतिक ध्रुवीकरणका विषयमा छलफल केन्द्रित भएको सहभागी नेताहरूले जानकारी दिएका छन्।
छलफलमा भरपर्दो र बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका सम्भावनाबारे पनि विस्तृत विचारविमर्श गरिएको बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस