काठमाडौ,२० कार्तिक। नेपाली कांग्रेसको १५औं महाधिवेशन समयमै गर्नुपर्ने मागसहित आज बत्तिसपुतलीमा भेला हुँदैछ।
२८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अहिलेसम्म महाधिवेशनको मिति तय गर्न नसकेपछि नियमित महाधिवेशन पक्षधरहरूले दबाबमूलक भेला आह्वान गरेका हुन्।
महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने बताएका थिए। तर, यस विषयमा अन्तिम निर्णय हुन बाँकी छ।
नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराईका अनुसार भेला नियमित समयमै महाधिवेशन गर्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो। “महाधिवेशन ढिलाइ भइरहेको अवस्थामा पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउन यो भेला गरिएको हो,” उनले भने।
यो भेला सभापति शेरबहादुर देउवा निकट, नेता शेखर कोइराला निकट र पूर्वमहामन्त्री शशांक कोइराला निकट समूहले आयोजना गरेको हो। यसअघि विशेष महाधिवेशनको माग गर्दै पार्टीभित्र अर्को समूहले पनि भेला आयोजना गरेको थियो। सो पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग प्रस्तुत गरेको छ। तर, नियमित महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन आवश्यक नभएको भन्दै समयमै नियमित अधिवेशन गर्नुपर्ने अडान लिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
बर्दिया,२० कार्तिक । नयाँ पुल निर्माण कार्य स्रोत सहमति नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदीमाथिको पुल अलपत्र परेको छ । आठ वर्षअघि बबई नदीमा आएको बाढीले पुरानो पुल बगाएपछि यो क्षेत्रका डेढ लाखभन्दा बढी बासिन्दा लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।
डिभिजन सडक कार्यालय, नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार दुई वर्षअघि नयाँ पुल निर्माणका लागि स्रोत सहमतिको फाइल बुझाइएको भए पनि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति नजुट्दा काम अघि बढ्न सकेको छैन । “गत आर्थिक वर्षमा स्रोत सहमति नहुँदा प्रक्रिया रद्द भएको थियो,” भट्टले भने, “फाइल पुनः मन्त्रालय पठाएका छौं, सहमति मिल्नेबित्तिकै काम अघि बढ्नेछ ।”
तर सडक विभाग यस विषयमा अनभिज्ञ रहेको बताएको छ । विभागका सूचना अधिकारी इन्जिनियर श्यामबहादुर खड्काले स्रोत सहमतिको फाइल मन्त्रालयमै अलपत्र परेको जानकारी दिए ।
बबई नदीको जब्दीघाटस्थित पुरानो पुल पप्पु कन्स्ट्रक्सनले १६ करोड ६८ लाख रुपैयाँमा निर्माण गरेको थियो । सो पुल २०७४ साउन २८ गते भासिएको थियो । त्यसपछि पाँच वर्षसम्म ठेक्का तोडिन सकेन । २०७९ असोजमा आएको बाढीपछि भने आउजाउ पूर्ण रूपमा ठप्प भएको हो ।
पुल नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकाबीचको २३ किलोमिटर लामो पक्की सडक उपयोगमा आउन सकेको छैन । यस क्षेत्रका बासिन्दा वर्षा याममा जोखिम मोलेर डुंगाबाट आवतजावत गर्न बाध्य छन् भने हिउँदमा काठेपुल र डुंगा प्रयोग गर्दा कर तिर्नुपर्छ । स्थानीयले राज्यले निरन्तर बेवास्ता गरेको र जनप्रतिनिधिहरूले आश्वासन मात्रै बाँडेको गुनासो गरेका छन् ।
बर्दिया क्षेत्र नम्बर १ का सांसद सञ्जय गौतमले नयाँ पुल निर्माणको माग गर्दै गत वर्ष आठ दिनसम्म अनशन बसेका थिए । तत्कालीन भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले एक महिनाभित्र टेन्डर गर्ने लिखित प्रतिबद्धता गरे पनि अहिले पनि त्यसको कार्यान्वयन भएको छैन ।
डिभिजन सडक कार्यालय, नेपालगन्जका अनुसार जब्दीघाटको भासिएको पुलदेखि करिब ५ सय मिटर उत्तरतर्फ नयाँ पुल निर्माणका लागि इस्टिमेट तयार भइसकेको छ । करिब १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल करिब ४ सय मिटर लम्बाइको हुने बताइएको छ ।
स्थानीयका अनुसार पुल निर्माण नहुँदा डेढ लाखभन्दा बढी नागरिकको दैनिक जीवन कष्टकर बनेको छ र विकासका अन्य योजनाहरू समेत प्रभावित भएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ कार्तिक । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले बुधबार बसेको १२३ औं बोर्ड बैठकमा प्रतियोगिता यही मिति आयोजना गर्ने निर्णय गरेको जनाएको छ। प्रतियोगितामा विभिन्न खेलकुदका प्रतिस्पर्धा हुने र देशभरका खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बर्दिया,१९ कार्तिक । बर्दियाको गेरुवा गाउँपालिका–२ राजीपुरमा धान काट्ने कम्पाइनको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। बुधबार दिउँसो साढे २ बजे भएको दुर्घटनामा करिब ७१ वर्षीय तारासिंह हमालको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्रकुमार बुढाथोकीका अनुसार धान काटेर फर्किंदै गरेको कम्पाइनले पाताभार पक्की सडक खण्डमा साइकलमा सवार हमाललाई ठक्कर दिएको थियो।
घाइते हमाललाई तत्काल उपचारका लागि राजापुर नगर अस्पताल पुर्याइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि कम्पाइन र चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ कार्तिक। सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर रिटमाथि कारण देखाउ आदेश जारी गर्दै सरकारले लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।
कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलगायत विपक्षीहरूलाई लिखित जवाफ माग गरेको हो।
आदेशमा भनिएको छ, “जाँचबुझ आयोगका अध्यक्ष वा सदस्यहरूले के उद्देश्य र आसयसहित निवेदनमा पेश भएका धारणाहरू सार्वजनिक गरेका हुन् भन्ने कुरा लिखित जवाफबाट स्पष्ट हुनुपर्ने देखिन्छ।” साथै आदेशमा जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गठन भएको आयोगका पदाधिकारीहरूले छानबिन गर्नुपर्ने विषयमा अग्रिम धारणा व्यक्त गरेको भए संविधानको धारा २०९९९०० र प्राकृतिक न्यायको सिद्धान्तमा कस्तो असर पर्छ भन्नेबारे अध्ययन आवश्यक देखिएको उल्लेख छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै विपिन ढकालले दायर गरेको रिटमा आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीले निष्पक्षता उल्लङ्घन गरेको दाबी गरिएको छ।
इजलासले अन्तरिम आदेशका लागि गरिएको माग अस्वीकार गर्दै भनेको छ, “प्रस्तुत विषयको अन्तरवस्तु हेर्दा अन्तरिम आदेश माग गरेको विषय पूर्ण सुनुवाइबाट मात्र निरुपण गर्नुपर्ने देखिएकाले तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक देखिएन।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीका घटकहरूलाई अब कहिल्यै नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन्।
बुधबार आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्दै उनले विगतका विभाजनहरूबाट पाठ सिक्दै स्थायी एकताको बाटो लिनुपर्ने बताए। “आज एकताको लागि यहाँ उपस्थित सबै घटकहरूलाई म भन्न चाहन्छु अब हामी कहिल्यै फुट्ने छैनौं, यही संकल्पका साथ अघि बढौं,” खनालले भने।
उनले यसअघि पनि कम्युनिस्ट एकता भएको तर त्यसले दीर्घकालीन रूप लिन नसकेको स्मरण गराउँदै भने, “यसअघिका एकताहरू पनि गर्यौं तर ‘ए’ बेग्लै भयो, ‘कता’ बेग्लै भयो। अहिले पनि बाहिर धेरै पार्टीहरू छन् — उनीहरूलाई पनि नयाँ ढंगले सोच्न आग्रह गर्छु।”
नेता खनालले कम्युनिस्टबीच आपसी आरोप–प्रत्यारोप नगरी सहकार्य र एकताको भावनामा अघि बढ्नुपर्नेमा जोड दिए। “अब आरोप होइन, आपसी विश्वास र सहकार्यको भावना चाहिन्छ,” उनले भने।
२२ सय व्यक्ति फरार सूचिमा
धनगढी,१९ कार्तिक । सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले सांसद र मन्त्रीका स्वकीय सचिव कटौती नगर्ने सर्वदलीय निर्णय गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले स्वकीय सचिवालय कायम राख्ने समझदारी गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार, “मन्त्री र सांसदले पाउँदै आएका स्वकीय सचिवको सुविधा नहटाउने सहमति भएको हो।”
संघीय सरकारले खर्च कटौतीको सन्दर्भमा प्रदेश सांसद र मन्त्रीका स्वकीय सचिवालय खारेज गर्ने निर्देशन दिएपछि प्रदेशहरूले असन्तुष्टि जनाउँदै आएका थिए। मंगलबार अर्थ मन्त्रालयले ‘प्रदेशका सबै कार्य प्रदेश र संघीय कानुनबमोजिम हुने’ भन्ने पत्र पठाएपछि सुदूरपश्चिम सरकारले सर्वदलीय बैठक गरी स्वकीय सचिवालय नकटाउने निर्णय गरेको हो।
सभामुख भीमबहादुर भण्डारीले भने, “प्रदेशका कामहरू प्रदेश कानुनबमोजिमै कार्यान्वयन गर्ने कुरा हो।”
बैठकमा मुख्यमन्त्री शाह, सभामुख भण्डारी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, माओवादी केन्द्रका अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामी, राप्रपाकी सांसद खिमादेवी बिष्ट र कांग्रेस सांसद पदमबहादुर शाही उपस्थित थिए।
बैठकले प्रदेशसभा बैठक चाँडै सञ्चालन गर्ने निर्णय पनि गरेको छ। जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि बैठक ठप्प भएको थियो। सभामुख भण्डारीका अनुसार, क्षतिग्रस्त भवनको मर्मतकार्य भइरहेको छ र बढीमा दुई साताभित्र बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ।
त्यसैगरी, प्रदेश सरकारका कार्यालयहरूमा विगतमा जस्तै सुरक्षा व्यवस्था कायम राख्न र पूर्ववत रूपमा सुरक्षा प्रदान गर्न प्रदेश सुरक्षा समितिमार्फत सुरक्षा निकाय परिचालन गर्ने निर्णय पनि सर्वदलीय बैठकले गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ कार्तिक। नेपाली कम्युनिस्ट पार्टीका नेताहरूको वरीयताक्रम तोकिएको छ। भृकुटीमण्डपमा बुधबार १० कम्युनिस्ट पार्टीबीच एकता घोषणा गर्दै नयाँ संरचना बनाइएको हो।
घोषणा सभामा नेता महेन्द्रराय यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोक्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव हलबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।
विभिन्न कम्युनिस्ट घटकहरू एकीकृत हुँदै गठन गरिएको नयाँ पार्टीको औपचारिक घोषणा भृकुटीमण्डपमा गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ कार्तिक । नेकपा (एमाले) बाट अलग भई चार वर्षअघि माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) अन्ततः तीन टुक्रामा विभाजित भएको छ।
अध्यक्ष माधव नेपालसहितको बहुमत समूह माओवादी केन्द्रसहितका १० वाम घटकसँग एकीकृत भएर ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश गरेको छ। यस समूहमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा लगायतका नेताहरू सामेल छन्।
यस्तै, महासचिव घनश्याम भुसालले भने एकीकृत समाजवादीलाई पुनर्गठन गरी नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने घोषणा गरेका छन्। भुसाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ र दामोदर अर्याललगायत नेताहरूले साथ दिएका छन्। उनले आगामी मङ्सिरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताएका छन्।
तेस्रो पक्षमा नेतृ रामकुमारी झाँक्री छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीसँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन्। झाँक्री समूह अहिले कुनै पनि पार्टीमा नजाने बताएको भए पनि एमालेमा फर्कने सम्भावना बढी रहेको संकेत दिइएको छ।
२०७८ सालमा माधव नेपाललाई साथ दिँदै एमाले विभाजनमा भूमिका खेलेकी झाँक्री अहिले पुनः एमालेमै फर्किने संकेतसहित चर्चामा छिन्।
यसरी, चार वर्षअघि एकताको नाममा बनेको नेकपा (एकीकृत समाजवादी) आज तीन धारमा विभाजित भएको छ
२२ सय व्यक्ति फरार सूचिमा
कञ्चनपुर,१९ कार्तिक । सुदूरपश्चिम विश्वविद्यालयको करिब तीन सय बिघा जग्गा अतिक्रमणमा परेको छ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयअन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसलाई २०६२ सालमा टीकापुर विकास समितिले तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो।
तर, हालसम्म क्याम्पसले ८० बिघामात्र भोगचलन गर्न सकेको छ भने बाँकी तीन सय बिघा जग्गा मुक्तकमैया र सुकुम्बासीका नाममा अतिक्रमण भएको छ।
उपकुलपति पन्तका अनुसार अतिक्रमित जग्गा फिर्ता गर्न विश्वविद्यालयले पटक–पटक सङ्घ र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ भएको छैन। उनले राजनीतिक संरक्षणका कारण अतिक्रमण हटाउन कठिनाइ भएको बताए।
यसैबीच, विश्वविद्यालयको कार्यकारी परिषद्ले हालै बैठक बसेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस